न्यायाधीश 19:20

अनलक शाब्दिक बाइबल

ती वृद्ध मानिसले तिनीहरूलाई अभिवादन गरे, “तपाईंहरूलाई शान्ति! म तपाईंका सबै खाँचोको ख्याल गर्नेछु । केवल यस चोकमा रात नबिताउनुहोस् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 6:23 : 23 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँलाई शान्ति होस्! नडरा, तँ मर्नेछैनस् ।”
  • १ शमू 25:6 : 6 तिमीहरूले तिनलाई भन्‍नु, “समृद्धिमा जिउनुहोस् । तपाईंलाई शान्ति मिलोस्, तपाईंका घरानामा शान्ति छाओस् र तपाईंसँग भएका सबैलाई शान्‍ति होस् ।
  • १ इति 12:18 : 18 तब अमासैमा आत्मा आउनुभयो, जो ती तिस जनामध्‍येका अगुवा थिए । अमासैले भने, “ए दाऊद, हामी तपाईंका हौं । ए यिशैका छोरा, हामी तपाईंको पक्षमा छौं । तपाईंलाई सहायता गर्ने जोसुकैमा शान्ति होस् । तपाईंका सहयोगीहरूमा शान्‍ति होस्, किनकि तपाईंका परमेश्‍वरले तपाईंलाई सहायता गरिरहनुभएको छ ।” तब दाऊदले तिनीहरूलाई ग्रहण गरे र आफ्‍ना मानिसहरूका कमाण्डरहरू तुल्‍याए ।
  • लू 10:5-6 : 5 तिमीहरू जुन घरमा पस्छौ, पहिला यसो भन “यस घरमा शान्ति होस् ।” 6 यदि एउटा शान्तिको मानिस त्यहाँ छ भने, तिमीहरूको शान्ति उसँग रहनेछ, तर यदि होइन भने, यो तिमीहरूमा नै फर्कनेछ ।
  • यूह 14:27 : 27 म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।
  • रोमी 12:13 : 13 विश्‍वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर ।
  • १ कोरि 1:3 : 3 हाम्रा परमेश्‍वर पिता र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
  • गलाती 6:6 : 6 जसलाई वचन सिकाइएको छ, उसले शिक्षकसँग सबै असल कुराहरू बाँड्नुपर्छ ।
  • इब्रा 13:2 : 2 अपरिचितहरूलाई अतिथि सत्कार गर्न नबिर्स । किनकि थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका थिए ।
  • याक 2:15-16 : 15 विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ । 16 विचार गर, कि तिमीहरूमध्ये कसैले उसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिँ तिनीहरूलाई दिँदैनौ भने, त्यसबाट के लाभ भयो र?
  • १ पत्रु 4:9 : 9 गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर,
  • १ यूह 3:18 : 18 मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ ।
  • उत्प 19:2-3 : 2 तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्‍न सक्‍नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ । 3 तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे । तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए ।
  • उत्प 24:31-33 : 31 त्यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस्‌ । किन बाहिरै उभिरहनुहुन्‍छ? मैले तपाईंको निम्‍ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु ।” 32 तब त्‍यो मानिस घरमा गयो र ऊँटहरूका भारीहरू झार्‍यो । उँटहरूलाई पराल र दाना दिइयो, अनि त्यस मानिस र त्‍यससित हुने मानिसहरूका निम्‍ति खुट्टा धुने पानी पनि दिइयो । 33 तिनीहरूले त्‍यसको सामु खानेकुरा पनि राखिदिए, तर त्‍यसले भन्‍यो, “जबसम्‍म मेरो समाचार म भन्‍दिनँ तबसम्‍म म केही खान्‍नँ ।” तब लाबानले भने, “ल, भन्‍नुहोस्‌ ।”
  • उत्प 43:23-24 : 23 भण्डारेले भन्यो, “तपाईंहरूलाई शान्ति होस् । नडराउनुहोस् । तपाईंका परमेश्‍वर र तपाईंका पिताका परमेश्‍वरले नै तपाईंका बोराहरूमा तपाईंहरूको रुपियाँ-पैसा हालिदिएको हुनुपर्छ । मैले तपाईंहरूको रुपियाँ-पैसा त पाएकै थिएँ ।” त्यसपछि भण्डारेले शिमियोनलाई तिनीहरूकहाँ ल्यायो । 24 भण्डारेले ती मानिसहरूलाई योसेफको घरभित्र लग्यो । त्यसले पानी दियो, र तिनीहरूले आ-आफ्ना गोडा धोए । त्यसले तिनीहरूका गधाहरूलाई पनि दानापानी दियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 19:13-19
    7 पदहरू
    83%

    13ती लेवीले आफ्नो त्यो जवान मानिसलाई भने, “जाऔं, गिबा वा रामामध्ये कुनै एक ठाउँमा यो रात बिताऔं ।”

    14यसैले तिनीहरू हिँडिरहे, र तिनीहरू बेन्यामीनको इलाका गिबानजिकै आउँदा घाम अस्तायो ।

    15तिनीहरू त्यो रात बिताउन गिबामा नै रोकिए । तिनीहरू गए र सहरको चोकमा बसे, तर त्यो रात कसैले पनि तिनीहरूलाई आफ्नो घरभित्र लगेनन् ।

    16तर त्यो साँझ एक जना वृद्ध मानिस खेतमा काम गरेर फर्किरहेका थिए । तिनी एफ्राइमको पहाडी देशका थिए, र तिनी केही समयको लागि गिबामा बसोबास गरिरहेका थिए । तर त्यस ठाउँमा बस्‍ने मानिसहरू बेन्यामिनीहरू थिए ।

    17तिनले आफ्नो नजर उठाए र सहरको चोकमा यात्रुलाई देखे । ती वृद्ध मानिसले भने, “तपाईंहरू कहाँ जाँदै हुनुहुन्छ? तपाईंहरू कहाँबाट आउनुभएको हो?”

    18ती लेवीले तिनलाई भने, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम ठाउँमा जाँदैछौं, जहाँको म बासिन्दा हुँ । म यहूदाको बेथलेहेममा गएको थिएँ, र म परमप्रभुको घरमा जाँदैछु, तर मलाई आफ्नो घरभित्र लाने कोही पनि छैन ।

    19हामीसँग यी गधाहरूका निम्ति पराल र अरू खुवाउने कुरा छन्, र म र तपाईंका यी सेविका र यो सेवकको निम्ति पनि पुग्‍ने रोटी र दाखमद्य मसँग छ । हामीलाई केही पनि चाहिंदैन ।”

  • न्या 19:21-23
    3 पदहरू
    81%

    21त्यसैले ती मानिसले ती लेवीलाई आफ्नो घरभित्र ल्याए र गधाहरूलाई केही खान दिए । तिनीहरूले आफ्ना खुट्टा धोए र खाए र पिए ।

    22जब तिनीहरू खुशी मनाइरहेका थिए, सहरका केही काम नलाग्‍ने मानिसहरूले घरलाई घेरे र ढोकामा हिर्काउन थाले । घरका मालिक, ती वृद्ध मानिसलाई तिनीहरूले यसो भने, “तिम्रो घरमा आएको मानिसलाई यहाँ बाहिर निकाल, ताकि हामी त्यससँग सहवास गर्नेछौं ।”

    23घरका मालिक ती मानिस तिनीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “होइन, मेरा भाइहरू हो, यस्तो दुष्‍ट काम नगर्नुहोस्! यी मानिस मेरो घरमा पाहुना भएका हुनाले, यस्तो दुष्‍ट काम नगर्नुहोस्!

  • उत्प 19:2-3
    2 पदहरू
    77%

    2तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्‍न सक्‍नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ ।

    3तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे । तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए ।

  • न्या 19:3-11
    9 पदहरू
    76%

    3त्यसपछि त्यसका पति उठे र त्यसलाई फकाएर फिर्ता ल्याउनलाई त्यसकहाँ गए । तिनीसँग उनका सेवक, र एक जोडी गधा थिए । त्यसले तिनलाई आफ्नो बुबाको घरभित्र लगी । त्यस स्‍त्रीका बुबाले तिनलाई देखेर उनी खुशी भए ।

    4तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिन दिन त्यहीं बस्‍न तिनलाई मनाए । तिनीहरूले खाए र पिए, र तिनीहरूले रात त्यहीं कटाए ।

    5चौथो दिनमा तिनीहरू बिहानै उठे र तिनी जानलाई तयार भए, तर त्यस स्‍त्रीका बुबाले आफ्नो ज्वाँइलाई भने, “अलिकति रोटी खाएर आफूलाई बलियो बनाउनुहोस्, अनि जानुहोस् ।”

    6त्यसैले तिनीहरू दुई जना सँगै बसेर खान र पिउन थाले । तब त्यस स्‍त्रीका बुबाले भने, “कृपया अझै एक रात बस्‍नुहोस् र रमाइलो गर्नुहोस् ।”

    7जब ती लेवी जानलाई उठे, तब त्यस जवान स्‍त्रीका बुबाले तिनलाई बस्‍नको निम्ति आग्रह गरे । यसैले तिनले आफ्नो योजना बद्ले र त्यहाँ फेरि अर्को रात बिताए ।

    8पाँचौ दिनमा तिनी जानको निम्ति बिहानै उठे, तर त्यस स्‍त्रीका बुबाले भने, “आफूलाई बलियो बनाउनुहोस् र दिउँसो नभएसम्म पर्खनुहोस् ।” यसैले ती दुई जनाले भोजन गरे ।

    9जब ती लेवी, तिनकी उपपत्‍नी र तिनका सेवक जानलाई उठे, तब तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिनलाई भने, “हेर्नुहोस्, दिन ढल्‍केर साँझ पर्न लागेको छ । कृपया अर्को एक रात यहीँ बस्‍नुहोस् र रमाइलो गर्नुहोस् । तपाईं भोलि बिहान सबेरै उठ्न र घर फर्कन सक्‍नुहुन्छ ।”

    10तर ती लेवीलाई त्यो रात बिताउन इच्छुक भएनन् । तिनी उठे र गए । तिनी यबूस (अर्थात् यरूशलेम) तर्फ लागे । तिनीसँग भारीले लादेका एक जोडी गधा थिए, र तिनकी उपपत्‍नी तिनीसँगै थिई ।

    11तिनीहरू यबूसको नजिकै पुग्दा, साँझ पर्न लागेको थियो, र त्यस सेवकले आफ्‍नो मालिकलाई भन्‍यो, “आउनुहोस्, हामी यबूसीहरूको सहरतर्फ फर्कौं र यो रात त्यहाँ बिताऔं ।”

  • 32(विदेशीले पनि कदापि सहरको चोकमा बास बस्‍नुपरेको छैन, किनकि यात्रु निम्‍ति मैले सधैँ आफ्‍ना ढोकाहरू खुला गरेको छु), र त्यसो होइन भने, मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।

  • उत्प 18:3-5
    3 पदहरू
    74%

    3तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्‍नो दासलाई छोडेर नजानुहोस्‌ ।

    4केही पानी ल्‍याउन दिनुहोस्, र तपाईंहरू आफ्‍ना गोडा धुनुहोस्, र यही रुखमुनि आराम गर्नुहोस्‌ ।

    5मलाई केही रोटी ल्‍याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस् । त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्‍नुहुन्छ, किनभने तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको छ ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर ।”

  • 10कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ । तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्‍नेछन् ।”

  • 25तिनले त्‍यसलाई अझै भनिन्, “हामीसँग दाना र पराल प्रशस्‍त छन्, र रात गुजार्नलााई कोठा पनि छन्‌ ।”

  • 6तिमीहरूले तिनलाई भन्‍नु, “समृद्धिमा जिउनुहोस् । तपाईंलाई शान्ति मिलोस्, तपाईंका घरानामा शान्ति छाओस् र तपाईंसँग भएका सबैलाई शान्‍ति होस् ।

  • 29ताकि जसरी हामीले तपाईंको कुनै हानी गरेनौँ र तपाईंसँग राम्रो व्यवहार गर्‍यौँ अनि तपाईंलाई शान्तिमा पठायौँ । त्यसरी नै तपाईंले पनि हाम्रो कुनै हानि गर्नुहुनेछैन । तपाईं साँच्‍चै नै परमप्रभुबाट आशिषित् हुनुहुन्छ ।”

  • उत्प 24:31-32
    2 पदहरू
    72%

    31त्यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस्‌ । किन बाहिरै उभिरहनुहुन्‍छ? मैले तपाईंको निम्‍ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु ।”

    32तब त्‍यो मानिस घरमा गयो र ऊँटहरूका भारीहरू झार्‍यो । उँटहरूलाई पराल र दाना दिइयो, अनि त्यस मानिस र त्‍यससित हुने मानिसहरूका निम्‍ति खुट्टा धुने पानी पनि दिइयो ।

  • 17तब एलीले जवाफ दिए र भने, “शान्तिसँग जाऊ । इस्राएलका परमेश्‍वरसँग तिमीले गरेकी बिन्तीको जावफ उहाँले तिमीलाई देऊन् ।”

  • 23भन्‍यो, “तिमी कसकी छोरी हौ? कृपया मलाई भन, के तिम्रा बुबाको घरमा रात गुजार्नको निम्ति हाम्रो निम्ति ठाउँ छ?”

  • 24भण्डारेले ती मानिसहरूलाई योसेफको घरभित्र लग्यो । त्यसले पानी दियो, र तिनीहरूले आ-आफ्ना गोडा धोए । त्यसले तिनीहरूका गधाहरूलाई पनि दानापानी दियो ।

  • 15तब ती वृद्ध अगमवक्ताले तिनलाई भने, “मसितै घरमा आउनुहोस् र खानपान गर्नुहोस् ।”

  • लू 10:5-6
    2 पदहरू
    70%

    5तिमीहरू जुन घरमा पस्छौ, पहिला यसो भन “यस घरमा शान्ति होस् ।”

    6यदि एउटा शान्तिको मानिस त्यहाँ छ भने, तिमीहरूको शान्ति उसँग रहनेछ, तर यदि होइन भने, यो तिमीहरूमा नै फर्कनेछ ।

  • 31त्यसपछि मोशाले जवाफ दिए, “कृपया, हामीलाई नछोड्नुहोस् । मरुभूमिमा कसरी छाउनी लगाउने भनी तपाईंलाई थाहा छ । तपाईंले हाम्रो हेरचाह गर्नुपर्छ ।

  • 28खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ । केवल मलाई तपाईंको देश भएर जान दिनुहोस्

  • 15अबीमेलेकले भने, “हेर, मेरो भूमि तिम्रै अगि छ । जहाँ तिमीलाई मनपर्छ त्यहीँ बस ।”

  • 20किनकि तिमी भर्खर मात्र आएका हौ । तिमीलाई हामीसँगै भौंतारिन म किन लगाउछु र? म कहाँ जाँदै छु भन्‍ने मलाई नै थाहा छैन । त्यसैले फर्क र तिम्रा गाउँले मित्रहरूलाई फर्काएर लैजाऊ । बफदारीता र विश्‍वासनीयता तिमीसँगै रहोस् ।”

  • 17हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु । हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ । हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्‍ने छैनौँ ।”

  • 21अब परमेश्‍वरसित सहमत हुनुहोस्, र मिलाप गर्नुहोस् । त्‍यसरी तपाईंकहाँ भलाइ आउनेछ ।

  • 8तपाईंका जवान मानिसहरूलाई सोध्‍नुहोस् र तिनीहरूले तपाईंलाई भन्‍नेछन् । अब मेरा जवानहरूले तपाईंको दृष्‍टिमा निगाह पाऊन्, किनकि हामी आज उत्सवको समयमा आएका छौं । कृपया तपाईंको हातमा जे छ सो तपाईंका सेवकहरू र तपाईंका छोरा दाऊदलाई दिनुहोस् ।”