न्यायाधीश 18:28

अनलक शाब्दिक बाइबल

तिनीहरूलाई बचाउने त्‍यहाँ कोही पनि थिएन किनभने त्यो सीदोनबाट धेरै टाढा थियो, र तिनीहरूको कसैसँग पनि कुनै लेन-देन थिएन । त्यो बेथ-रहोबनजिकको बेसीमा थियो । दानका मानिसहरूले त्यो सहरलाई पुनर्निर्माण गरे र त्यहीं बसोबास गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 10:6 : 6 जब अम्‍मोनका मानिसहरूले उनीहरू दाऊदको निम्ति दुर्गन्धित भएका थिए भन्‍ने थाहा पाए, अम्‍मोनका मानिसहरूले दूतहरू पठाए र बेथ-रहोब र सोबाका बिस हजार आरामी पैदल सिपाही, दश हजार सिपाहीसहित माकाका राजा र बाह्र हजार पुरुषसहित तोबका मानिसहरूलाई भाडामा लिए ।
  • गिन 13:21 : 21 यसैले ती मानिसहरू गए र जीनको मरुभूमिदेखि लेबो-हमात नजिकको रेहोबसम्मको भूमिको जाँचबुझ गरे ।
  • न्या 18:7 : 7 त्यसपछि ती पाँच जना मानिस त्यहाँबाट गए र लेशमा आए, अनि मानिसहरू सुरक्षासाथ बसोबास गरिरहेका उनीहरूले देखे, जसरी सीदोनीहरू कुनै बाधा नभई र सुरक्षित बस्‍थे । तिनीहरूलाई पराजय गर्ने वा त्यस देशमा कुनै प्रकारले दमन गर्ने कोही पनि थिएन । तिनीहरू सीदोनीहरूबाट टाढा बस्थे र तिनीहरूको कसैसँग लेन-देन थिएन ।
  • यहो 11:8 : 8 परमप्रभुले शत्रुहरूलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई प्रहार गरे अनि उनीहरूलाई सीदोनसम्म, मिस्रपोत-मैमसम्मै र पूर्वतिर मिस्पाको बेँसीसम्म खेदे । तिनीहरूले उनीहरूमा कोही पनि जीवित नरहेसम्म नै उनीहरूलाई प्रहार गरे ।
  • न्या 18:1 : 1 ¶ ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएन । दानको कुलका मानिसहरूले बसोबास गर्नको निम्ति ठाउँ खोजिरहेका थिए, किनकि त्यो दिनसम्म तिनीहरूले इस्राएलका कुलहरूबाट कुनै उत्तराधिकार प्राप्‍त गरेका थिएनन् ।
  • २ शमू 14:6 : 6 म तपाईंको दासीका दुई जना छोरा थिए र तिनीहरू खेतमा एक-आपसमा झगडा गरे र तिनीहरूलाई छुट्टाउने त्‍यहाव कोही पनि थिएन । एउटाले अर्कोलाई प्रहार गर्‍यो र त्यसलाई मार्‍यो ।
  • भजन 7:2 : 2 नत्र तिनीहरूले मलाई सिंहले झैं टुक्रा-टुक्रा पार्नेछन्, मलाई सुरक्षा दिने कोही नहुँदा मलाई च्‍यातेर टुक्रा गर्नेछन् ।
  • भजन 50:22 : 22 हे परमेश्‍वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर । नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन ।
  • यशा 23:4 : 4 ए सीदोन, लज्‍जित हो, किनकि समुद्रले, समुद्रको शक्तिशालीले बोलेको छ । त्यसले भन्छ, “म प्रसव वेदनामा परेको छैन, न बालक जन्माएको छु, न मैले छोराहरू हुर्काएको छु, न छोरीहरू हुर्काएको छु ।”
  • यशा 23:12 : 12 उहाँले भन्‍नुभयो, “ए सीदोनकी अत्‍याचारमा परेकी कन्या छोरी, तैले फेरि आनन्द मनाउने छैनस् । उठ्, साइप्रसमा पारि जा । तर तैंले त्यहाँ पनि विश्राम पाउनेछैनस् ।”
  • दानी 3:15-17 : 15 अब तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्‍ने बित्तिकै घोप्टो पर्‍यौ र मैले बनाएको मूर्तिको सामु लम्‍पसार पर्‍यौ भने, सबै कुरा ठिक हुनेछ । तर तिमीहरूले पुजा गरेनौ भने, तिमीहरू तुरुन्‍तै दन्किरहेको आगोको भट्टीमा फालिनेछौ । त्‍यो कुन देवता होला जसले तिमीहरूलाई मेरा हातबाट बचाउन सक्‍छ?” 16 शद्रक, मेशक, र अबेद्‍नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, हामीले हजुरलाई यस बारेमा जवाफ दिनु आवश्यक छैन । 17 त्यहाँ कुनै जवाफ छ भने, त्यो यही हो, कि हामीले सेवा गर्ने परमेश्‍वरले हामीलाई दन्किरहेको आगोको भट्टीबाट सुरक्षित राख्‍न सक्‍नुहुन्छ, र उहाँले नै हामीलाई हजुर महाराजाको हातबाट बचाउनुहुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 29तिनीहरूले इस्राएलका छोरामध्‍ये एक जना आफ्ना पुर्खा दानका नाउँमा त्यस सहरलाई दान नाउँ दिए । तर त्यस सहरको नाउँ पहिले लेश थियो ।

  • न्या 18:21-27
    7 पदहरू
    78%

    21यसैले तिनीहरू फर्केर त्यहाँबाट गए । तिनीहरूले साना बालबालिका र गाई-वस्तु र आफ्ना धनमालहरूलाई आफ्नो अगि-अगि हिंडाए ।

    22जब तिनीहरू मीकाको घरबाट अलि पर पुगे, मीकाको घरनजिकका घरहरूमा बस्‍ने मानिसहरूलाई एकसाथ भेला गरियो, र तिनीहरूले दानका मानिसहरूलाई भेट्टाए ।

    23तिनीहरूले दानका मानिसहरूमाथि कराए, र तिनीहरू फर्के र मीकालाई भने, “तिमीहरू किन एकसाथ भेला भएका छौ?”

    24तिनले भने, “मैले बनाएका देवताहरू तिमीहरूले चोर्‍यौ, मेरो पुजारीलाई लग्यौ, र तिमीहरू जाँदैछौ । अब मसँग के बाँकी छ? तिमीहरू कसरी मलाई ‘तिमीलाई के कुराले दु:ख दिइरहेको छ’ भनेर सोध्दैछौ?”

    25दानका मानिसहरूले तिनलाई भने, “हामीलाई तिम्रो केही कुरा नसुनाऊ, नत्रता हामीमध्येका कोही धेरै क्रोधित मानिसले तिमीलाई आक्रमण गर्नेछ, र तिमी र तिम्रा परिवार सबै मारिनेछन् ।”

    26त्यसपछि दानका मानिसहरू आफ्‍नो बाटो लागे । जब तिनीहरू आफ्नो निम्ति धेरै नै बलिया रहेछन् भनेर मीकाले देखे तब तिनी आफ्नै घर फर्किए ।

    27दानका मानिसहरूले मीकाले बनाएका कुराहरू र तिनका पुजारीलाई लिए, र तिनीहरू लेशमा कुनै बाधामा नपरेका र सुरक्षित मानिसहरूकहाँ आए, अनि तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे र सहरलाई जलाइदिए ।

  • न्या 18:7-8
    2 पदहरू
    78%

    7त्यसपछि ती पाँच जना मानिस त्यहाँबाट गए र लेशमा आए, अनि मानिसहरू सुरक्षासाथ बसोबास गरिरहेका उनीहरूले देखे, जसरी सीदोनीहरू कुनै बाधा नभई र सुरक्षित बस्‍थे । तिनीहरूलाई पराजय गर्ने वा त्यस देशमा कुनै प्रकारले दमन गर्ने कोही पनि थिएन । तिनीहरू सीदोनीहरूबाट टाढा बस्थे र तिनीहरूको कसैसँग लेन-देन थिएन ।

    8उनीहरू सोरा र एश्तोलमा भएको आफ्नो कुलकहाँ फर्के । उनीहरूका नातेदारहरूले सोधे, “तिमीहरूसँग के विवरण छ?”

  • न्या 18:1-3
    3 पदहरू
    74%

    1¶ ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएन । दानको कुलका मानिसहरूले बसोबास गर्नको निम्ति ठाउँ खोजिरहेका थिए, किनकि त्यो दिनसम्म तिनीहरूले इस्राएलका कुलहरूबाट कुनै उत्तराधिकार प्राप्‍त गरेका थिएनन् ।

    2दानका मानिसहरूले आफ्‍ना सम्‍पुर्ण कुलबाट पाँच जना मानिसहरू, सोरा र एश्लोत अनुभवी युद्धाहरूलाई हिंडेर देशको जानकारी लिन र त्यसमाथि दृष्‍टि लगाउन पठाए । तिनीहरूले उनीहरूलाई भने, “जाओ, र देशमाथि दृष्‍टि लगाओ ।” तिनीहरू एफ्राइमको पहाडी देशमा मीकाको घरमा आए, र तिनीहरूले त्यो रात त्यहीं बिताए ।

    3जब उनीहरू मीकाको घरको नजिकै थिए, तब उनीहरूले ती जवान लेवीको बोली चिने । यसैले उनीहरू तिनलाई रोके र सोधे, “तिमीलाई यहाँ कसले ल्यायो? तिमी यस ठाउँमा के गर्दैछौ? तिमी यहाँ किन छौ?”

  • यहो 19:47-48
    2 पदहरू
    71%

    47जब दानको कुल आफैमा हरायो, दानले लेशेमलाई आक्रमण गर्‍यो, यसविरुद्ध लड्यो, र तरवारले प्रहार गरेर यसलाई कब्जा गर्‍यो; यसलाई अधीन गरेर यसमा बसोबास गर्‍यो । तिनीहरूले लेशेमलाई आफ्नो पुर्खाको नाउँअनुसार यसको नाउँ राखे ।

    48कुल-कुलअनुसार तिनीहरूको गाउँहरूसहितको सहरहरू यो दानको कुलको उत्तराधिकारको थियो ।

  • 6तिनीहरू गिलाद र तातीम-हदोशीमा आए अनि दान-यान र सीदोनको सेरोफेरोसम्म पुगे ।

  • न्या 1:33-34
    2 पदहरू
    70%

    33नप्‍तालीका कुलले बेथ-शेमेश र बेथ-अनातमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन् । यसैले नप्‍तालीको कुल कनानीहरूका (ती मानिसहरू जो त्यस देशमा बसोबास गर्थे) बिचमा बसोबास गरे । तथापि बेथ-शेमेश र बेथ-अनातका बासिन्दाहरूलाई नप्‍तलीको निम्ति कडा परिश्रम गर्न लगाइयो ।

    34एमोरीहरूले दानका कुललाई पहाडी देशमा बसोबास गर्न बाध्‍ये पारे, र तिनीहरूलाई तल मैदान आउन दिएनन् ।

  • न्या 18:12-17
    6 पदहरू
    70%

    12तिनीहरू माथि गए र यहूदाको किर्यत-यारीममा छाउनी हाले । यसकारण मानिसहरूले त्यस ठाउँलाई आजको दिनसम्म महनेह-दान भन्छन् । त्योचाहिं किर्यत-यारीमको पश्‍चिममा पर्छ ।

    13तिनीहरू त्यहाँबाट एफ्राइमको पहाडी देशमा गए र मीकाको घरमा आए ।

    14लेशको देशमा जानकारी प्राप्‍त गर्न गएका पाँच जना मानिसले आफ्ना नातेदारहरूलाई भने, “यी घरहरूमा एपोद, घर-देवताहरू, खोपिएको मूर्ति, र ढलौटे मूर्ति छन् भनी के तिमीहरूलाई थाहा छ? तिमीहरूले के गर्नेछौ अहिले नै निर्णय गर ।”

    15यसैले तिनीहरू मीकाको घर, ती जवान लेवीकहाँ आए र तिनीहरूले तिनलाई अभिवादन गरे ।

    16अनि दानका छ सय जना मानिसहरू युद्धको निम्ति हात-हतियारले सुसज्‍जित भएर ढोकामा उभिए ।

    17ती पाँच जना मानिस जसले देशको बारेमा जानकारी लिन गएका थिए, तिनीहरू त्यहाँ गए र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, जति बेला पुजारीचाहिं युद्धको निम्ति हात-हतियारले सुसज्‍जित छ सय जना मानिसका साथ ढोकामा उभिए ।

  • 27मनश्शेका मानिसहरूले बेथ-शान, तानाक, डोर, यिबलाम, र मगीद्दो र ती सबैका गाउँहरूमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन्, किनभने कनानीहरूले ती ठाउँहरूमा बस्‍ने पक्‍का गरेका थिए ।

  • 15तिनीहरू त्यो रात बिताउन गिबामा नै रोकिए । तिनीहरू गए र सहरको चोकमा बसे, तर त्यो रात कसैले पनि तिनीहरूलाई आफ्नो घरभित्र लगेनन् ।

  • न्या 17:6-8
    3 पदहरू
    67%

    6ती दिनहरूमा इस्राएलमा कोही राजा थिएन, र हरेकले आफ्नो दृष्‍टिमा जे ठिक लाग्थ्यो त्यही गर्थ्यो ।

    7यहूदाको बेथलेहेमका यहूदाका वंशका एक जना जवान मानिस थिए जो एक जना लेवी थिए । आफ्नो जिम्मेवारी पुरा गर्न तिनी त्यहाँ बसे ।

    8ती मानिसले यहूदाको बेथलेहेमलाई छोडेर गए र बस्‍ने एउटा ठाउँ खोजे । तिनले यात्रा गर्दै जाँदा, तिनी एफ्राइमको पहाडी देशमा भएको मीकाको घरमा आए ।

  • 1¶ ती दिनहरूमा, जब इस्राएलमा कुनै राजा थिएन, त्यहाँ एक जना लेवी थिए, जो केही समय एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम क्षेत्रमा बसोबास गर्थे । तिनले यहूदाको बेथलेहेमबाट आफ्नो निम्ति एउटी उपपत्‍नी लिए ।

  • नहे 11:30-31
    2 पदहरू
    66%

    30जानोह, अदुल्‍लाम र त्‍यसका गाउँहरू, लाकीश र त्‍यसका खेतहरू, र आजेका र त्‍यसका गाउँहरूमा बसे । यसरी तिनीहरू बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्‍म देश बसे ।

    31बेन्‍यामीनका गेबाबाटका सन्‍तानहरूचाहिँ मिकमाश, अय्‍या, बेथेल र त्‍यसका गाउँहरू,

  • 18पलिश्‍तीहरूले पनि पहाड र यहूदाको मैदानका र नेगेवका सहरहरूमा आक्रमण गरे । उनीहरूले बेथशेमेश, अय्‍यालोन र गदेरोत, अनि सोखो, तिम्‍ना र गिम्‍जो, तिनका बस्‍तीहरू कब्‍जा गरे । तिनीहरूले ती ठाउँमा बसोबास गर्न गए ।

  • यहो 19:27-28
    2 पदहरू
    66%

    27त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्‍ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो । यो उत्तरतिर काबूलसम्म गयो ।

    28यो एब्रोन, रहोब, हम्मोन र कनासाथै महा-सीदोनसम्म पुग्यो ।

  • 30जबूलूनले कित्रोन वा नहलोलमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन्, र यसैले कनानीहरू तिनीहरूका माझमा नै बसोबास गरे, तर जबूलूनले कनानीहरूलाई कडा परिश्रमसँग तिनीहरूहरूको सेवा गर्न लगाए ।

  • 10जब तिमीहरू जान्छौ, तब तिमीहरूले ती मानिसहरूलाई भेट्नेछौ जसले आफैंलाई सुरक्षित ठान्छन्, र त्यो सहर फराकिलो छ! परमेश्‍वरले तिमीहरूलाई त्यो सहर दिनुभएको छ— एउटा ठाउँ जसमा कुनै कुराको अभाव छैन ।”

  • 17इस्राएललाई लखेट्न नजाने ऐ र बेथेलमा एक जना पनि मानिस बाँकी रहेन । तिनीहरूले इस्राएलको पिछा गर्दा सहरलाई त्यागे र यसलाई खुला नै छोडे ।

  • 14एउटा सानो सहर थियो जहाँ थोरै मात्र मानिसहरू थिए । एउटा महान् राजा यसको विरुद्धमा आएर यसलाई घेरा हाले र यसको विरुद्धमा चारैतिर घेरा-मचान लगाए ।

  • 9किनकि मानिसहरूलाई मिलाएर राखेर गन्ती गर्दा, हेर, याबेश-गिलादका कोही पनि बासिन्दा त्यहाँ थिएनन् ।

  • 4अब सहरचाहिँ फराकिलो र विशाल थियो, तर त्यसभित्र केही मानिसहरू मात्र थिए, र अझसम्म कुनै पनि घरको पुनर्निर्माण भएको थिएन ।

  • 31यसैले शीलोमा परमेश्‍वरको भवन भएसम्म तिनीहरूले मीकाले बनाएका खोपिएका मूर्तिहरूको पुजा गरे ।

  • 21त्यसपछि त्यस अदुल्लामवासीले त्यहाँका मानिसहरूलाई सोधे, “मन्दिरमा सेवा गर्ने त्यो वेश्या कहाँ गई जो सडक नजिक एनैममा थिई?” तिनीहरूले भने, “मन्दिरमा सेवा गर्ने कोही वेश्या यहाँ छैन ।”