यहोशू 2:4

अनलक शाब्दिक बाइबल

तर ती महिलाले ती दुई जना मानिसलाई लगेर लुकाएकी थिइन् । तिनले भनिन्, “हो, मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका थिए, मलाई थाहा भएन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 17:19-20 : 19 ती मानिसकी पत्‍नीले त्यो इनारको ढकनी ल्‍याइन् र इनारको मुख ढाकिन् अनि त्‍यसमाथि बिस्‍कुन सुकाइन्, त्यसैले इनारमा जोनाथन र अहीमास थिए भनेर कसैले थाहा पाएनन् । 20 अब्शालोमका मानिसहरू त्यो घरकी स्‍त्रीकहाँ आए र भने, “अहीमास र जोनाथन कहाँ छन्?” ती स्‍त्रीले भनिन्, “तिनीहरू नदी तरेर गाइसके ।” त्यसैले तिनीहरूले वरिपरि हेरे र तिनीहरूलाई भेट्टउन सकेनन्, तब तिनीहरू यरूशलेम फर्के ।
  • २ राजा 6:19 : 19 तब एलीशाले अरामीहरूलाई भने, “यो बाटो होइन, न त यो सहर नै हो । मेरो पछि लाग र तिमीहरूले खोजिरहेका मानिस भएको ठाउँमा म तिमीहरूलाई लानेछु ।” तब तिनीहरूलाई तिनले सामरिया लगे ।
  • निर्ग 1:19 : 19 ती सुँडिनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्ता छैनन् । तिनीहरू हट्टाकट्टा छन् र सुँडिनी पुग्‍नुभन्दा पहिले नै तिनीहरूले बच्‍चा जन्माइसकेका हुन्छन् ।
  • २ शमू 16:18-19 : 18 हूशैले अब्शालोमलाई भने, “होइन, बरु, परमप्रभु र यी मानिसहरू र इस्राएलका सारा मानिसले जसलाई चुनेका छन्, म त्‍यही मानिसको हुने छु र उसैसित म बस्‍ने छु । 19 साथै, मैले कुन मानिसको सेवा गर्नु? के मैले तिनको छोराको उपस्थितिमा सेवा नगर्नु? मैले जसरी तपाईंको बुबाको सामु सेवा गरेको छु त्यसरी नै म तपाईंको सामु सेवा गर्ने छु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 2:1-3
    3 पदहरू
    84%

    1¶ नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना मानिसलाई जासुसको रूपमा पठाए । तिनले भने, “जाओ, त्यो भूमिलाई हेर, विशेष गरी यरीहोलाई हेर ।” तिनीहरू गए र राहब नाउँ गरेकी वेश्याकहाँ आए र तिनीहरू त्यहीँ बास बसे ।

    2यरीहोका राजालाई यसो भनियो, “हेर्नुहोस्, यस भूमिको भेद पत्ता लगाउन इस्राएलका मानिसहरू यहाँ आएका छन् ।”

    3यरीहोका राजाले राहबकहाँ खबर पठाए र भने, “तिमीकहाँ आउने ती मानिसहरूलाई बाहिर लेऊ, जो तिम्रो घरमा प्रवेश गरेका थिए, किनभने तिनीहरू सारा भूमिको जासुस गर्न आएका छन् ।”

  • यहो 2:5-9
    5 पदहरू
    83%

    5तिनीहरू सहरको प्रवेशद्वार बन्द गर्ने समय हुँदा साँझपख गए । तिनीहरू कता गए मलाई थाहा भएन । तपाईंहरू छिटो-छिटो जानुभयो भने सम्भवतः तपाईंहरूले तिनीहरूलाई भेट्टाउनु हुनेछ ।”

    6तर तिनले तिनीहरूलाई कौसीमा लगेकी थिइन् र तिनले कौसीमाथि थुपारेकी सनको डाँठहरूमुनि लुकाएकी थिइन् ।

    7त्यसैले ती मानिसहरू यर्दनको जाँघरहरूतिर जाने बाटो हुँदै तिनीहरूको पिछा गरे । ती पिछा गर्नेहरू जाने बित्तिकै प्रवेशद्वार बन्द गरियो ।

    8ती मानिसहरू राति सुत्‍नुअगि नै तिनी कौसीमाथि तिनीहरूकहाँ आइन् ।

    9तिनले भनिन्, “मलाई थाहा छ, परमप्रभुले यो भूमि तपाईंहरूलाई दिनुभएको छ र तपाईंहरूको डर हामीमाथि आइपरेको छ । यो भूमिमा बस्‍ने सबै मानिस तपाईंहरूको सामु शिथिल हुने छन् ।

  • यहो 2:14-18
    5 पदहरू
    78%

    14ती मानिसहरूले तिनलाई भने, “मृत्युसम्म नै तिमीहरूको जीवनको सट्टामा हाम्रो जीवन! यदि तिमीले हाम्रो कामबारे बताएनौ भने, जब परमप्रभुले यो भूमि हामीलाई दिनुहुने छ हामी तिमीसँग दयालु र विश्‍वासयोग्य हुने छौँ ।”

    15त्यसैले तिनले डोरीको सहायताले तिनीहरूलाई झ्यालबाट तल झारे । तिनी बसोवास गर्ने घर सहरको पर्खालभित्र नै बनाइएको थियो ।

    16तिनले तिनीहरूलाई भने, “पहाडतिर जानुहोस् र लुक्‍नुहोस्, नत्र पिछा गर्नेहरूले तपाईंहरूलाई भेट्टाउने छन् । पिछा गर्नेहरू नफर्केसम्म तिन दिनसम्म त्यहीँ लुक्‍नुहोस् । अनि आफ्नो बाटो लाग्‍नुहोस् ।”

    17ती मानिसहरूले तिनलाई भने, “यदि तिमीले यो कुरा गरेनौ भने हामीले तिमीलाई गरेका प्रतिज्ञाहरू लागु हुने छैनन् ।

    18हामी यो भूमिमा आउँदा तिमीले हामी जुन झ्यालबाट झरेका थियौँ त्यहीँ नै यो रातो डोरी बाँध्‍नुपर्छ र तिमीले तिम्रा बुबा, आमा, तिम्रा दाजुभाइहरू र तिम्रा बुबाका सबै घरानालाई घरभित्र ल्याउनुपर्छ ।

  • यहो 6:22-23
    2 पदहरू
    77%

    22त्यसपछि भूमिको भेद लिने दुई जना मानिसलाई भने, “ती वेश्याको घरभित्र जाओ । ती महिला र तिनीसँग भएका सबैलाई तिमीहरूले शपथ खाएबमोजिम बाहिर ल्याओ ।”

    23त्यसैले त्यो भूमिको भेद लिने जवानहरू गए र राहाबलाई बाहिर ल्याए । तिनीहरूले तिनका बुबा, आमा, दाजुभाइहरू र तिनीसँग भएका सबै नातेदारलाई ल्याए । तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनी भएको ठाउँमा ल्याए ।

  • यहो 2:20-23
    4 पदहरू
    75%

    20तर यदि तिमीले हाम्रा कामहरूबारे बतायौ भने, तिमीले हामीलाई खान लगाएको शपथबाट हामी मुक्‍त हुने छौँ ।

    21राहबले जवाफ दिए, “तपाईंहरूले भन्‍नुभएबमोजिम नै होस् ।” तिनले तिनीहरूलाई पठाए र तिनीहरू गए । अनि तिनले झ्यालमा त्यो रातो डोरी बाँधिन् ।

    22तिनीहरू गए र पहाडतिर गए अनि तिनीहरूको पिछा गर्नेहरू नफर्केसम्म तिनीहरू तिन दिनसम्म त्यहीँ नै बसे । पिछा गर्नेहरूले बाटोमा सबैतिर खोजे र केही पनि भेट्टाएनन् ।

    23ती दुई जना मानिस फर्के र नूनका छोरा यहोशूकहाँ आए र तिनीहरूले तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए ।

  • 25तर यहोशूले राहाब वेश्या, उनको बुबाको घराना र तिनीसँग भएका सबैलाई जीवितै राखे । उनी आजसम्म पनि इस्राएलमा नै बस्छिन्, किनभने उनले यहोशूले यरीहोको जासुस गर्न पठाएका मानिसहरूलाई लुकाइन् ।

  • उत्प 38:21-22
    2 पदहरू
    70%

    21त्यसपछि त्यस अदुल्लामवासीले त्यहाँका मानिसहरूलाई सोधे, “मन्दिरमा सेवा गर्ने त्यो वेश्या कहाँ गई जो सडक नजिक एनैममा थिई?” तिनीहरूले भने, “मन्दिरमा सेवा गर्ने कोही वेश्या यहाँ छैन ।”

    22उनी यहूदाकहाँ फर्के र भने, “मैले त्यसलाई भेट्टाइनँ । र त्यस ठाउँका मानिसहरूले पनि भने, ‘मन्दिरमा सेवा गर्ने कोही वेश्या यहाँ छैन’ ।”

  • 5तिनीहरूले लोतलाई बोलाएर भने, “साँझ तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई बाहिर हामीकहाँ ल्याऊ, ताकि हामी तिनीहरूसँग सुत्‍न सकौँ ।”

  • २ शमू 17:19-20
    2 पदहरू
    70%

    19ती मानिसकी पत्‍नीले त्यो इनारको ढकनी ल्‍याइन् र इनारको मुख ढाकिन् अनि त्‍यसमाथि बिस्‍कुन सुकाइन्, त्यसैले इनारमा जोनाथन र अहीमास थिए भनेर कसैले थाहा पाएनन् ।

    20अब्शालोमका मानिसहरू त्यो घरकी स्‍त्रीकहाँ आए र भने, “अहीमास र जोनाथन कहाँ छन्?” ती स्‍त्रीले भनिन्, “तिनीहरू नदी तरेर गाइसके ।” त्यसैले तिनीहरूले वरिपरि हेरे र तिनीहरूलाई भेट्टउन सकेनन्, तब तिनीहरू यरूशलेम फर्के ।

  • न्या 19:22-23
    2 पदहरू
    70%

    22जब तिनीहरू खुशी मनाइरहेका थिए, सहरका केही काम नलाग्‍ने मानिसहरूले घरलाई घेरे र ढोकामा हिर्काउन थाले । घरका मालिक, ती वृद्ध मानिसलाई तिनीहरूले यसो भने, “तिम्रो घरमा आएको मानिसलाई यहाँ बाहिर निकाल, ताकि हामी त्यससँग सहवास गर्नेछौं ।”

    23घरका मालिक ती मानिस तिनीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “होइन, मेरा भाइहरू हो, यस्तो दुष्‍ट काम नगर्नुहोस्! यी मानिस मेरो घरमा पाहुना भएका हुनाले, यस्तो दुष्‍ट काम नगर्नुहोस्!

  • 14तिनले आफ्ना घरका मानिसहरूलाई बोलाएर भनिन्, “हेर, पोतीफरले हाम्रो बेइज्‍जत गर्न एउटा हिब्रूलाई ल्याउनुभएको छ । त्यो मकहाँ सुत्‍न भनेर आयो, अनि म चिच्याएँ ।

  • 17यो सहर र यसमा भएका सबै थोक विनाशको निम्ति परमप्रभुको लागि अलग गरिएको छ । राहाब र तिनको घरमा तिनीसँग भएकाहरू मात्र बाँच्ने छन्, किनभने तिनले हामीले पठाएका मानिसहरूलाई लुकाएकी थिइन् ।

  • 25त्यसै गरी, राहाब वेश्याले पनि गुप्‍तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिँदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी होइनन् र?

  • 20उनले तिनलाई भने, “पालको ढोकामा खडा बस । कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्यो भने, ‘छैन’ भन्‍नू ।”

  • 31राहाब वेश्याले विश्‍वासद्वारा नै जासुसहरूलाई शान्तिसाथ सत्कार गरेकीले हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्‍ट भइनन् ।

  • १ राजा 3:17-18
    2 पदहरू
    69%

    17एक जना स्त्रीले भनी, “हे मेरा मालिक, यो स्त्री र म एउटै घरमा बस्छौँ, अनि त्यस घरमा मैले एउटा बालक जन्माएँ ।

    18मैले जन्म दिएको तेस्रो दिनमा यस स्त्रीले बालक जन्माई । हामी सँगसँगै थियौँ । घरमा हामीसित कोही पनि थिएन, तर हामी दुई जना मात्र थियौँ ।

  • 10तर ती मानिसहरूले आफ्ना हात निकालेर लोतलाई तिनीहरूसँगै घरभित्र ताने र ढोका बन्द गरिदिए ।

  • 24ती जासुसहरूले सहरबाट एक जना मानिस बाहिर निस्कँदै गरेको देखे, र तिनीहरूले त्यसलाई भने, “सहरभित्र कसरी प्रवेश गर्ने भनेर कृपया हामीलाई देखाउनुहोस्, र तपाईंप्रति हामी दयालु हुनेछौं ।”

  • 26झिसमिसेमा त्यो स्‍त्री आई र त्यस मानिसको घरको ढोकामा आएर लडी जहाँ त्यसका मालिक थिए, र बिहान नभएसम्म त्यो त्यहीँ नै लडिरही ।

  • 14तिनी बिहानसम्म नै तिनको खुट्टाको छेउमा सुतिरहिन् । तर तिनी एउटाले अर्को मानिसलाई चिन्‍न सक्‍ने हुनेअगि नै उठिन् । किनभने बोअजले भने, “कुनै महिला खलामा आइन् भनी कसैले थाहा नपाओस् ।”

  • 13त्यसपछि अर्को पुरुष त्यससँग सुत्छे । त्यस अवस्थामा त्यो अशुद्ध हुन्छे ।

  • 8हेर्नुहोस्, मेरा दुई छोरी छन् जो कुनै मानिससँग सुतेका छैनन् । म बिन्ती गर्दछु, मेरा छोरीहरूलाई तपाईंहरूकहाँ ल्याउन दिनुहोस्, र तपाईंहरूको नजरमा जे असल लाग्छ तिनीहरूसँग त्यही गर्नुहोस् । केवल यी मानिसहरूलाई केही नगर्नुहोस्, किनभने उनीहरू मेरो छतको छायामुनि आएका पाहुना हुन् ।”

  • 16जब रूथ तिनको सासूकहाँ आइन्, तिनले भनिन्, “कस्तो भयो मेरी छोरी?” अनि रूथले त्यो मानिसले भनेका सबै कुरा तिनलाई बताइन् ।

  • 16तिनी आफ्नी बुहारी हुन् भन्‍ने थाहा नभएर उनी तिनीकहाँ सडकको किनारमा गए र भने, “आऊ, मलाई तिमीसँग सुत्‍न देऊ” अनि तिनले भनिन्, “तपाईं मसँग सुत्‍नका लागि मलाई के दिनुहुन्छ?”

  • 16म कहाँ गएँ र मैले के गरेँ भन्‍ने बारेमा शासकहरूलाई थाहै भएन, र यति बेलासम्म मैले यहूदीहरूलाई पनि भनेको थिइनँ, न पुजारीहरू, न प्रतिष्‍ठित मानिसहरू, न शासकहरू, न त काम गर्ने बाँकी मानिसहरूलाई भनेको थिएँ ।

  • 28तब ती कन्‍या गइन् र आफ्‍नी आमाका परिवारलाई सबै कुरा बताइन्‌ ।

  • 32(विदेशीले पनि कदापि सहरको चोकमा बास बस्‍नुपरेको छैन, किनकि यात्रु निम्‍ति मैले सधैँ आफ्‍ना ढोकाहरू खुला गरेको छु), र त्यसो होइन भने, मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।

  • 6उनीहरू गिलगालमा यहोशूको छाउनीमा गए र तिनलाई र इस्राएलका मानिसहरूलाई भने, “हामी धेरै टाढाको देशबाट आएका हौँ, त्यसैले अहिले हामीसँग सन्धि गर्नुहोस् ।

  • 2तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्‍न सक्‍नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ ।

  • 18अनि राजाले जवाफ दिए र ती स्‍त्रीलाई भने, “मैले तिमीलाई सोध्‍ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्‍त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्‍नहोस् ।”

  • 1¶ इस्राएलका फौजका कारण यरीहोतिरका सबै प्रवेशद्वारहरू बन्द थिए । कोही पनि बाहिर आउँदैनथ्यो र भित्र पस्दैनथ्यो ।