लूका 5:7

अनलक शाब्दिक बाइबल

त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्‍न थाले ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गलाती 6:2 : 2 एक अर्काको भार उठाओ, र यसरी तिमीहरूले ख्रीष्‍टको व्यवस्थालाई पुरा गर्नेछौ ।
  • फिलि 4:3 : 3 वास्तवमा, एउटै जुवामा भएको मेरो साँचो सहकर्मी, म तिमीलाई यो पनि बिन्ती गर्छु, कि यी महिलाहरूलाई सहायता गर । किनभने तिनीहरूले म, क्लेमेन्ट र मेरा बाँकी सहकर्मीहरूसँग सुसमाचार प्रचार गर्न परिश्रम गरेका छन्, जसका नामहरू जीवनको पुस्तकमा छन् ।
  • निर्ग 23:5 : 5 तिमीहरूलाई घृणा गर्ने कुनै व्यक्तिको गधा भारीले थिचिएर भुइँमा लडेको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड । गधासँगै मदत गर ।
  • नीति 18:24 : 24 धेरै साथीहरू भएको दाबी गर्ने मानिस तिनीहरूद्वारा नै विनाशमा लगिन्छ, तर कुनै मित्रचाहिँ भाइभन्दा पनि नजिक रहन्छ ।
  • प्रेरि 11:25 : 25 तब बारनाबास शाऊललाई खोज्‍नका निम्ति टार्ससतिर गए ।
  • रोमी 16:2-4 : 2 ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर । यो विश्‍वसीहरूलाई सुहाउँदो प्रकारले गर अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर । किनकि तिनी आफैँ नै धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् । 3 ख्रीष्‍ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर, 4 जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारेका थिए । म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन, तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 5:2-6
    5 पदहरू
    87%

    2उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखेको देख्‍नुभयो । जालहारीहरूले बाहिर निस्‍केर आफ्ना जालहरू धोइरहेका थिए ।

    3येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिँ सिमोनको थियो र उनलाई जमिनभन्दा पर पानी भएको ठाउँतिर लैजान भन्‍नुभयो । त्यसपछि उहाँले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउनुभयो ।

    4उहाँले बोलिसक्‍नुभएपछि सिमोनलाई भन्‍नुभयो, “माछाहरू समात्‍नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ र जाल हान ।”

    5सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि जाल हान्यौँ, तर केही पनि पक्रन सकेनौँ । तरै पनि तपाईं भन्‍नुहुन्छ भने म जाल हान्‍नेछु ।”

    6जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो ।

  • यूह 21:6-11
    6 पदहरू
    82%

    6उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्‍न सकेनन् ।

    7तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्‍ने सुने, तिनले तिनको बाहिरी वस्‍त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले ।

    8अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए ।

    9जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे ।

    10येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।”

    11तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्‍नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए । त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन ।

  • लू 5:8-11
    4 पदहरू
    82%

    8तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी हुँ ।”

    9तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए ।

    10यस कार्यमा जब्दियाका छोराहरू याकूब र यूहन्‍ना पत्रुससँग साझेदार थिए । येशूले पत्रुसलाई भन्‍नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।”

    11जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे ।

  • 3सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदै छु ।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौँ ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले कुनै पनि माछा पक्रेनन् ।

  • मर 4:35-37
    3 पदहरू
    77%

    35त्यो दिन जब साँझ पर्‍यो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तालको पारिपट्टि जाऔँ ।”

    36त्यसैले, तिनीहरूले येशूलाई साथैमा लिएर त्यो भिडलाई छोडी राखेर गए, किनकि उहाँ पहिले नै डुङ्गामा हुनुहुन्थ्यो । उहाँसँग अरू डुङ्गाहरू पनि साथमा थिए ।

    37त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्‍न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो ।

  • लू 8:22-23
    2 पदहरू
    77%

    22अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔँ ।” तब उहाँहरू डुङ्गामा चढ्नुभयो ।

    23तर उहाँहरू यात्रामा हुनुहुँदा, प्रभु येशू निदाउनुभयो र त्यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए ।

  • मर 1:16-20
    5 पदहरू
    76%

    16गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्‍नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए ।

    17येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”

    18तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे ।

    19जसै येशू हिँडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र उनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए ।

    20उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले तिनीहरूको पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे ।

  • 18जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनकि उनीहरू मछुवाहरू थिए ।

  • मत्त 14:29-30
    2 पदहरू
    75%

    29येशूले भन्‍नुभयो, “आऊ ।” त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिँडे ।

    30तर जब पत्रुसले बतासलाई देखे, उनी डराए । जब उनी डुब्‍न थाले, उनले चिच्‍च्‍याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस्!”

  • यूह 6:21-22
    2 पदहरू
    75%

    21तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए ।

    22अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भिडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा थिएन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको र उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्‍ने देखे ।

  • मर 6:47-48
    2 पदहरू
    75%

    47साँझ पर्‍यो, र अब डुङ्गा समुद्रको बिचमा थियो, र उहाँ जमिनमा एकलै हुनुहुन्थ्यो ।

    48तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्‍नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्‍न चाहनुभयो ।

  • 19जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको र उहाँ डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए ।

  • 13तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्‍यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।

  • 17जब तिनीहरूले यसलाई माथि उचाले, त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे । हामीहरू सिरटिसको बलौटे धापमा फस्छौँ कि भनेर तिनीहरू डराएका थिए । त्यसैले, तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैँ तैरन थाल्यो ।

  • यूह 6:16-17
    2 पदहरू
    74%

    16जब साँझ पर्‍यो, उहाँका चेलाहरू समुद्रतिर झरे ।

    17तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन ।

  • 53जब उहाँहरू पारी तरे, उहाँहरू गनेसरेतमा आए, र डुङ्गालाई त्यहीँ अड्‍याए ।

  • 48जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले । तर काम नलाग्‍ने चिजहरूलाई फ्याँकिदिए ।

  • 7तिनीहरूसँग थोरै स-साना माछा पनि थिए । त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले त्यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो ।

  • 27हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔँ भनेर समुद्रमा जाऊ, बल्छी हान, र जुन माछा पहिले पर्छ त्यसलाई तान । तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ । त्यो लेऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ ।”

  • 51उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो, र बतास चल्न छोड्यो । तिनीहरू पूर्ण रूपमा अचम्मित भए ।

  • 43तिनीहरूले बाह्र डालाभरी टुक्रा रोटीहरू बटुले र माछाका टुक्राहरू पनि बटुले ।

  • 32त्यसपछि जब येशू र पत्रुस डुङ्गामा जानुभयो, तब बतास रोकियो ।

  • 41तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । जहाजको अगाडिको भाग त्यहीँ अड्‌कियो र जहाज हलचल गर्न सकेन । तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो ।

  • 20तुरुन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे ।

  • 24हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्‍यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू सुतिरहनुभएको थियो ।

  • 24तर त्यस बेला डुङ्गा भने समुद्रको बिचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्‍त्रित भयो ।

  • 34जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्‍नुभयो ।