अय्यूब 39:18
जब त्यो तीव्र गतिमा दोडन्छ, त्यसले घोडा र त्यसमा सवार हुनेलाई गिल्ला गर्छ ।
जब त्यो तीव्र गतिमा दोडन्छ, त्यसले घोडा र त्यसमा सवार हुनेलाई गिल्ला गर्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
19घोडालाई त्यसको शक्ति तैंले दिएको हो? त्यसको गर्दनमा जगरले पहिराएको तैंले हो?
20त्यसलाई तैंले कहिल्यै सलहले झैं उफ्रन लगाएको छस्? त्यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्छ ।
21त्यसले शक्तिमा टाप बजाउँछ, र आफ्नो ताकतमा आनन्द मनाउँछ । हतियारको सामना गर्न त्यो जाइलाग्छ ।
22त्यसले डरको खिल्ली उडाउँछ, र हतोत्साही हुँदैन । तरवार देखेर त्यो फर्केर भाग्दैन ।
23काँडको ठोक्रो त्यसको छेउमा धर्ररर बज्छ, अनि त्यहाँ भाला र तरवार चम्कन्छ ।
14किनकि त्यसले भुइँमा आफ्ना फुलहरू छोड्छ, र ती त्यसले धूलोमा नै तातो हुन दिन्छ ।
15पैतलाले तिनलाई कुल्चन सक्छ वा जङ्गली जनावरले कुल्चिन सक्छ भनी त्यसले बिर्सन्छ ।
16त्यसले आफ्ना बच्चाहरूलाई आफ्नो नभएजस्तै गरी निर्दयतापूर्वक व्यवहार गर्छ । त्यसको परिश्रम व्यर्थैमा खेर जान्छ कि भनी त्यो डराउँदैन,
17किनकि परमेश्वरले त्यसलाई बुद्धिहीन तुल्याउनुभएको छ, र त्यसलाई कुनै समझशक्ति दिनुभएको छैन ।
7सहरको होहल्ला सुनेर त्यसले गिल्ला गर्दै हाँस्छ । लखेट्नेले कराएको त्यसले सुन्दैन ।
17घोडाचाहिं विजयको निम्ति झुटो आसा हो । त्यसको महान् बल भए पनि त्यसले बचाउन सक्दैन ।
9घोडा वा खच्चरजस्तो नहो, जसको कुनै समझ हुँदैन । जहाँ तैंले इच्छा गर्छस् त्यहाँ तिनीहरूलाई लान तिनीहरूलाई अधीन गर्न लगाम र मुखारीले मात्र सकिन्छ ।
12तँ बुद्धिमान् भइस् भने तँ आफ्नै लागि बुद्धमान् हुने छस् । तैँले गिल्ला गरिस् भने तैँले त्यो आफैसित बोक्ने छस् ।”
13मूर्ख स्त्री अज्ञानी हुन्छे । त्यो अशिक्षित हुन्छे र त्यसलाई केही थाहा हुँदैन ।
14त्यो आफ्नो घरको ढोकामा, सहरका सबैभन्दा अग्ला ठाउँहरूमा बस्छे ।
20यसरी त्यो आफ्ना प्रेमीहरूसित कामुक भई, जसका गुताङ्गहरू गधाहरूका जस्ता थिए, अनि जसका वीर्य घोडाहरूका झैं निस्कन्थ्यो ।
3त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ । त्यो सहरको सबैभन्दा अग्लो टाकुराबाट चिच्च्याउँछ ।
10घोडाको बलमा उहाँ प्रशन्न हुनुहुन्न । मानिसका बलियो गोडाहरूमा उहाँ खुसी हुनुहुन्न ।
24तँ उजाड-स्थानमा बस्न आदत भएको कामातुर भएर हावा सुँघ्दै हिंड्ने वन-गधैनी हो। त्यसको कामवासनालाई कसले नियन्त्रण गर्न सक्छ? त्यसको पछि लाग्ने कुनै पनि गधा थकित हुनुपर्दैन । मैथुनको समयमा तिनीहरूले त्यसलाई फेला पार्नेछन् ।
9हे मेरी प्रिय, म तिमीलाई फारोको रथको राम्रो घोडासित तुलना गर्दछु ।
10यसैकारण तिनीहरूले राजाहरूलाई जिस्काउँछन्, र शासकहरू तिनीहरूका निम्ति हाँसोका पात्र मात्र हुन् । हरेक किल्लाहरू देखेर तिनीहरू हाँस्छन्, किनभने तिनीहरूले माटोको ढिस्को बनाएर ती लैजान्छन् ।
37तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्त्रीहरूझैं हुनेछन् । त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन् ।
22परमप्रभुले उसको बारेमा भन्नुभएको वचन यही होः “सियोनका कन्ये छोरीले तँलाई घृणा गर्छे र खिसी गर्न तँमा हाँस्छे । यरूशलेमकी छोरीले तँलाई आफ्नो टाउको हल्लाउँछे ।
28त्यो पहरामा बस्छ र पहराकै टाकुरामा त्यसले आफ्नो घर बनाउँछ जुन किल्लाझैं हुन्छ ।
29त्यहाँबाट त्यसले सिकारहरूको खोजी गर्छ । त्यसका आँखाले धेरै टाढाबाट तिनलाई देख्छन् ।
2तर अब त्यहाँबाट कोर्राहरूको, तेज पाङ्ग्राहरू, उफ्रदै गरेका घोडाहरू, र रथहरूको कुदाइको आवाज आउँछन् ।
3आक्रमण गर्ने घोडचढीहरू, टल्कने तरवारहरू, चम्कने भालाहरू, लास र मुर्दाहरूको थुप्रो त्यहाँ छन् । त्यहाँ अनगिन्ती लाशहरू छन् । त्यसलाई आक्रमण गर्नेहरू लाशमा ठोकर खाँदै हिँड्छन् ।
31घोडा युद्धको लागि तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हो ।
25उनी शक्ति र आदरले आभुषित छिन्, अनि आउने समयको लागि उनी हाँस्न सक्छिन् ।
7जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु, म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’
16तिमीहरूले भन्यौ, ‘होइन, किनकि हामी घोडामा भाग्नेछौं,' यसरी तिमीहरू भाग्नेछौ । अनि 'हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं,' त्यसैले तिमीहरूलाई खेद्नेहरू झन् छिटो हुनेछन् ।
21त्यसको विषयमा परमप्रभुले भन्नुभएको वचन यही होः “सियोनकी कन्या-छोरीले तँलाई तिरस्कार गर्छे, र तेरो खिल्ली उडाउँछे । यरूशलेमकी छोरीले तँलाई हेर्दै आफ्नो शिर हल्लाउँछे ।
9त्यसको फरियाभित्र त्यो अशुद्ध भएको छ । त्यसले आफ्नो भविष्यको विषयमा सोचेन । त्यसको पतन डरलाग्दो थियो । त्यसलाई सान्त्वना दिने कोही थिएन । त्यो चिच्च्यायो, “हे परमप्रभु, मेरो कष्टलाई हेर्नुहोस्, किनकि शत्रु अति महान् भएको छ ।”
2त्यसले परमेश्वरको आवाज सुनेको छैन, न त त्यसले परमप्रभुबाटको सुधारलाई ग्रहण गर्यो । त्यसले परमप्रभुमा विश्वास गर्दैन र त्यो आफ्नो परमेश्वरको समिप जाँदैन ।
15धनुधारी खडा हुनेछैन । तीव्र गतिमा दौडने उम्कने छैन । घोडचडीले आफैंलाई बचाउन सक्नेछैन ।
8बुद्धिलाई कदर गर्, र त्यसले तँलाई माथि उठाउने छ । तैँले त्यसलाई अङ्गाल्दा त्यसले तेरो इज्जत गर्ने छ ।
9बुद्धिले तेरो शिरमा आदरको माला पहिराइदिने छ । त्यसले तँलाई सुन्दर मुकुट दिने छ ।”
22विवेकहीन सुन्दरी स्त्री सुँगुरको नाकमा सुनको नत्थजस्तै हो ।
6हे याकूबको परमेश्वर, तपाईंले हप्काउनुहुँदा घोडाचढी र घोडा दुवै मस्त निद्रामा परे ।
11त्यो चञ्चली र जिद्दीवाल थिई । त्यो आफ्नो घरमा बस्दिनथी ।
8तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज, र साँझका ब्वाँसाहरूभन्दा द्रुत छन् । यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन् ।
22तब घोडाहरूका टापहरूका आवाज, त्यसका शक्तिशालीहरू कुदेको आवाज आयो ।
2बाटोको छेउका उच्च ठाउँहरूमा, चौबाटाहरूमा बुद्धिले आफ्नो ठाउँ लिएको छ ।
31शानसँग हिँड्ने कुखुराको भाले, बोका र आफ्नो छेउमा सिपाहीहरू राखेर हिँड्ने राजा ।
1¶ सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।
24त्यसपछि उनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, “छिटो कुदा । मैले नभनेसम्म दौडन ढिला नगर ।”
17उनी शक्तिले आभुषित हुन्छिन् र आफ्ना पाखुराहरूलाई बलियो बनाउँछिन् ।
7मैले दासहरूले घोडा चढेको देखेको छु, र सफल मानिसहरू भुइँमा दासहरूजस्तै गरी हिँडेको देखेको छु ।
5आफ्ना सिङहरूलाई माथि नउचाल् । हठपूर्ण घाँटी बनाएर नबोल् ।”