न्यायाधीश 20:18
इस्राएलका मानिसहरू उठे, बेथेलमा गए, र परमेश्वरबाट सल्लाह मागे । तिनीहरूले सोधे, “बेन्यामिनीहरूलाई हाम्रा निम्ति कसले पहिले आक्रमण गर्नेछ?” परमप्रभुले भन्नुभयो, “यहूदाले पहिले आक्रमण गर्नेछ ।”
इस्राएलका मानिसहरू उठे, बेथेलमा गए, र परमेश्वरबाट सल्लाह मागे । तिनीहरूले सोधे, “बेन्यामिनीहरूलाई हाम्रा निम्ति कसले पहिले आक्रमण गर्नेछ?” परमप्रभुले भन्नुभयो, “यहूदाले पहिले आक्रमण गर्नेछ ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
22तर इस्राएलका मानिसहरूले आफूलाई बलियो पारे र तिनीहरू पहिलो दिनमा जुन स्थानमा तयार भएर बसेका थिए त्यसै ठाउँमा युद्धको निम्ति तयार भए ।
23तब इस्राएलका मानिसहरू माथि उक्ले र साँझसम्म परमप्रभुको अगि रोए, र उहाँबाट निर्देशनको खोजी गरे । तिनीहरूले भने, “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूसँग युद्ध गर्न हामी फेरि जाऔं?” परमप्रभुले भन्नुभयो, “तिनीहरूलाई आक्रमण गर!”
24यसैकारण दोस्रो दिनमा इस्राएलका मानिसहरू बेन्यामीनका सेनाहरूका विरुद्ध युद्ध गर्न गए ।
25दोस्रो दिनमा, गिबाबाट बेन्यामीनीहरू तिनीहरूका विरुद्ध बाहिर निस्के र तिनीहरूले इस्राएलका अठार हजार मानिसहरूलाई मारे । तिनीहरू सबै तरवारले लडाइँ गर्नलाई तालिम प्राप्त मानिसहरू थिए ।
26त्यसपछि इस्राएलका सबै सेना र सबै मानिसहरू बेथेलमा उक्ले र रोए, र तिनीहरू परमप्रभुको अगि बसे र तिनीहरू त्यस दिन साँझसम्म उपवास बसे र परमप्रभुलाई होमबलि र मेलबलि चढाए ।
27इस्राएलका मानिसहरूले परमप्रभुलाई यसरी सोधे— किनकि परमेश्वरका करारको सन्दुक ती दिनहरूमा त्यहीं थियो,
28र हारूनका नाति, एलाजारका छोरा पीनहासले सन्दुकको सामु सेवा गर्थे— “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूका विरुद्ध हामी फेरि युद्धमा जाऔं, वा रोकौं?” परमप्रभुले भन्नुभयो, “आक्रमण गर, किनकि भोलीको दिन तिनीहरूलाई पराजय गर्न म तिमीहरूलाई सहायता गर्नेछु ।”
19इस्राएलका मानिसहरू बिहान उठे र तिनीहरूले आफ्नो छाउनी गिबाको नजिक सारे ।
20इस्राएलका मानिसहरू बेन्यामीनको विरुद्ध युद्ध लड्न बाहिर निस्के । तिनीहरू गिबामा उनीहरूका विरुद्ध युद्धको निम्ति तयार भएर बसे ।
1¶ यहोशूको मृत्युपछि, इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर सोधे, “हाम्रा निम्ति कनानीहरूका विरुद्धमा युद्ध लड्नलाई तिनीहरूलाई पहिला कसले आक्रमण गर्नुपर्छ?”
2परमप्रभुले भन्नुभयो, “यहूदाले आक्रमण गर्नेछ । हेर, मैले तिनीहरूलाई यस देशमाथि अधिकार दिएको छु ।”
12इस्राएलका कुलहरूले बेन्यामीनको कुलका सबैलाई यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूका बिचमा गरिएको दुष्टता के हो?
13यसकारण, गिबाका ती दुष्ट मानिसहरूलाई हामीलाई सुम्पिदेओ, ताकि हामी तिनीहरूलाई मार्नेछौं र यसरी इस्राएलबाट हामी यो दुष्टता पूर्ण रूपमा हटाउनेछौं ।” तर बेन्यामीनीहरूले आफ्ना दाजुभाइ, अर्थात् इस्राएलका मानिसहरूको कुरा सुनेनन् ।
14त्यसपछि बेन्यामीनका मानिसहरू एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के र इस्राएलका मानिसहरूका विरुद्ध युद्ध गर्न तयार भए ।
15बेन्यामीनका मानिसहरूले त्यस दिन आफ्ना सहरहरूबाट तरवार बोकेर युद्ध लड्नको निम्ति तालिम प्राप्त छब्बीस हजार सिपाहीलाई एकसाथ ल्याए । यसका साथै, त्यहाँ गिबाका बासिन्दाहरूबाट सात सय चुनिएकाहरू मानिसहरू थिए ।
30तेस्रो दिनमा इस्राएलका मानिसहरू बेन्यामीनीहरूसँग लडे, र तिनीहरूले पहिलो दिनमा गरेझैं गिबाको विरुद्धमा त्यही स्थानबाट युद्ध गरे ।
31बेन्यामीनका मानिसहरू गए र ती मानिसहरूसँग युद्ध लडे, र तिनीहरूलाई सहरबाट टाढा पुर्याइयो । तिनीहरूले केही मानिसलाई मार्न थाले । खेतहरू र सडकहरूमा मर्नेहरूमा इस्राएलका करिब तिस जना मानिस थिए । एउटा बाटो बेथेल तर्फ जान्थ्यो, र अर्को गिबातर्फ जान्थ्यो ।
32तब बेन्यामीनका मानिसहरूले भने, “तिनीहरू हारेका छन् र पहिलो पल्टझैं तिनीहरू हामीबाट भाग्दैछन् ।” तर इस्राएलका सिपाहीहरूले भने, “हामी पछि हटौं र तिनीहरूलाई सहरबाट टाढा सडकहरूमा लैजाऔं ।”
33इस्राएलका सबै मानिसहरू आ-आफ्ना ठाउँबाट उठे र बाल-तामारमा युद्धको निम्ति तयार भए । त्यसपछि गुप्त स्थानहरूमा लुकिरहेका इस्राएलका सेनाहरू आ-आफ्ना ठाउँ गिबाबाट निस्किआए ।
34सारा इस्राएलबाट गिबाको विरुद्ध त्यहाँ दश हजार चुनिएका मानिसहरू आए, र तिनीहरूको बिचमा घमासान युद्ध भयो, तर बेन्यामीनीहरूलाई तिनीहरूको विनाश नजिकै छ भन्ने कुरा थाहा थिएन ।
35परमप्रभुले इस्राएलको सामु बेन्यामीनलाई परास्त गर्नुभयो । त्यस दिन, इस्राएलका सेनाहरूले बेन्यामीनका २५,१०० मानिसहरूलाई मारे । त्यहाँ मर्नेहरू सबै तरवारले युद्ध गर्नलाई तालिम प्राप्त थिए ।
36यसैले बेन्यामीनका सेनाहरूले आफ़ूहरू हारेका देखे । इस्राएलका मानिसहरूले बेन्यामीनीहरूलाई रणभूमिमा मौका दिएकाजस्तै गरेका थिए, किनकि तिनीहरूले गिबाभन्दा बाहिर गुप्त स्थानहरूमा लिकेका मानिसहरू गणना गरिरहेका थिए ।
8सबै मानिसहरू एक भएर खडा भए र तिनीहरूले भने “हामी कोही पनि आफ्नो पालमा जानेछैनौं र हामी कोही पनि घर फर्कनेछैनौं ।
9तर अब हामी गिबालाई यस्तो गर्नेछौं: गोला हालेर पाएको निर्देशनअनुसार हामी त्यसलाई आक्रमण गर्नेछौं ।
10हामी इस्राएलका सबै कुलहरूबाट एक सयबाट दश, एक हजारबाट एक सय, र दश हजारबाट एक हजारलाई मानिसहरूलाई अरूका निम्ति खानेकुराको प्रबन्ध गर्न राख्नेछौं, ताकि तिनीहरू बेन्यामीनको गिबामा आउँदा, उनीहरूले इस्राएलमा गरेका दुष्टताको लागि तिनीहरूले दण्ड दिन सकून् ।”
17बेन्यामीनीहरूको सङ्ख्यालाई गणना नगरी इस्राएलका मानिसहरू चार लाख जना थिए, जो तरवारले युद्ध लड्नलाई तालिम प्राप्त थिए । यी सबै युद्ध गर्ने मानिसहरू थिए ।
39त्यो चिन्ह पठाएपछि इस्राएलका सेनाहरू युद्धबाट फर्कनुपर्थ्यो । बेन्यामीनीहरूले आक्रमण गर्न थाले र तिनीहरूले इस्राएलका तिस जना जति मानिसलाई मारे, र तिनीहरूले भने, “पहिलो युद्धमा झैं तिनीहरू निश्चय नै हामीबाट परास्त भएका छन् ।”
3बेन्यामिनका मानिसहरूले इस्राएलका मानिसहरू मिस्पामा गएका कुरा सुने । इस्राएलका मानिसहरूले भने, “यस्तो दुष्ट काम कसरी भयो त्यो हामीलाई भन ।”
22योसेफका घरानाले बेथेललाई आक्रमण गर्नको निम्ति तयारी गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो ।
4परमप्रभुको खोजी गर्न यहूदाका मानिसहरू एकसाथ भेला भए । यहूदाका सबै सहरबाट तिनीहरू परमप्रभुको खोजी गर्न आए ।
12जब इस्राएलका मानिसहरूले यो कुरा सुने, इस्राएलका मानिसको सारा भेला तिनीहरू विरुद्ध युद्ध गर्न जान शीलोमा जान सँगै भेला भए ।
36बेन्यामीनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
16बेन्यामीन र यहूदाका केही मानिसहरू दाऊदकहाँ किल्लामा आए ।
9त्यसपछि, यहूदाका मानिसहरू पहाडी देश, नेगेव र पश्चिमी पहाडका फेदीहरूमा बसोबास गर्ने कनानीहरूकहाँ युद्ध गर्न गए ।
18यसरी इस्राएलका मानिसहरूलाई त्यस बेला पराजित गरियो । यहूदाका मानिसहरूले जिते, किनभने तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरमाथि भरोसा गरे ।
5उनीहरूले तिनलाई भने, “हाम्रो निम्ति परमेश्वरबाट सल्लाह माग, ताकि हामीले गरिरहेको यात्रा सफल हुन्छ कि हुन्न भनी हामीलाई थाहा होस् ।”
1¶ त्यसपछि दानदेखि बेर्शेबासम्मका इस्राएलका मानिसहरू र गिलादको भूमिबाट समेत सबै एक भएर निस्के र परमप्रभुको अगि मिस्पामा एकसाथ भेला भए ।
11कुल-कुलअनुसार बेन्यामीनको कुलको निम्ति भूमिको भाग । तिनीहरूलाई दिइएको क्षेत्र यहूदाका सन्तानहरू र योसेफका सन्तानहरूको बिच अवस्थित थियो ।
26यहूदाका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
41तब तिमीहरूले मलाई जवाफ दियौ, 'हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौँ । हामी माथि उक्लेर लडाइँ गर्ने छौँ, र परमप्रभु हाम्रा परमेश्वरले हामीलाई गर्नू भनी आज्ञा दिनुभएका सबै कुरा हामी गर्नेछौँ । तिमीहरूका बिचमा भएका हरेक पुरुषले आ-आफ्नो हतियार उठाएर त्यस पहाडी देशलाई आक्रमण गर्न तयार भयौ ।
16इस्राएलका मानिसहरू यहूदाका सामुन्नेबाट भागे, र परमेश्वरले तिनीहरूलाई यहूदाको हातमा सुम्पिदिनुभयो ।
4यहूदाका मानिसहरूले आक्रमण गरे, र परमप्रभुले तिनीहरूलाई कनानीहरू र परिज्जीहरूमाथि विजय दिनुभयो । तिनीहरूले बेजेकमा तिनीहरूका दश हजार जनालाई मारे ।
18गिलादका मानिसहरूका अगुवाहरूले एक-अर्कामा यसो भने, “अम्मोनीहरूसँग युद्ध लड्न सुरु गर्ने मानिस को हो? ऊ नै गिलादमा बस्ने सबैका अगुवा हुनेछ ।”
14जब यहूदाका मानिसहरूले पछाडि हेरे, तब हेर, लडाइँ आफ्नो अगाडि र पछाडि दुवैतिर भएको देखे । तिनीहरूले परमप्रभुमा पुकारा गरे, र पुजारीहरूले आफ्ना तुरहीहरू फुके ।
16तिमीहरू भोलि उनीहरूका विरुद्धमा जानुपर्छ । हेर, उनीहरू जीजको बाटो भएर आउँदैछन् । तिमीहरूले उनीहरूलाई बेसीको पल्लो छेउमा यरूएलको उजाड-स्थान अगि भेट्ने छौ ।