लूका 19:41

अनलक शाब्दिक बाइबल

जब येशू सहरको नजिक पुग्‍नुभयो, उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 11:35 : 35 येशू रुनुभयो ।
  • यिर्मि 13:17 : 17 त्यसैले तिमीहरूले सुनेनौ भने, तिमीहरूको अहङ्कारको कारणले म एक्लै रुनेछु । निश्‍चय नै म रुनेछु, र मेरा आँखाबाट आँसुका धारा बग्‍नेछ, किनकि परमप्रभुको बगाल कैदमा लगिएको छ ।
  • यिर्मि 17:16 : 16 मेरो बारेमा, म तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर म गइन । मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ । मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्‍नुहुन्छ । ती तपाईंकै उपस्थितिमा गरिएका थिए ।
  • लू 13:34-35 : 34 त्यहाँ पठाइएका अगमवक्‍ताहरूलाई मार्ने, ढुङ्गाले हान्‍ने हे यरूशलेम! मैले एउटा पोथीले आफ्ना चल्लाहरूलाई बटुलेझैँ तेरा सन्तानहरूलाई बटुल्न कति पटक इच्छा गरेँ, तर तैँले मानिनस् । 35 हेर, तेरो घर त्यागिएको छ । म तिमीहरूलाई भन्छु, तिमीहरूले यसो नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ, “परमप्रभुको नाउँमा आउने धन्यको हो ।”
  • हो 11:8 : 8 ए एफ्राइम, म कसरी तँलाई त्याग्‍न सक्‍छु? ए इस्राएल, म कसरी तँलाई अरूकहाँ सुम्‍पिन सक्‍छु र? म तँलाई कसरी अदमाझैं बनाउन सक्छु? म तँलाई कसरी सबोयीमझैं बनाउन सक्छु? मेरो हृदय मभित्र परिवर्तन भएको छ, र मेरो सम्पूर्ण दया जागेको छ ।
  • रोमी 9:2-3 : 2 कि मेरो लागि मेरो हृदयमा असाध्य कष्‍ट र अटुट पीडा छ । 3 म इच्छा गर्थें, कि मेरा भाइहरू अर्थात् शरीरअनुसार आफ्नै जातिका खातिर म आफैँचाहिँ श्रापित होऊँ र ख्रीष्‍टबाट अलग गरिऊँ ।
  • भजन 119:53 : 53 तपाईंको व्यवस्थालाई इन्कार गर्ने दुष्‍टहरूका कारणले प्रचण्ड क्रोधले मलाई समातेको छ ।
  • भजन 119:136 : 136 मेरा आँखाहरूबाट आँसुका बलिन्द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन् । साधे
  • भजन 119:158 : 158 धोकेबाजलाई म घृणाको दृष्‍टिले हेर्छु किनभने तिनीहरूले तपाईंका वचन पालन गर्दैनन् ।
  • यिर्मि 9:1 : 1 ¶ मेरो शिरले पानी उत्पादन गर्न सके हुन्‍थ्‍यो र मेरा आँखा आँसुको फुहारा भए हुन्‍थ्‍यो! किनकि मेरा मानिसहरूका छोरीको बिचमा मारिएकाहरूका निम्ति म दिनरात रुने इच्‍छा गर्छु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 11:33-36
    4 पदहरू
    78%

    33जब येशूले तिनी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेको देख्‍नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो ।

    34उहाँले भन्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।”

    35येशू रुनुभयो ।

    36त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो!”

  • लू 19:42-44
    3 पदहरू
    77%

    42“यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्ति दिने कुरालाई जानेको भए! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन् ।

    43किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् ।

    44तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैँले बुझिनस् ।

  • लू 23:27-28
    2 पदहरू
    74%

    27मानिसहरूको एउटा ठुलो भिड, उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्‍त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए ।

    28तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोऊ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ ।

  • लू 19:37-38
    2 पदहरू
    74%

    37उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्‍नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे ।

    38तिनीहरूले यसो भन्‍न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा!”

  • लू 7:12-13
    2 पदहरू
    74%

    12जब उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो ।

    13तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ ।”

  • 20जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्‍नेछौ, तब त्यसको विनाश नजिकै छ भनी जान ।

  • 40येशूले जवाफ दिँदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, तिनीहरू चुप लागे भने, यी ढुङ्गाहरू नै कराउनेछन् ।”

  • लू 19:28-29
    2 पदहरू
    71%

    28यी कुराहरू भनिसक्‍नुभएपछि, उहाँ यरूशलेमतिर जानुभयो ।

    29बेथफागे र बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्‍नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो,

  • लू 13:34-35
    2 पदहरू
    71%

    34त्यहाँ पठाइएका अगमवक्‍ताहरूलाई मार्ने, ढुङ्गाले हान्‍ने हे यरूशलेम! मैले एउटा पोथीले आफ्ना चल्लाहरूलाई बटुलेझैँ तेरा सन्तानहरूलाई बटुल्न कति पटक इच्छा गरेँ, तर तैँले मानिनस् ।

    35हेर, तेरो घर त्यागिएको छ । म तिमीहरूलाई भन्छु, तिमीहरूले यसो नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ, “परमप्रभुको नाउँमा आउने धन्यको हो ।”

  • मत्त 23:36-39
    4 पदहरू
    70%

    36साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् ।

    37ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्! कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ, जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ, तर तैँले इच्छा गरिनस् ।

    38हेर, तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन् ।

    39किनकि म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ भनी तिमीहरूले नभनेसम्म, अबदेखि तिमीहरूले मलाई देख्‍नेछैनौ ।”

  • 40येशू टक्‍क उभिनुभयो र त्यस दृष्‍टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यस दृष्‍टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्‍नुभयो,

  • 11त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो । अहिले, अबेर भइरहेको थियो । उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो ।

  • 10जब येशू यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, “यिनी को हुन्?”

  • 1¶ जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्‍नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो,

  • 38उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला अर्थात् रोइरहेको र विलाप गरिरहेको देख्‍नुभयो ।

  • 6“जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन् ।”

  • 41उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्‍न सकिने ठाउँसम्म जानुभयो, र उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो,

  • 1¶ येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो ।

  • 35येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।

  • 20तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्‍तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्‍चात्ताप गरेका थिएनन् ।

  • 2उहाँले तिनलाई भन्‍नुभयो, “के तिमी यी भव्य भवनहरू देख्छौ? यिनीहरू नभत्काइएर एउटामाथि अर्को ढुङ्गा रहने एउटा पनि हुनेछैन ।”

  • 15तर जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्‍ना” भनेर चिच्‍च्‍याइरकेका सुने, तिनीहरू रिसले चुर भए ।

  • 2तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले यी सबै कुरा देख्दैनौ? साँच्‍चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन, सबै भत्काइनेछन् ।”

  • 48यस ठाउँमा आएका सबै भिडले त्यहाँ भएका घटनाहरूलाई देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के ।

  • 1¶ योआबलाई भनियो, “हेर्नुहोस्, राजाले अब्शालोमको निम्ति रुँदै र विलाप गर्दै छन् ।”

  • 34हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्‍यहाँबाट जान अनुरोध गरे ।

  • 1¶ येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्‍नुभयो ।

  • 37तिनीहरूले उसलाई भने, “नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्छ ।”

  • 19किनकि मानिसहरू सियोनमा, यरूशलेमा बस्‍नेछन् र तिमीहरू फेरि रुनेछैनौ । तिमीहरूको रुवाइको आवाज सुन्‍दा उहाँ निश्‍चय नै अनुग्रही हुनुहुनेछ । जब उहाँले त्‍यो सुन्‍नुहुन्छ, तब उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ ।

  • 1¶ जब येशूले यी कुराहरू भनेर सिद्ध्यानुभयो, उहाँ गालीलबाट निस्कनुभयो, र यर्दन नदीको पारि यहूदियाको सिमानासम्म आउनुभयो ।

  • 11“तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउदँ छौ । तर यो जान कि परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।”

  • 19तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्‍कार, महान् सहरलाई धिक्‍कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्‍ट पारिएकी छे ।”

  • 1¶ जब उहाँहरू यरूशलेम आउनुभयो उहाँहरू बेथफागे र बेथानीको नजिक जैतून डाँडामा आइपुग्‍नुभयो । येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो ।

  • 36जब उहाँले भिडलाई देख्‍नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए । तिनीहरू गोठालाविनाका भेडाहरूजस्‍तै थिए ।

  • 62पत्रुस बाहिर गएर धुरुधुरु रोए ।

  • 19जब साँझ पर्‍यो, उहाँहरू सहर छोडेर जानुभयो ।