अय्यूब 38:6
के कुरा माथि यसका जगहरू बसालिए? यसको कुने-ढुङ्गो कसले बसाल्यो?
के कुरा माथि यसका जगहरू बसालिए? यसको कुने-ढुङ्गो कसले बसाल्यो?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
4मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् ।
5यसको नाप कसले निधो गर्यो? तँलाई थाहा भए मलाई भन् । यसमाथि कसले नाप्ने धागो टाँग्यो?
7कति बेला बिहानका ताराहरूले एकसाथ गाए, र परमेश्वरका सबै छोराहरूले आनन्दले चिच्च्याए ।
8गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्यसका ढोकाहरू बन्द गर्यो?
5उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्यो कहिल्यै हटाइनेछैन ।
16यसकारण परमप्रभु परमेश्वर भन्नहुन्छ, “हेर्, म सियोनमा एउटा जगको ढुङ्गा, जाँचिएको ढुङ्गा, बहुमूल्य कुनेढुङ्गा, एउटा बलयो जग राख्नेछु । जसले विश्वास गर्छ ऊ लाजमा पर्नेछैन ।
2उहाँले त्यसलाई समुद्रहरूमाथि बसाल्नुभएको छ र त्यसलाई नदीहरूमाथि स्थापित गर्नुभएको छ ।
12के तैंले बिहानीलाई आज्ञा दिएको, अथवा मिरमिरेलाई त्यसको ठाउँ चिनाएको छस्,
13जसको कारणले त्यसले पृथ्वीको छेउ समातोस्, अनि दुष्टहरूलाई त्यहाँबाट हटाउनलाई हल्लाओस्?
25प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।
26परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धुलो बनाउनुअगि म जन्मेको थिएँ ।
27उहाँले आकाशहरू स्थापित गर्नुहुँदा, महासागरको सतहमा घेरा लगाउनुहुँदा म त्यहाँ थिएँ ।
28उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ ।
29उहाँको आज्ञाविना पानी आफ्नो सिमानाभन्दा बाहिर नजाओस् भन्नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ ।
3किनकि जगहरू नै भग्नावशेष हुन्छन् भने, धर्मीले के गर्न सक्छ र?
10जगमा आठ र दस हातका लामा-लामा महङ्गा ढुङ्गाहरू हालिएका थिए ।
22निर्माण गर्नेहरूले इन्कार गरेको ढुङ्गो कुनेढुङ्गा बनेको छ ।
19बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो ।
18के पृथ्वीको विस्तृत फैलावटलाई तैंले बुझेको छस्? तँलाई यो सबै थाहा छ भने मलाई भन् ।
19ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्यसको ठाउँ कहाँ बस्छ?
20ज्योति र अन्धकारलाई तिनीहरूको काम गर्ने ठाउँमा तैंले लिएर जान सक्छस्? तिनीहरूका घरमा तिनीहरूलाई फर्काएर लाने बाटो तैंले चिन्न सक्छस्?
21के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के सुरुदेखि नै यो कुरा तिमीहरूलाई भनिएको छैन? पृथ्वीको जगहरू बसालेदेखि नै तिमिहरूले बुझेका छैनौ?
1¶ उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ ।
10“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् ।
11किनकि जुन जग बसालिएको छ, त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन, जुन जग ख्रीष्ट हुनुहुन्छ ।
24बिजुली चम्केर जाने बाटो कुन हो, अथवा पूर्वीय बतास कहाँबाट पृथ्वीको चारैतिर जान्छ?
25झरीको बाडीको लागि कसले नहरहरू खनेको छ, अथवा गर्जनको लागि कसले बाटो बनाएको छ,
33के तैंले आकाशको शासन गर्ने नियमहरूलाई जानेको छस्? के तैंले आकाशको नियमलाई पृथ्वीमाथि बसाउन सक्छस्?
6उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ, र यसका टेकाहरूलाई कँपाउनुहुन्छ ।
12बुद्धि कहाँ पाइनेछ? सुझबुझको ठाउँ कहाँ छ?
36बादलमा कसले बुद्धि राखेको छ, अथवा तुवाँलोलाई समझशक्ति दिएको छ?
37कसले आफ्नो सिपद्वारा बादललाई गन्न सक्छ? कसले आकाशको पानीको भण्डारबाट खन्याउन सक्छ,
38जति बेला धुलो कडा डल्लो बन्छ, अनि माटोका डल्लाहरू एकसाथ टाँसिएर बस्छ?
10त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ,
16तिनीहरूको समय हुनुअगि नै तिनीहरूको जीवन लिइयो, तिनीहरूका जगहरू नदीले झैं बगाएर लगेको छ,
17राजाको आज्ञामा तिनीहरूले मन्दिरको जगको निम्ति उच्च गुणस्तरका ठुला-ठुला ढुङ्गाहरू फोरेर निकाले ।
20तब बुद्धि कहाँबाट आउँछ? सुझबुझको ठाउँ कहाँ छ?
16के तँ समुद्रको पानीको मूलमा गएको छस्? के तँ गहिरोभन्दा गहिरो ठाउँमा हिंडेको छस्?
18आकाशलाई उहाँले झैं तपाईंले फैलाउन सक्नुहुन्छ— आकाश, जुन धातु पगालेर बनाइएको ऐनाजत्तिकै कडा हुन्छ?
11स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो । संसार र त्यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो ।
13कसले उहाँलाई पृथ्वीको निरीक्षक तुल्याएको हो र? कसले सारा संसार उहाँको अधीनमा राखिदिएको हो र?
11तिनले मलाई भने, “त्यसको निम्ति बेबिलोनिया देशमा मन्दिर बनाउनको निम्ति ।मन्दिर तयार भएपछि, डालो राख्नको निम्ति बनाइएको स्थानमा त्यो राखिनेछ ।”
48ऊ एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिन गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब जलप्रवाह भयो, तब बाढी उर्ली आएर त्यस घरलाई प्रहार गर्यो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो ।
11येशू ख्रीष्ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर उहाँ नै मुख्य कुनेढुङ्गा हुनुभयो ।
6यसका ढुङ्गाहरूका ठाउँमा नीर पाइन्छ, र यसमा धूलोमा सुन मिसिएको छ ।
20तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ । ख्रीष्ट येशू आफैँ कुने-ढुङ्गो हुनुहुन्छ ।
6धर्मशास्त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।”
11उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्क पर्छन् ।
11ए कष्टमा परेका, आँधी-बेहरीले बत्ताइएका र सान्त्वना नपाएकाहरू हो, हेर, तेरो बाटोमा म फिरोजा पत्थरले जोड्नेछु र तेरो जगहरू नीरले बसाल्नेछु ।