योना 1:7

अनलक शाब्दिक बाइबल

तिनीहरू सबैले एकआपसमा यसो भने, “आओ, हामी चिट्ठा हालौं, यसरी हामीमाथि आइपरेको यस खराबीको कारण को हो भन्‍ने कुरा हामीले जान्‍नेछौं ।” यसैले तिनीहरूले चिट्ठा हाले, र त्यो चिट्ठा योनाको नाउँमा पर्‍यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 7:10 : 10 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ् । तँ किन घोप्टो परेर लम्पसार परिरहन्छस्?
  • नीति 16:33 : 33 सप्कोमा चिट्ठा त हालिन्छ, तर निर्णयचाहिँ परमप्रभुबाट नै आउँछ ।
  • १ शमू 10:20-21 : 20 त्यसैले शमूएलले इस्राएलका सबै कुललाई नजिक ल्याए र बेन्यामीनको कुल चुनियो । 21 अनि तिनले बेन्यामीनको कुललाई आफ्‍ना वंशअनुसार ल्याए । अनि मत्रीको वंश चुनियो, र कीशका छोरा शाऊललाई चुनियो । तर जब तिनीहरू उनलाई खोज्न गए तब उनी भेट्टाइएनन् ।
  • प्रेरि 1:23-26 : 23 तिनीहरूले बरब्बा भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो र मतियास दुई जनालाई अगि सारे । 24 तिनीहरूले प्रार्थना गरे र भने, “तपाईं प्रभुले सबै मानसिहरूको हृदय जान्‍नु हुन्छ, त्यसैले यी दुई जनामध्ये कसलाई चुन्‍नुभएको छ प्रकट गर्नुहोस् 25 यहूदाले अपराध गरेर उसको ठाउँमा गएपछि खाली भएको यो सेवाकाइ र प्रेरितको पद तिनले लिऊन् ।” 26 उनीहरूले तिनीहरूको निम्ति चिट्ठा हाले; र चिट्ठा मतियासको नाममा पर्‍यो र तिनलाई एघार जना प्रेरितसँगै गनियो ।
  • गिन 32:23 : 23 तर यदि तिमीहरूले यसो गरेनौ भने, हेर, तिमीहरूले परमप्रभु विरुद्ध पाप गरेका हुने छौ । तिमीहरूका पापले अवश्य नै फेला पार्ने छ ।
  • यहो 7:13-18 : 13 उठ् । मानिसहरूलाई मेरो निम्ति शुद्ध पार् र तिनीहरूलाई भन्, 'आ-आफूलाई भोलिको निम्ति शुद्ध पार । किनभने इस्राएलका परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “ तिमीहरू इस्राएलकामाझ नष्‍ट पारिनुपर्ने थोकहरू अझै छन् । नष्‍ट पारिनलाई अलग गरिका थोकहरूलाई तिमीहरूका माझबाट नहटाएसम्म तिमीहरू तिमीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनौ ।” 14 बिहान तिमीहरू कुल-कुलअनुसार हाजिर हुनुपर्छ । परमप्रभुले चुन्‍नुहुने कुल आ-आफ्‍नो कुलअनुसार उहाँको नजिक आउने छ । परमप्रभुले चुन्‍नुहुने कुल तिनीहरूको घराना‍-घरानाअनुसार नजिक आउनुपर्छ । परमप्रभुले चुन्‍नुहुने घराना एक‍-एक गरी आउनुपर्छ । 15 जोसँग विनाशको निम्ति चुनिएका थोकहरू छन् त्यसलाई चुनिने छ, त्यसलाई र त्यससँग भएका सबै थोक जलाइने छन्, किनभने त्यसले परमप्रभुको करार तोडेको छ र त्यसले इस्राएलमा अपमानजनक काम गरेको छ' ।” 16 त्यसैले, यहोशू बिहान सबेरै उठेर ‍इस्राएललाई कुल-कुल गरेर नजिक ल्याए र यहूदाको कुललाई चुनियो । 17 यहोशूले यहूदाको सन्तानलाई नजिक ल्याए, र जेरहको सन्तानलाई चुनियो । 18 तिनले जेरहको घरानालाई एक-एक गर्दै नजिक ल्याए र जब्दीको घरानालाई चुनियो । तिनले जब्दीको घरानालाई एक‍-एक गरी ल्याए र यहूदा कुलका जेरहका छोरा जब्दीका छोरा कर्मीका छोरा आकानलाई चुनियो ।
  • १ शमू 14:41-42 : 41 शाऊलले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, यो पाप म वा मेरो छोरा जोनाथनले गरेको हो भने, हे परमप्रभु इस्राएलका परमेश्‍वर मलाई ऊरीम दिनुहोस् । तर यो पाप तपाईंका मानिस इस्राएलले गरेका हुन् भने तुम्मीम दिनुहोस् ।” अनि चिट्ठाले जोनाथन र शाऊललाई पार्‍यो, तर फौजलाई अलग गर्‍यौ । 42 त्यसपछि शाउलले भने, “म र मेरो छोरा जोनाथनको बिचमा चिट्ठा हाल ।” अनि चिट्टाले जोनाथनलाई छान्यो ।
  • एस्थ 3:7 : 7 राजा अहासूरसको बाह्रौँ वर्षको पहिलो महिनामा (जुन नीसान महिना हो) दिन र महिनाको छनोट गर्न हामानको सामु पुर अर्थात् चिट्ठा हालियो । चिट्ठा बाह्रौँ महिनामा (जुन अदार महिना हो) नपरेसम्म तिनीहरूले चिट्ठा हालिरहे ।
  • अय्यू 10:2 : 2 म परमेश्‍वरलाई भन्‍नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।
  • भजन 22:18 : 18 मेरो लुगा तिनीहरूले आपसमा बाँड्छन् । मेरो लुगाको निम्ति तिनीहरूले चिट्ठा हाल्छन् ।
  • यहो 22:16-20 : 16 “परमप्रभुका सारा समुदाय यसो भन्छ, 'परमप्रभुको विरुद्धमा आजको दिन आफ्‍नो निम्ति वेदी निर्माण गरेर परमप्रभुलाई पछ्याउनबाट तर्किएर इस्राएलका परमेश्‍वरको विरुद्ध तिमीहरूले कस्तो बेइमानी गरेको? 17 के पोरको हाम्रो पाप पर्याप्‍त थिएन? तैपनि हामीले आफूलाई यसबाट अझै शुद्ध पारेका छैनौँ । त्यो पापको निम्ति परमप्रभुको समुदायमा विपत्ति आइपर्‍यो । 18 के तिमीहरू पनि अहिले नै परमप्रभुलाई पछ्याउनबाट तर्किनुपर्छ? यदि तिमीहरूले आज उहाँको विरुद्ध विद्रोह गर्‍यौ भने, उहाँ भोलि हामी इस्राएलको सबै समुदायसँग रिसाउनुहुने छ । 19 यदि तिमीहरूको अधीनमा भएको भूमि अशुद्ध छ भने, तिमीहरू परमप्रभुको पवित्र वासस्थान खडा भएको भूमिमा नै तरेर आउनुपर्छ र हाम्रो माझमा नै भाग लिन आउनुपर्छ । परमप्रभुको विरुद्ध विद्रोह मात्र नगर, न त परमप्रभुको वेदीबाहेक अन्य वेदी निर्माण गरेर हाम्रो विरुद्धमा विद्रोह गर । 20 के परमेश्‍वरलाई सुम्पेका थोकहरूको विषयमा जेरहको छोरो आकानले विश्‍वास तोडेनन्? के सबै इस्राएलका मानिसमाथि क्रोध परेन? त्यसको पापको निम्ति आफू मात्रै मरेन' ।”
  • न्या 7:13-14 : 13 जब गिदोन त्यहाँ पुगे, एक जना मानिसले आफ्‍नो साथीलाई सपनाको बारेमा भन्‍दै थियो । त्यस मानिसले भन्यो, “हेर, मैले एउटा सपना देखें, र जौको एउटा रोटी मिद्दानीको छाउनीभित्र गुड्दै आयो । त्यो पालमा आयो, र त्यसलाई जोडले हिर्कायो र त्यसलाई उल्टो गरी पल्टाइदियो, यसैले त्यो ढल्यो ।” 14 अर्को मानिसले भन्यो, “यो त इस्राएली गिदोनको (योआशका छोराको) तरवारबाहेक अरू केही होइन । परमेश्‍वरले तिनलाई मिद्दानी र तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको छ ।”
  • न्या 20:9-9 : 9 तर अब हामी गिबालाई यस्तो गर्नेछौं: गोला हालेर पाएको निर्देशनअनुसार हामी त्यसलाई आक्रमण गर्नेछौं । 10 हामी इस्राएलका सबै कुलहरूबाट एक सयबाट दश, एक हजारबाट एक सय, र दश हजारबाट एक हजारलाई मानिसहरूलाई अरूका निम्‍ति खानेकुराको प्रबन्‍ध गर्न राख्‍नेछौं, ताकि तिनीहरू बेन्यामीनको गिबामा आउँदा, उनीहरूले इस्राएलमा गरेका दुष्‍टताको लागि तिनीहरूले दण्ड दिन सकून् ।”
  • प्रेरि 13:19 : 19 कनानमा भएका सातवटा जातिहरूलाई उहाँले नास गरिसकेपछि हाम्रा मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो उत्तराधिकारका लागि दिनुभयो ।
  • १ कोरि 4:5 : 5 यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।
  • १ शमू 14:38-39 : 38 तब शाऊलले भने, “मानिसहरूका सबै अगुवाहरू यहाँ आओ । आज यो पाप कसरी गरियो सिक र हेर । 39 किनकि जसरी इस्राएललाई छुटकारा दिनुहुने परमप्रभु जीवित हुनुहुन्छ, यो मेरो छोरा जोनाथन नै भए पनि निश्‍चय नै मर्नेछ ।” तर सबै मानिसमध्येका कुनैले पनि तिनलाई जवाफ दिएन ।
  • यशा 41:6-7 : 6 हरेकले आ-आफ्ना छिमेकीलाई सहायता गर्छ र हरेकले एकआपसमा भन्छन्, 'उत्साहित होओ ।' 7 त्यसैले सिकर्मीले सुनारलाई उत्साह दिन्छ, अनि घन चलाउनेले लिहीमा काम गर्नेलाई 'यो असल छ' भन्दै वेल्‍डिङ् गर्न उत्साह दिन्छ । तिनीहरूले त्‍यो काँटीले कस्छन्, ताकि यो नहल्लियोस् ।
  • मत्त 27:35 : 35 जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍त्रहरूलाई भाग लगाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 8तब तिनीहरूले योनालाई भने, “कृपागरी, हामीमाथि आइपरेको यस खराबीको कारण को हो, हामीलाई बताऊ । तिमी के काम गर्छौ, र तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो, र तिमी कुन मानिसबाट हौ?”

  • योना 1:10-17
    8 पदहरू
    80%

    10त्‍यसपछि ती मानिसहरू झन् धेरै डराए र योनालाई भने, “तिमीले गरेको यो के हो?” तिनी परमप्रभुको उपस्थितिबाट टाढा भागिरहेका थिए भनी ती मानिसहरूले थाहा पाए, किनभने तिनले उनीहरूलाई त्‍यसै भनेको थिए ।

    11तब तिनीहरूले योनालाई भने, “तिमीलाई हामी के गरौं, जसले गर्दा समुद्र शान्‍त होस्?” किनकि समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।

    12योनाले तिनीहरूलाई भने, “मलाई उठाओ र समुद्रमा मलाई फालिदेओ । त्‍यसपछि तिमीहरूका निम्‍ति यो समुद्र शान्‍त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो ठुलो आँधी चल्‍दैछ भनी म जान्‍दछु ।”

    13तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्‍यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।

    14यसकारण तिनीहरूले परमप्रभुलाई पुकारा गरे र यसो भने, “हे परमप्रभु, हामी तपाईंसँग बिन्ती गर्छौं, यस मानिसको प्राणको कारणले हामीलाई नष्‍ट हुन नदिनुहोस्, र यस मानिसको मृत्युको दोष हामीमाथि नहालिदिनुहोस्, किनभने तपाईं, परमप्रभुलाई जे गर्ने इच्‍छा भयो, त्यही तपाईंले गर्नुभयो ।”

    15यसैले तिनीहरूले योनालाई उठाए र तिनलाई समुद्रमा फालिदिए, र समुद्र उथल-पुथल हुन छाड्‍यो ।

    16त्यसपछि ती मानिसहरूले परमप्रभुको भय अत्‍यन्‍तै माने । तिनीहरूले परमप्रभुलाई बलिदानहरू चढाए र उहाँमा भाकलहरू गरे ।

    17यति बेला योनालाई निल्‍नको निम्ति परमप्रभुले एउटा ठुलो माछालाई तयार पार्नुभएको थियो, र तिन दिन र तिन रातसम्म योना माछाको पेटमा नै रहे ।

  • योना 1:1-6
    6 पदहरू
    79%

    1¶ अब अमित्तैका छोरा योनाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,

    2“उठ्‍ र त्यो ठुलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा बोल्, किनभने मेरो सामु तिनीहरूको दुष्‍टता अति धेरै भएको छ ।”

    3तर परमप्रभुको उपस्थितिबाट भाग्‍न, र तर्शीशतिर जानलाई योना उठे । तिनी तल योप्‍पामा गए र तर्शीशतिर जाने एउटा पानी-जहाज फेला पारे । त्यसैले तिनले जहाजको भाडा तिरे र परमप्रभुको उपस्थितिबाट टाढा तर्शीशमा तिनीहरूसितै जानलाई त्यही जहाजमा चढे ।

    4तर परमप्रभुले समुद्रमा एउटा ठुलो बतास पठाउनुभयो र त्यो समुद्रमा एउटा शक्तिशाली आँधी बन्यो । जहाज चाँडै नै नष्‍ट हुन लाग्‍दैछ भन्‍ने थाहा भयो ।

    5तब नावीकहरू धेरै डराए र हरेक मानिसले आ-आफ्नै देवतालाई पुकार्‍यो । जहाजलाई हलुको बनाउनका निम्ति त्यसका मालसामान तिनीहरूले समुद्रमा फाले । तर योनाचाहिं जहाजको भित्री भागमा तल गएका थिए, र तिनी त्‍यहाँ मस्त निद्रामा सुतिरहेका थिए ।

    6यसैले जहाजका कप्‍तान तिनीकहाँ आए र तिनलाई भने, “तिमी यहाँ सुतेर के गरिरहेका छौ? उठ! आफ्नो देवतालाई पुकार! सायद तिम्रा देवताले हाम्रो वास्ता गर्नेछन् र हामी नष्‍ट हुनेछैनौं ।”

  • 14तिमी हामीसित साझेदार होऊ । हामी सबैको एउटै थैलो हुने छ ।”

  • १ शमू 14:41-42
    2 पदहरू
    71%

    41शाऊलले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, यो पाप म वा मेरो छोरा जोनाथनले गरेको हो भने, हे परमप्रभु इस्राएलका परमेश्‍वर मलाई ऊरीम दिनुहोस् । तर यो पाप तपाईंका मानिस इस्राएलले गरेका हुन् भने तुम्मीम दिनुहोस् ।” अनि चिट्ठाले जोनाथन र शाऊललाई पार्‍यो, तर फौजलाई अलग गर्‍यौ ।

    42त्यसपछि शाउलले भने, “म र मेरो छोरा जोनाथनको बिचमा चिट्ठा हाल ।” अनि चिट्टाले जोनाथनलाई छान्यो ।

  • 10त्यसपछि परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यसले योनालाई सुख्खा जमिनमा उकेलिदियो ।

  • 8जवान र बूढा, गुरु र सिकारु दुवैले तिनीहरूका कामको निम्‍ति चिट्ठा हाल्‍थे ।

  • 26उनीहरूले तिनीहरूको निम्ति चिट्ठा हाले; र चिट्ठा मतियासको नाममा पर्‍यो र तिनलाई एघार जना प्रेरितसँगै गनियो ।

  • १ इति 26:13-14
    2 पदहरू
    69%

    13तिनीहरू जवान र बूढ़ा दुवैले आ-आफ्‍ना घरानाअनुसार हरेक प्रवेशद्वारको निम्‍ति चिट्ठा हाले ।

    14जब पूर्व ढोकाको लागि चिट्ठा हालियो, तब त्‍यो शेलेम्‍याहको नाउँमा पर्‍यो । तब तिनका छोरा बुद्धिमान्‌ सल्‍लाहकार जकरियाको निम्ति तिनीहरूले चिट्ठा हाले, र उत्तर ढोकाको निम्‍ति तिनलाई चिट्ठा पर्‍यो ।

  • 1¶ तब योनाले त्यस माछाको पेटबाट आफ्ना परमप्रभु परमेश्‍वरसँग प्रार्थना गरे ।

  • 7त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्‍न थाले ।

  • योना 4:4-5
    2 पदहरू
    69%

    4परमप्रभुले भन्‍नुभयो, “के तँ यति धेरै रिसाउनु ठिक हुन्‍छ र?”

    5तब योना त्‍यस सहरबाट बाहिर गए र सहरको पुर्वपट्टि बसे । त्यहाँ उनले एउटा छाप्रो बनाए र त्यसको छायामा बसे जसले गर्दा त्‍यो सहरलाई के हुँदोरहेछ भनी तिनले हेर्न सक्‍थे।

  • योना 4:1-2
    2 पदहरू
    68%

    1¶ तर यो कुराले योनालाई अप्रसन्‍न बनायो र तिनी धेरै रिसाए ।

    2यसैले योनाले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे परमप्रभु, के म आफ्नो देशमा हुँदा मैले यही कुरा भनेको थिइनँ र? यसकारण म तर्शीशमा भागेर जाने प्रयत्‍न गरें, किनभने मलाई थाहा थियो, कि तपाईं अनुग्रही परमेश्‍वर हुनुहुन्छ, दयाले पूर्ण, रिसाउनमा ढिलो र प्रतिज्ञामा विश्‍वसनीय हुनुहुन्छ, र तपाईंले विपत्ति पठाउन रोक्‍नुहुन्‍छ ।

  • 35जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍त्रहरूलाई भाग लगाए ।

  • 9तर अब हामी गिबालाई यस्तो गर्नेछौं: गोला हालेर पाएको निर्देशनअनुसार हामी त्यसलाई आक्रमण गर्नेछौं ।

  • 8अर्को बिहानी सुर्योदय हुँदा यसो भयो । परमप्रभुले तातो पुर्वी हावा पठाउनुभयो । अनि योनाको टाउकोमाथि टन्टलापुर घाम पर्‍यो र उनी मुर्छै पर्न लागे । तब योनाले आफू मर्न पाए हुन्‍थ्‍यो भनी इच्‍छा गरे । तिनले आफैलाई भने, “मेरो निम्ति त जिउनुभन्दा मर्नु नै बेस हुन्छ ।”

  • योना 3:4-5
    2 पदहरू
    67%

    4योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ ।”

    5निनवेका मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गरे र तिनीहरूले उपवासको घोषणा गरे । तिमध्‍ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्‍ग्रा लगाए ।

  • 67%

    17जब तिनीहरूले यसलाई माथि उचाले, त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे । हामीहरू सिरटिसको बलौटे धापमा फस्छौँ कि भनेर तिनीहरू डराएका थिए । त्यसैले, तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैँ तैरन थाल्यो ।

    18हामी आँधीद्वारा धेरै धकेलियौँ । त्यसकारण, अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।

    19तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्‍त्रण गर्न सामान पुन: फाले ।

  • 24तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए ।

  • 18चिट्ठा हाल्नाले वादविवादलाई मिलाउँछ, र बलिया प्रतिद्वन्द्वीहरूलाई अलग गराउँछ ।

  • 39जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्‍न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे ।

  • 41तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । जहाजको अगाडिको भाग त्यहीँ अड्‌कियो र जहाज हलचल गर्न सकेन । तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो ।

  • 18मेरो लुगा तिनीहरूले आपसमा बाँड्छन् । मेरो लुगाको निम्ति तिनीहरूले चिट्ठा हाल्छन् ।

  • 29हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लंगर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।

  • 6तिमीहरूले भूमिलाई सातवटा खण्डमा वर्णन गर्ने छौ र मकहाँ ल्याउने छौ । म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने यहाँ चिट्ठा हाल्ने छु ।

  • 24तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ ।” धर्मशास्‍त्रको वचन पुरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्‍त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्‍त्रको लागि चिट्ठा हाले ।”

  • 1¶ परमप्रभुको वचन योनाकहाँ दोस्रो पटक यसो भनेर आयो,

  • 34येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।

  • 28तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।

  • 33सप्कोमा चिट्ठा त हालिन्छ, तर निर्णयचाहिँ परमप्रभुबाट नै आउँछ ।

  • 14यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।