यूहन्ना 11:33

अनलक शाब्दिक बाइबल

जब येशूले तिनी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेको देख्‍नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 11:38 : 38 त्यसपछि फेरि येशू आत्मामा आफैँ अति विचलित हुनुभयो, र चिहानतिर जानुभयो । यो एउटा गुफा थियो र यसलाई एउटा ढुङ्गाले ढाकेको थियो ।
  • यूह 12:27 : 27 अहिले मेरो प्राण दुःखित भएको छः म के भनूँ? हे पिता, मलाई यो घडीबाट बचाउनुहोस्? तर यही कारणको निम्ति म यो घडीमा आएँ ।
  • उत्प 43:30-31 : 30 योसेफ कोठाबाट बाहिर जान हतारिए किनकि तिनी आफ्ना भाइको बारेमा स्‍नेहले भरिएका थिए । तिनले रुने ठाउँ खोजे । तिनी आफ्नो कोठाभित्र पसी रोए । 31 आफ्नो मुख धोई तिनी बाहिर आए । आफूलाई नियन्त्रण गर्दै तिनले भने, “खाना ल्याओ ।”
  • मर 3:5 : 5 तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले मानिसहरूलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले हात पसार्‍यो र येशूले त्यसका हातलाई पहिलेको जस्तै बनाइदिनुभयो ।
  • मर 9:19 : 19 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हे अविश्‍वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्‍नुपर्नेछ? कति समयसम्म म तिमीहरूलाई सहनु? त्यसलाई मकहाँ ल्याओ ।”
  • मर 14:33-35 : 33 उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुनुभयो । 34 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण मरेजतिकै गहिरो वेदनामा छ । यहाँ बस र जागा रहो ।” 35 येशू अलि परतिर जानुभयो, भुइँमा लम्पसार पर्नुभयो र प्रार्थना गर्नुभयो, कि यदि यो सम्भव थियो भने यो घडी उहाँबाट हटेर जाओस् ।
  • उत्प 45:1-5 : 1 ¶ त्यसपछि आफूनेर उभिएका सबै दासहरूका सामुन्‍ने योसेफले आफूलाई नियन्त्रण गर्न सकेनन् । तिनले उच्‍च सोरमा भने, “हरेक व्यक्ति यहाँबाट जाऊ ।” त्यसैले योसेफले आफैलाई आफ्ना दाजुहरूकहाँ चिनाउँदा योसेफको नजिकै कोही उभिएको थिएन । 2 तिनी यति ठुलो सोर निकालेर रोए कि मिश्रीहरूले मात्र नभई फारोको परिवारले पनि सुने । 3 योसेफले आफ्ना दाजुहरूलाई भने, “म योसेफ हुँ । के मेरा पिता अझै जीवितै हुनुहुन्छ?” तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन् किनकि तिनीहरू तिनको उपस्थितिमा स्तब्ध भएका थिए । 4 त्यसपछि योसेफले आफ्ना दाजुहरूलाई भने, “बिन्ती छ, मेरो नजिक आओ ।” तिनीहरू नजिक आए । तिनले भने, “म तिमीहरूका भाइ योसेफ हुँ जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ । 5 तिमीहरूले मलाई बेचेकोमा अपसोस नमान वा आफैमाथि रिस नगर किनकि जीवन बचाउन परमेश्‍वरले मलाई तिमीहरूभन्दा पहिले यहाँ पठाउनुभयो ।
  • रोमी 12:15 : 15 आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ ।
  • इब्रा 4:15 : 15 किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्‍ने एक जना प्रधान पुजारी हुनुहुन्‍न । त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै परीक्षामा भएर जानुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ ।
  • इब्रा 5:7-8 : 7 उहाँ शरीरमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्‍नुहुने परमेश्‍वरसँग उहाँले ठुलो सोरमा क्रन्दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो । उहाँको आदरको कारणले गर्दा उहाँले सुन्‍नुभयो । 8 उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्‍टबाट उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो ।
  • यूह 13:21 : 21 जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्‍नुभयो, “साँ‍चो, साँचो म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 11:34-41
    8 पदहरू
    86%

    34उहाँले भन्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।”

    35येशू रुनुभयो ।

    36त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो!”

    37तर तिनीहरूमध्ये केहीले भने, “के अन्धाका आँखा खोल्ने यी मानिसले यस मानिसलाई पनि नमर्ने तुल्याउने बनाउन सक्दैनथ्यो र?”

    38त्यसपछि फेरि येशू आत्मामा आफैँ अति विचलित हुनुभयो, र चिहानतिर जानुभयो । यो एउटा गुफा थियो र यसलाई एउटा ढुङ्गाले ढाकेको थियो ।

    39येशूले भन्‍नुभयो, “ढुङ्गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि तिनी मरेको चार दिन भइसक्यो ।”

    40येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्‍नेछौ?”

    41त्यसैले, तिनीहरूले ढुङ्गा हटाए । येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो, र भन्‍नुभयो, “हे पिता, मेरो बिन्ती सुन्‍नुभएकोमा म तपाईंलाई धन्यवाद दिन्छु ।

  • यूह 11:28-32
    5 पदहरू
    83%

    28जब तिनले यो भनिन्, तिनी त्यहाँबाट गइन् र तिनकी बहिनी मरियमलाई सुटुक्‍क बोलाइन् । तिनले भनिन्, “गुरुज्यू यहाँ हुनुहुन्छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ ।”

    29जब तिनले यो सुनिन्, तिनी झट्टै उठिन् र उहाँकहाँ गइन् ।

    30येशू अझै पनि त्यस गाउँभित्र आउनुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन् ।

    31त्यसैले, तिनीसँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनीहरूले तिनी चिहानमा रुन गइरहेकी छन् भन्‍ने सोची तिनीहरू पनि तिनको पछि लागे ।

    32त्यसपछि जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्‍टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् ।”

  • लू 7:11-14
    4 पदहरू
    81%

    11त्यसको केही समयपछि येशू नाइन भन्‍ने सहरमा यात्रा गरिरहनुभएको थियो । मानिसहरूको एउटा ठुलो भिडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए ।

    12जब उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो ।

    13तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ ।”

    14तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्‍नेहरू टक्‍क अडिए । उहाँले भन्‍नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।”

  • मर 5:38-39
    2 पदहरू
    78%

    38उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला अर्थात् रोइरहेको र विलाप गरिरहेको देख्‍नुभयो ।

    39जब उहाँ घरभित्र पस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ? बालिका मरेकी छैनन्, सुतेकी मात्र हो ।”

  • यूह 11:19-21
    3 पदहरू
    77%

    19धेरै यहूदीहरू मरियम र मार्थाकहाँ तिनीहरूका भाइको बारेमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए ।

    20जब मार्थाले येशू आउँदै हुनुहुन्छ भन्‍ने सुनिन्, तिनी उहाँलाई भेट्न गइन्, तर मरियमचाहिँ घरमा नै बसिरहेकी थिइन् ।

    21त्यसपछि मार्थाले येशूलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् ।

  • 17जब येशू आउनुभयो, लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो ।

  • 11तर मरियमचाहिँ रुँदै चिहानबाहिर उभिएरहेकी थिइन्; तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन् ।

  • लू 8:52-53
    2 पदहरू
    75%

    52अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए । तर उहाँले भन्‍नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन् ।”

    53तर तिनीहरू केटी मरेको थाहा पाएर, येशूलाई गिल्ला गर्दै हाँसे ।

  • यूह 11:43-44
    2 पदहरू
    75%

    43उहाँले यी कुराहरू भन्‍नुभएपछि उहाँले ठुलो सोरमा भन्‍नुभयो, “लाजरस, बाहिर आऊ!”

    44मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए; त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।”

  • 41जब येशू सहरको नजिक पुग्‍नुभयो, उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो,

  • यूह 11:1-6
    6 पदहरू
    72%

    1¶ लाजरस नाम गरेका मानिस बिरामी थिए । तिनी तिनकी दिदीहरू मरियम र मार्थाको गाउँ बेथानियाका थिए ।

    2यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछेकी थिइन्, जसका भाइ लाजरस बिरामी थिए ।

    3यी दुई दिदी-बहिनीले येशूलाई बोलाउन पठाए “प्रभु, हेर्नुहोस्, तपाईंले जसलाई माया गर्नुहुन्छ तिनी बिरामी छन् ।”

    4जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “यस बिरामीले मृत्युमा पुर्‍याउँदैन, तर बरु यो परमेश्‍वरको महिमाको निम्ति हो, ताकि परमेश्‍वरका पुत्र यसद्वारा महिमित हुन सकून् ।”

    5येशूले मार्था र तिनकी बहिनी अनि लाजरसलाई माया गर्नुहुन्थ्यो ।

    6त्यसैले, जब येशूले लाजरस बिरामी भएको सुन्‍नुभयो, उहाँ अरू दुई दिन त्यही ठाउँमा बस्‍नुभयो जहाँ उहाँ हुनुहुन्थ्यो ।

  • 15येशूले तिनलाई भन्‍नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।”

  • 23येशूले तिनलाई भन्‍नुभयो, “तिम्रा भाइ फेरि जीवित हुनेछन् ।”

  • 13तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”

  • 14त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍ट रूपमा भन्‍नुभयो, “लाजरस मरेको छ ।

  • 27मानिसहरूको एउटा ठुलो भिड, उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्‍त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए ।

  • 20म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ; तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको निराशा आनन्दमा बद्‌लिनेछ ।

  • 10उनी गइन् र उनीसँग भएका सबैलाई बताइन् । त्यस बेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए ।

  • 1¶ निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए ।

  • 9अब यहूदीहरूको ठुलो भिडले येशू त्यहाँ हुनुहुन्छ भन्‍ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो ।

  • 17उहाँले अहिले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भिडले गवाही दियो ।

  • 37उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो ।

  • 11उहाँले यी कुराहरू उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा साथी लाजरस मस्त निद्रामा परेका छन्, तर म जाँदै छु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ ।”

  • 33उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुनुभयो ।

  • 6तर येशूले भन्‍नुभयो, “तिनलाई छोडिदेओ । तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ? तिनले मेरो निम्ति सुन्दर काम गरेकी छन् ।

  • 7येशूले भन्‍नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्‍न देऊ ।