यहोशू 14:10

अनलक शाब्दिक बाइबल

अब, हेर्नुहोस्, इस्राएलीहरू मरुभूमिमा हिँड्दा परमप्रभु मोशासँग बोल्नुभएको समयदेखि उहाँले भन्‍नुभएमुताबिक नै यी चालिस वर्षसम्म उहाँले मलाई जीवितै राख्‍नुभएको छ । अब, हेर्नुहोस्, म पचासी वर्षको भएको छु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 14:30 : 30 यपुन्‍नेका छोरा लालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरू कोही पनि निश्‍चय नै तिमीहरूको वासस्थान बनाउने प्रतिज्ञा गरेको मुलुकमा जानेछैनौ ।
  • गिन 14:33-34 : 33 तिमीहरूका सन्तानहरू मरुभूमिमा चालिस वर्षसम्म गोठालाहरू हुनेछन् । मरुभूमिमा तिमीहरूका लाशहरू अन्त नभएसम्म तिनीहरूले तिमीहरूका विद्रोहका कार्यहरूका नतिजाहरू भोग्‍नुपर्छ । 34 तिमीहरूले त्यो भूमिको जाँचबुझ गर्न लगाएका दिनहरूको सङ्ख्या अर्थात् चालिस दिनजस्तै, तिमीहरूले आफ्नो पापको नतिजाहरू चालिस वर्षसम्म अर्थात् एक दिनको एक वर्ष भोग्‍नुपर्छ र मेरो विरोध गर्नु कस्तो हुन्छ भनी तिमीहरूले थाहा पाउनुपर्छ ।
  • यहो 11:18 : 18 यहोशूले सबै राजासँग लामो समयसम्म युद्ध गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 14:11-12
    2 पदहरू
    83%

    11म अझै आजको दिनमा पनि मोशाले मलाई पठाउनुभएको दिनको जत्तिकै बलियो छु । युद्धको निम्ति अनि बाहिर भित्र गर्नको निम्ति मेरो सामर्थ्य अहिले पनि त्यस बेलाको जत्तिकै छ ।

    12यसकारण, परमप्रभुले त्यस दिन प्रतिज्ञा गर्नुभएको यो पहडी देश मलाई दिनुहोस् । किनभने तपाईंले त्यस दिन सुन्‍नुभयो, कि त्यहाँ अनाकीहरू ठुला-ठुला किल्ला भएको सहरहरूमा थिए । सायद परमप्रभुले भन्‍नुभएझैँ उहाँ मसँग रहनुहुने छ र मैले उनीहरूलाई धपाउने छु ।”

  • यहो 14:6-9
    4 पदहरू
    79%

    6त्यसपछि यहूदाको कुल गिलगालमा यहोशूकहाँ आए । कनज्‍जी यपून्‍नेका छोरा कालेबले तिनलाई भने, “तपाईं र मेरो बारेमा परमप्रभुले कादेश-बर्नेमा के भन्‍नुभएको थियो भनी तपाईंलाई थाहा छ ।

    7परमप्रभुका दास मोशाले यो भूमिको भेद लिन पठाउँदा म चालिस वर्षको थिएँ । मैले तिनलाई मेरो हृदयमा भएअनुसारको प्रतिवेदन ल्याएर दिएँ ।

    8तर मसँगै गएका मेरा दाजुभाइहरूले मानिसहरूको हृदय डरले शिथिल बनाइदिए । तर मैले मेरा परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याएँ ।

    9त्यस दिन मोशाले यसो भने, 'निश्‍चय नै, तिम्रा खुट्टाले टेकेका भू-भाग तिम्रो र तिम्रा सन्तानहरूको एउटा अंश हुने छ, किनभने तिमीले परमप्रभु मेरा परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याएका छौ ।'

  • 2“म अहिले एक सय बिस वर्ष पुगेँ । अब म भित्र बाहिर गर्न सक्दिनँ । परमप्रभुले मलाई यसो भन्‍नुभएको छ, 'तँ यर्दनपारि जाने छैनस् ।'

  • 6मिश्रबाट निस्केर आएका सबै पुरुष अर्थात् युद्ध गर्ने सबै पुरुष नमरेसम्म इस्राएलका मानिसहरू मरुभूमिमा हिँडिरहे, किनकि तिनीहरूले परमप्रभुको आवाज पालन गरेनन् । परमप्रभुले तिनीहरूका पिता-पुर्खालाई हामीलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको भूमि अर्थात् दूध र मह बग्‍ने भूमि उहाँले तिनीहरूलाई देख्‍न दिनुहुन्थ्यो भनी शपथ खानुभएको थियो ।

  • 5मैले तिमीहरूलाई चालिस वर्षसम्म उजाड-स्थानमा अगुवाइ गरेको छु । तिमीहरूका लुगा फाटिएन, न त तिमीहरूका जुत्ता च्यातिए ।

  • 14कादेश-बर्नेबाट जेरेद खोला पारिसम्म आउन हामीलाई अठतिस दिन लाग्यो । त्यस बेलासम्म परमप्रभुले शपथ खानुभएझैँ लडाइँको लागि योग्य सबै मानिसको त्यो पुस्ता नष्‍ट भइसकेको थियो ।

  • गिन 14:38-39
    2 पदहरू
    72%

    38भूमिको जासूस गर्न गएकाहरूमध्ये नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेब मात्र जीवित रहे ।

    39जब मोशाले इस्राएलका मानिसलाई यी कुराहरू बताए, तिनीहरूले गम्भीर रूपमा विलाप गरे ।

  • २ शमू 19:34-35
    2 पदहरू
    72%

    34बर्जिल्लैले राजालाई जवाफ दिए, “मेरो जीवनका वर्षहरूमा कति दिन बाँकी छन् र ताकि म महाराजासँग यरूशलेममा जाऊँ?

    35म असी वर्ष भएँ । के म असल र खराब बिच भिन्‍नता छुट्टाउन सक्छु र? के हजुरको सेवकले के खायो र के पियो भनी स्वाद लिन सक्छ र? कै मैले गायक पुरुष र गायक महिलाको सोर अझै सुन्‍न सक्छु र? अनि हजुरको सेवक मेरो मालिक महाराजाको निम्ति किन बोझ बन्‍नु र?

  • 4ती चालिस वर्षसम्म तिमीहरूका लुगा च्यातिएर झरेन न त तिमीहरूको गोडा सुन्‍नियो ।

  • 7अब्राहाम जम्‍मा एक सय पचहत्तर वर्षसम्‍म बाँचे ।

  • 1¶ परमप्रभुले यहोशूलाई यसो भन्‍नुहुँदा तिनी धेरै वृद्ध भएका थिए, “तँ धैरै वृद्ध भइस्, तर कब्जा गर्न बाँकी अझै धेरै भूमि छन् ।

  • 7फारोसित कुरा गर्दा मोशा असी वर्षका थिए भने हारून त्रियासी वर्षका थिए ।

  • व्यव 10:10-11
    2 पदहरू
    71%

    10पहिलेजस्तै म चालिस दिन र चालिस रातसम्म पर्वतमा बसेँ । त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्‍नुभयो ।

    11परमप्रभुले मलाई मार्ने इच्छा गर्नुभएन । परमप्रभुले मलाई भन्‍नुभयो, 'उठ् र मानिसहरूलाई यात्रामा अगुवाइ गर्न तिनीहरूको अगि जा । मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिने छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरू जाने छन् र त्यसको अधिकार गर्ने छन् ।'

  • 11'मैले अब्राहाम, इसहाक र याकूबलाई प्रतिज्ञा गरेका भूमिलाई मिश्रबाट आएका बिस वर्षभन्दा माथिका कसैले देख्‍ने छैनन्, किनभने

  • व्यव 1:2-3
    2 पदहरू
    70%

    2होरेबदेखि सेइर पर्वतको बाटो भएर कादेश-बर्नेसम्म पुग्‍न एघार दिन लाग्छ ।

    3चालिसौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा मोशाले इस्राएलका सबै मानिसलाई परमप्रभुले तिनीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएका सबै कुरा तिनले तिनीहरूलाई बताइदिए ।

  • 2अब यहाँ तिमीहरूको सामु राहा हिंड्‍दैछन् । अनि म वृद्ध भएको छु र मेरो कपाल फुलेको छ । अनि मेरा छोराहरू तिमीहरूसँगै छन् । मेरो बाल्यकालदेखि आजसम्म पनि म तिमीहरूका सामु हिंडेकोछु ।

  • गिन 14:34-35
    2 पदहरू
    70%

    34तिमीहरूले त्यो भूमिको जाँचबुझ गर्न लगाएका दिनहरूको सङ्ख्या अर्थात् चालिस दिनजस्तै, तिमीहरूले आफ्नो पापको नतिजाहरू चालिस वर्षसम्म अर्थात् एक दिनको एक वर्ष भोग्‍नुपर्छ र मेरो विरोध गर्नु कस्तो हुन्छ भनी तिमीहरूले थाहा पाउनुपर्छ ।

    35म परमप्रभुले बोलेको हुँ । मेरो विरुद्ध खडा हुने यो सबै दुष्‍ट समुदायमाथि म निश्‍चय नै यो गर्नेछु । तिनीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन् र तिनीहरू यहीँ मर्नेछन् ।”

  • 1¶ परमप्रभुले तिनीहरूको वरिपरि भएका तिनीहरूका सबै शत्रुबाट विश्राम दिनुभएको धेरै समयपछि यहोशू वृद्ध भइसकेका थिए ।

  • 22शक्‍तिका चिन्हहरू देख्‍ने ती सबै मानिस जसलाई मैले मिश्र देश र मरुभूमिमा गरेँ, तिनीहरूले मलाई दस पटकसम्म परीक्षा गरेका छन् र मेरो आवाज सुनेका छैनन् ।

  • 7मोशाको मृत्यु हुँदा तिनी एक सय बिस वर्षका थिए । तिनका आँखा धमिला भएका थिएनन् न त तिनको स्वाभाविक बल घटेको थियो ।

  • 65किनभने ती मानिसहरू सबै मरूभूमीमा नै मर्नेथिए भनी परमप्रभुले भन्‍नुभएको थियो । तिनीहरूमा यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक कोही पनि बाँकी रहेनन् ।

  • 21चालिस वर्षसम्म उजाड-स्थानमा तपाईंले तिनीहरूलाई भोजन उपलब्ध गराउनुभयो, र तिनीहरूलाई कुनै थोकको कमी भएन । तिनीहरूका लुगा फाटिएनन्, र तिनीहरूका गोडा सुनिएनन् ।

  • 14म सबै पृथ्वीको मार्गमा जाँदै छु, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको बारेमा प्रतिज्ञा गर्नुभएको कुनै पनि असल कुरा सत्य साबित हुन एक शब्द पनि चुकेको छैन भनी तिमीहरूले आफ्नो सारा ह्रदय र आफ्नो सारा प्राणले जान्दछौ । यी सबै कुरा तिमीहरूका निम्ति पुरा भएका छन् । तिनमा एउटै पनि चुकेको छैन ।

  • 8परमप्रभुका सेवक नूनका छोरा यहोशूको ११० वर्षको उमेरमा मृत्‍यु भयो ।

  • 18उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।

  • 10किनकि चालिस वर्षसम्म म त्यो पुस्‍तासित रिसाएँ र भनें, ‘यी मानिसहरूका हृदयहरू भड्किएका छन् । तिनीहरूले मेरा मार्गहरू जानेका छैनन् ।'

  • 10साथै मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर माथि ल्याएँ, र एमोरीहरूको देश कब्जा गर्नलाई, चालिस वर्षसम्म तिमीहरूलाई मरुभूमिमा डोर्‍याएँ ।

  • 7किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् दिनुभएको छ । यो ठुलो उजाड-स्थानको यात्राभरि उहाँले तिमीहरूको हेरचाह गर्नुभएको छ । यी चालिस वर्ष परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसित हुनुभएको छ, र तिमीहरूलाई कुनै कुरोको कमी भएको छैन' ।”

  • गिन 14:28-29
    2 पदहरू
    69%

    28तिनीहरूलाई भन्, 'जस्तो म जीवित छु,' परमप्रभु भन्‍नुहुन्छ, 'जस्तो तिमीहरूले मैले सुन्‍ने गरी भनेका छौ, मैले तिमीहरूलाई त्यस्तै गर्नेछुः

    29मेरो विरुद्ध गनगन गर्ने तिमीहरू सबै, जनगणनामा गन्ती गरिएका तिमीहरू, बिस वर्ष र त्यसभन्दा माथिका मानिसहरू पूरै तिमीहरूका मृत शरीरहरू मरुभूमिमा पड्नेछन् ।

  • 22बरु, म यस देशमै मर्नुपर्छ । म यर्दनपारि जान पाउने छैनँ । तर तिमीहरू त्यस असल देशमा गएर त्यसको अधिकार गर्ने छौ ।

  • 14परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर, तँ मर्ने दिन आउँदै छ । यहोशूलाई डाकेर भेट हुने पालमा तेरो उपस्थितिमा ले ताकि म त्यसलाई आज्ञा दिन सकूँ ।” मोशा र यहोशू भेट हुने पालमा गएर आफैलाई उपस्थित गराए ।

  • 5तेरो सारा जीवनभरि तेरो सामु कोही पनि खडा हुन सक्‍ने छैन । जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग हुने छु । म तँलाई त्याग्‍ने छैनँ वा छोड्ने छैनँ ।

  • 18वास्तवमा, हे परमेश्‍वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्‍नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु ।

  • 2“मेरो दास मोशाको मत्यु भएको छ । यसकारण, उठ्, तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरू अर्थात् इस्राएलका मानसिहरूलाई दिएको भूमिमा जाओ । तेरो खुट्टाको पैतालाले टेकेका सबै ठाउँ म तँलाई दिने छु ।

  • 27किनकि म तिमीहरूको विद्रोह र हठ जान्दछु । हेर, आज म तिमीहरूसित जीवित छँदा नै तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही भएका छौ । मेरो मृत्युपछि झन् कति धेरै विद्रोही हुन्छौ?

  • 11परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूले मलाई कहिलेसम्म तिरस्कार गर्ने? मैले तिनीहरूका माझ गरेका मेरो शक्‍तिका चिन्हहरूका बाबजुद पनि तिनीहरू कहिलेसम्म ममा भरोसा गर्न चुक्छन्?

  • 2तिनले भने, “हेर्, म वृद्ध भएँ । मेरो मर्ने दिनको बारेमा मलाई थाहा छैन ।

  • 36तर यपुन्‍नेका छोरा कालेबले यो देश देख्‍नेछ । त्यसले पूर्ण रूपमा परमप्रभुलाई पछ्याएकोले म त्यसलाई र त्यसका सन्तानहरूलाई त्यसले पाइला टेकेको यो देश दिने छु ।'

  • 56परमप्रभुले आफ्ना दास मोशासित गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि विफल भएको छैन ।