अय्यूब 40:16
हेर्, त्यसको बल त्यसको कम्मरमा हुन्छ । त्यसको शक्ति त्यसको पेटको मांसपेशीमा हुन्छ ।
हेर्, त्यसको बल त्यसको कम्मरमा हुन्छ । त्यसको शक्ति त्यसको पेटको मांसपेशीमा हुन्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
17त्यसले आफ्नो पुच्छर देवदारुको रुखझैं बनाउँछ । त्यसको तिघ्राका नसाहरू कसिएका हुन्छन् ।
18त्यसका हड्डीहरू काँसाका नलीहरूझैं हुन्छन् । त्यसका खुट्टाहरू फलामका गजबारहरूझैं हुन्छन् ।
19परमेश्वरका सृष्टिहरूमध्ये त्यो मुख्य हो । त्यसलाई बनाउनुहुने परमेश्वरले मात्र त्यसलाई पराजित गर्न सक्नुहुन्छ ।
20किनकि पहाडहरूले त्यसलाई खानेकुरो जुटाउँछन् । वन-पशुहरू त्यसकै नजिक खेल्छन् ।
21कमलको फुलमुनि त्यो लुकेर बस्छ । निगालोको झाडीको छाया र सिमसारहरूमा त्यो लुक्छ ।
14तब तेरो दाहिने हातले तँलाई बचाउन सक्दोरहेछ, भनेर म तेरो विषयमा स्वीकार गर्नेछु ।
15अब मैले तँलाई बनाउँदा बनाएको बहेमोथलाई विचार गर् । एउटा गोरुले झैं त्यसले घाँस खान्छ ।
21त्यसको सासले कोइलालाई बालिदिन्छ । त्यसको मुखबाट आगो निस्कन्छ ।
22त्यसको गर्धनमा बल हुन्छ, र त्यसको सामु त्रासले नाच लगाउँछ ।
23त्यसका छालाका पत्रहरू एकसाथ टाँसिन्छन् । उसमा ती यति कडा हुन्छन् । ती पल्टाउन सकिंदैन ।
24त्यसको मुटु ढुङ्गाजस्तै कडा हुन्छ । वास्तवमा जाँतोको तल्लो पाटोझैं कडा हुन्छ ।
25त्यो खडा हुँदा देवताहरू पनि डराउँछन् । डरको कारण ती पछि हट्छन् ।
26तरवारले त्यसलाई हान्ने हो भने, त्यसले केही हुँदैन, न त भाला, काँड वा अरू कुनै चुच्चे हतियारले त्यसलाई केही हुन्छ ।
26यो दुष्ट मानिस हठ, बाक्लो ढाल लिएर, परमेश्वरलाई आक्रमण गर्न दौडन्छ ।
27आफ्नो अनुहार आफ्नो बोसोले ढाकेको, अनि आफ्नो कम्मरमा बोसो जाम्मा गरेको भए पनि,
19घोडालाई त्यसको शक्ति तैंले दिएको हो? त्यसको गर्दनमा जगरले पहिराएको तैंले हो?
20त्यसलाई तैंले कहिल्यै सलहले झैं उफ्रन लगाएको छस्? त्यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्छ ।
21त्यसले शक्तिमा टाप बजाउँछ, र आफ्नो ताकतमा आनन्द मनाउँछ । हतियारको सामना गर्न त्यो जाइलाग्छ ।
14उसको भुँडीभित्र भएको खाना तितो बन्छ । उसको भित्र त्यो सर्पको विषझैं बन्छ ।
15उसले धन-सम्पत्ति निल्छ, तर उसले फेरि ती बान्ता गर्छ । परमेश्वरले उसको पेटबाट ती बाहिर निकाल्नुन्छ ।
12उसको धन-सम्पत्तिले भोकमा पुर्याउनेछ, र विपत्तिले उसको छेउमै पर्खिनेछ ।
13उसको शरीरका अंगहरू नष्ट पारिनेछन् । वास्तवमा, मृत्युको जेठो सन्तानले उसका अंगहरू निल्नेछ ।
24उसको शरीर ह्रष्टपुष्ट हुन्छ, र उसको हड्डीहरूको मासी ताजा हुन्छ ।
12लिव्यातन्का खुट्टाहरूको विषयमा म चुप लाग्नेछैनँ, न त्यसको बल, न त त्यसको भव्य आकारको विषयमा चुप लाग्नेछु ।
5धार्मिकता नै उहाँको कम्मर पेटी हुनेछ र विश्वस्तता उहाँको पटुका हुनेछ ।
7“अब एक जना मानिसले झैं आफ्नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्नेछु, र तैंले मलाई जवाफ दिनैपर्छ ।
8यो तेरो शरीरको लागि चङ्गाइ हुने छ, र तेरो देहको लागि ताजापन हुने छ ।
11त्यसको बल अत्याधिक हुनाले त्यसमा तँ भर पर्छस् र? त्यसले तेरो काम गरोस् भनेर के तैंले आफ्नो काम छाड्नेछस्?
14उहाँका ओठ मूर्रको रस चुहाउने लिली फुलहरूजस्ता छन् ।
13उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्छन् । परमेश्वरले मेरा मिर्गौला छेड्नुहुन्छ, र मलाई छोड्नुहुन्न । उहाँले मेरो पित्त भुइँमा पोख्नुहुन्छ ।
14उहाँले बारम्बार मेरो भित्तामा हिर्काउनुहुन्छ । एक जना लडाकुले झैं उहाँले मलाई झम्टिनुहुन्छ ।
15तिनका ढाडका छालाहरू ढालका लहरहरूझैं, एउटा बन्द छापझैं एकसाथ जोडिएका हुन्छन् ।
6किनकि पडाडहरूलाई दृढ पार्ने तपाईं नै हुनुहुन्छ । तपाईं जसले बलको पेटी लगाउनुभएको छ ।
12के मेरो बल ढुङ्गाहरूका बल हो र? अर्थात् मेरो मासु काँसाबाट बनेको छ?
21उसको शरीरको मासु नदेखियोस् भनेर त्यो नष्ट भएको हुन्छ । पहिले नदेखिने उसका हाडहरू लौरोझैं देखिन्छन् ।
1¶ के एउटा बल्छीले तैंले लिव्यातन्लाई तान्न सक्छस्? अर्थात् एउटा डोरीले त्यसको बङ्गारा बाँध्न सक्छस्?
2के त्यसको नाकमा तैंले डोरी लगाउन सक्छस्? एउटा बल्छीले त्यसको बङ्गारा छेड्न सक्छस्?
3अब एक जना मानिसले झैं आफ्नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्नेछु, र तैंले जवाफ दिनुपर्छ ।
23नदीको बाडी उर्लेर किनारमा आयो भने त्यो काँप्दैन । यर्दन नदी नै उर्लेर आई त्यसको मुखमा पस्यो भने पनि त्यो निर्धक्क हुन्छ ।
25आफ्नो पिठिउँबाट उसले त्यो तान्नेछ, र चम्कने टुप्पो उसको कलेजोबाट बाहिर निस्कनेछ । उसमा त्रासहरू आउनेछन् ।
4शक्तिशाली मानिसहरूका धनुहरू भाँचिएका छन्, तर ठेस खाएकाहरूले शक्तिलाई कम्मर-पेटीझैं लगाउँछन् ।
10अब महिमा र इज्जतले आफैलाई सुसज्जित पार । आदर र ऐश्वर्यले आफैलाई सुसोभित पार ।
30त्यसको भुँसी भागहरू माटोका भाँडाका कडा खपटाहरूजस्तै हुन्छन् । घिस्रिंदा दाँदेको डोबझैं त्यसले माटोमा फैलेको डोब छोड्छ ।
19मेरो छाती फुल्दै गरेको दाखमद्यझैं भएको छ जसको प्वाल छैन । नयाँ मशकझैं यो फुट्नलाई तयार छ ।
17उनी शक्तिले आभुषित हुन्छिन् र आफ्ना पाखुराहरूलाई बलियो बनाउँछिन् ।
10कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ?
18उहाँले राजाहरूको उच्च अधिकार खोस्नुहुन्छ । उहाँले तिनीहरूको कम्मरमा पटुका बेर्नुहुन्छ ।
7के तैंले त्यसको छालामा चक्कु हान्न, अर्थात् टाउकोमा माछा मार्ने भाला हान्न सक्छस्?
26पानी जहाजहरू त्यहाँ यात्रा गर्छन् र लिव्यातन पनि त्यहाँ छ, जसलाई तपाईंले समुद्रमा खेल्नलाई बनाउनुभयो ।
12आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो ।