यूहन्ना 4:29
“आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर । उहाँ नै ख्रीष्ट हुन सक्छ, हुन सक्दैन त?”
“आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर । उहाँ नै ख्रीष्ट हुन सक्छ, हुन सक्दैन त?”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
25स्त्रीले उहाँलाई भनिन्, “(ख्रीष्ट भनिने) मसीह आउँदै हुनुहुन्छ भन्ने मलाई थाहा छ, जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।”
26येशूले त्यसलाई भन्नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही नै हुँ ।”
27त्यही बेला उहाँका चेलाहरू आइपुगे । उहाँ स्त्रीसित किन कुराकानी गर्दै हुनुहुन्थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्छ?” वा “किन तपाईं त्यससँग कुराकानी गर्दै हुनुहुन्छ?” भनी कसैले पनि भनेन ।
28त्यसैले, ती स्त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्,
39“मैले गरेका सबै कुरा उहाँले मलाई भन्नुभयो” भनी स्त्रीले दिएको गवाहीले गर्दा त्यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्वास गरे ।
30तिनीहरू सहरबाट उहाँकहाँ आए ।
15स्त्रीले उहाँलाई भनिन्, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म फेरि तिर्खाउनेछैन र यहाँ पानी लिन आउनुपर्नेछैन ।”
16येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो लोग्नेलाई बोलाऊ, र यहाँ आऊ ।”
17स्त्रीले उहाँलाई जवाफ दिइन् र भनिन्, “मेरो लोग्ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्ने छैन’ भनी तिमीले साँचो भनेकी छ्यौ ।
18किनकि तिम्रा पाँच जना लोग्ने भइसकेका छन् र अहिले भएको पनि तिम्रो लोग्ने होइन । तिमीले भनेकी कुरो साँचो हो ।”
19स्त्रीले उहाँलाई भनिन्, “महाशय, तपाईं अगमवक्ता हुनुहुन्छ भनी म देख्छु ।
7एक जना सामरी स्त्री पानी लिन आइन् र येशूले तिनलाई भन्नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।”
8किनभने उहाँका चेलाहरू खानेकुरा किन्न सहरतिर गएका थिए ।
9त्यसपछि सामरी स्त्रीले उहाँलाई भनिन्, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्त्रीसँग कसरी पिउने कुरा माग्नुभएको?” किनकि यहूदीहरूले समारीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन् ।
10येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “यदि तिमीले परमेश्वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।”
11स्त्रीले उहाँलाई जवाफ दिइन्, “महाशय, तपाईंसित बाल्टिन छैन; इनार पनि गहिरो छ । अनि तपाईंसँग जिउँदो पानी कहाँ छ त?
42तिनीहरूले ती स्त्रीलाई भने, “तिमीले भनेकी कारणले हामी विश्वास गर्दैनौँ, किनकि हामी आफैँले सुनेका छौँ र हामी जान्दछौँ, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्छ ।”
39उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ अनि देख्छौ ।” तब उनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे । त्यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दसौँ पहर हुन लागेको थियो ।
10येशू खडा हुनुभयो र त्यसलाई भन्नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिमीलाई दण्ड दिएन?”
11त्यसले भनी, “कसैले दिएन, प्रभु” येशूले भन्नुभयो, “न त म पनि तिमीलाई दण्ड दिन्छु । जाऊ, र कुनै पाप नगर ।” ]
30त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, र भने, “उहाँले मेरा आँखा खोलिदिनुभो, तैपनि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्नुहुन्न, यो त अचम्म भो!
4के भइरहेको थियो भनी सबै थोक जान्नुहुने येशू अगाडि आउनुभयो र भन्नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?”
32तर येशूले यो कसले गरेको थियो भनी देख्न वरिपरि हेर्नुभयो ।
35तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो । उहाँले त्यसलाई भेटाउनुभयो र भन्नुभयो, “के तिमी मानिसका पुत्रमा विश्वास गर्छौ?”
36त्यसले जवाफ दियो, र भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ, कि मैले विश्वास गर्न सकौँ?”
37येशूले त्यसलाई भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही हो ।”
27तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्वास गर्छु, तपाईं नै संसारमा आइरहनुभएका परमेश्वरका पुत्र अर्थात् ख्रीष्ट हुनुहुन्छ ।”
37तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।”
26तिनीहरू यूहन्नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्तिले बप्तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”
14पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र भन्नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ । अब पाप नगर, ताकि तिमीमाथि योभन्दा झन् खराबी आइनपरोस् ।”
15त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुँदोरहेछ भनी त्यसले यहूदीहरूलाई बतायो ।
25तब त्यो मानिसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, म जान्दिनँ । तर म एउटा कुरो जान्दछुः म अन्धो थिएँ र अहिले म देख्छु ।”
46नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्छ र?” फिलिपले उनलाई भने, “आएर हेर!”
27तापनि यो मानिस कहाँबाट आएको हो हामी जान्दछौँ । तर जब ख्रीष्ट आउनुहुन्छ उहाँ कहाँबाट आउनुहुन्छ कसैले पनि जान्नेछैन ।”
30अब हामी जान्दछौँ, कि तपाईं सबै थोक जन्नुहुन्छ, अनि कसैले तपाईंलाई प्रश्न सोध्नु आवश्यक छैन । त्यही कारणले हामी विश्वास गर्छौं, कि तपाईं परमेश्वरबाट आउनुभएको हो ।”
4[नोटः यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], त्यसपछि तिनीहरूले येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको काममा पक्राउ परेकी छे ।
34येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो?”
39जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्ता भएको भए, तब उनले जान्ने थिए कि को र कस्ती प्रकारकी स्त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्त्री हो भनेर ।”
15येशूले तिनलाई भन्नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।”
2यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईं परमेश्वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिह्नहरू परमेश्वर त्यससँग नभईकन कसैले पनि गर्न सक्दैन ।”
47जब त्यस स्त्रीले आफूले गरेको कुरा लुकाउन नसक्ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन् ।
34उहाँले भन्नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।”
13येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “हरेक जसले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ,
50येशूले तिनलाई जवाफ दिनुभयो र भन्नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्वास गर्छौ? तिमीले योभन्दा ठुला-ठुला कुराहरू देख्नेछौ ।”
36यिनले ‘तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्नेछैनौ’ भनेको वचन के हो?”
8त्यसपछि त्यसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्नेहरूले भने, “त्यो बसेर भिख माग्ने गर्ने के यही नै होइन?”
45अगमवक्ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् ।
18मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र तिनलाई उहाँले भन्नुभएका यी कुराहरू बताइन् र भनिन्, “मैले प्रभुलाई देखेँ ।”
28येशूले भन्नुभयो, “तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफैँ केही पनि गर्दिनँ भन्ने तिमीहरूले जान्नेछौ । जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्छु ।
18यूहन्नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।