न्यायाधीश 19:16

अनलक शाब्दिक बाइबल

तर त्यो साँझ एक जना वृद्ध मानिस खेतमा काम गरेर फर्किरहेका थिए । तिनी एफ्राइमको पहाडी देशका थिए, र तिनी केही समयको लागि गिबामा बसोबास गरिरहेका थिए । तर त्यस ठाउँमा बस्‍ने मानिसहरू बेन्यामिनीहरू थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 104:23 : 23 यसबिच मानिसहरू आ-आफ्ना काममा बाहिर जान्छन् र साँझसम्म नै परिश्रम गर्छन् ।
  • न्या 19:1 : 1 ¶ ती दिनहरूमा, जब इस्राएलमा कुनै राजा थिएन, त्यहाँ एक जना लेवी थिए, जो केही समय एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम क्षेत्रमा बसोबास गर्थे । तिनले यहूदाको बेथलेहेमबाट आफ्नो निम्ति एउटी उपपत्‍नी लिए ।
  • न्या 19:14 : 14 यसैले तिनीहरू हिँडिरहे, र तिनीहरू बेन्यामीनको इलाका गिबानजिकै आउँदा घाम अस्तायो ।
  • उत्प 3:19 : 19 तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिइस् । तँ माटै होस्, र माटोमा नै फर्किजानेछस् ।”
  • भजन 128:2 : 2 तिम्रो हातले जे दिन्‍छ, त्‍यसमा तिमी आनन्‍दित हुनेछौ । तिमी आशिषित् र सम्‍वृद्ध हुनेछौ ।
  • नीति 13:11 : 11 बेइमानीसित कमाएको धनको महत्त्व घट्दै जान्छ, तर आफ्नो हातले परिश्रम गरेर कमाएको धन बढ्दै जान्छ ।
  • नीति 14:23 : 23 सबै कडा परिश्रमले लाभ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरिबीमा पुर्‍याउँछ ।
  • नीति 24:27 : 27 तेरो बाहिरको काम तयार गर्, र खेतबारीमा गरिने हरेक काम तँ आफैले तयार राख् । त्यसपछि तेरो घर बना ।
  • उप 1:13 : 13 आकाशमूनि गरिने हरेक कुरोलाई बुद्धिद्वारा अध्ययन गर्न र अनुसन्धान गर्न मैले मेरो मन लगाएँ । त्यो अनुसन्धान एउटा कष्‍टकर काम हो जुन परमेश्‍वरले मानिसहरूलाई व्यस्त राख्‍न दिनुभएको हो ।
  • उप 5:12 : 12 धेरै खाए पनि थोरै खाए पनि काम गर्ने मानिसको निद्रा मिठो हुन्छ, तर धनी मानिसको धन-सम्पत्तिले त्यसलाई राम्ररी सुत्‍न दिँदैन ।
  • एफिसी 4:28 : 28 चोर्नेले अब उसो नचोरोस् । बरु उसले परिश्रम गरोस् । आवश्‍यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति उसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाओस् ।
  • १ थेस 4:11-12 : 11 हामीले तिमीहरूलाई आज्ञा गरेझैँ शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने अर्ती दिन्छौँ । 12 यसो गर ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।
  • २ थेस 3:10 : 10 हामी तिमीहरूसँग हुँदा आज्ञा गरेका थियौँ, “यदि कसैले काम गर्न चाहँदैन भने, उसले खाना पनि नखाओस्” ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 19:17-18
    2 पदहरू
    87%

    17तिनले आफ्नो नजर उठाए र सहरको चोकमा यात्रुलाई देखे । ती वृद्ध मानिसले भने, “तपाईंहरू कहाँ जाँदै हुनुहुन्छ? तपाईंहरू कहाँबाट आउनुभएको हो?”

    18ती लेवीले तिनलाई भने, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम ठाउँमा जाँदैछौं, जहाँको म बासिन्दा हुँ । म यहूदाको बेथलेहेममा गएको थिएँ, र म परमप्रभुको घरमा जाँदैछु, तर मलाई आफ्नो घरभित्र लाने कोही पनि छैन ।

  • न्या 19:9-15
    7 पदहरू
    84%

    9जब ती लेवी, तिनकी उपपत्‍नी र तिनका सेवक जानलाई उठे, तब तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिनलाई भने, “हेर्नुहोस्, दिन ढल्‍केर साँझ पर्न लागेको छ । कृपया अर्को एक रात यहीँ बस्‍नुहोस् र रमाइलो गर्नुहोस् । तपाईं भोलि बिहान सबेरै उठ्न र घर फर्कन सक्‍नुहुन्छ ।”

    10तर ती लेवीलाई त्यो रात बिताउन इच्छुक भएनन् । तिनी उठे र गए । तिनी यबूस (अर्थात् यरूशलेम) तर्फ लागे । तिनीसँग भारीले लादेका एक जोडी गधा थिए, र तिनकी उपपत्‍नी तिनीसँगै थिई ।

    11तिनीहरू यबूसको नजिकै पुग्दा, साँझ पर्न लागेको थियो, र त्यस सेवकले आफ्‍नो मालिकलाई भन्‍यो, “आउनुहोस्, हामी यबूसीहरूको सहरतर्फ फर्कौं र यो रात त्यहाँ बिताऔं ।”

    12त्यसका मालिकले त्यसलाई भने, “हामी परदेशीहरूको सहरतर्फ जानेछैनौं जो इस्राएलका मानिसहरू होइनन् । हामी गिबामा जानेछौं ।”

    13ती लेवीले आफ्नो त्यो जवान मानिसलाई भने, “जाऔं, गिबा वा रामामध्ये कुनै एक ठाउँमा यो रात बिताऔं ।”

    14यसैले तिनीहरू हिँडिरहे, र तिनीहरू बेन्यामीनको इलाका गिबानजिकै आउँदा घाम अस्तायो ।

    15तिनीहरू त्यो रात बिताउन गिबामा नै रोकिए । तिनीहरू गए र सहरको चोकमा बसे, तर त्यो रात कसैले पनि तिनीहरूलाई आफ्नो घरभित्र लगेनन् ।

  • न्या 20:3-5
    3 पदहरू
    75%

    3बेन्यामिनका मानिसहरूले इस्राएलका मानिसहरू मिस्पामा गएका कुरा सुने । इस्राएलका मानिसहरूले भने, “यस्तो दुष्‍ट काम कसरी भयो त्‍यो हामीलाई भन ।”

    4त्यो मारिएकी स्‍त्रीका पति ती लेवीले जवाफ दिए, “म र मेरी उपपत्‍नी बेन्यामीनको इलाकामा पर्ने गिबामा रात कटाउन गएका थियौं ।

    5रातको बेला गिबाका अगुवाहरूले घरलाई घेरेर मलाई मार्ने उद्देश्यले आक्रमण गरे । तिनीहरूले मेरी उपपत्‍नीलाई बलात्कार गरे र त्यो मरी ।

  • न्या 17:7-9
    3 पदहरू
    75%

    7यहूदाको बेथलेहेमका यहूदाका वंशका एक जना जवान मानिस थिए जो एक जना लेवी थिए । आफ्नो जिम्मेवारी पुरा गर्न तिनी त्यहाँ बसे ।

    8ती मानिसले यहूदाको बेथलेहेमलाई छोडेर गए र बस्‍ने एउटा ठाउँ खोजे । तिनले यात्रा गर्दै जाँदा, तिनी एफ्राइमको पहाडी देशमा भएको मीकाको घरमा आए ।

    9मीकाले तिनलाई भने, “तिमी कहाँबाट आएका हौ?” ती मानिसले तिनलाई भने, “म यहूदाको बेथलेहेमको एउटा लेवी हुँ, र बसोबास गर्नको निम्ति ठाउँ खोज्न भनेर म यात्रा गरिरहेको छु ।”

  • न्या 20:30-31
    2 पदहरू
    75%

    30तेस्रो दिनमा इस्राएलका मानिसहरू बेन्यामीनीहरूसँग लडे, र तिनीहरूले पहिलो दिनमा गरेझैं गिबाको विरुद्धमा त्यही स्थानबाट युद्ध गरे ।

    31बेन्यामीनका मानिसहरू गए र ती मानिसहरूसँग युद्ध लडे, र तिनीहरूलाई सहरबाट टाढा पुर्‍याइयो । तिनीहरूले केही मानिसलाई मार्न थाले । खेतहरू र सडकहरूमा मर्नेहरूमा इस्राएलका करिब तिस जना मानिस थिए । एउटा बाटो बेथेल तर्फ जान्थ्यो, र अर्को गिबातर्फ जान्थ्यो ।

  • न्या 20:19-20
    2 पदहरू
    74%

    19इस्राएलका मानिसहरू बिहान उठे र तिनीहरूले आफ्नो छाउनी गिबाको नजिक सारे ।

    20इस्राएलका मानिसहरू बेन्यामीनको विरुद्ध युद्ध लड्न बाहिर निस्के । तिनीहरू गिबामा उनीहरूका विरुद्ध युद्धको निम्ति तयार भएर बसे ।

  • न्या 19:20-23
    4 पदहरू
    74%

    20ती वृद्ध मानिसले तिनीहरूलाई अभिवादन गरे, “तपाईंहरूलाई शान्ति! म तपाईंका सबै खाँचोको ख्याल गर्नेछु । केवल यस चोकमा रात नबिताउनुहोस् ।”

    21त्यसैले ती मानिसले ती लेवीलाई आफ्नो घरभित्र ल्याए र गधाहरूलाई केही खान दिए । तिनीहरूले आफ्ना खुट्टा धोए र खाए र पिए ।

    22जब तिनीहरू खुशी मनाइरहेका थिए, सहरका केही काम नलाग्‍ने मानिसहरूले घरलाई घेरे र ढोकामा हिर्काउन थाले । घरका मालिक, ती वृद्ध मानिसलाई तिनीहरूले यसो भने, “तिम्रो घरमा आएको मानिसलाई यहाँ बाहिर निकाल, ताकि हामी त्यससँग सहवास गर्नेछौं ।”

    23घरका मालिक ती मानिस तिनीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “होइन, मेरा भाइहरू हो, यस्तो दुष्‍ट काम नगर्नुहोस्! यी मानिस मेरो घरमा पाहुना भएका हुनाले, यस्तो दुष्‍ट काम नगर्नुहोस्!

  • न्या 20:12-15
    4 पदहरू
    73%

    12इस्राएलका कुलहरूले बेन्यामीनको कुलका सबैलाई यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूका बिचमा गरिएको दुष्‍टता के हो?

    13यसकारण, गिबाका ती दुष्‍ट मानिसहरूलाई हामीलाई सुम्‍पिदेओ, ताकि हामी तिनीहरूलाई मार्नेछौं र यसरी इस्राएलबाट हामी यो दुष्‍टता पूर्ण रूपमा हटाउनेछौं ।” तर बेन्यामीनीहरूले आफ्ना दाजुभाइ, अर्थात् इस्राएलका मानिसहरूको कुरा सुनेनन् ।

    14त्यसपछि बेन्यामीनका मानिसहरू एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के र इस्राएलका मानिसहरूका विरुद्ध युद्ध गर्न तयार भए ।

    15बेन्यामीनका मानिसहरूले त्यस दिन आफ्ना सहरहरूबाट तरवार बोकेर युद्ध लड्नको निम्ति तालिम प्राप्‍त छब्बीस हजार सिपाहीलाई एकसाथ ल्याए । यसका साथै, त्‍यहाँ गिबाका बासिन्दाहरूबाट सात सय चुनिएकाहरू मानिसहरू थिए ।

  • 1¶ ती दिनहरूमा, जब इस्राएलमा कुनै राजा थिएन, त्यहाँ एक जना लेवी थिए, जो केही समय एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम क्षेत्रमा बसोबास गर्थे । तिनले यहूदाको बेथलेहेमबाट आफ्नो निम्ति एउटी उपपत्‍नी लिए ।

  • न्या 20:36-37
    2 पदहरू
    72%

    36यसैले बेन्यामीनका सेनाहरूले आफ़ूहरू हारेका देखे । इस्राएलका मानिसहरूले बेन्यामीनीहरूलाई रणभूमिमा मौका दिएकाजस्तै गरेका थिए, किनकि तिनीहरूले गिबाभन्दा बाहिर गुप्‍त स्थानहरूमा लिकेका मानिसहरू गणना गरिरहेका थिए ।

    37तब लुकिरहेका मानिसहरू उठे र हतार गर्दै गिबाभित्र पसे, र सारा सहरलाई तिनीहरूले तरवारको धारले प्रहार गरे ।

  • 16बेन्‍यामीन र यहूदाका केही मानिसहरू दाऊदकहाँ किल्लामा आए ।

  • 39त्यो चिन्ह पठाएपछि इस्राएलका सेनाहरू युद्धबाट फर्कनुपर्थ्‍यो । बेन्यामीनीहरूले आक्रमण गर्न थाले र तिनीहरूले इस्राएलका तिस जना जति मानिसलाई मारे, र तिनीहरूले भने, “पहिलो युद्धमा झैं तिनीहरू निश्‍चय नै हामीबाट परास्त भएका छन् ।”

  • न्या 20:33-34
    2 पदहरू
    70%

    33इस्राएलका सबै मानिसहरू आ-आफ्ना ठाउँबाट उठे र बाल-तामारमा युद्धको निम्ति तयार भए । त्यसपछि गुप्‍त स्थानहरूमा लुकिरहेका इस्राएलका सेनाहरू आ-आफ्ना ठाउँ गिबाबाट निस्किआए ।

    34सारा इस्राएलबाट गिबाको विरुद्ध त्यहाँ दश हजार चुनिएका मानिसहरू आए, र तिनीहरूको बिचमा घमासान युद्ध भयो, तर बेन्यामीनीहरूलाई तिनीहरूको विनाश नजिकै छ भन्‍ने कुरा थाहा थिएन ।

  • 21शीलोबाट युवतीहरू नाच्नलाई बाहिर निस्कने समयलाई हेर । तब दाखबारीहरूबाट बाहिर निस्‍क र तिमीहरू हरेकले शीलोबाट युवतीललाई आफ्नी पत्‍नीको रूपमा लिएर बेन्यामीनको भूमिमा फर्क ।

  • 16बेन्यामिनी गेराका छोरा शिमी पनि बहूरीमबाट यहूदाका मानिसहरूसँगै हतार-हतार राजालाई भेट्न आए ।

  • 25दोस्रो दिनमा, गिबाबाट बेन्यामीनीहरू तिनीहरूका विरुद्ध बाहिर निस्के र तिनीहरूले इस्राएलका अठार हजार मानिसहरूलाई मारे । तिनीहरू सबै तरवारले लडाइँ गर्नलाई तालिम प्राप्‍त मानिसहरू थिए ।

  • 17बेन्यामीनको कुलबाट यसको खर्कसहित गिबोन, यसको खर्कसहित गेबा,

  • 24ती जासुसहरूले सहरबाट एक जना मानिस बाहिर निस्कँदै गरेको देखे, र तिनीहरूले त्यसलाई भने, “सहरभित्र कसरी प्रवेश गर्ने भनेर कृपया हामीलाई देखाउनुहोस्, र तपाईंप्रति हामी दयालु हुनेछौं ।”

  • 31बेन्‍यामीनका गेबाबाटका सन्‍तानहरूचाहिँ मिकमाश, अय्‍या, बेथेल र त्‍यसका गाउँहरू,

  • 19यसैले तिनीहरूले भने, “तिमीहरूलाई थाहा छ, कि हरेक वर्ष शीलोमा परमप्रभुको निम्ति एउटा भोज हुन्छ (जुनचाहिं बेथेलको उत्तरमा, बेथेलबाट शकेमजाने बाटोको पूर्व, र लबोनाको दक्षिणमा पर्छ) ।”

  • 41त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका विरुद्ध जाइलागे । बेन्यामीनीहरू आतङ्कित भए, किनकि तिनीहरूमा विपत्ति आइलागेको तिनीहरूले देखे ।

  • 15एक जना मानिसले योसेफलाई भेट्टाए । योसेफ खेतमा डुलिरहेका थिए । त्यस मानिसले उनलाई सोधे, “तिमी के खोजिरहेका छौ?”

  • 12बेन्यामीनको एक जना मानिस युद्ध मैदानबाट आफ्नो लुगा च्यातिएको र शिरमा माटो लागेको अवस्‍थामा नै दौडे र त्‍यसै दिन शीलोमा आए।

  • 16त्यसपछि सभाका अगुवाहरूले भने, “बाँकी भएका बेन्यामीनीहरूका निम्ति पत्‍नीहरू हामी कसरी जुटाउनेछौं? किनभने बेन्यामीनी स्‍त्रीहरू मारिएका छन् ।”

  • 13तिनीहरू त्यहाँबाट एफ्राइमको पहाडी देशमा गए र मीकाको घरमा आए ।

  • 5यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो । शऊलले भने, “मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन्?” याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने ।

  • 9तर अब हामी गिबालाई यस्तो गर्नेछौं: गोला हालेर पाएको निर्देशनअनुसार हामी त्यसलाई आक्रमण गर्नेछौं ।