अय्यूब 39:24
क्रोध र रिसले त्यसले जमिनलाई निलिदिन्छ । तुरहीको आवाजले गर्दा त्यो एक ठाउँमा खडा हुन सक्दैन ।
क्रोध र रिसले त्यसले जमिनलाई निलिदिन्छ । तुरहीको आवाजले गर्दा त्यो एक ठाउँमा खडा हुन सक्दैन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
25जब तुरही बजेको सुनिन्छ, तब त्यसले भन्छ, 'आहा!' कमान्डरहरूका गर्जने आवाज र होहल्लाले, त्यसले टाढैबाट युद्धको गन्ध थाहा पाउँछ ।
19घोडालाई त्यसको शक्ति तैंले दिएको हो? त्यसको गर्दनमा जगरले पहिराएको तैंले हो?
20त्यसलाई तैंले कहिल्यै सलहले झैं उफ्रन लगाएको छस्? त्यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्छ ।
21त्यसले शक्तिमा टाप बजाउँछ, र आफ्नो ताकतमा आनन्द मनाउँछ । हतियारको सामना गर्न त्यो जाइलाग्छ ।
22त्यसले डरको खिल्ली उडाउँछ, र हतोत्साही हुँदैन । तरवार देखेर त्यो फर्केर भाग्दैन ।
23काँडको ठोक्रो त्यसको छेउमा धर्ररर बज्छ, अनि त्यहाँ भाला र तरवार चम्कन्छ ।
23नदीको बाडी उर्लेर किनारमा आयो भने त्यो काँप्दैन । यर्दन नदी नै उर्लेर आई त्यसको मुखमा पस्यो भने पनि त्यो निर्धक्क हुन्छ ।
24के कसैले त्यसलाई बल्छीले पक्रन सक्छ? अथवा पासो थापेर त्यसको नाक छेड्न सक्छ?
7सहरको होहल्ला सुनेर त्यसले गिल्ला गर्दै हाँस्छ । लखेट्नेले कराएको त्यसले सुन्दैन ।
8डाँडाहरूमा भएका आफ्ना खर्कहरूतिर त्यो घुम्छ । खानलाई त्यहाँ त्यसले हरेक हरियो बिरुवा खोज्छ ।
23उसले आफ्नो पेट भर्नै लाग्दा, परमेश्वरले आफ्नो घोर क्रोध उसमा उतार्नुहुन्छ । उसले खाइरहँदा परमेश्वरले उसमाथि त्यो बर्साउनुहुन्छ ।
24त्यो मानिस फलामको हतियारबाट भागे तापनि, काँसको धनुले उसलाई प्रहार गर्नेछ ।
2सुन्नुहोस्, उहाँको आवाजको चर्को सोर, उहाँको मुखबाट बाहिर निस्कने आवाजलाई सुन्नुहोस् ।
19त्यसको मुखबाट बलिरहेका राँकोहरू, आगोका झिल्काहरू बाहिर निस्कन्छन् ।
20तताउनलाई आगोमाथि राखेको भाँडोबाट वाफ निस्केझैं, त्यसका नाकका प्वालहरूबाट धुवाँ निस्कन्छन् ।
21त्यसको सासले कोइलालाई बालिदिन्छ । त्यसको मुखबाट आगो निस्कन्छ ।
25त्यो खडा हुँदा देवताहरू पनि डराउँछन् । डरको कारण ती पछि हट्छन् ।
26तरवारले त्यसलाई हान्ने हो भने, त्यसले केही हुँदैन, न त भाला, काँड वा अरू कुनै चुच्चे हतियारले त्यसलाई केही हुन्छ ।
27त्यसले फलामलाई पराल भएझैं, र काँसालाई कुहेको काठ भएझैं ठान्छ ।
28काँडले त्यसलाई भगाउन सक्दैन । घुयेंत्रोले हानेको ढुङ्गा त त्यसको लागि भुस बन्छ ।
29मुङ्ग्राहरूलाई त परालझैं ठानिन्छ । भालाको प्रहारमा त त्यसले गिल्ला गर्छ ।
9उहाँको नाकको प्वालहरूबाट धुवाँ माथि गयो र उहाँको मुखबाट आगोको ज्वाला निस्क्यो । यसले कोइलाहरू सल्किए ।
24निराशा र पीडाले त्यसलाई भयभीत पार्छ । युद्धको लागि तयार राजाझैं उसको विरुद्धमा तिनीहरूले प्रभुत्व जमाउँछन् ।
5के वनको गधाले घाँस पाउँदा यो निराशमा कराउँछ र? वा के गोरुले कुँडो पाउँदा यो डुक्रन्छ र?
7हेर्नुहोस्, तिनीहरूका मुखले नराम्रा कुरा बोल्छन् । तिनीहरूका ओठहरूमा तरवारहरू छन्, किनकि तिनीहरू भन्छन्, “हाम्रा कुरा कसले सुन्छ?”
11त्रासहरूले चारैतिरबाट उसलाई डरमा पार्नेछन् । तिनले उसलाई पछिपछि खेद्नेछन् ।
8उहाँको नाकका प्वालहरूबाट धूँवा माथि गयो र उहाँको मुखबाट बल्दो आगो निस्केर आयो । यसले कोइलाहरू बाल्यो ।
16दानबाट त्यसका घोडाहरूको घ्वार-घ्वार आवाज सुनिन्छ । त्यसका शक्तिशाली घोडाहरूको हिनहिनाइको आवाजमा पुरै पृथ्वी हल्लिन्छ । किनकि तिनीहरू आउनेछन् र यो देश र यसको सम्पत्ति, सहर र यसमा बस्नेहरूलाई स्वाहा पार्नेछन् ।
7त्यसले तिनीहरूका विधवाहरूलाई कब्जा गर्यो र तिनीहरूका सहरहरू उजाड पार्यो । त्यो गर्जेको आवाजले त्यो देश र त्यसको पूर्णतालाई त्यागियो ।
21उसका कानमा त्रासको सोर सुनिन्छ । उसको उन्नति हुँदा नै विनाशक उसमा आउनेछ ।
22अन्धकारबाट ऊ फर्कनेछ भनी उसले सोच्दैन । तरवारले उसको प्रतीक्षा गर्छ ।
8परमेश्वरले तिनलाई मिश्रबाट जङ्गली साँढेको जस्तै सामर्थ्यमा ल्याउनुहुन्छ । तिनले त्यसको विरुद्ध लड्ने जातिहरूलाई निल्छन् । तिनले तिनीहरूका हड्डीहरूलाई टुक्रा-टुक्रा पार्ने छन् । तिनले तिनीहरूलाई आफ्ना वाणहरूले हान्छन् ।
16मैले सुनेँ, र मेरा भित्री अङ्गहरू काँपे! त्यो आवाजमा मेरा ओठ थर-थर काँपे । हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिंदा मेरा हड्डीहरू मक्किन्छन्, र म भित्र-भित्रै काँप्छु ।
9हेर्, त्यसो गर्ने कसैको आशा पनि झुटो सबित हुन्छ । के त्यसको हेराइले पनि कोही मूर्छै परेर भुइँमा ढल्नेछैनन् र?
10कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ?
14तिनीहरूले तुरही फुकेका छन् र हरेक कुरा तयार पारेका छन्, तर कोही पनि युद्ध गर्न गइरहेको छैन । किनकि मेरो क्रोध ती जम्मै भीडमाथि छ ।
33यसको गर्जनले आँधी-बेहरीको चेताउनी दिन्छ, गाईवस्तुले पनि त्यसको आगमनको आवाज सुन्छ ।
24हेर, मानिसहरू सिंहनीजस्तै उठ्छन्, सिंहजस्तै उठ्छन् र आक्रमण गर्छन् । त्यो आफ्नो सिकारलाई नखाएसम्म र त्यसले मारेको सिकारको रगत नपिएसम्म आराम गर्दैन ।”
29तिनीहरूका गर्जन सिंहको जस्तो हुनेछ । जवान सिंहहरूझैं तिनीहरू गर्जनेछन् । तिनीहरू गर्जन्छन् र शिकार समात्नेछन् र छुटाउने कोही नभई त्यो घिसारेर लैजान्छन् ।
26यो दुष्ट मानिस हठ, बाक्लो ढाल लिएर, परमेश्वरलाई आक्रमण गर्न दौडन्छ ।
19ए मेरो हृदय, मेरो हृदय! म आफ्नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ । म चुप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु ।
13उसले त्यो त्यहीं राख्छ अनि त्यसलाई, फुत्किन दिंदैन तर त्यो आफ्नो मुखेमा राख्छ भने पनि,
14उसको भुँडीभित्र भएको खाना तितो बन्छ । उसको भित्र त्यो सर्पको विषझैं बन्छ ।
8तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज, र साँझका ब्वाँसाहरूभन्दा द्रुत छन् । यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन् ।
4यसपछि एउटा आवाज गर्जन्छ । उहाँ आफ्नो ऐश्वर्यको आवाजले गर्जनुहुन्छ । उहाँको आवाज सुन्दा उहाँले बिजुलीको चमकलाई रोक्नुहुन्न ।
21मैले कहिलेसम्म शत्रुको यद्धको झण्डा हेर्ने? के मैले तुरहीको आवाजलाई सुन्नेछु?
2तर अब त्यहाँबाट कोर्राहरूको, तेज पाङ्ग्राहरू, उफ्रदै गरेका घोडाहरू, र रथहरूको कुदाइको आवाज आउँछन् ।
14त्यसको मुखका ढोकाहरू कसले खोल्न — त्यसका दाँत बजाउन सक्छ, जुन त्रासदी हो ।
28उहाँको सास जातिहरूलाई विनाशको नाङ्लोले निफन्न घाँटीसम्म नै आउने उर्लंदो जलाधारजस्तै छ । उहाँको सास मानिसहरूलाई भर्माउन लगाउने मानिसहरूको बङ्गरामा लगाइएको लगामजस्तो छ ।
11त्यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्चिनेछ । त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्नेछन् ।