यूहन्ना 14:12
साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्छ त्यसले मैले गर्ने कामहरू पनि गर्नेछ र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ, किनकि म पिताकहाँ गइरहेको छु ।
साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्छ त्यसले मैले गर्ने कामहरू पनि गर्नेछ र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ, किनकि म पिताकहाँ गइरहेको छु ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्वास गर्दैनौ? मैले तिमीहरूलाई बोलेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ । योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको छ ।
11म पितामा छु, र पिता ममा हुनुहुन्छ भन्ने विश्वास गर; नत्र कामहरूकै खातिर पनि विश्वास गर ।
13तिमीहरूले मेरो नाउँमा जे माग्छौ, सो म गर्नेछु, ताकि पुत्रमा पिता महिमित हुनुभएको होस् ।
14यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो म गर्नेछु ।
37यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्वास नगर ।
38तर यदि मैले ती काम नै गरिरहेको छु भने, तिमीहरूले मलाई विश्वास नगरे तापनि कामहरूमा त विश्वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्ने तिमीहरूले जान्न र बुझ्न सक ।”
36तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् छ, किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्ने गवाही दिन्छन् ।
19येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो, पिताले गरिरहनुभएको देख्नु बाहेक पुत्र आफैँले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ ।
20किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ अनि उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुन सक ।
28मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।
29अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्वास गर्न सक ।
25येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्छन् ।
19म यो घटनअगि नै तिमीहरूलाई भन्छु, ताकि जब यो घटन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्वास गर्न सक ।
20म साँचो, साँचो तिमीहरूलाई भन्दछु, जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ ।
19तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्नेछैन, तर तिमीहरू मलाई देख्छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।
20त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्नेछौ ।
21जोसँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैँ त्यसकहाँ देखा पर्छु ।”
47साँचो, साँचो, जसले विश्वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ ।
28तब तिनीहरूले उहाँलाई भने, “परमेश्वरका कामहरू गर्न हामीले के गर्नुपर्छ?”
29येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्वास गर्नू ।”
15पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ भनी मैले भनेको हुँ ।
16अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ ।
7यदि तिमीहरू ममा रह्यौ र मेरा वचनहरू तिमीहरूमा रहे भने, तिमीहरू जे इच्छा गर्छौ सो माग, र यो तिमीहरूका निम्ति गरिनेछ ।”
8मेरा पिता यसमा महिमित तुल्याइनुहुनेछः तिमीहरू धेरै फल फलाउन सक र तिमीहरू मेरा चेलाहरू होओ ।
44येशूले ठुलो सोरमा भन्नुभयो, “जसले ममाथि विश्वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्वास गर्छ,
45र जसले मलाई देख्छ त्यसले मलाई पठाउनुहुनेलाई देख्छ ।”
10धार्मिकताको बारेमा, किनकि म पिताकहाँ जाँदै छु र अब उप्रान्त तिमीहरूले मलाई देख्नेछैनौ;
15किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।
16साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।
17यदि तिमीहरूले यी कुराहरू जान्यौ, र ती गर्यौ भने तिमीहरू धन्यका हुनेछौ ।
24साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ ।
1¶ “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्वरमा विश्वास गर्छौ, ममा पनि विश्वास गर ।
2मेरा पिताको घरमा बस्ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।
3म जान्छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैँसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।
31तर म पितालाई प्रेम गर्छु भन्ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”
28येशूले भन्नुभयो, “तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफैँ केही पनि गर्दिनँ भन्ने तिमीहरूले जान्नेछौ । जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्छु ।
29मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एकलै छाड्नुभएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्न पार्ने काम गर्छु ।”
23त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै थोक माग्यौ भने यो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।
26जसले मलाई विश्वास गर्छ र ममा जिउँछ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्वास गर्छ्यौ?”
50येशूले तिनलाई जवाफ दिनुभयो र भन्नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्वास गर्छौ? तिमीले योभन्दा ठुला-ठुला कुराहरू देख्नेछौ ।”
20म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले तिनीहरूको वचनद्वारा मलाई विश्वास गर्नेछन्,
21ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्वास गरोस् ।
17येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ र म पनि काम गरिरहेको छु ।”
23साँचो साँचो म भन्दछु, जसले यो पहाडलाई, ‘उठ् र समुद्रमा झर्’ भन्छ, अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर त्यसले मागेको कुरा हुन्छ भनी विश्वास गर्छ, परमेश्वरले त्यही नै गर्नुहुनेछ ।
24त्यसकारण म तिमीहरूलाई भन्दछुः तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, यो तिमीहरूले पाएका छौ र तिमीहरूको हुनेछ भनी विश्वास गर ।
24यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू गरेको थिइनँ भने तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् ।
37तिनीहरूको सामु येशूले यति धेरै चिह्नहरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्वास गरेनन् ।
17[टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् ।
12यदि मैले तिमीलाई पृथ्वीको कुरा भनेँ भने तिमीहरू विश्वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनेँ भने तिमीले कसरी विश्वास गर्छौ?
38मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्छु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ ।”