यूहन्ना 18:19

अनलक शाब्दिक बाइबल

प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 26:59-68 : 59 अब मुख्य पुजारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए । 60 थुप्रै झुटा गवाह अगि आए तापनि उनीहरूले कुनै प्रमाण भेट्टाएनन् । तर पछि दुई जना अगि आए, 61 र भने, “यो मानिसले यसो भन्यो, ‘मैले परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तिन दिनमा पुनर्निर्माण गर्न सक्छु’ ।” 62 प्रधान पुजारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो?” 63 तर येशू चुप रहनुभयो । प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हौ?” 64 येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैँले नै भन्‍नुभएको छ । तर म तपाईंलाई भन्दछु, कि अबदेखि उसो तपाईंले मानिसका पुत्रलाई सर्वशक्‍तिमान्‌को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्‍नुहुनेछ ।” 65 त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्‍वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्‍वर-निन्दा सुन्‍नुभएको छ । 66 तपाईंहरू के विचार गर्नुहुन्छ?” उनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ ।” 67 त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए, 68 र भने, “हे ख्रीष्‍ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो?”
  • मर 14:55-65 : 55 अब, मुख्य पुजारीहरू र सबै यहूदी परिषद्‍ले येशूको विरुद्धमा गवाही खोजिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सकून् । तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन् । 56 किनभने धेरैले उहाँको विरुद्धमा झुटो गवाही ल्याए, तर तिनीहरूका गवाही मिलेन । 57 कोही खडा भए र उहाँको विरुद्धमा झुटो गवाही ल्याए; तिनीहरूले भने, 58 “यसले यसो भनेको हामीले सुन्यौँ, ‘हातद्वारा बनाइएका यो मन्दिर मैले नष्‍ट गर्नेछु, र तिन दिनमा हातविना नै बनाइएको अर्को मन्दिर मैले बनाउनेछु ।’” 59 तापनि तिनीहरूको गवाही एकै मतको भएन । 60 प्रधान पुजारी तिनीहरूका बिचमा उभिए र येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिँदैनौ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि?” 61 तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन । प्रधान पुजारीले उहाँलाई फेरि प्रश्‍न गरे र भने, “के तिमी धन्यका पुत्र ख्रीष्‍ट हौ?” 62 येशूले भन्‍नुभयो, “म हुँ । र तिमीहरूले मानिसका पुत्रलाई शक्‍तिको दाहिने हातपट्टि बसेको र आकाशको बादलसँग आएको देख्‍नेछौ ।” 63 प्रधान पुजारीले आफ्नो लुगा च्याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र? 64 तपाईंहरूले ईश्‍वर-निन्दा सुन्‍नुभएकै छ । तपाईंहरूको के निर्णय छ?” अनि तिनीहरू सबैले मृत्युको योग्य भएकालाई झैँ दोष लगाए । 65 केहीले उहाँलाई थुक्‍न र उहाँको अनुहार छोप्‍न र हिर्काउन थाले र भने, “भविष्‍यवाणी गर्!” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे ।
  • लू 11:53-54 : 53 येशू त्यहाँबाट गइसक्‍नुभएपछि, शास्‍त्रीहरू र फरिसीहरू एक-आपसमा धेरै कुराका लागि बहस गर्न लागे । 54 तिनीहरूले येशूलाई आफ्नो वचनको कारण परीक्षामा पार्ने कोसिस गरे ।
  • लू 20:20 : 20 तिनीहरूले मौका हेर्न लागे र येशूले भन्‍नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए ।
  • लू 22:63-71 : 63 तब येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे । 64 उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “भविष्यवाणी गर्! तँलाई कुट्ने को हो?” 65 येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्‍वर-निन्दाको दोष लगाए । 66 बिहान हुनेबितिकै, मुख्य पुजारीहरू र शास्‍त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र 67 भने, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन, 68 र मैले तपाईंहरूलाई सोधेँ भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन । 69 तर अहिलेबाट, मानिसका पुत्र परमेश्‍वरको शक्‍तिको दाहिने हातपट्टि विराजमान हुनेछ ।” 70 तिनीहरू सबैले भने, “त्यसो भए के तँ परमेश्‍वरका पुत्र होस्?” र येशूले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरू नै भन्‍नुहुन्छ, म उही हुँ ।” 71 तिनीहरूले भने, “अब हामीलाई किन अझ साक्षीहरूको आवश्यक पर्छ र? किनभने हामी आफैँले उसको आफ्नै मुखबाट सुनिसक्यौँ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 18:20-24
    5 पदहरू
    80%

    20येशूले तिनलाई जवाफ दिनुभयो, “म संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैँ मन्दिर र सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्‍तमा भनेको छैन ।

    21तपाईंहरूले मलाई किन सोध्‍नुहुन्छ? तिनीहरूलाई नै सोध्‍नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन् ।”

    22जब येशूले यो कुरा भन्‍नुभयो, त्यहाँ उभिरहेकाहरूमध्ये एक जनाले येशूलाई एक मुक्‍का हाने, र भने, “के प्रधान पुजारीलाई जवाफ दिने तेरो तरिका त्यही हो?”

    23येशूले त्यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलेँ भने, त्यो गलत कुराको गवाही देऊ, तर यदि मैले ठिकसँग बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ?”

    24अनि हन्‍नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाए ।

  • मर 14:60-61
    2 पदहरू
    77%

    60प्रधान पुजारी तिनीहरूका बिचमा उभिए र येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिँदैनौ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि?”

    61तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन । प्रधान पुजारीले उहाँलाई फेरि प्रश्‍न गरे र भने, “के तिमी धन्यका पुत्र ख्रीष्‍ट हौ?”

  • यूह 18:34-35
    2 पदहरू
    76%

    34येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो?”

    35पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्‍नै मानिसहरू र तिम्रा मुख्य पुजारीहरूले नै तिमीलाई मकहाँ सुम्‍पेका छन् । तिमीले के गर्‍यौ?”

  • लू 20:1-3
    3 पदहरू
    75%

    1¶ येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए ।

    2तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?”

    3उहाँले जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु ।

  • मत्त 26:62-63
    2 पदहरू
    74%

    62प्रधान पुजारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो?”

    63तर येशू चुप रहनुभयो । प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हौ?”

  • मत्त 21:23-24
    2 पदहरू
    73%

    23जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ? र तिमीलाई यो अधिकार कसले दियो?”

    24येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्‍ने कुरा म तिमीहरूलाई बताउनेछु ।

  • यूह 18:7-8
    2 पदहरू
    73%

    7अनि उहाँले तिनीहरूलाई फेरि सोध्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”

    8येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनेँ, म उही हुँ । त्यसैले, यदि तिमीहरू मलाई खोजिरहेका छौ भने, यिनीहरूलाई जान देओ ।”

  • लू 20:21-22
    2 पदहरू
    73%

    21उनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्‍न तर परमेश्‍वरको मार्गको सत्यता सिकाउनुहुन्छ ।

    22हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?”

  • यूह 18:4-5
    2 पदहरू
    73%

    4के भइरहेको थियो भनी सबै थोक जान्‍नुहुने येशू अगाडि आउनुभयो र भन्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?”

    5तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म उही हुँ ।” उहाँलाई विश्‍वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो ।

  • 27तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे,

  • 1¶ त्यसपछि येशू भिडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो ।

  • 41फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्‍न सोध्‍नुभयो ।

  • 16येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले दिएको शिक्षा मेरो होइन, तर उहाँको हो जसले मलाई पठाउनुभयो ।

  • 18उहाँले भन्‍नुभएको कुरा मुख्य पुजारीहरू र शास्‍त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । उहाँको शिक्षामा सम्पूर्ण भिड नै छक्‍क परेका हुनाले तिनीहरू डराए ।

  • 16उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?”

  • 45सबै मानिसहरूले सुन्‍ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,

  • 15सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्का चेलाले पनि त्यसै गरे । ती चेलाको प्रधान पुजारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पुजारीका आँगनभित्र पसे ।

  • 1¶ प्रधान पूजाहारीले भने, “के यी कुराहरू साँचा हुन्?”

  • 48येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू डाँकुको विरुद्धमा आएझैँ तरवार र भाला लिएर आउँछौ?

  • 47येशूले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो । मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे ।

  • 20उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्‍नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।

  • 18यूहन्‍नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।

  • 18जब उहाँ एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनिहरूलाई प्रश्‍न गर्दै भन्‍नुभयो, “भिडले म को हुँ भनी भन्दछ?”

  • 55त्यति बेला येशूले भिडलाई भन्‍नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ, अनि तिमीहरूले मलाई पक्रेनौ ।

  • मत्त 22:16-17
    2 पदहरू
    71%

    16त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्‍वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईं कसले के सोच्छ भन्‍ने कुरालाई वास्ता गर्नुहुन्‍न, र मानिसहरूका बिचमा तपाईंले पक्षपात गर्नुहुन्‍न ।

    17त्यसैले, हामीलाई भन्‍नुहोस्, कि तपाईं के भन्‍नुहुन्छ? कैसरलाई कर तिर्नु उचित हो कि होइन?”

  • मर 15:2-3
    2 पदहरू
    70%

    2पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।”

    3मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए ।

  • मर 11:28-29
    2 पदहरू
    70%

    28तिनीहरूले उहाँलाई भने, “कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ? र ती गर्न तिमीलाई कसले अधिकार दियो?”

    29येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु । मलाई भन र मैले यी सबै कुन अधिकारले गर्छु भनी सो बताउनेछु ।

  • 40उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्‍न सोध्‍ने आँट गरेनन् ।

  • 66बिहान हुनेबितिकै, मुख्य पुजारीहरू र शास्‍त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र

  • 11अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्‍नुहुन्छ?”

  • 9अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।

  • 29त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ?”

  • 33जब भिडले यो सुन्यो, तिनीहरू उहाँको शिक्षामा छक्‍क परे ।

  • 12त्यसैले, सिपाहीहरूको समूह, कप्‍तान र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे ।