मरकुस 14:18

अनलक शाब्दिक बाइबल

जब उहाँहरू टेबुलमा अडेस लागेर खाँदै हुनुहुन्थ्यो, येशूले भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, मसँग खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोखा दिनेछ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 41:9 : 9 वास्तवमा, मेरो रोटी खाएको मेरो आफ्नो घनिष्ठ मित्र जसमा मैले भरोसा गरें, त्यसैले मेरो विरुद्धमा आफ्‍नो लात उठाएको छ ।
  • यूह 6:70 : 70 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू बाह्र जनालाई मैले नै चुनेको होइनँ, र पनि तिमीहरूमध्ये एक जनाचाहिँ दुष्‍ट छ?”
  • यूह 13:21 : 21 जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्‍नुभयो, “साँ‍चो, साँचो म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछ ।”
  • यूह 13:38 : 38 येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त? साँचो, साँचो म तिमीलाई भन्दछु, कि तिमीले मलाई तिन पल्ट इन्कार गरेपछि मात्र भाले बास्‍नेछ ।”
  • यूह 21:18 : 18 साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ ।
  • भजन 55:13-14 : 13 तर यो त त्‍यही, म समानको मानिस, मेरो मित्र र मेरो घनिष्ठ साथी थियो । 14 हामीले एकसाथ मीठो सङ्गति गर्थ्‍यौं । भीडको साथमा हामी परमेश्‍वरको भवनमा जान्‍थ्‍यौं ।
  • मत्त 5:18 : 18 किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पुरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन ।
  • मत्त 6:2 : 2 त्यसैले, जब तिमीहरूले कसैलाई केही दान दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरेजस्तै आफ्नैअगि तुरही नफुक । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
  • मत्त 6:5 : 5 अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरूजस्ता नहोओ, किनकि मानिसहरूले उनीहरूलाई देखून् भनेर उनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
  • मत्त 6:16 : 16 साथै, जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरेजस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
  • मत्त 26:21 : 21 जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।”
  • मर 3:28 : 28 म तिमीहरूलाई साँचो साँचो भन्दछु, कि मानिसहरूका सन्तानहरूका सबै पाप क्षमा गरिनेछन्, तिनीहरूले गरेका सबै ईश्‍वर-निन्दा पनि क्षमा गरिनेछन्,
  • मर 6:11 : 11 यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन भने त्यो ठाउँ छोड, र तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।”
  • मर 8:12 : 12 उहाँले आत्मामा सुस्केर हाल्‍नुभयो र भन्‍नुभयो, “यो पुस्ताले किन चिन्हको खोजी गर्छ? साँचो साँचो म तिमीहरूलाई भन्दछु, यो पुस्तालाई कुनै चिन्ह दिइनेछैन ।”
  • मर 9:1 : 1 ¶ उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्‍वरको राज्य शक्‍तिसित आएको देख्‍नुअगि मृत्यु चाख्‍नेछैनन् ।
  • मर 9:41 : 41 तिमीहरू ख्रीष्‍टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन ।
  • मर 10:15 : 15 साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन ।”
  • मर 10:29 : 29 येशूले भन्‍नुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदी बहिनीहरू वा आमा वा बुबा वा छोरा-छोरीहरू वा जग्गा जमिन त्याग्छ,
  • मर 14:9 : 9 साँच्‍चै, म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ यी स्‍त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ ।
  • मर 14:25 : 25 साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यो दाखको फलबाट तबसम्म पिउनेछैनँ जबसम्म मैले परमेश्‍वरको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ ।
  • लू 4:24 : 24 साँच्‍चै म तिमीलाई भन्दछु, “कुनै पनि अगमवक्‍तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन ।
  • लू 11:51 : 51 म तिमीहरूलाई भन्दछु, कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार छ ।
  • यूह 1:51 : 51 येशूले भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, “तिमीहरूले स्‍वर्ग उघ्रिएको, अनि परमेश्‍वरका स्‍वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्‍लिरहेका देख्‍नेछौ ।”
  • यूह 3:3 : 3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन ।”
  • यूह 3:5 : 5 येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन ।
  • यूह 3:11 : 11 साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौँ, त्यहीँ भन्छौँ, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्‍छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।
  • यूह 5:19 : 19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो, पिताले गरिरहनुभएको देख्‍नु बाहेक पुत्र आफैँले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ ।
  • यूह 5:24-25 : 24 साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ । 25 साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र ती सुन्‍नेहरू बाँच्‍नेछन् ।
  • यूह 6:26 : 26 येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, तिमीहरूले चिह्न‍हरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो ।
  • यूह 6:32 : 32 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ ।
  • यूह 6:47 : 47 साँचो, साँचो, जसले विश्‍वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 26:20-23
    4 पदहरू
    93%

    20जब साँझ पर्‍यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्‍नुभयो ।

    21जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।”

    22उनीहरू सबै अति दुःखित भए, र हरेकले उहाँलाई यसरी सोध्‍न थाले, “प्रभु, म त निश्‍चय नै होइन होला?”

    23उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ ।

  • मर 14:19-23
    5 पदहरू
    86%

    19उनीहरू सबै एकदमै निराश भए, र तिनीहरू एक-एक जनाले उहाँलाई भने, “के म त होइन?”

    20येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यी बाह्र जनामध्येका एक हुन्, जसले मसँग अहिले कचौरामा रोटी चोपिरहेको छ ।

    21मानिसका पुत्र धर्मशास्‍त्रमा उसको बारेमा लेखिएबमोजिम जानेछ । तर धिक्‍कार! जसद्वारा मानिसका पुत्रलाई धोखा दिइनेछ । त्यसको निम्ति त्यो त नजन्मेको भए नै असल हुने थियो ।”

    22तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो; आशिष्‌‌ दिनुभयो, र भाँच्‍नुभयो । उहाँले यो तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “यो लेओ । यो मेरो शरीर हो ।”

    23उहाँले कचौरा लिनुभयो; धन्यवाद दिनुभयो; तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए ।

  • यूह 13:21-22
    2 पदहरू
    85%

    21जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्‍नुभयो, “साँ‍चो, साँचो म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछ ।”

    22उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्छ भनेर छक्‍क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गर्न थाले ।

  • लू 22:21-23
    3 पदहरू
    83%

    21तर ध्यान देओ । मलाई धोखा दिनेचाहिँ यही टेबलमा नै छ ।

    22किनभने मानिसका पुत्र त निश्‍चय गरेअनुसार जानुपर्छ । तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ ।”

    23र तिनीहरूमध्ये कसले यो गर्ला भनी तिनीहरूबिच आफैँमा प्रश्‍न गर्न लागे ।

  • यूह 13:18-19
    2 पदहरू
    83%

    18म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु, तर यो यसैले हो, कि धर्मशास्‍त्र पुरा होस्ः जसले मेरो रोटी खायो, त्यसले नै ममाथि लात उठायो ।

    19म यो घटनअगि नै तिमीहरूलाई भन्छु, ताकि जब यो घटन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक ।

  • 17जब साँझ पर्‍यो, उहाँ आफ्ना बाह्र जना चेलासँग आउनुभयो ।

  • लू 22:14-16
    3 पदहरू
    80%

    14जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्‍नुभयो ।

    15तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले कष्‍ट भोग्‍नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठुलो इच्छा गरेको छु ।

    16किनभने म तिमीहरूलाई भन्दछु, यो परमेश्‍वरको राज्यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ ।”

  • मत्त 26:25-26
    2 पदहरू
    79%

    25यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्यो, “रब्बी, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्‍नुभयो, “तिमी आफैँले त्यो भनेका छौ ।”

    26उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो र त्यो भाँच्‍नुभयो । उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।”

  • मर 14:42-44
    3 पदहरू
    77%

    42उठ र जाऔँ । हेर, मलाई धोखा दिने नजिकै छ ।”

    43उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्येको यहूदा आइपुग्यो अनि त्योसँग मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठुलो हुल थियो ।

    44अब, उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, ऊ त्‍यही हो । उसलाई समात र सुरक्षा घेरामा लैजाओ ।”

  • यूह 13:1-2
    2 पदहरू
    77%

    1¶ अब निस्तार-चाडअगि येशू जान्‍नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो ।

    2अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्‍वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो ।

  • यूह 13:25-28
    4 पदहरू
    76%

    25त्यसैले, तिनी येशूको छातीमा ढल्किएर बसे, र उहाँलाई भने, “प्रभु, यो को हो?”

    26त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसपछि उहाँले रोटीको टुक्रा चोप्‍नुभयो र सिमोनको छोरा यहूदालाई दिनुभयो ।

    27र रोटी दिइसक्‍नुभएपछि शैतान त्यसभित्र पस्यो । त्यसैले, येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।”

    28अब उहाँले त्यसलाई किन यसो भन्‍नुभएको भन्‍ने त्यहाँ टेबलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन ।

  • 15येशूसँगै टेबुलमा बस्दा तिनीहरूमध्ये एक जना जसले यी कुराहरू सुन्यो, जब उसले उहाँलाई भन्यो, “त्यो धन्यको हो जसले परमेश्‍वरको राज्यमा रोटी खानेछ ।”

  • मर 14:10-12
    3 पदहरू
    75%

    10अनि बाह्रमध्येका एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ गयो, ताकि त्यसले उहाँलाई तिनीहरूका हातमा सुम्पन सकोस् ।

    11जब मुख्य पुजारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे । उसले येशूलाई तिनीहरूका हातमा सुम्पनलाई अवसर हेर्न थाल्यो ।

    12अखमिरी रोटीको पहिलो दिन उनीहरूले निस्तारको थुमा चढाउने बेला उहाँका चेलाहरूले उहाँलाई भने, “हामी कहाँ गएर तयारी गरेको तपाईं चाहनुहुन्छ, ताकि तपाईंले निस्तारको खाना खान सक्‍नुभएको होस्?”

  • मत्त 26:16-18
    3 पदहरू
    75%

    16त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्‍यो ।

    17अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ?”

    18उहाँले भन्‍नुभयो, “सहरमा एक जना व्यक्‍तिकहाँ जाओ र उसलाई भन, ‘गुरुले भन्‍नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ । म तिम्रो घरमा चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहन्छु ।’”

  • लू 22:47-48
    2 पदहरू
    75%

    47हेर, उहाँ बोलिरहनु हुँदा, बाह्र जनामध्ये एउटा अर्थात् यहूदाको अगुवाइमा एउटा भिड देखा पर्‍यो । ऊ येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो,

    48तर येशूले उसलाई भन्‍नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्‍वासघात गर्दछौ?”

  • 4उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्‍वासघात गर्ने थियो, त्यसले भन्यो,

  • 20पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्‍ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो?” भनी सोध्‍ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे ।

  • 46उठ, अब हामी जाऔँ । हेर, मलाई धोका दिनेचाहिँ नजिकै छ ।”

  • 19अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोखा दिने थियो ।

  • 11(किनकि कसले उहाँलाई विश्‍वासघात गर्थ्यो भन्‍ने येशूलाई थाहा थियो, त्यसैले उहाँले भन्‍नुभयो, “तिमीहरू सबै जना त शुद्ध छैनौ ।” )

  • 30जब उहाँ तिनीहरूसँग खान बस्‍नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष्‌‌ माग्‍नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।

  • 22जब उहाँहरू गालीलमा बस्‍नुभयो, येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।

  • 48अब जुन व्यक्‍तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन् । उनलाई नै पक्रनू ।”

  • 14जुन घरभित्र ऊ पस्छ, उसलाई पछ्याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्‍नुहुन्छ, मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु?”

  • 71अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभएको थियो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो ।