यूहन्ना 10:38

अनलक शाब्दिक बाइबल

तर यदि मैले ती काम नै गरिरहेको छु भने, तिमीहरूले मलाई विश्‍वास नगरे तापनि कामहरूमा त विश्‍वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्‍ने तिमीहरूले जान्‍न र बुझ्‍न सक ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 14:20 : 20 त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।
  • यूह 17:21-23 : 21 ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस् । 22 तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन् । 23 म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ, ताकि तिनीहरू एक भएर पूर्ण होऊन्, ताकि तपाईंले मलाई पठाउनुभएको थियो भनी संसारले जानोस्, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै मैले तिनीहरूलाई पनि प्रेम गरेँ ।
  • प्रेरि 2:22 : 22 हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्‍नुहोस्∶ परमेश्‍वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।
  • यूह 3:2 : 2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईं परमेश्‍वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिह्न‍हरू परमेश्‍वर त्यससँग नभईकन कसैले पनि गर्न सक्दैन ।”
  • यूह 5:36 : 36 तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् छ, किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्‍ने गवाही दिन्छन् ।
  • यूह 10:25 : 25 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्‍वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्‍छन् ।
  • यूह 10:30 : 30 म र पिता एक हौँ ।”
  • यूह 14:9-9 : 9 येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ?” 10 म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई बोलेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ । योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको छ । 11 म पितामा छु, र पिता ममा हुनुहुन्छ भन्‍ने विश्‍वास गर; नत्र कामहरूकै खातिर पनि विश्‍वास गर ।
  • प्रेरि 4:8-9 : 8 अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो, 9 यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्‍न गरिदैँछ भने, 10 तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रुसमा टाँग्‍नुभएका र परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ । 11 येशू ख्रीष्‍ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर उहाँ नै मुख्य कुनेढुङ्गा हुनुभयो । 12 अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”
  • यूह 17:11 : 11 अब उप्रान्त म संसारमा हुन्‍नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदै छु । हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिनुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौँ त्यसरी नै तिनीहरू एक होऊन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 10:36-37
    2 पदहरू
    92%

    36के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्‍वर-निन्दा गरिरहेको छस्’ भन्छौ?

    37यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्‍वास नगर ।

  • यूह 14:9-12
    4 पदहरू
    88%

    9येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ?”

    10म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई बोलेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ । योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको छ ।

    11म पितामा छु, र पिता ममा हुनुहुन्छ भन्‍ने विश्‍वास गर; नत्र कामहरूकै खातिर पनि विश्‍वास गर ।

    12साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्‍वास गर्छ त्यसले मैले गर्ने कामहरू पनि गर्नेछ र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ, किनकि म पिताकहाँ गइरहेको छु ।

  • यूह 10:25-26
    2 पदहरू
    84%

    25येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्‍वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्‍छन् ।

    26तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ ।

  • यूह 5:36-39
    4 पदहरू
    78%

    36तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् छ, किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्‍ने गवाही दिन्छन् ।

    37मलाई पठाउनुहुने पिता आफैँले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ ।

    38तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ ।

    39तिमीहरू धर्मशास्‍त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्‍ने सोच्दछौ र यी नै धर्मशास्‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन्,

  • 24यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू गरेको थिइनँ भने तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् ।

  • यूह 5:46-47
    2 पदहरू
    76%

    46यदि तिमीहरूले मोशामा विश्‍वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्‍वास गर्ने थियौ, किनकि उनले मेरो विषयमा लेखे ।

    47यदि तिमीहरूले उनले लेखेका कुराहरूमा विश्‍वास गर्दैनौ भने तिमीहरूले मेरो वचनमा कसरी विश्‍वास गर्छौ र?”

  • यूह 8:28-29
    2 पदहरू
    76%

    28येशूले भन्‍नुभयो, “तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफैँ केही पनि गर्दिनँ भन्‍ने तिमीहरूले जान्‍नेछौ । जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्छु ।

    29मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एकलै छाड्नुभएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्‍न पार्ने काम गर्छु ।”

  • यूह 8:38-39
    2 पदहरू
    75%

    38मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्छु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ ।”

    39तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ ।

  • 44येशूले ठुलो सोरमा भन्‍नुभयो, “जसले ममाथि विश्‍वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ,

  • 37तिनीहरूको सामु येशूले यति धेरै चिह्न‍हरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन् ।

  • 20त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।

  • यूह 6:28-30
    3 पदहरू
    74%

    28तब तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरका कामहरू गर्न हामीले के गर्नुपर्छ?”

    29येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्नू ।”

    30यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिह्न‍ गर्नुहुनेछ, ताकि हामीले देख्‍न र तपाईंलाई विश्‍वास गर्न सकौँ? तपाईंले के गर्नुहुनेछ?

  • 36तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्‍वास गर्दैनौ ।

  • यूह 5:19-20
    2 पदहरू
    74%

    19येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो, पिताले गरिरहनुभएको देख्‍नु बाहेक पुत्र आफैँले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ ।

    20किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ अनि उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुन सक ।

  • यूह 8:45-46
    2 पदहरू
    74%

    45म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ ।

    46तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ?

  • 39तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो ।

  • 16तैपनि मैले न्याय गरेँ भने मेरो न्याय सत्य हुन्छ, किनकि म एकलै छैनँ, तर म मलाई पठाउनुहुने पितासँग छु ।

  • 30म र पिता एक हौँ ।”

  • 32येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । ती कुनचाहिँ कुराहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्‍दै छौ?”

  • यूह 8:18-19
    2 पदहरू
    73%

    18मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।”

    19तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ ।”

  • 7यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍ने थियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिनेका छौ र उहाँलाई देखेका छौ ।”

  • 17येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ र म पनि काम गरिरहेको छु ।”

  • 55तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्छु भने म झुटजस्तै हुन्थेँ । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु ।

  • यूह 17:20-21
    2 पदहरू
    72%

    20म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले तिनीहरूको वचनद्वारा मलाई विश्‍वास गर्नेछन्,

    21ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस् ।

  • 24यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्‍वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”

  • 28मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।

  • 12यदि मैले तिमीलाई पृथ्‍वीको कुरा भनेँ भने तिमीहरू विश्‍वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनेँ भने तिमीले कसरी विश्‍वास गर्छौ?

  • 19म यो घटनअगि नै तिमीहरूलाई भन्छु, ताकि जब यो घटन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक ।

  • 31तर म पितालाई प्रेम गर्छु भन्‍ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”

  • 27किनकि तिमीहरूले मलाई प्रेम गरेका हुनाले र म पिताबाट आएँ भनी तिमीहरूले विश्‍वास गरेका हुनाले पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ ।

  • 14येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “म आफैँले आफ्नो बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदै छु, तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरू जान्दैनौ ।

  • 31यदि म आफैँले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैनथ्यो ।

  • 23म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ, ताकि तिनीहरू एक भएर पूर्ण होऊन्, ताकि तपाईंले मलाई पठाउनुभएको थियो भनी संसारले जानोस्, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै मैले तिनीहरूलाई पनि प्रेम गरेँ ।