यूहन्ना 12:7

अनलक शाब्दिक बाइबल

येशूले भन्‍नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्‍न देऊ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 109:31 : 31 किनकि दरिद्रको न्याय गर्नेहरूबाट त्‍यसलाई बचाउन उहाँ त्यसको दाहिने हातपट्टि खडा हुनुहुनेछ ।
  • जक 3:2 : 2 परमप्रभुका स्वर्गदूतले शैतानलाई भने, “ए शैतान, परमप्रभुले तँलाई हप्काऊन् । यरूशलेमलाई चुन्‍नुहुने परमप्रभुले तँलाई हप्काऊन्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?”
  • मत्त 26:10 : 10 तर येशूले यो जानेर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यी स्‍त्रीलाई किन दुःख दिइरहेका छौ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन् ।
  • मत्त 26:12 : 12 किनकि जब यी स्‍त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन् ।
  • मत्त 27:57-60 : 57 जब साँझ पर्‍यो, अरिमाथियाबाट एक जना धनी मानिस आए, जसको नाम योसेफ थियो, जो येशूका चेला थिए । 58 तिनी पिलातसकहाँ गए र तिनले येशूको शरीर मागे । अनि पिलातसले सो तिनलाई दिइयोस् भनेर आदेश दिए । 59 योसेफले शरीर लिए, र त्यसलाई सफा मलमलको कपडामा बेरे, 60 र उनले आफैँले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे । अनि उनले चिहानको मुखमा एउटा ठुलो ढुङ्गा गुडाइदिएर तिनी त्यहाँबाट गए ।
  • मर 14:6 : 6 तर येशूले भन्‍नुभयो, “तिनलाई छोडिदेओ । तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ? तिनले मेरो निम्ति सुन्दर काम गरेकी छन् ।
  • मर 15:42-47 : 42 जब साँझ पर्‍यो, यो तयारी गर्ने दिन अर्थात् शबाथ-दिनको अगिल्लो दिन भएको हुनाले 43 अरिमाथियाका योसेफ त्यहाँ आए । तिनी परिषद्का आदरणीय व्‍यक्‍ति थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए । तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे । 44 येशू पहिले नै मरिसक्‍नुभएको थियो भनी सुन्दा पिलातस छक्‍क परे; तिनले कप्‍तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे । 45 जब तिनले येशू मरिसक्‍नुभएको कुरा कप्‍तानबाट थाहा पाए, तिनले येशूको शरीर योसेफलाई दिए । 46 योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रुसबाट तल झारे; उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले चिहानको मुखमा एउटा ढुङ्गालाई गुडाएर छोपे । 47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए ।
  • लू 23:50 : 50 हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए । तिनी महासभाका सदस्य थिए, जो एक असल र धार्मिक मानिस थिए ।
  • यूह 19:38-42 : 38 यी कुराहरूपछि अरिमाथियाका योसेफ येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्‍तमा मात्र चेला थिए) तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे । पिलातसले तिनलाई अनुमति दिए । त्यसकारण योसेफ आए, र उहाँको शरीर लगे । 39 निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए । तिनले झण्डै तेत्तिस किलो मूर्र र एलवाको मिश्रण ल्याए । 40 त्यसैले, तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे । 41 अब उहाँलाई क्रुसमा झुण्ड्याइएको ठाउँमा एउटा बगैँचा थियो, र त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्‍तिलाई गाडिएको थिएन । 42 यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 14:2-9
    8 पदहरू
    86%

    2किनकि तिनीहरूले भनिरहेका थिए, “चाडको समयमा होइन, ताकि मानिसहरूमाझ दङ्गा उत्पन्‍न नहोस् ।”

    3जब येशू बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एक जना स्‍त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शिशीमा लिएर येशूकहाँ आइन्, जुन शुद्ध जटामसी थियो । तिनले त्यो शिशीलाई फुटाइन् र उहाँको टाउकोमा खन्याइन्

    4तर त्यहाँका कोही-कोही रिसाए । तिनीहरूले आपसमा कुरा गरे र भने, “के कारणको लागि यो खेर फालिँदै छ?

    5यो अत्तरलाई तिन सय चाँदीका सिक्‍काभन्दा बढीमा बेच्‍न सकिन्थ्यो र गरिबहरूलाई दिन सकिन्थ्यो ।” र तिनीहरूले तिनलाई गाली गर्दै थिए ।

    6तर येशूले भन्‍नुभयो, “तिनलाई छोडिदेओ । तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ? तिनले मेरो निम्ति सुन्दर काम गरेकी छन् ।

    7गरिबहरू तिमीहरूसँग सधैँ हुन्छन्, र तिमीहरू जहिले चाहन्छौ तिनीहरूको निम्ति गर्न सक्छौ, तर म त तिमीहरूसित सधैँ हुनेछैन ।

    8तिनले जे गर्न सक्थिन् त्‍यही गरिन्ः तिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेल गरेकी छन् ।

    9साँच्‍चै, म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ यी स्‍त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ ।

  • मत्त 26:7-13
    7 पदहरू
    84%

    7उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्‍त्री उहाँकहाँ आई, र उसले त्यसलाई उहाँको शिरमा खन्याइदिई ।

    8तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो?

    9यसलाई ठुलो रकममा बेच्न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो ।”

    10तर येशूले यो जानेर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यी स्‍त्रीलाई किन दुःख दिइरहेका छौ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन् ।

    11गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ रहनेछैन ।

    12किनकि जब यी स्‍त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन् ।

    13साँच्‍चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसकै ठाउँमा प्रचार गरिँदा, यी स्‍त्रीले जे गरेकी छन्, तिनको सम्झनामा यो चर्चा गरिनेछ ।”

  • यूह 12:5-6
    2 पदहरू
    78%

    5“यो अत्तर तिन सय चाँदीका सिक्‍कामा बेचेरे गरिबहरूलाई किन दिइएन?”

    6त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले भनेको हो । त्यससँग पैसाको थैलो हुन्थ्यो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो ।

  • 8गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ हुनेछैनँ ।”

  • 3तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, र येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्यो घर अत्तरको सुगन्धले भरियो ।

  • लू 7:37-39
    3 पदहरू
    73%

    37हेर, त्यस सहरमा एउटी स्‍त्री थिइन् जो पापी थिइन्, तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्‍नुभएको छ र तिनले सिङ्गमरमरको बोतलमा अत्तर ल्याइन् ।

    38तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन् । तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन् ।

    39जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्‍ता भएको भए, तब उनले जान्‍ने थिए कि को र कस्ती प्रकारकी स्‍त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्‍त्री हो भनेर ।”

  • लू 7:44-46
    3 पदहरू
    72%

    44येशू स्‍त्रीतिर फर्केर सिमोनलाई भन्‍नुभयो, “तिमी यो स्‍त्रीलाई देख्दछौ । म तिम्रो घरभित्र प्रवेश गरेँ । तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन् ।

    45तिमीले मलाई म्वाइँ खाएनौ, तर तिनले म यहाँभित्र पसेको समयदेखि मेरा पाउमा म्वाइँ खान छोडेकी छैनन् ।

    46तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर तिनले मेरा पाउमा अत्तर घसिन् ।

  • 42तर एउटा मात्र कुरा आवश्यक छ । मरियमले सबैभन्दा असल कुरा चुनेकी छिन् जुन कुरा तिनीबाट खोसिनेछैन ।”

  • 2यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछेकी थिइन्, जसका भाइ लाजरस बिरामी थिए ।

  • मर 12:41-44
    4 पदहरू
    71%

    41त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्‍ने बस्‍नुभयो । मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठुलो रकम हाले ।

    42त्यसपछि त्यहाँ एक जना गरिब विधवा आइन् र दुई सिक्‍का हालिन् ।

    43उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन् ।

    44किनभने सबैले आ-आफ्ना प्रशस्‍तताबाट दिए । तर यी विधवाले आफ्नो गरिबीबाट तिनी जिउनुपर्ने सबै पैसा हालिन् ।”

  • लू 21:3-4
    2 पदहरू
    70%

    3यसैले, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी दिई ।

    4यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए । तर यस विधवाले आफू गरिब भएर पनि, ऊ बाँच्‍नका लागि जे-जति थियो सबै दिई ।”

  • लू 7:12-13
    2 पदहरू
    70%

    12जब उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो ।

    13तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ ।”

  • 15येशूले तिनलाई भन्‍नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।”

  • 31त्यसैले, तिनीसँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनीहरूले तिनी चिहानमा रुन गइरहेकी छन् भन्‍ने सोची तिनीहरू पनि तिनको पछि लागे ।

  • 40तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन् । तिनी येशूकहाँ आइन्, र भनिन्, “प्रभु, मेरी बहिनीले पकाउने काममा मलाई एकलै छोडेकी तपाईंलाई थाहा छैन? त्यसकारण, मलाई सहायता गर्न तिनलाई भनिदिनुहोस् ।”

  • 29केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्‍यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई दिनुपर्छ भन्‍नुभएको होला भन्‍ने सोचे ।

  • 52अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए । तर उहाँले भन्‍नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन् ।”

  • 17जब येशू आउनुभयो, लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो ।

  • 13तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”

  • 47मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए ।

  • यूह 11:33-35
    3 पदहरू
    69%

    33जब येशूले तिनी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेको देख्‍नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो ।

    34उहाँले भन्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।”

    35येशू रुनुभयो ।

  • 4येशूले जवाफ दिनुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ? मेरो समय अझ आइसकेको छैन ।”

  • 39येशूले भन्‍नुभयो, “ढुङ्गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि तिनी मरेको चार दिन भइसक्यो ।”

  • 42यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे ।

  • 11तर मरियमचाहिँ रुँदै चिहानबाहिर उभिएरहेकी थिइन्; तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन् ।