यूहन्ना 6:64

अनलक शाब्दिक बाइबल

तैपनि तिमीहरूमध्ये कति जनाले विश्‍वास गर्दनौँ ।” किनकि क-कसले विश्‍वास गर्दैनथे र उहाँलाई धोका दिने को हो भन्‍ने येशूलाई सुरुदेखि नै थाहा थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 6:61 : 61 उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्‍ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्‍नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्‍न तुल्याउँछ?”
  • यूह 10:26 : 26 तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ ।
  • यूह 13:10-11 : 10 येशूले तिनलाई भन्‍नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन र त्यो पूर्ण रूपमा शुद्ध हुन्छ; तिमी शुद्ध छौ, तर तिमीहरू सबै जना नै त छैनौ ।” 11 (किनकि कसले उहाँलाई विश्‍वासघात गर्थ्यो भन्‍ने येशूलाई थाहा थियो, त्यसैले उहाँले भन्‍नुभयो, “तिमीहरू सबै जना त शुद्ध छैनौ ।” )
  • रोमी 8:29 : 29 किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति गर्नुभयो ।
  • २ तिमो 2:19 : 19 तथापि यस छाप सहितको परमेश्‍वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” ।
  • इब्रा 4:13 : 13 सृष्‍टिको कुनै पनि थोक परमेश्‍वरको दृष्‍टिमा लुकेको छैन । बरु, उहाँको दृष्‍टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ ।
  • यूह 13:18-21 : 18 म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु, तर यो यसैले हो, कि धर्मशास्‍त्र पुरा होस्ः जसले मेरो रोटी खायो, त्यसले नै ममाथि लात उठायो । 19 म यो घटनअगि नै तिमीहरूलाई भन्छु, ताकि जब यो घटन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक । 20 म साँचो, साँचो तिमीहरूलाई भन्दछु, जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ । 21 जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्‍नुभयो, “साँ‍चो, साँचो म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछ ।”
  • प्रेरि 15:18 : 18 , जसले यी प्राचीन समयदेखि थाहा कुराहरू गर्नुहुने प्रभुले यसरी भन्‍नुहुन्छ ।
  • यूह 6:66 : 66 यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए र उहाँसँग कहिल्यै पनि हिँडेनन् ।
  • यूह 6:70-71 : 70 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू बाह्र जनालाई मैले नै चुनेको होइनँ, र पनि तिमीहरूमध्ये एक जनाचाहिँ दुष्‍ट छ?” 71 अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभएको थियो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो ।
  • भजन 139:2-4 : 2 म बस्‍दा र म उठ्दा तपाईंले जान्‍नुहुन्छ । तपाईंले मेरो विचार टाढैबाट बुझ्‍नुहुन्छ । 3 तपाईंले मेरो मार्ग र मेरो सुताइ हे्र्नुहुन्छ । मेरा सबै मार्गहरूका बारेमा तपाईं परिचित हुनुहुन्छ । 4 हे परमप्रभु, मेरो जिब्रोमा शब्द आउनअगि नै तपाईंले त्‍यो पूर्ण रूपमा जान्‍नुहुन्छ ।
  • यूह 2:24-25 : 24 तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्‍नुहुन्थ्यो, 25 किनकि मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनभने त्यसभित्र के छ भन्‍ने उहाँ जान्‍नुहुन्थ्यो ।
  • यूह 5:42 : 42 तर म जान्दछु, तिमीहरू आफैँमा परमेश्‍वरको प्रेम छैन ।
  • यूह 6:36 : 36 तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्‍वास गर्दैनौ ।
  • यूह 8:23 : 23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ । तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ ।
  • यूह 8:38-47 : 38 मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्छु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ ।” 39 तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ । 40 तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्‍वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् । 41 तिमीहरू तिमीहरूका पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौँ; हाम्रा एक पिता परमेश्‍वर हुनुहुन्छ ।” 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ, र यहाँ छु, म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो । 43 तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ । 44 तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो । 45 म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ । 46 तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ? 47 जो परमेश्‍वरको हो त्यसले परमेश्‍वरको वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका होइनौ ।”
  • यूह 8:55 : 55 तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्छु भने म झुटजस्तै हुन्थेँ । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 36तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्‍वास गर्दैनौ ।

  • यूह 13:21-22
    2 पदहरू
    76%

    21जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्‍नुभयो, “साँ‍चो, साँचो म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछ ।”

    22उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्छ भनेर छक्‍क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गर्न थाले ।

  • यूह 6:65-67
    3 पदहरू
    76%

    65उहाँले भन्‍नुभयो, “यही कारणले पिताले उसलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन भनी मैले तिमीहरूलाई भनेँ ।”

    66यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए र उहाँसँग कहिल्यै पनि हिँडेनन् ।

    67तब येशूले ती बाह्र जनालाई भन्‍नुभयो, “तिमीहरूचाहिँ जान चाहँदैनौ, चाहन्छौ त?”

  • 11(किनकि कसले उहाँलाई विश्‍वासघात गर्थ्यो भन्‍ने येशूलाई थाहा थियो, त्यसैले उहाँले भन्‍नुभयो, “तिमीहरू सबै जना त शुद्ध छैनौ ।” )

  • यूह 13:18-19
    2 पदहरू
    74%

    18म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु, तर यो यसैले हो, कि धर्मशास्‍त्र पुरा होस्ः जसले मेरो रोटी खायो, त्यसले नै ममाथि लात उठायो ।

    19म यो घटनअगि नै तिमीहरूलाई भन्छु, ताकि जब यो घटन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक ।

  • 26तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ ।

  • यूह 6:69-71
    3 पदहरू
    73%

    69र हामीले विश्‍वास गरेका छौँ र तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौँ ।”

    70येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू बाह्र जनालाई मैले नै चुनेको होइनँ, र पनि तिमीहरूमध्ये एक जनाचाहिँ दुष्‍ट छ?”

    71अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभएको थियो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो ।

  • 21जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।”

  • मर 14:18-21
    4 पदहरू
    73%

    18जब उहाँहरू टेबुलमा अडेस लागेर खाँदै हुनुहुन्थ्यो, येशूले भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, मसँग खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोखा दिनेछ ।”

    19उनीहरू सबै एकदमै निराश भए, र तिनीहरू एक-एक जनाले उहाँलाई भने, “के म त होइन?”

    20येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यी बाह्र जनामध्येका एक हुन्, जसले मसँग अहिले कचौरामा रोटी चोपिरहेको छ ।

    21मानिसका पुत्र धर्मशास्‍त्रमा उसको बारेमा लेखिएबमोजिम जानेछ । तर धिक्‍कार! जसद्वारा मानिसका पुत्रलाई धोखा दिइनेछ । त्यसको निम्ति त्यो त नजन्मेको भए नै असल हुने थियो ।”

  • 38तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ ।

  • यूह 6:60-63
    4 पदहरू
    72%

    60यो सुन्‍ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो, यसलाई कसले स्‍वीकार गर्न सक्छ?”

    61उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्‍ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्‍नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्‍न तुल्याउँछ?”

    62त्यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई पहिला भएकैतिर गइरहेका देखौ भने नि?

    63जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ, देहले त कुनै पनि लाभ दिँदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन् र तिनीहरू जीवन हुन् ।

  • 24यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्‍वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”

  • 6(तर येशूले फिलिपलाई जाँच्‍न यसो भन्‍नुभएको थियो, किनकि उहाँ आफैँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैँलाई थाहा थियो ।)

  • 31येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्छौ?

  • 24तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्‍नुहुन्थ्यो,

  • 9पापको बारेमा, किनभने तिनीहरूले ममा विश्‍वास गर्दैनन्;

  • 17तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्‍नुभएको हो?”

  • 29अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक ।

  • यूह 13:28-29
    2 पदहरू
    71%

    28अब उहाँले त्यसलाई किन यसो भन्‍नुभएको भन्‍ने त्यहाँ टेबलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन ।

    29केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्‍यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई दिनुपर्छ भन्‍नुभएको होला भन्‍ने सोचे ।

  • 37तिनीहरूको सामु येशूले यति धेरै चिह्न‍हरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन् ।

  • 44येशूले ठुलो सोरमा भन्‍नुभयो, “जसले ममाथि विश्‍वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ,

  • 4मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक । मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै नै थिएँ ।

  • 53तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैँमा जीवन हुनेछैन ।

  • 23उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ ।

  • 47साँचो, साँचो, जसले विश्‍वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ ।

  • यूह 8:45-47
    3 पदहरू
    70%

    45म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ ।

    46तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ?

    47जो परमेश्‍वरको हो त्यसले परमेश्‍वरको वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका होइनौ ।”

  • 19तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ ।”

  • 25त्यसैले, तिनी येशूको छातीमा ढल्किएर बसे, र उहाँलाई भने, “प्रभु, यो को हो?”

  • 55तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्छु भने म झुटजस्तै हुन्थेँ । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु ।

  • 4उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्‍वासघात गर्ने थियो, त्यसले भन्यो,

  • 11साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौँ, त्यहीँ भन्छौँ, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्‍छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।

  • 44अब, उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, ऊ त्‍यही हो । उसलाई समात र सुरक्षा घेरामा लैजाओ ।”

  • 20पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्‍ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो?” भनी सोध्‍ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे ।

  • 16तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ ।

  • 1¶ अब निस्तार-चाडअगि येशू जान्‍नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो ।