यूहन्ना 19:17

अनलक शाब्दिक बाइबल

तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्‍नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्‍ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लू 23:33 : 33 जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे ।
  • लू 14:27 : 27 जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन ।
  • लू 23:26 : 26 तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्‍न लगाए ।
  • लू 23:38 : 38 “यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो ।
  • प्रेरि 7:58 : 58 तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍त्रहरू खोलेर राखे ।
  • इब्रा 13:11-13 : 11 किनकि पाप क्षमाका निम्ति प्रधान पुजारीद्वारा पशुहरूको रगत पवित्रस्थानमा ल्याइन्थ्यो । तर तिनीहरूको शरीरलाई भने छाउनीबाहिर जलाइन्‍थ्‍यो । 12 त्यसकारण, येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई समर्पण गर्नका खातिर सहरको ढोकाबाहिर दुःख भोग्‍नुभयो । 13 त्यसैले, हामी पनि उहाँसँगै छाउनीबाहिर जाऔँ, र उहाँको निन्दामा सहभागी होऔँ ।
  • लैव्य 16:21-22 : 21 हारूनले आफ्ना दुवै हात त्यस जिउँदो बोकाको शिरमा राखोस् र त्यसमाथि इस्राएलका मानिसहरूका सबै दुष्‍टता, तिनीहरूका सबै विद्रोह, र सबै पापलाई मानिलिओस् । त्यसपछि त्यसले त्यस बोकाको शिरमाथि त्यो पाप राखोस् र त्यस बोकालाई उजाड-स्थानतर्फ डोर्‍याउन तयार भएको मानिसको जिम्मामा दिओस् । 22 त्यस बोकाले मानिसहरूका सबै दुष्‍टतालाई आफूमाथि बोकी एउटा एकान्‍त ठाउँमा जाओस् । उता उजाड-स्थानमा त्यस मानिसले त्यो बोकालाई छोडिदिओस् ।
  • लैव्य 24:14 : 14 “परमेश्‍वरलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाल् । त्यसको कुरा सुनेका सबैले आफ्ना हात त्यसको टाउकोमाथि राखून्, र त्यसपछि जम्‍मै समुदायले त्यसलाई ढुङ्गाले हानून् ।
  • गिन 15:35-36 : 35 परमप्रभु मोशासँग बोल्नुभयो, “त्यो मानिस निश्‍चय नै मर्नुपर्छ । सबै समुदायले त्यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हान्‍नुपर्छ ।” 36 यसैले सबै समुदायले त्यसलाई छाउनी बाहिर ल्याए र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे ।
  • १ राजा 21:13 : 13 दुई जना बेइमान मानिस आए, र तिनीहरू नाबोतको सामु बसे । मानिसहरूको उपस्थितिमा तिनीहरूले नाबोतको विरुद्धमा यसो भनी गवाही दिए, “नाबोतले परमेश्वर र राजा दुवैलाई सराप दिए ।” त्यसपछि तिनीहरूले तिनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मारे ।
  • मत्त 10:38 : 38 जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन, ऊ मेरो निम्ति योग्यको हुँदैन ।
  • मत्त 16:24 : 24 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, उसले आफैँलाई इन्कार गर्नुपर्छ; आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ ।
  • मत्त 27:31-34 : 31 तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्‍त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रुसमा झुन्ड्याउन त्यहाँबाट लगे । 32 जब तिनीहरू बाहिर आए, तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एक जना मानिसलाई भेट्टाए, जसलाई उनीहरूसँग जान तिनीहरूले कर गरे ताकि उसले उहाँको क्रुस बोकोस् । 33 तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसको अर्थ “खोपडीको स्थान” हो । 34 तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए । तर जब उहाँले त्यो चाख्‍नुभयो, उहाँले त्यो पिउनुभएन ।
  • मत्त 27:37 : 37 उहाँको शिरमाथि यसो भनिएको अभियोग लेखिएको थियो, “यिनी येशू हुन्, यहूदीहरूका राजा ।”
  • मर 8:34 : 34 त्यसपछि उहाँले भिड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने, त्यसले आफैँलाई इन्कार गर्नुपर्छ, त्यसको क्रुस बोक्‍नुपर्छ र मलाई पछ्याउनुपर्छ ।
  • मर 10:21 : 21 येशूले त्यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्यसलाई भन्‍नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्‍नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आऊ र मेरो पछि लाग ।”
  • मर 15:21-23 : 21 तिनीहरूले गाउँबाट आइरहेका (अलेक्जेन्डर र रुफसका बुबा) कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए; तिनीहरूले तिनलाई येशूको क्रुस बोक्‍न कर लगाए । 22 सिपाहीहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए ( जसको अर्थ हुन्छः “खप्परको ठाउँ”) । 23 तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन ।
  • मर 15:26 : 26 तिनीहरूले उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।”
  • मर 15:32 : 32 इस्राएलका राजा ख्रीष्‍ट क्रुसबाट तल ओर्लेर आओस्, ताकि हामी देखेर विश्‍वास गर्न सकौँ ।” अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे ।
  • लू 9:23 : 23 उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफैँलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मलाई पछ्याओस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 27:31-33
    3 पदहरू
    88%

    31तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्‍त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रुसमा झुन्ड्याउन त्यहाँबाट लगे ।

    32जब तिनीहरू बाहिर आए, तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एक जना मानिसलाई भेट्टाए, जसलाई उनीहरूसँग जान तिनीहरूले कर गरे ताकि उसले उहाँको क्रुस बोकोस् ।

    33तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसको अर्थ “खोपडीको स्थान” हो ।

  • मर 15:20-29
    10 पदहरू
    88%

    20जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए ।

    21तिनीहरूले गाउँबाट आइरहेका (अलेक्जेन्डर र रुफसका बुबा) कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए; तिनीहरूले तिनलाई येशूको क्रुस बोक्‍न कर लगाए ।

    22सिपाहीहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए ( जसको अर्थ हुन्छः “खप्परको ठाउँ”) ।

    23तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन ।

    24तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए ।

    25तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍दा तेस्रो पहर भएको थियो ।

    26तिनीहरूले उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।”

    27तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि ।

    28[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२:३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍त्रको वचन पुरा भयो ।

    29त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा! तिमीले त मन्दिरलाई नष्‍ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ त,

  • 16तब पिलातसले क्रुसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे ।

  • यूह 19:18-20
    3 पदहरू
    81%

    18त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे ।

    19पिलातसले एउटा चिन्ह पनि लेखे र क्रुसमाथि राखे । त्यहाँ यस्तो लेखिएको थियोः नासरतका येशू, यहूदीहरूका राजा ।

    20यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो । यो चिन्ह हिब्रू, ल्याटिन र ग्रिकमा लेखिएको थियो ।

  • 26तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्‍न लगाए ।

  • लू 23:33-34
    2 पदहरू
    78%

    33जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे ।

    34येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।

  • मर 15:16-18
    3 पदहरू
    75%

    16सिपाहीहरूले उहाँलाई (ब्यारेकभित्रको) चोकमा लगे र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए ।

    17तिनीहरूले येशूलाई बैजनी रङको पोशाक पहिराइदिए र तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए ।

    18तिनीहरूले “हे यहूदीहरूका राजा” भनी उहाँलाई सलाम गर्न थाले ।

  • मत्त 20:18-19
    2 पदहरू
    75%

    18“हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्,

    19र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन, र क्रुसमा झुण्ड्याउनको लागि तिनीहरूले उनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन् । तर उनी तेस्रो दिनमा उठाइनेछन् ।”

  • यूह 19:1-3
    3 पदहरू
    75%

    1¶ तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए ।

    2सिपाहीहरूले काँडाको मुकुट बनाए । तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍त्र पहिर्‍याइदिए ।

    3तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस्!” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने ।

  • 13जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्याय आसनमा बसे ।

  • मत्त 27:37-39
    3 पदहरू
    74%

    37उहाँको शिरमाथि यसो भनिएको अभियोग लेखिएको थियो, “यिनी येशू हुन्, यहूदीहरूका राजा ।”

    38दुई जना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए– एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि ।”

    39जो त्यो बाटो भएर जान्थे, तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे,

  • 28यी कुराहरू भनिसक्‍नुभएपछि, उहाँ यरूशलेमतिर जानुभयो ।

  • 5त्यसैले, येशू बाहिर आउनुभयो । उहाँले काँडाको मुकुट र बैजनी रङको वस्‍त्र लगाउनुभएको थियो । तब पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर!”

  • 36त्यसपछि येशू उनीहरूसँगै गेतसमनी भन्‍ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्छु, तर तिमीहरूचाहिँ यहीँ बस ।”

  • 13तिनीहरू फेरि चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस्!”

  • 38“यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो ।

  • 29जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओराले र चिहानमा राखे ।

  • 26अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कोर्रा लगाए र क्रुसमा झुन्ड्याउनको निम्ति सुम्पिदिए ।

  • 29तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, “यहूदीहरूका राजालाई प्रणाम!”

  • 1¶ यी कुराहरू बोलिसक्‍नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो । त्यहाँ एउटा बगैँचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो ।

  • 30जब येशूले अमिलो लिनुभयो, उहाँले भन्‍नुभयो, “सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्‍नुभयो ।

  • 35जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍त्रहरूलाई भाग लगाए ।

  • यूह 19:41-42
    2 पदहरू
    71%

    41अब उहाँलाई क्रुसमा झुण्ड्याइएको ठाउँमा एउटा बगैँचा थियो, र त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्‍तिलाई गाडिएको थिएन ।

    42यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे ।

  • 20र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे ।

  • 22पिलातसले तिनीहरूलाई भने, “ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”

  • लू 19:35-36
    2 पदहरू
    71%

    35तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले ।

    36उहाँ जाँदै गर्नुहुँदा, तिनीहरूले बाटोमा कपडा ओछ्याए ।

  • 2तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए ।