यहोशू 8:6

अनलक शाब्दिक बाइबल

हामीले उनीहरूलाई सहरबाहिर नखिँचेसम्म उनीहरू हाम्रो पछिपछि आउने छन् । उनीहरूले भन्‍ने छन्, 'तिनीहरू पहिलेझैँ हामीबाट भागिरहेका छन् ।' त्यसैले हामी उनीहरूबाट भाग्‍ने छौँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 14:3 : 3 फारोले इस्राएलीहरूको बारेमा भन्‍नेछन्, “तिनीहरू देशमा भौतारिहरहेका छन् । उजाड-स्थानले तिनीहरूलाई थुनिदिएको छ ।'
  • निर्ग 15:9 : 9 शत्रुले भन्यो, 'म पिछा गर्नेछु; म जित्‍नेछु; म लुटका मालहरू बाँड्नेछु । मेरो इच्छा तिनमा तृप्‍त हुनेछ । म मेरो तरवार थुत्‍नेछु । मेरा हातले तिनीहरूलाई नष्‍ट पार्नेछन् ।'
  • न्या 20:32 : 32 तब बेन्यामीनका मानिसहरूले भने, “तिनीहरू हारेका छन् र पहिलो पल्‍टझैं तिनीहरू हामीबाट भाग्दैछन् ।” तर इस्राएलका सिपाहीहरूले भने, “हामी पछि हटौं र तिनीहरूलाई सहरबाट टाढा सडकहरूमा लैजाऔं ।”
  • उप 8:11 : 11 दुष्‍ट अपराधको विरुद्धमा जारी गरिएको मृत्युदण्डलाई झट्टै कार्यान्यन नगरिँदा यसले मानिसको हृदयलाई खराब काम गर्न उस्काउँछ ।
  • उप 9:12 : 12 निश्‍चय नै त्यसको समय कहिले आउने छ भनी कसैलाई थाहा छैन । माछा घातक जालमा परेझैँ वा चराचुरुङ्गी पासोमा परेझैँ मानव-जाति खराब समयको पासोमा जेलिएका छन्, जुन पासो अकस्मात् तिनीहरूमाथि आइपर्छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 8:4-5
    2 पदहरू
    92%

    4तिनले तिनीहरूलाई आज्ञा गरे, “हेर, तिमीहरू यसको पछाडि सहरको विरुद्ध ढुकेर बस्‍ने छौ । सहरभन्दा धेरै टाढा नजाओ, तर तिमीहरू सबै तयार होओ ।

    5म र मसँग भएका सबै मानिस सहरको नजिक जाने छौँ, र जब उनीहरू हामीलाई आक्रमण गर्न आउँछन् हामी पहिलेझैँ उनीहरूबाट भाग्‍ने छौँ ।

  • यहो 8:15-17
    3 पदहरू
    79%

    15यहोशू र सबै इस्राएलले तिनीहरू सामु आफैलाई पराजित हुन दिए र तिनीहरू मरुभूमितिर भागे ।

    16सहरमा भएका सबै मानिसलाई तिनीहरूको पिछा गर्नलाई आह्वान गरियो र तिनीहरू यहोशूको पछिपछि गए अनि तिनीहरूलाई सहरबाट बाहिर निकालियो ।

    17इस्राएललाई लखेट्न नजाने ऐ र बेथेलमा एक जना पनि मानिस बाँकी रहेन । तिनीहरूले इस्राएलको पिछा गर्दा सहरलाई त्यागे र यसलाई खुला नै छोडे ।

  • 7त्यसपछि तिमीहरू आ-आफ्नो लुक्‍ने ठाउँबाट निस्केर आउने छौ, र तिमीहरूले सहरलाई कब्जा गर्ने छौ । परमप्रभु तिमीहरूका परमेश्‍वरले यसलाई तिमीहरूको हातमा दिनुहुने छ ।

  • 32तब बेन्यामीनका मानिसहरूले भने, “तिनीहरू हारेका छन् र पहिलो पल्‍टझैं तिनीहरू हामीबाट भाग्दैछन् ।” तर इस्राएलका सिपाहीहरूले भने, “हामी पछि हटौं र तिनीहरूलाई सहरबाट टाढा सडकहरूमा लैजाऔं ।”

  • यशा 30:16-17
    2 पदहरू
    75%

    16तिमीहरूले भन्यौ, ‘होइन, किनकि हामी घोडामा भाग्‍नेछौं,' यसरी तिमीहरू भाग्‍नेछौ । अनि 'हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं,' त्यसैले तिमीहरूलाई खेद्‍नेहरू झन् छिटो हुनेछन् ।

    17एक जनाको धम्‍कीले एक हजार जना भाग्‍नेछन् । पाँच जनाको धम्‍कीले तिमीहरूका बाँकी रहेकाहरू डाँडाको टाकुराको झन्डाको डन्डा वा पर्वतमाथिको झन्डाजस्तो नभएसम्म भाग्‍नेछौ ।

  • १ शमू 14:9-10
    2 पदहरू
    74%

    9तिनीहरूले भन्‍छन्, ‘तिमीहरूकहाँ हामी नआएसम्म त्यहीं पर्ख,' भने— हामी आफ्नै ठाउँमा बस्‍नेछौं र हामी तिनीहरूकहाँ पारि जानेछैनौं ।

    10तर तिनीहरूले जवाफ दिन्‍छन्, 'हामीकहाँ वारि आओ' भने, हामी पारि तर्नेछौं । किनभने परमप्रभुले तिनीहरूलाई हाम्रो हातमा दिनुभएको छ । यो हाम्रो निम्ति चिन्ह हुनेछ ।”

  • यहो 8:19-20
    2 पदहरू
    74%

    19तिनले आफ्नो हातको भाला पसार्दा लुकेर बसेका सिपाहीहरू आ-आफ्नो ठाउँबाट हतार-हतार निस्‍के । तिनीहरू दौडे र सहरभित्र पसी यसलाई कब्जा गरे । तिनीहरूले सहरलाई आगो लगाइदिए ।

    20ऐका मानिसहरू फर्के र पछाडि हेरे । तिनीहरूले सहरबाट आकाशतिर धूवाँ गइरहेको देखे र तिनीहरू यता-उता कतै पनि उम्कन सकेनन् । किनभने मरुभूमितिर भागेका इस्राएली सिपाहीहरू तिनीहरूका पिछा गर्नेहरूको सामना गर्न फर्केका थिए ।

  • 14यसैले योआब र तिनका सेनाका फौज अरामीहरूका विरुद्ध अगाडि बढे । तिनीहरू इस्राएलको सेनाको सामुबाट भाग्‍न बाध्य पारिए ।

  • गिन 32:16-17
    2 पदहरू
    73%

    16त्यसैले तिनीहरू मोशाको नजिक आए र भने, “यहाँ हाम्रा गाईवस्‍तुहरूका निम्ति खोर र हाम्रा परिवारहरूका निम्ति सहर बनाउन अनुमति दिनुहोस् ।

    17तथापि, हामी आफैचाहिँ तिनीहरूलाई आ-आफ्नो ठाउँमा नलगेसम्म हामी हतियारसहित इस्राएलको फौजसँग जान्छौँ । तर अझै यस भूमिमा रहेका अन्य मानिसहरूका कारण हाम्रा परिवारहरूचाहिँ किल्लाबन्दी गरिएका सहरहरूमा बस्‍ने छन् ।

  • नहे 4:11-12
    2 पदहरू
    73%

    11हाम्रा शत्रुहरूले भने, “तिनीहरूले थाहा पाउनुअगि र तिनीहरूले देख्‍नुअगि तिनीहरूका बिचमा आएर तिनीहरूलाई मारी काम रोकिदिन्छौँ ।”

    12त्यस बेला तिनीहरूको नजिक बस्‍ने यहूदीहरू सबै दिशाबाट आएर तिनीहरूले हाम्रो विरुद्धमा रचेका षड्यन्त्रहरूको बारेमा चेताउनी दिँदै हामीलाई दस पटक बताए ।

  • 13त्यसैले योआब र तिनका फौजका सिपाहीहरू अरामीहरूका विरुद्धमा युद्ध लड्न अगि बढे, जो इस्राएलका फौजका सामु भाग्‍न बाध्य भए ।

  • 7त्यसैले सिपाहीहरू उठे र साँझमा नै भागे । तिनीहरूले आफ्ना पालहरू, घोडाहरू, गधाहरू र छाउनीलाई जस्ताको तस्तै छाडे र आफ्‍नो ज्यान बचाउन भागे ।

  • 16तिनले तिनीहरूलाई भने, “पहाडतिर जानुहोस् र लुक्‍नुहोस्, नत्र पिछा गर्नेहरूले तपाईंहरूलाई भेट्टाउने छन् । पिछा गर्नेहरू नफर्केसम्म तिन दिनसम्म त्यहीँ लुक्‍नुहोस् । अनि आफ्नो बाटो लाग्‍नुहोस् ।”

  • 22सहरभित्र गएका अरू सिपाहीहरू पनि तिनीहरूलाई आक्रमण गर्न बाहिर निस्के । त्यसैले ऐका मानिसहरू यतापट्टि र उतापट्टिका इस्राएलका फौजको बिचमा फसे । इस्राएलले ऐका मानिसहरूलाई आक्रमण गर्‍यो; तिनीहरू कोही पनि बचेनन् वा उम्केनन् ।

  • 4हामी सहरमा जाऔं भनौं भने, सहरमा अनिकाल परेको छ र हामी त्यहाँ मर्नेछौं । हामी यहीँ बसौँ भने पनि हामी मर्नेछौँ । अब हामी अरामीहरूका सेना भएको ठाउँमा जाऔँ । तिनीहरूले हामीलाई जिउँदै राखे भने हामी जिउनेछौँ, र तिनीहरूले हामीलाई मारे भने हामी मर्नेछौँ ।”

  • लैव्य 26:7-8
    2 पदहरू
    71%

    7तिमीहरूले आफ्ना दुश्मनहरूलाई लखेट्‍ने छौ, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूकै अगि तिनीहरू लड्‍ने छन् ।

    8तिमीहरूका पाँच जनाले सयलाई, र सयले हजार जनालाई लखेट्‍ने छन्, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूका दुश्मनहरू तिमीहरूकै अगि लड्‍ने छन् ।

  • 15किनकि तिनीहरू तरवार, थुतेको तरवाट, ताँदो चढाएको धनुबाट र युद्धको भारबाट भागेका छन् ।

  • 14त्यसैले दाऊदले आफूसँग यरूशलेममा भएका आफ्‍ना सबै सेवकलाई भने, “उठ र हामी भागौं नत्रता हामी कोही पनि अब्शालोमबाट बाँच्‍ने छैनौं । तुरुन्तै जानलाई तयार होओ, नत्रता त्यसले हामीलाई चाँडै आक्रमण गर्ने छ र त्यसले हामीमाथि विपद् ल्याउने छ र तरवारले यो सहरलाई आक्रमण गर्ने छ ।”

  • 36तिमीहरूका दुश्‍मनका देशमा छोडिएकाहरूका हृदयहरूमा यस्तो डर हालिदिने छु, कि हावाले पात हल्‍लाउँदा आउने आवाजले तिमीहरूलाई झस्‍काउने छ, र तिमीहरू तरवारबाट टाढा भागेझैँ दौडने छौ । कसैले तिमीहरूलाई नखेदेको भए पनि तिमीहरू लड्‍ने छौ ।

  • 5म यहाँ के देख्दैछु? तिनीहरू त्रासले भरिएका छन्, र टाढा भाग्दैछन्, किनकि तिनीहरूका सिपाहीहरू पराजित भएका छन् । सुरक्षाको लागि तिनीहरूको भाग्दैछन्, र पछाडि फर्केर हेरिरहेका छैनन् । त्रास चारैतिर छ, यो परमप्रभुको घोषणा हो—

  • 28अब हामी कहाँ जाने? हाम्रा दाजुभाइहरूले यसो भनी हामीलाई निराश बनाएका छन्, 'ती मानिसहरू हामीभन्दा ठुला र अग्ला छन् । तिनीहरूका सहरहरू विशाल छन् र आकाशसम्मै पर्खाल लगाइएका छन् । त्यस बाहेक, त्यहाँ हामीले अनाकीहरूका सन्तानहरूलाई पनि देखेका छौँ' ।”

  • 7शक्तिशाली लडाकुहरूझैं तिनीहरू दौडन्‍छन्, सेनाहरूझैं तिनीहरू पर्खालहरूमा चढ्‍छन्, तिनीहरू हरेक व्‍यक्‍ति पङ्तिवद्ध भएर हिंड्‍छन्, र आफ्नो पङ्तिलाई बिगार्दैनन् ।

  • विलाप 4:18-19
    2 पदहरू
    70%

    18तिनीहरूले हाम्रा पाइलाहरू पछ्याए । हामी हाम्रा सडकहरूमा हिँड्न सकेनौँ । हाम्रो अन्त्य नजिकै थियो, र हाम्रा दिन गन्ती गरिए । हाम्रो अन्त्य आइसकेको थियो ।

    19हामीले खेद्‍नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए । तिनीहरूले हामीलाई पहाडहरूसम्मे खेदे, र उजाड-स्थानमा हामीलाई ढुकिबसे ।

  • 6भाग, आ-आफ्ना ज्यान बचाओ, र उजाड-स्थानमा पोथ्राजस्तै बन ।

  • 25बाहिर खेतबाट नजाओ, र सडकहरूमा नहिंड, किनकि शत्रुका तरवार र त्रास चारैतिर छन् ।

  • 3त्यसको अगाडिका सबै कुरालाई आगोले भष्‍म पार्दैछ, र त्यसको पछाडि आगोको ज्वाला बलिरहेको छ । त्यसको अगाडिको देश अदनको बगैंचाजस्‍तो छ, तर त्यसको पछाडि एउटा नाश भएको उजाड-स्‍थान छ । त्यसबाट कुनै कुरा फुत्‍कनेछैन ।

  • 25परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ ।

  • 7तिनले मानिसहरूलाई भने, “जाओ र सहरको फन्को मार, अनि सशस्‍त्र मानिसहरू परमप्रभुको सन्दुकअगि जाने छन् ।”

  • 42यसैले तिनीहरू इस्राएलका मानिसहरूबाट भागे, र उजाड-स्‍थानतिर गए । तर युद्धले तिनीहरूलाई भेटाइहाल्यो । इस्राएलका सेनाहरू सहरहरूबाट आए र तिनीहरू भएकै ठाउँमा तिनीहरूलाई मारे ।

  • 5त्यसपछि तिनीहरूले भेडाको सिङको सँगै लामो समयसम्म बजाउनुपर्छ र जब तिमीहरूले त्यो आवाज सुन्छौ सबै मानिस ठुलो स्वरमा कराउनुपर्छ, र सहरको पर्खाल जगसम्म नै ढल्ने छ । हरेक सिपाही सोझै अगि बढेर आक्रमण गर्नुपर्छ ।”

  • 8हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुहरूका सामु पीठ फर्काएपछि म के भन्‍न सक्छु र?