यहोशू 18:7

अनलक शाब्दिक बाइबल

तिमीहरूका माझमा लेवीहरूको कुनै उत्तराधिकार छैन किनभने परमप्रभुको पुजारीको काम नै तिनीहरूको उत्तराधिकार हो । गाद, रूबेन र मनश्शेका आधा कुलले यर्दनपारि नै आफ्नो हिस्सा पाइसकेका छन् । यो उत्तराधिकार परमप्रभुका दास मोशाले नै तिनीहरूलाई दिएका हुन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 13:33 : 33 मोशाले लेवीहरूलाई उत्तराधिकार दिएनन् । परमप्रभु इस्राएलका परमेश्‍‌वरले भन्‍नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकार हुनुहुन्छ ।
  • गिन 18:20 : 20 परमप्रभुले हारूनलाई भन्‍नुभयो, “मानिसहरूको जग्गा-जमिनमा तेरो कुनै उत्तराधिकार हुनेछैन, न त मानिसहरूको सम्पत्तिमा कुनै हिस्सा हुने छ । इस्राएलका मानिसहरूमा म नै तेरो हिस्सा र उत्तराधिकार हुँ ।
  • गिन 18:23 : 23 लेवीहरूले भेट हुने पालसँग सम्बन्धित कामहरू गर्नुपर्छ । यससँग सम्बन्धित कुनै पापको जिम्मेवार तिनीहरू हुने छन् । यो तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुने छ । इस्राएलका मानिसहरूका माझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।
  • गिन 32:29-41 : 29 मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका सन्तानहरू परमप्रभुको सामु लड्न हातहतियारसहित तिमीहरूसँगै यर्दन पारि जाने छन्, र यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने, तिमीहरूले तिनीहरूलाई गिलादको भूमि अंशको रूपमा दिनू । 30 तर यदि तिनीहरू तिमीहरूसँगै हातहतियारसहित पारि गएनन् भने, तिनीहरूले पनि कनानको मुलुकमा नै तिमीहरूमाझ अंश प्राप्‍त गर्ने छन् ।” 31 त्यसैले गाद र रूबेनका सन्तानहरूले जवाफ दिए, “परमप्रभुले हामी तपाईंका दासहरूलाई भन्‍नुभएबमोजिम हामीले यसै गर्ने छौँ । 32 हामी परमप्रभुको सामु हातहतियारसहित कनानको भूमिमा पारि जानेछौँ, तर हाम्रो स्वामित्वमा रहेको अंश यर्दन वारि हामीसँग रहने छ ।” 33 त्यसैले मोशाले एमोरी राजा सीहोन र बाशानका राजा ओगको राज्य गाद र रूबेनका सन्तानहरूसाथै योसेफका छोरा मनश्शेका आधा कुललाई दिए । तिनले त्यो भूमि तिनीहरूलाई दिए र यसका सिमानासहित सबै सहरहरू, त्यस वरिपरिका भूमिमा भएका सहरहरू भाग लगाए । 34 गादका सन्तानहरूले दीबोन, अतारोत, अरोएर, 35 अत्रोत-शोपान, याजेर, योगबहा, 36 बेथ-निम्रा, बेथ-हारान सहरहरूलाई पर्खालले घेरेर भेडाबाख्राहरूका निम्ति खोरहरू बनाए । 37 रूबेनका सन्तानहरूले हेश्बोन, एलाले, किर्यातैयम, 38 नेबो, बालमोन, यिनीहरूका नाउँ पछि फेरियो र शिब्मा बनाए । तिनीहरूले पुनर्निर्माण गरेका सहरहरू नाउँ अरू नै राखे । 39 मनश्शेका छोरा माकीरका सन्तानहरू गिलादमा गए र त्यहाँ बसोबास गर्ने एमोरीहरूबाट यसलाई कब्जा गरे । 40 त्यसपछि मोशाले मनश्शेका छोरा माकीरलाई गिलाद दिए, र तिनका मानिसहरू त्यहाँ बसोबास गरे । 41 मनश्शेका छोरा याईर गए र यसका नगरहरू कब्जा गरे र तिनीहरूको नाउँ हब्बात-याईर राखे ।
  • व्यव 3:12-17 : 12 त्यस बेला हामीले अधिकारको रूपमा लिएको देश अर्थात् अर्नोनको बेँसीनेर अरोएरदेखि गिलादको पहाडी देशको आधा भाग र यसका सहरहरू मैले रूबेनीहरू र गादीहरूलाई दिएँ । 13 गिलादको बाँकी भाग र सम्पूर्ण बाशान अर्थात् ओगको राज्य (अर्गोबको सम्पूर्ण राज्य र सम्पूर्ण बाशान) मैले मनश्शेको आधा कुललाई दिएँ । (उही क्षेत्रलाई रपाईहरूको देश भनिन्छ । 14 मनश्शेका सन्तान याईरले गशूरी र माकातीहरूको सिमानासम्म अर्गोबको सारा राज्य कब्जा गरे । तिनले त्यस क्षेत्र र बाशानलाई आफ्नै नाउँद्वारा हब्बात-याईर नाउँ दिए जसलाई आजसम्म उही नामले चिनिन्छ ।) 15 मैले गिलादचाहिँ माकीरलाई दिएँ । 16 रूबेनीहरू र गादीहरूलाई मैले गिलाददेखि अर्नोन बेँसीसम्म (बेँसीको मध्य भाग त्यस इलाकाको सिमाना थियो) र यब्बोक नदी (जुन अम्मोनीहरूको सिमाना थियो) दिएँ । 17 यसको अर्को सिमाना किन्‍नरेतदेखि पिसगा टापुको पूर्वपट्टि रहेको भीरमुनि अराबा समुद्र (अर्थात् खारा समुद्र) सम्म अर्थात् यर्दन नदीको बेँसीको मैदान थियो ।
  • व्यव 4:47-48 : 47 तिनीहरूले तिनको देश र बाशानका राजा ओगको देशमाथि अधिकार गरे । यी एमोरीहरूका दुई राजा थिए जो यर्दनपारि पूर्वपट्टि बस्थे । 48 यो क्षेत्र अर्नोनको बेँसीको छेउमा रहेको अर्नोनदेखि सियोन पर्वत (अर्थात् हेर्मोन पर्वत) सम्म
  • व्यव 10:9 : 9 त्यसकारण, आफ्ना दाजुभाइहरूसँगै लेवीसित जमिनको कुनै हिस्सा वा सम्पत्ति हुँदैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनको सम्पत्ति हुनुहुन्छ)
  • व्यव 18:1-2 : 1 ¶ पुजारीहरू अर्थात् लेवीहरू र सबै लेवी कुलको इस्राएलीहरूसित कुनै हिस्सा वा अंश हुने छैन । तिनीहरूले आफ्नो अंशको रूपमा आगोद्वारा चढाइएका परमप्रभुका बलिहरू खाऊन् । 2 आफ्ना दाजुभाइहरूका बिचमा तिनीहरूको कुनै अंश नहोस् । तिनीहरूलाई प्रतिज्ञा गरिएअनुसार परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ ।
  • यहो 13:8-9 : 8 मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले तिनीहरूको उत्तराधिकार प्राप्‍त गरेका छन् जुन मोशाले तिनीहरूलाई दिएका यर्दनको पूर्वतिर, अर्नोन नदीको घाँटीको किनारामा भएको 9 अरोएरदेखि (घाँटीको माझमा भएको सहरलगायत), दीबोनसम्मका मेदबाको टार; 10 सीहोनका सबै सहर, एमोरीहरूका राजा, जसले हेश्बोनमा शासन गरे, अम्मोनीहरूको सिमानासम्म; 11 गिलाद, गशूरीहरू र माकातीहरूको प्रदेश, सबै हेर्मोन डाँडा, सलकासम्मका सबै बाशान; 12 बाशानको ओगका सबै अधिराज्य, जसले अस्तारोत र अद्रईमा शासन गरे, मोशाले उनीहरूलाई प्रहार गरी धपाउँदा बाँकी रहेकाहरू यिनीहरू नै हुन् । 13 तर इस्राएलका मानिसहरूले गशूरीहरू र माकातीहरूलाई धपाएनन् । बरु, गशूर र माकात आजको दिनसम्म पनि इस्राएलको माझमा बसोबास गर्छन् । 14 मोशालाई लेवीका कुललाई मात्र उत्तराधिकार दिएनन् । परमप्रभु इस्राएलका परमेश्‍‌वरका बलिदानहरू, आगोद्वारा चढाइएका बलिदानहरू परमेश्‍‌वरले मोशालाई भन्‍नुभएझैँ तिनीहरूका उत्तराधिकार हुन् । 15 मोशाले रूबेनको कुललाई कुल-कुलअनुसार उत्तराधिकार दिए । 16 तिनीहरूको भाग अर्नोन नदीको घाँटीको किनारमा पर्ने अरोएर र उपत्यकाको माझमा पर्ने सहरदेखि मेदबासम्मको सबै समथल भू-भाग थियो । 17 रूबेनले हेश्बोन र समथल भू-भागमा रहेका यसका सबै सहर, दीबोन र बमोत-बाल, र बेथ-बाल-मोन, 18 रयहसा, लदेमोत, मेपात, 19 र किर्यातैम, सिब्मा, उपत्याकको डाँडा रहेको सेरेथशेहार पनि प्राप्‍त गरे । 20 रूबेनले यी पनि प्राप्‍त गरेः बेथ-पोर, पिसगाको भीरालो भू-भाग, बेथ-यसीमोत, 21 समथर भू-भागका सबै सहर, र एमोरीहरूका राजा सीहोनका सबै अधिराज्य, जसले हेश्बोनमा शासन गरेका थिए, जसलाई मोशाले मिद्यानका अगुवाहरू, एवी, रेकेम, सूर, हूर र रेबाका अगुवाहरूसँगै हराएका थिए, सीहोनका शासकहरू जो त्यो भू-भागमा बस्थे । 22 इस्राएलका मानिसहरूले मारेकाहरूमध्ये टुनामुना गर्ने बोरका छोरा बालामलाई पनि मारे । 23 रूबेनको कुलको सिमाना यर्दन नदी हो । यो तिनीहरूको सिमाना हो । यो रूबेनका वंशलाई तिनीहरूका कुल-कुलअनुसार तिनीहरूका सहरहरू र गाउँहरूसहित दिइएको उत्तराधिकार थियो । 24 मोशाले गादका कुललाई कुल-कुलअनुसार यी दिएः 25 तिनीहरूका क्षेत्र याजेर, गिलादका सबै सहर र अम्‍मोनीहरूको आधा भू-भाग, रब्बाको पूर्वतिरको अरोएर, 26 हेश्बोनदेखि रामतमस्पा र बेतोनीमसम्म, महनोमदेखि दबीरको क्षेत्रसम्म । 27 उपत्यका, मोशाले तिनीहरूलाई बेथ-हाराम, बेथ-निम्रा सुक्‍कोत, सापोन, होश्‍बोनका राजा सीहोनका बाँकी राज्य, साथै यर्दनलाई सिमानाको रूपमा, किन्‍नरेत समुद्रको तल्लो भागहरू, यर्दनभन्दा पर पूर्वतिरका भू-भाग दिए । 28 यो गादको कुलको कुल-कुलअनुसारको तिनीहरूका सहरहरू र गाउँहरूसहित उत्तराधिकार हो । 29 मोशाले मनश्शेका आधा कुललाई उत्तराधिकार दिए । यो मनश्शेका कुललाई कुल-कुलअनुसार दिइएको थियो । 30 तिनीहरूका क्षेत्र महनोमदेखि, बाशानसम्म, बाशानका राजा ओगका सम्पूर्ण राज्य, याईरका सबै नगर, जुन बाशानमा छन्, साठीवटा सहर; 31 गिलादको आधा भाग, र अस्तारोत र एद्रई (बशानमा ओगका राजकीय सहरहरू)। यिनीहरू माकीरको कुल-कुलअनुसार मनश्शेका छोरा माकीरको कुललाई दिइएको थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 14:1-4
    4 पदहरू
    86%

    1¶ कनानको भू-भागमा इस्राएलका मानिसहरूले उत्तराधिकारको रूपमा प्राप्‍त गरेका क्षेत्र यी नै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र कुलनायकहरूले तिनीहरूलाई बाँडिदिए ।

    2जसरी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको थियो, त्यसरी नै साँढे नौ कुललाई तिनीहरूको उत्तराधिकार चिट्ठाद्वारा चुनिएको थियो ।

    3किनभने साँढे दुई कुललाई यर्दनपारि नै उत्तराधिकार दिइएको थियो, तर तिनले लेवीलाई कुनै उत्तराधिकार दिएनन् ।

    4वास्तवमा योसेफको कुल मनश्शे र एफ्राइम गरी दुई कुल थिए । लेवीहरूलाई त्यो भू-भागमा कुनै उत्तराधिकार दिइएन, तर तिनीहरूका गाईवस्तुहरूका निम्ति चरन र तिनीहरूका भौतिक सरसामानहरूका निम्ति केही सहरहरू मात्र दिइए ।

  • यहो 13:7-8
    2 पदहरू
    81%

    7यो भूमिलाई नौ कुल र मनश्शेको आधा कुलको निम्ति उत्तराधिकारको रूपमा बाँडी दे ।”

    8मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले तिनीहरूको उत्तराधिकार प्राप्‍त गरेका छन् जुन मोशाले तिनीहरूलाई दिएका यर्दनको पूर्वतिर, अर्नोन नदीको घाँटीको किनारामा भएको

  • व्यव 18:1-2
    2 पदहरू
    81%

    1¶ पुजारीहरू अर्थात् लेवीहरू र सबै लेवी कुलको इस्राएलीहरूसित कुनै हिस्सा वा अंश हुने छैन । तिनीहरूले आफ्नो अंशको रूपमा आगोद्वारा चढाइएका परमप्रभुका बलिहरू खाऊन् ।

    2आफ्ना दाजुभाइहरूका बिचमा तिनीहरूको कुनै अंश नहोस् । तिनीहरूलाई प्रतिज्ञा गरिएअनुसार परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ ।

  • गिन 34:13-17
    5 पदहरू
    80%

    13मोशाले इस्राएलका मानिसहरूलाई आज्ञा गरे र भने, “तिमीहरूले चिट्ठाद्वारा पाउने मुलुक यही हो, जसलाई साँढे नौ कुललाई दिन परमप्रभुले आज्ञा दिनुभएको छ ।

    14रूबेनका सन्तानहरूका कुलले तिनीहरूको कुलअनुसारको सम्पत्तिको अंश, गादका सन्तानहरूका कुलले तिनीहरूका कुलअनुसारको सम्पत्तिको अंश र मनश्शेका आधा कुलले तिनीहरूको भूमि पाएका छन् ।

    15अढाइ कुलले तिनीहरूको हिस्सा यरीहोमा यर्दनपारि पूर्वतिर अर्थात् सूर्योदय हुने दिशामा पाएका छन् ।

    16परमप्रभु मोशासँग बोल्नुभयो,

    17“तिनीहरूको अंशको निम्ति भूमिको भाग लगाउनेहरूका नाउँ यिनै हुन्ः पुजारी एलाजार र नूनका छोरा यहोशू ।

  • यहो 13:32-33
    2 पदहरू
    80%

    32यो मोशाले तिनीहरूलाई यर्दनपारि पूर्वतिर दिएका उत्तराधिकार हो ।

    33मोशाले लेवीहरूलाई उत्तराधिकार दिएनन् । परमप्रभु इस्राएलका परमेश्‍‌वरले भन्‍नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकार हुनुहुन्छ ।

  • 9त्यसकारण, आफ्ना दाजुभाइहरूसँगै लेवीसित जमिनको कुनै हिस्सा वा सम्पत्ति हुँदैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनको सम्पत्ति हुनुहुन्छ)

  • यहो 13:14-15
    2 पदहरू
    78%

    14मोशालाई लेवीका कुललाई मात्र उत्तराधिकार दिएनन् । परमप्रभु इस्राएलका परमेश्‍‌वरका बलिदानहरू, आगोद्वारा चढाइएका बलिदानहरू परमेश्‍‌वरले मोशालाई भन्‍नुभएझैँ तिनीहरूका उत्तराधिकार हुन् ।

    15मोशाले रूबेनको कुललाई कुल-कुलअनुसार उत्तराधिकार दिए ।

  • यहो 1:12-13
    2 पदहरू
    78%

    12यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूलाई भने,

    13“परमप्रभुका दास मोशाले तिमीहरूलाई भनेका वचनहरू सम्झ । तिनले भनेका थिए, 'परमप्रभुले तिमीहरूलाई विश्राम दिइरहनुभएको छ र उहाँले तिमीहरूलाई यो भूमि दिँदै हुनुहुन्छ ।'

  • 25किनभने परमप्रभुले तिमीहरू र हामीबिच यर्दनलाई सिमान बनाउनुभएको छ । तिमीहरू रूबेन र गादका मानिसहरू, तिमीहरूको परमप्रभुसँग कुनै सरोकार छैन ।'

  • गिन 18:23-24
    2 पदहरू
    77%

    23लेवीहरूले भेट हुने पालसँग सम्बन्धित कामहरू गर्नुपर्छ । यससँग सम्बन्धित कुनै पापको जिम्मेवार तिनीहरू हुने छन् । यो तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुने छ । इस्राएलका मानिसहरूका माझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।

    24मेरो निम्ति योगदानको रूपमा तिनीहरूले चढाएका इस्राएलका मानिसहरूको दशांश मैले लेवीहरूलाई तिनीहरूको उत्तराधिकारको रूपमा दिएको छु । यसैले मैले तिनीहरूलाई यसो भनेँ, 'इस्राएलका मानिसहरूमाझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।”

  • 6परमप्रभुका दास मोशा र इस्राएलका मानिसहरूले उनीहरूलाई पराजित गरे अनि परमप्रभुका दास मोशाले त्यो भूमिलाई रूबेनी, गादी र मनश्‍शेका आधा कुलको उत्तराधिकारको रूपमा दिए ।

  • 1¶ त्यस बेला यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई बोलाए ।

  • यहो 18:5-6
    2 पदहरू
    76%

    5तिनीहरूले यसलाई सात खण्डमा विभाजन गर्ने छन् । यहूदाको कुल दक्षिणतिर तिनीहरूकै क्षेत्रमा रहने छन् र योसेफको परिवार उत्तरतिर तिनीहरूकै क्षेत्रमा रहने छन् ।

    6तिमीहरूले भूमिलाई सातवटा खण्डमा वर्णन गर्ने छौ र मकहाँ ल्याउने छौ । म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने यहाँ चिट्ठा हाल्ने छु ।

  • 8हामीले तिनीहरूको देश कब्जा गरी रूबेनीहरू, गादीहरू र मनेश्शेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा दियौँ ।

  • 20परमप्रभुले हारूनलाई भन्‍नुभयो, “मानिसहरूको जग्गा-जमिनमा तेरो कुनै उत्तराधिकार हुनेछैन, न त मानिसहरूको सम्पत्तिमा कुनै हिस्सा हुने छ । इस्राएलका मानिसहरूमा म नै तेरो हिस्सा र उत्तराधिकार हुँ ।

  • 7मनश्शेको आधा कुललाई मोशाले बाशानमा नै उत्तराधिकार दिएका थिए, तर बाँकी आधा कुललाई तिनीहरूका दाजुभाइको छेउमा यर्दनको पश्‍चिमपट्टि दिए । यहोशूले तिनीहरूलाई आ-आफ्ना पालहरूमा पठाए; तिनले तिनीहरूलाई आशिष् दिए

  • 8यर्दनको पूर्वपट्टि, तिनीहरूले रूबेनको कुलबाट उच्‍च-स्थानमाथिको मरुभूमिमा बेसेर; गादको कुलबाट रामो गिलाद; र मनश्शेको कुलबाट बाशाको गोलान चुने ।

  • 19हामीले तिनीहरूसँग यर्दन पारिपट्टि अंश पाउनेछै नौँ, किनभने हाम्रो अंश यहीँ यर्दनको पूर्वीपट्टि नै छ ।

  • 9त्यसैले रूबेनका सन्तानहरू, गादका सन्तानहरू र मनश्शेका आधा कुल इस्राएलका मानिसहरूलाई शीलोमा छोडेर घरतिर फर्के, जुन कनानको भूमि हो । तिनीहरू आफ्नै भू-भाग गिलादको प्रदेशमा जानलाई हिँडे, जुन तिनीहरूले मोशाद्वारा परमप्रभुको आज्ञा पालनमा आफैले स्वामित्वमा लिएका थिए ।

  • यहो 17:4-5
    2 पदहरू
    75%

    4तिनीहरू पुजारी एलाजार, यहोशू र अगुवाहरूकहाँ आए र भने, “परमप्रभु परमेश्‍वरले हाम्रा दाजुभाइहरूसँगै उत्तराधिकार दिनू भनी आज्ञा गर्नुभएको थियो ।” त्यसैले, परमप्रभुको आज्ञाअनुसार, तिनले ती महिलाहरूलाई तिनीहरूका बुबाका दाजुभाइहरूमाझ उत्तराधिकार दिए ।

    5गिलाद र बाशानमा मनश्शेलाई दस भाग जमिन दिइयो, जुन यर्दन पारिपट्टि छ,

  • यहो 13:28-29
    2 पदहरू
    74%

    28यो गादको कुलको कुल-कुलअनुसारको तिनीहरूका सहरहरू र गाउँहरूसहित उत्तराधिकार हो ।

    29मोशाले मनश्शेका आधा कुललाई उत्तराधिकार दिए । यो मनश्शेका कुललाई कुल-कुलअनुसार दिइएको थियो ।

  • 2इस्राएलका मानिसहरूमाझ अझै पनि सात कुल थिए जसलाई तिनीहरूका उत्तराधिकार दिइएको थिएन ।

  • 6हेर्, लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् ।

  • 15तर परमप्रभुले तिनीहरूलाई पनि तिमीहरूलाई झैँ विश्राम नदिनुभएसम्म तिमीहरूका योद्धाहरू तिमीहरूका भाइहरूसँग पारि जाने छन् र तिनीहरूलाई सहायता गर्ने छन् ।

  • 4हेर, मैले तिमीहरूलाई पश्‍चिममा यर्दनदेखि महासमुद्रसम्म पहिले नै नष्‍ट पारेका जातिहरूका साथै तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा हुन विजय हासिल गर्न बाँकी रहेका जातिहरू तिमीहरूलाई दिएको छु ।

  • 29जमिन यही हो जसको निम्‍ति तिमीहरूले चिठ्ठा हाल्नेछौ । यो इस्राएलका कुलहरूका निम्‍ति उत्तराधिकार हुनेछ । तिनीहरूका भाग यी नै हुन् । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 24मोशाले गादका कुललाई कुल-कुलअनुसार यी दिएः

  • 51भेट हुने पालको प्रवेशद्वारमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूको कुलहरूका अगुवाहरूले शीलोमा परमप्रभुको सामु चिट्ठा हालेर बाँडेका उत्तराधिकार यिनीहरू नै हुन् । यसरी तिनीहरूले भू-भाग बाँड्न सिद्ध्याए ।

  • गिन 32:29-30
    2 पदहरू
    73%

    29मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका सन्तानहरू परमप्रभुको सामु लड्न हातहतियारसहित तिमीहरूसँगै यर्दन पारि जाने छन्, र यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने, तिमीहरूले तिनीहरूलाई गिलादको भूमि अंशको रूपमा दिनू ।

    30तर यदि तिनीहरू तिमीहरूसँगै हातहतियारसहित पारि गएनन् भने, तिनीहरूले पनि कनानको मुलुकमा नै तिमीहरूमाझ अंश प्राप्‍त गर्ने छन् ।”

  • 33त्यसैले मोशाले एमोरी राजा सीहोन र बाशानका राजा ओगको राज्य गाद र रूबेनका सन्तानहरूसाथै योसेफका छोरा मनश्शेका आधा कुललाई दिए । तिनले त्यो भूमि तिनीहरूलाई दिए र यसका सिमानासहित सबै सहरहरू, त्यस वरिपरिका भूमिमा भएका सहरहरू भाग लगाए ।

  • 47इस्राएलका मानिसहरूका आधा भागबाट मोशाले पशु र मानिस दुवैबाट हरेक पचास वटाबाट एउटा लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले तिनीहरूलाई परमप्रभुको पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिए ।

  • 54तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ