यहोशू 22:31

अनलक शाब्दिक बाइबल

एलाजारका छोरा पुजारी पीनहासले रूबेन, गाद र मनश्शेका मानिसहरूलाई भने, “आज परमप्रभु हाम्रा माझमा हुनुहुन्छ भनी हामीले थाहा पायौँ, किनभने तिमीहरूले यो उहाँको विरुद्धमा विश्‍वासलाई तोडेका छैनौ । अहिले तिमीहरूले इस्राएलका मानिसरूलाई परमप्रभुको हातबाट छुटकारा दिएका छौ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 15:2 : 2 तिनी आसालाई भेट गर्न गए र तिनलाई भने, “ए आसा, यहूदा र बेन्‍यामीनका सबै जना, मेरा कुरा सुन्‍नुहोस्: जब तपाईंहरू परमप्रभुसँग रहनुहुन्छ, तब उहाँ पनि तपाईंहरूसँग हुनुहुन्‍छ । तपाईंहरूले उहाँलाई खोज्नुभयो भने, तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ । तर तपाईंहरूले उहाँलाई त्‍याग्‍नुभयो भने उहाँले पनि तपाईंहरूलाई त्‍याग्‍नुहुनेछ ।
  • लैव्य 26:11-12 : 11 म मेरो वेदी तिमीहरूकै बिचमा राख्‍ने छु, र म तिमीहरूलाई घृणा गर्ने छैनँ । 12 म तिमीहरूका बिचमा हिँड्‍डुल गर्ने छु, र म तिमीहरूका परमेश्‍वर हुने छु, र तिमीहरू मेरा मानिसहरू हुने छौ ।
  • गिन 14:41-43 : 41 तर मोशाले भने, “तिमीहरू परमप्रभुको आज्ञा किन तोड्छौ? तिमीहरू सफल हुनेछेनौ । 42 नजाओ, किनभने तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट पराजित हुनलाई बचाउन परमप्रभु तिमीहरूसँग हुनुहुन्‍न । 43 त्यहाँ अमालेकीहरू र कनानीहरू छन्, र तिमीहरू तरवारद्वारा मर्नेछौ, किनभने तिमीहरू परमप्रभुलाई अनुसरण गर्नबाट तर्किएका छौ । यसैले उहाँ तिमीहरूसँग हुनुहुनेछैन ।”
  • यहो 3:10 : 10 परमेश्‍वर तिमीहरूमाझ हुनुहुन्छ र कनानीहरू, हित्तीहरू, हिव्वीहरू, परिज्‍जीहरू, गिर्गाशीहरू, एमोरीहरू र यबूसीहरूलाई तिमीहरूको अगिबाट धपाउनु हुनेछ भनी तिमीहरूले थाहा पाउने छौ ।
  • भजन 68:17 : 17 परमेश्‍वरका रथहरू बीसौं हजार, हजारौं हजार छन् । परमप्रभु सीनैमा जस्तै पवित्र स्थानमा तिनीहरूमा माझमा हुनुहुन्छ ।
  • यशा 12:6 : 6 ए सियोनका बासिन्दाहरू हो, उच्‍च सोरले कराओ र आनन्दसाथ चिच्याओ, किनकि तिमीहरूका माझमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ ।
  • जक 8:23 : 23 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ!’”
  • मत्त 1:23 : 23 “हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्‍नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्‍वर हामीसँग ।”
  • १ कोरि 14:25 : 25 उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन् । परिणामस्वरूप, उसले परमेश्‍वरको सामु घोप्टो परी आराधना गर्नेछ । उसले परमेश्‍वर साँच्‍चै तिनीहरूका बिचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 22:29-30
    2 पदहरू
    84%

    29हामी आज परमप्रभुको पवित्र वासस्थान सामु रहेको हाम्रो परमप्रभु परमेश्‍वरको वेदीभन्दा अर्को वेदी होमबलि वा अन्‍नबलि वा बलिदानको निम्ति निर्माण गरेर उहाँलाई पछ्याउन छोडेर परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कुरा हामीबाट दूर होस्' ।”

    30जब पुजारी पीनहास र मानिसहरूका अगुवाहरू अर्थात् तिनीसँग भएका इस्राएलका कुलहरूका प्रमुखहरूले रूबेन, गाद र मनश्शेका मानिसहरूको कुरा सुने । यो तिनीहरूलाई नजरमा असल लाग्यो ।

  • यहो 22:32-34
    3 पदहरू
    81%

    32त्यसपछि एलाजारका छोरा पीनहास र अगुवाहरू रूबेनीहरू, गादीहरूको गिलादको मुलुकबाट कनानको भू-भागमा इस्राएलका मानिसहरूकहाँ फर्के र तिनीहरूलाई यो समाचार ल्याए । तिनीहरूको प्रतिवेदन इस्राएलका मानिसहरूको नजरमा असल थियो ।

    33इस्राएलका मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे र रूबेनी र गादीहरूलाई तिनीहरू बसोबास गरेका ठाउँबाट नष्‍ट पार्नलाई तिनीहरूको विरुद्धमा युद्ध गर्नेबारे कुनै कुरा गरेनन् ।

    34रूबेनीहरू र गादीहरूले त्यो वेदीलाई “साक्षी” नाउँ राखे, किनभने तिनीहरूले भने, “यो हामी र परमप्रभु नै परमेश्‍वर हुनुहन्छ भन्‍ने बिच साक्षी छ ।”

  • यहो 22:11-13
    3 पदहरू
    81%

    11इस्राएलका मानिसहरूले यो सुने र भने, “हेर, रूबेन, गाद र मनश्शेका आधा कुलका मानिसहरूले इस्राएलका मानिसहरूको अधीनमा पर्ने यर्दन नजिकको प्रदेशको गलिलोथको कनानको भूमिको सामुन्‍ने वेदी निर्माण गरेका छन् ।”

    12जब इस्राएलका मानिसहरूले यो कुरा सुने, इस्राएलका मानिसको सारा भेला तिनीहरू विरुद्ध युद्ध गर्न जान शीलोमा जान सँगै भेला भए ।

    13त्यसपछि इस्राएलका मानिसहरूले गिलादको भूमिमा रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलकहाँ समाचारवाहकहरू पठाए । तिनीहरूले एलाजारका छोरा पुजारी पीनहास,

  • यहो 22:20-22
    3 पदहरू
    78%

    20के परमेश्‍वरलाई सुम्पेका थोकहरूको विषयमा जेरहको छोरो आकानले विश्‍वास तोडेनन्? के सबै इस्राएलका मानिसमाथि क्रोध परेन? त्यसको पापको निम्ति आफू मात्रै मरेन' ।”

    21त्यसपछि रूबेन, गाद, र मनश्शेका आधा कुलले इस्राएलका कुलका प्रमुखहरूलाई जवाफ दिए,

    22“हे सर्वशक्‍तिमान्, परमप्रभु परमेश्‍वर सर्वशक्‍तिमान्, हे परमप्रभु परमेश्‍वर! उहाँ जान्‍नुहुन्छ, इस्राएलले जानोस्! यदि यो विद्रोह वा विश्‍वास तोड्नलाई परमप्रभुको विरुद्धमा थियो भने,

  • 28र हारूनका नाति, एलाजारका छोरा पीनहासले सन्दुकको सामु सेवा गर्थे— “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूका विरुद्ध हामी फेरि युद्धमा जाऔं, वा रोकौं?” परमप्रभुले भन्‍नुभयो, “आक्रमण गर, किनकि भोलीको दिन तिनीहरूलाई पराजय गर्न म तिमीहरूलाई सहायता गर्नेछु ।”

  • गिन 25:6-8
    3 पदहरू
    74%

    6अनि इस्राएलका मानिसहरूमध्ये एक जना आयो र मिद्यानी महिलालाई त्यसको परिवारका सदस्यहरू माझ ल्यायो । यो घटना मोशा र इस्राएलका सबै समुदाय भेट हुने पालको सामु रोइरहँदा भएको थियो ।

    7जब पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले त्यो देखे, तिनी समुदायको बिचबाट उठेर गए अनि हातमा भाला लिए ।

    8तिनी त्यो इस्राएली पुरुषको पछि-पछि पालभित्र गए र तिनीहरूले इस्राएली पुरुष र महिला दुवैलाई भालाले रोपे । त्यसैले परमेश्‍वरले इस्राएलका मानिसहरूमाथि पठाउनुभएको विपत्ति रोकियो ।

  • गिन 25:10-12
    3 पदहरू
    74%

    10परमप्रभुले मोशालाई भन्‍नुभयो,

    11“पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले इस्राएलका मानिसहरूबाट मेरो क्रोधलाई टारेको छ, किनभने तिनी तिनीहरू माझ मेरो जोसले जोसिला भएका थिए । त्यसैले मैले इस्राएलका मानिसहरूलाई मेरो क्रोधमा विनाश गरिनँ ।

    12यसकारण परमप्रभु भन्‍नुहुन्छ, “म मेरो शान्तिको करार पीनहासलाई दिँदै छु ।

  • यहो 22:15-18
    4 पदहरू
    73%

    15तिनीहरू गिलादको मुलुकमा रूबेन, गाद र मनश्शेको आधा कुलकहाँ आए र तिनीहरूले तिनीहरूलाई भने,

    16“परमप्रभुका सारा समुदाय यसो भन्छ, 'परमप्रभुको विरुद्धमा आजको दिन आफ्‍नो निम्ति वेदी निर्माण गरेर परमप्रभुलाई पछ्याउनबाट तर्किएर इस्राएलका परमेश्‍वरको विरुद्ध तिमीहरूले कस्तो बेइमानी गरेको?

    17के पोरको हाम्रो पाप पर्याप्‍त थिएन? तैपनि हामीले आफूलाई यसबाट अझै शुद्ध पारेका छैनौँ । त्यो पापको निम्ति परमप्रभुको समुदायमा विपत्ति आइपर्‍यो ।

    18के तिमीहरू पनि अहिले नै परमप्रभुलाई पछ्याउनबाट तर्किनुपर्छ? यदि तिमीहरूले आज उहाँको विरुद्ध विद्रोह गर्‍यौ भने, उहाँ भोलि हामी इस्राएलको सबै समुदायसँग रिसाउनुहुने छ ।

  • गिन 32:1-2
    2 पदहरू
    73%

    1¶ रूबेन र गादका सन्तानहरूका गाईवस्‍तुहरू धेरै थिए । जब तिनीहरूले याजेर र गिलादको भूमी देखे, त्यो भूमी गाईवस्‍तुहरूको निम्ति असाध्यै राम्रो थियो ।

    2त्यसैले गाद र रूबेनका सन्तानहरू आए अनि मोशा, पुजारी एलाजार र समुदायका अगुवाहरूसँग कुरा गरे । तिनीहरूले भने,

  • यहो 22:24-25
    2 पदहरू
    72%

    24यदि हामीले यो वेदी होमबलि, अन्‍नबलि वा मेलबलि चढाउनलाई निर्माण गरेका हौँ भने, परमप्रभुले हामीलाई यसको निम्ति मूल्य चुकाउन लगाउनुभएको होस् । होइन! हामीले आउँदो दिनमा तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई यसो भन्‍लान् भन्‍ने डरले हामीले यसो गर्‍यौँ, 'परमप्रभु इस्राएलका परमेश्‍वरसँग तिमीहरूको के सरोकार?

    25किनभने परमप्रभुले तिमीहरू र हामीबिच यर्दनलाई सिमान बनाउनुभएको छ । तिमीहरू रूबेन र गादका मानिसहरू, तिमीहरूको परमप्रभुसँग कुनै सरोकार छैन ।'

  • 20पहिले एलाजारका छोरा पीनहास तिनीहरूका निरीक्षक थिए, र परमप्रभु तिनीसँग हुनुहुन्‍थ्‍यो ।

  • 9त्यसैले रूबेनका सन्तानहरू, गादका सन्तानहरू र मनश्शेका आधा कुल इस्राएलका मानिसहरूलाई शीलोमा छोडेर घरतिर फर्के, जुन कनानको भूमि हो । तिनीहरू आफ्नै भू-भाग गिलादको प्रदेशमा जानलाई हिँडे, जुन तिनीहरूले मोशाद्वारा परमप्रभुको आज्ञा पालनमा आफैले स्वामित्वमा लिएका थिए ।

  • 16हेर, यिनै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए ।

  • गिन 32:31-32
    2 पदहरू
    71%

    31त्यसैले गाद र रूबेनका सन्तानहरूले जवाफ दिए, “परमप्रभुले हामी तपाईंका दासहरूलाई भन्‍नुभएबमोजिम हामीले यसै गर्ने छौँ ।

    32हामी परमप्रभुको सामु हातहतियारसहित कनानको भूमिमा पारि जानेछौँ, तर हाम्रो स्वामित्वमा रहेको अंश यर्दन वारि हामीसँग रहने छ ।”

  • 1¶ त्यस बेला यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई बोलाए ।

  • 30तब मध्यस्थ गर्न पीनहास उठे र रूढी थामियो ।

  • 8हामीले तिनीहरूको देश कब्जा गरी रूबेनीहरू, गादीहरू र मनेश्शेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा दियौँ ।

  • 4तिनीहरू पुजारी एलाजार, यहोशू र अगुवाहरूकहाँ आए र भने, “परमप्रभु परमेश्‍वरले हाम्रा दाजुभाइहरूसँगै उत्तराधिकार दिनू भनी आज्ञा गर्नुभएको थियो ।” त्यसैले, परमप्रभुको आज्ञाअनुसार, तिनले ती महिलाहरूलाई तिनीहरूका बुबाका दाजुभाइहरूमाझ उत्तराधिकार दिए ।

  • गिन 32:5-6
    2 पदहरू
    69%

    5तिनीहरूले भने, “यदि हामीले तपाईंको नजरमा कृपा पाएका छौँ भने, यो भूमि तपाईंका दासहरू हामीलाई हाम्रो स्वामित्वमा दिइयोस् । हामीलाई यर्दन पारि नलैजानुहोस् ।”

    6मोशाले गाद र रूबेनका सन्तानहरूलाई जवाफ दिए, “के तिमीहरू बसोवास गर्दा तिमीहरूका दाजुभाइहरूचाहिँ लडाइँमा जाने?

  • 12रूबेनको कुल, गादको कुल र मनश्शेको आधा कुल मोशाले तिनीहरूलाई आज्ञा गरेअनुसार एउटा फौजको रूपमा इस्राएलका मानिसहरूका अगिअगि गए ।

  • 12यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूलाई भने,

  • 29मोशाले लेवीहरूलाई भने, “आज तिमीहरू परमप्रभुको सेवामा राखिएका छौ किनकि आज परमप्रभुले तिमीहरूलाई आशिष् देऊन् भनेर तिमीहरू हरेकले आ-आफ्ना छोरा र भाइको विरुद्धमा कारबाही गरेका छौ ।”

  • गिन 32:28-29
    2 पदहरू
    68%

    28त्यसैले मोशाले तिनीहरूको बारेमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूका कुल-कुलका अगुवाहरूलाई निर्देशन दिए ।

    29मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका सन्तानहरू परमप्रभुको सामु लड्न हातहतियारसहित तिमीहरूसँगै यर्दन पारि जाने छन्, र यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने, तिमीहरूले तिनीहरूलाई गिलादको भूमि अंशको रूपमा दिनू ।

  • 7तिमीहरूका माझमा लेवीहरूको कुनै उत्तराधिकार छैन किनभने परमप्रभुको पुजारीको काम नै तिनीहरूको उत्तराधिकार हो । गाद, रूबेन र मनश्शेका आधा कुलले यर्दनपारि नै आफ्नो हिस्सा पाइसकेका छन् । यो उत्तराधिकार परमप्रभुका दास मोशाले नै तिनीहरूलाई दिएका हुन् ।”

  • 21पुजारी एलाजारले युद्धमा गएका सिपाहीहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएको धर्म-विधि यही होः

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 25गाद र रूबेनका सन्तानहरूले मोशालाई भने, “तपाईंका दासहरूले हाम्रा मालिकले आज्ञा गरेअनुसार गर्ने छन् ।

  • 27तर हामीपछिका हाम्रा पुस्ताहरूका निम्ति हामीहरू र तिमीहरूबिच साक्षी हुनलाई, ताकि हामीले हाम्रा होमबलिहरू र हाम्रा मेलबलिसहित हामीले परमप्रभुको सेवा गर्न सकौँ, ताकि तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई, “परमप्रभुमा तिमीहरूको कुनै हिस्सा छैन” भनी आउँदो समयमा कहिल्यै नभनून् ।'

  • 6परमप्रभुका दास मोशा र इस्राएलका मानिसहरूले उनीहरूलाई पराजित गरे अनि परमप्रभुका दास मोशाले त्यो भूमिलाई रूबेनी, गादी र मनश्‍शेका आधा कुलको उत्तराधिकारको रूपमा दिए ।

  • 25त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,