अय्यूब 5:19
उहाँले तपाईंलाई छवटा कष्टबाट छुटकारा दिनुहुनेछ । वास्तवमा सातौं कष्टमा पनि कुनै दुष्ट्याइँले तपाईंलाई छुँदैन ।
उहाँले तपाईंलाई छवटा कष्टबाट छुटकारा दिनुहुनेछ । वास्तवमा सातौं कष्टमा पनि कुनै दुष्ट्याइँले तपाईंलाई छुँदैन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
20अनिकालको समयमा मृत्युबाट मोल तिरेर, र युद्धमा तरवारको हातबाट उहाँले तपाईंलाई छुटाउनुहुनेछ ।
21झूट बोल्ने जिब्रोको कोर्राबाट तपाईंलाई लुकाइनेछ, र जब विनाश आउँछ, तब तपाईं त्यसबाट डराउनुहुनेछैन ।
17हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्को ताडनालाई इन्कार नगर ।
18किनकि उहाँले चोट पुर्याउनुहुन्छ, र पट्टी बाँध्नुहुन्छ । उहाँले चोट पुर्याउनुहुन्छ र आफ्नै हातले निको पार्नुहुन्छ ।
19धर्मीहरूको कष्टहरू धेरै हुन्छन्, तर ति सबैबाट परमप्रभुले तिनीहरूलाई छुटकारा दिनुहुन्छ ।
20त्यसका सबै हाडलाई उहाँले सुरक्षित राख्नुहुन्छ, तिमध्ये एउटा पनि भाँचिनेछैन ।
7हजार जना तिम्रो छेउमा र तिम्रो दाहिने हातपट्टि दश हजार जना ढल्लान्, तर त्यो तिमीकहाँ आउनेछैन ।
1¶ कमजोरहरूलाई वास्ता गर्ने मानिस धन्यको हो । कष्टको दिनमा परमप्रभुले त्यसलाई बचाउनुहुनेछ ।
2परमप्रभुले त्यसलाई सुरक्षित राख्नुहुनेछ र त्यसलाई जीवित राख्नुहुनेछ, र त्यो पृथ्वीमा आशिषित् हुनेछ । परमप्रभुले त्यसका शत्रुहरूका हातमा त्यसलाई दिनुहुनेछैन ।
7पमरप्रभुले तिमीलाई सबै हानिबाट सुरक्षा दिनुहुनेछ र उहाँले तिम्रो जीवनलाई सुरक्षा दिनुहुनेछ ।
10कुनै खराबीले तिमीलाई जित्नेछैन । तिम्रो घर नजिक कुनै कष्ट आउनेछैन ।
11किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ ।
7म खतराहरूको बिचबाट हिड्नु परे तापनि, तपाईंले मेरो जीवनलाई सुरक्षित राख्नुहुन्छ । मेरा शत्रुहरूका क्रोध विरुद्धमा तपाईंले आफ्नो बाहुली पसार्नुहुन्छ र तपाईंको दाहिने बाहुलीले मलाई बचाउँछ ।
22कुनै पनि शत्रुले त्यसलाई छल गर्नेछैन । दुष्टताका कुनै पनि सन्तानले त्यसलाई थिचोमिचो गर्नेछैन ।
30जो निर्दोष छैन त्यो मानिसलाई पनि उहाँले छुटकारा दिनुहुन्छ । तपाईंका हातको शुद्धताले गर्दा तिनीहरूले छुटकारा पाउनेछन् ।”
15त्यसकारण त्यसको विपत्तिले त्यसलाई एकै क्षणमा आक्रमण गर्ने छ । क्षण भरमा नै निको नहुने गरी त्यो टुट्ने छ ।
11परमप्रभुले भन्नुभयो, “के म भलाइको लागि तँलाई छुटानेछैनँ र? निश्चय नै सङ्कष्ट र विपत्तिको समयमा म तेरा शत्रुहरूलाई मदतको निम्ति तँसित बिन्ती गर्न लगाउनेछु ।
6किनकि कठिनाइ माटोबाट आउँदैन । न त भुइँबाट समस्या उम्रन्छ ।
7बरु, मानव-जाति कष्टकै लागि जन्मन्छन्, जसरी आगोको झिल्काहरू माथि उड्छन् ।
3किनकि उहाँ तिमीलाई शिकारीको पासो र घातक रूढीबाट बचाउनुहुनेछ ।
7तिमीहरूको विरुद्धमा खडा हुने तिमीहरूका शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु पराजित गर्नुहुने छ । तिनीहरू तिमीहरूको विरुद्धमा एउटा बाटो भएर आउने छन्, तर तिमीहरूकै सामु सातवटा बाटो भएर भाग्ने छन् ।
7म दोषी छैनँ भनी तपाईं जान्नुहुन्छ, र कोही पनि छैन जसले मलाई तपाईंको हातबाट बचाउन सक्छ?
25परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ ।
19तब आफ्ना कष्टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो ।
15जब त्यसले मलाई पुकारा गर्छ, तब म त्यसलाई जवाफ दिनेछु । म कष्टमा त्योसँग हुनेछु । म त्यसलाई विजय दिनेछु र त्यसको आदर गर्नेछु ।
15परमप्रभुले तिमीहरूबाट सबै रोग लैजानुहुने छ । तिमीहरूले जानेका मिश्रका कुनै पनि खराब रोगहरू तिमीहरूमाथि आउने छैनन्, तर तिमीहरूलाई घृणा गर्नेहरूमाथि उहाँले ती ल्याउनुहुने छ ।
7तपाईंको करारको विश्वस्ततामा म खुसी र आनन्दित हुनेछु, किनकि तपाईंले मेरो कष्ट देख्नुभयो । मेरो प्राणको कष्ट तपाईंले थाहा पाउनुभयो ।
21धर्मात्मामाथि कुनै हानि आइपर्दैन, तर दुष्टचाहिँ कठिनाइहरूले भरिएको हुन्छ ।
16किनकि धर्मात्मा सात पटक लोट्छ र फेरि उठ्छ, तर दुष्ट मानिसहरू विपत्तिद्वारा तल खसालिन्छन् ।
15कष्टमा परेका मानिसहरूलाई परमेश्वरले तिनीहरूका कष्टबाट छुटकारा दिनुहुन्छ । तिनीहरूको थिचोमिचोमा उहाँले तिनीहरूसँग बोल्नुहुन्छ ।
17धर्मीहरूले पुकारा गर्छन्, र परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै कष्टबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्छ ।
21किनकि म तँलाई दुष्टहरूको हातबाट बचाउनेछु, र निर्दयीको हातबाट छुटकारा दिनेछु ।”
20तपाईंले मलाई धेरै कष्टहरू देख्न दिनुभयो तपाईंले नै हामीलाई फेरि जागृत पार्नुहुनेछ र हामीलाई पृथ्वीको गहिराइबाट फेरि माथि ल्याउनुहुनेछ ।
15कष्टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।”
19साथै, तपाईं विश्राममा पल्टनुहुन्थ्यो, र कसैले तपाईंलाई भयभीत पार्दैनथ्यो । वास्तवमा धेरैले तपाईंको निगाह खोज्थे ।
39धर्मीको उद्धार परमप्रभुबाट आउँछ । कष्टको समयहरूमा उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ ।
2त्यसलाई सात वा आठ जना मानिससित बाँडचुँड गर्, किनकि पृथ्वीमा कस्तो किसिमका विपत्तिहरू आउँदै छन् भनी तँलाई थाहा छैन ।
6परमप्रभुले शैतानलाई भन्नुभयो, “हेर्, त्यो तेरै हातमा छ । त्यसको जीवन मात्र चाहिं तैंले छोड्नैपर्छ ।”
5जब अधर्मले मलाई घेरा हाल्छ, तब म किन खराब दिनहरूको डर मान्ने?
18यो बुद्धिलाई पक्रेर राख्नु र धार्मिकतालाई जान नदिनु तेरो लागि राम्रो हुन्छ । किनकि परमेश्वरको भय मान्ने मानिसले त्यसका सबै कर्तव्य पुरा गर्ने छ ।
6तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
17तर त्यस दिन म तँलाईचाहिं छुटकारा दिनेछु, यो परमप्रभुको घोषणा हो, र तँ जसदेखि डराउँछस्, म तँलाई तिनीहरूको हातमा दिनेछैनँ ।
22आफ्ना बोझहरू परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ । उहाँले धर्मी मानिसलाई कहिल्यै पनि डग्न दिनुहुन्न ।
23परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।
5अरू मानिसहरूका बोझहरूबाट तिनीहरू मुक्त छन् । अरू मानिसहरूलाई झैं तिनीहरूलाई कष्ट हुँदैन ।
22आफ्नो धनको प्रचुरतामा ऊ सङ्कष्टमा पर्नेछ । गरिबीमा रहेकाहरू हरेकको हात उसको विरुद्धमा आइलाग्नेछ ।
7तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ । तपाईंले मलाई कष्टबाट सुरक्षा दिनुहुन्छ । तपाईंले मलाई विजयको गीतहरू घेर्नुहुनेछ ।
1¶ हे परमप्रभु मेरा परमेश्वर, म तपाईंमा शरण लिन्छु । मलाई खेद्ने सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस् ।
15तब तपाईंले निश्चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्थ्यो । वास्तवमा तपाईं दृढ बन्नुहुन्थ्यो र डराउनुहुने थिएन ।
13दुष्टहरूका निम्ति खाडल नखनेसम्म तपाईंले त्यसलाई कष्टको समयमा विश्राम दिनुहुन्छ ।