यूहन्ना 8:7
[नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्नमा त्यही नै पहिलो होस् ।”
[नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्नमा त्यही नै पहिलो होस् ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
8उहाँ फेरि निहुरनुभयो र आफ्नो औँलाले जमिनमा लेख्नुभयो ।
9[नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्त्रीसँग येशू मात्र छोडिनुभएको थियो ।
10येशू खडा हुनुभयो र त्यसलाई भन्नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिमीलाई दण्ड दिएन?”
11त्यसले भनी, “कसैले दिएन, प्रभु” येशूले भन्नुभयो, “न त म पनि तिमीलाई दण्ड दिन्छु । जाऊ, र कुनै पाप नगर ।” ]
12फेरि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
13फरिसीहरूले उहाँलाई भने, “तिमी आफैँ आफ्नो बारेमा गवाही दिइरहेका छौ; तिम्रो गवाही सत्य होइन ।”
2बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्नुभयो, र तिनीहरूलाई सिकाउनुभयो ।
3शास्त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्त्री ल्याए । तिनीहरूले त्यसलाई बिचमा राखे ।
4[नोटः यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], त्यसपछि तिनीहरूले येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको काममा पक्राउ परेकी छे ।
5व्यवस्थामा मोशाले यस्ता मानिसलाई ढुङ्गाले हान्ने आज्ञा दिएका छन्; यिनको विषयमा तपाईं के भन्नुहुन्छ?”
6तिनीहरूले येशूलाई फन्दामा पार्नलाई यसो भनेका थिए, ताकि तिनीहरूले उहाँलाई केही कुराको बारेमा दोष लगाउन सकून्, तर येशू निहुरेर आफ्नो औँलाले जमिनमा लेख्नुभयो ।
59तब तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गा टिपे, तर येशू आफैँ लुक्नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।
46तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्वास गर्दैनौ?
37हेर, त्यस सहरमा एउटी स्त्री थिइन् जो पापी थिइन्, तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्नुभएको छ र तिनले सिङ्गमरमरको बोतलमा अत्तर ल्याइन् ।
38तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन् । तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन् ।
39जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्ता भएको भए, तब उनले जान्ने थिए कि को र कस्ती प्रकारकी स्त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्त्री हो भनेर ।”
40येशूले जवाफ दिएर उसलाई भन्नुभयो, “सिमोन मैले तिमीलाई केही भन्नु छ ।” उसले भन्यो, “गुरुज्यू, भन्नुहोस् ।”
48तब उहाँले तिनलाई भन्नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।”
1¶ इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन ।
31तब यहूदीहरूले उहाँलाई हान्न फेरि ढुङ्गाहरू टिपे ।
32येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । ती कुनचाहिँ कुराहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्दै छौ?”
27त्यही बेला उहाँका चेलाहरू आइपुगे । उहाँ स्त्रीसित किन कुराकानी गर्दै हुनुहुन्थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्छ?” वा “किन तपाईं त्यससँग कुराकानी गर्दै हुनुहुन्छ?” भनी कसैले पनि भनेन ।
32तर येशूले यो कसले गरेको थियो भनी देख्न वरिपरि हेर्नुभयो ।
51“के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्यसबाट सुन्न र त्यसले के गर्छ भनी जान्न अगि न्याय गर्छ र?”
34तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस्?” त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए ।
7“यो मानिसले कसरी यसरी बोल्न सक्छ? यसले त ईश्वर-निन्दा गर्यो! परमेश्वरले बाहेक कसले पाप क्षमा गर्न सक्छ?”
8तिनीहरूले के सोचिरहेका छन् भन्ने येशूले आफ्नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्छौ?”
5यस्तो दुष्ट काम गर्ने त्यो पुरुष वा स्त्रीलाई तिमीहरूले सहरको प्रवेशद्वारमा ल्याएर हरेक पुरुष, स्त्री र तिमीहरूले ढुङ्गाले हानेर मार्नू ।
24बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर ।
18त्यो मानिसले उहाँलाई भन्यो, “कुन आज्ञाहरू?” येशूले भन्नुभयो, “हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू,
37कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन । दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ ।
1¶ यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ ।
6त्यसैले, जब येशूले “म उही हुँ” भन्नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले ।
7अनि उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”
17स्त्रीले उहाँलाई जवाफ दिइन् र भनिन्, “मेरो लोग्ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्ने छैन’ भनी तिमीले साँचो भनेकी छ्यौ ।
11किनभने जसले “व्यभिचार नगर” भनेर भन्नुभयो उहाँले “हत्या नगर” पनि भन्नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्घन गर्छौ ।
41येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर तिमीहरू ‘हामीले देख्छौँ’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहन्छ ।
7एक जना सामरी स्त्री पानी लिन आइन् र येशूले तिनलाई भन्नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।”
34येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्छु, प्रत्येक जसले पाप गर्छ, त्यो पापको दास हो ।
15तिमीहरू शरीरअनुसार न्याय गर्छौ, तर म कसैको न्याय गर्दिनँ ।
19के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ । तिमीहरू मलाई किन मार्न चाहन्छौ?”
27तिमीहरूले यसरी भनिएको सुनेका छौ, ‘व्यभिचार नगर ।’
28तर म तिमीहरूलाई भन्दछु, कि यदि कसैले एउटी स्त्रीलाई अभिलाषाको दृष्टिले हेर्दछ भने, त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ ।
43सिमोनले उहाँलाई जवाफ दिए र भने, “म विचार गर्छु कि जसलाई उनले बढी माफ गरे । येशूले उसलाई भन्नुभयो तिमीले ठिकसित न्याय गर्यौ ।”
44येशू स्त्रीतिर फर्केर सिमोनलाई भन्नुभयो, “तिमी यो स्त्रीलाई देख्दछौ । म तिम्रो घरभित्र प्रवेश गरेँ । तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन् ।
29तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्न गरे ।
30तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्नुभयो ।
5ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्टसँग देख्न सक्छौ ।
8यदि हामीले हामीसँग पाप छैन भन्छौँ भने, हामीले आफैँलाई धोका दिन्छौँ, र हामीसँग सत्य हुँदैन ।
13तर बाहिरकाहरूको न्याय परमेश्वरले गर्नुहुन्छ । “तिमीहरूका माझबाट दुष्ट व्यक्तिलाई हटाओ ।”