न्यायाधीश 21:12
याबेश-गिलादमा बस्नेहरूमध्ये ती मानिसहरूले चार सय यस्ता जवान स्त्रीहरू भेट्टाए को कहिल्यै कुनै मानिससँग सुतेका थिएनन्, र तिनीहरूले उनीहरूलाई कनानमा शीलोको छाउनीमा लगे ।
याबेश-गिलादमा बस्नेहरूमध्ये ती मानिसहरूले चार सय यस्ता जवान स्त्रीहरू भेट्टाए को कहिल्यै कुनै मानिससँग सुतेका थिएनन्, र तिनीहरूले उनीहरूलाई कनानमा शीलोको छाउनीमा लगे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6इस्राएलका मानिसहरूमा तिनीहरूका दाजुभाइ बेन्यामिनीहरू प्रति दया जाग्यो । तिनीहरूले भने, “आज इस्राएलबाट एउटा कुल बाहिरिएको छ ।
7बाँकी भएकाहरूलाई कसले पत्नीहरू दिनेछन्, किनकि हामी कसैले पनि आफ्ना छोरीहरू तिनीहरूलाई विवाह गरेर दिनेछैनौं भनेर परमप्रभुसँग प्रतिज्ञा गरेका छौं?”
8तिनीहरूले भने, “मिस्पामा परमप्रभुकहाँ इस्राएलका कुनचाहिं कुल आएनन्?” याबेश-गिलादबाट कोही पनि सभामा आएका थिएनन् भन्ने कुरा थाहा भयो ।
9किनकि मानिसहरूलाई मिलाएर राखेर गन्ती गर्दा, हेर, याबेश-गिलादका कोही पनि बासिन्दा त्यहाँ थिएनन् ।
10त्यस सभाले आफ्ना बाह्र हजार वीरहरूलाई याबेश गिलादका स्त्री र बालबालिका सहित सबै बासिन्दाहरूलाई तरवारको धारले प्रहार गर्ने सुझावहरू दिएर पठाए ।
11“यस्तो गर्नू: हरेक पुरुष र मानिससँग सहवास गरेका स्त्रीलाई मार्नू ।”
13सारा सभाले रिम्मोनको चट्टानमा भएका बेन्यामीनका मानिसहरूलाई सन्देश पठाए र तिनीहरूले उनीहरूलाई शान्तिको प्रस्ताव राखेका थिए ।
14ती बेन्यामीनीहरू त्यो समयमा फर्के र तिनीहरूलाई याबेश गिलादका स्त्रीहरू दिइयो । तर तिनीहरू सबैका निम्ति पुग्ने स्त्रीहरू थिएनन् ।
15बेन्यामीनीहरूलाई जे भयो त्यसको निम्ति मानिसहरू दुःखित थिए, किनभने परमप्रभुले इस्राएलका कुलहरूका बिचमा विभाजन गराउनुभएको थियो ।
16त्यसपछि सभाका अगुवाहरूले भने, “बाँकी भएका बेन्यामीनीहरूका निम्ति पत्नीहरू हामी कसरी जुटाउनेछौं? किनभने बेन्यामीनी स्त्रीहरू मारिएका छन् ।”
17तिनीहरूले भने, “बेन्यामीनका बाँचेकाहरूको निम्ति एउटा उत्तराधिकार हुनुपर्छ, ताकि इस्राएलबाट एउटा कुलको नाश नहोस् ।
18हामीले तिनीहरूलाई आफ्ना छोरीहरूबाट पत्नीहरू दिन सक्दैनौं, किनकि इस्राएलका मानिसहरूले प्रतिज्ञा गरेका थिए, “बेन्यामीनीहरूलाई पत्नी दिने कुनै पनि व्यक्ति श्रापित होस् ।’”
19यसैले तिनीहरूले भने, “तिमीहरूलाई थाहा छ, कि हरेक वर्ष शीलोमा परमप्रभुको निम्ति एउटा भोज हुन्छ (जुनचाहिं बेथेलको उत्तरमा, बेथेलबाट शकेमजाने बाटोको पूर्व, र लबोनाको दक्षिणमा पर्छ) ।”
20तिनीहरूले बेन्यामीनका मानिसहरूलाई यसो भनेर निर्देशन दिए, “गुप्तमा लुक र दाखबारीहरूमा पर्ख ।
21शीलोबाट युवतीहरू नाच्नलाई बाहिर निस्कने समयलाई हेर । तब दाखबारीहरूबाट बाहिर निस्क र तिमीहरू हरेकले शीलोबाट युवतीललाई आफ्नी पत्नीको रूपमा लिएर बेन्यामीनको भूमिमा फर्क ।
22जब तिनीहरूका बुबा वा दाजुभाइहरू हाम्रो विरोध गर्न हामीकहाँ आउँछन्, तब हामी तिनीहरूलाई भन्नेछौं, ‘हामीमाथि कृपा गर्नुहोस्! तिनीहरूलाई रहन दिनुहोस् किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्नी दिएनौं । तपाईंहरू निर्दोष हुनुहुन्छ, किनकि तपाईंले तिनीहरूलाई आफ्ना छोरीहरू दिनुभएको होइन ।’”
23बेन्यामीनी मानिसहरूले त्यस्तै गरे । तिनीहरूले नाचिरहेका युवतीहरूबाट पत्नीहरू लिए र तिनीहरूसँगै अगि बढे । तिनीहरू आफ्नै उत्तराधिकारको ठाउँमा फर्केर गए । तिनीहरूले नगरहरू बनाए र त्यसमा बसोबास गरे ।
17अब सबै स-साना पुरुषहरूलाई मार् र पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार ।
18तर पुरुषसँग सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति लेओ ।
1¶ इस्राएलका मानिसहरूले मिस्पामा एउटा प्रतिज्ञा गरेका थिए, “हामीहरूमध्ये कसैले पनि आफ्नी छोरीलाई बेन्यामीनीलाई विवाह गरेर दिनेछैनौं ।”
35र पुरुषसँग कहिल्यै सहवास नगरेका तिस हजार महिला थिए ।
25तर कुनै पुरुषले मगनी भएकी केटीलाई खेतमा फेला पारी त्योसित जबरजस्ती सहवास गरेको रहेछ भने पुरुष मात्र मारियोस् ।
26तर केटीलाई चाहिँ केही नगर्नू । केटीले मृत्युदण्ड पाउने कुनै काम गरेकी छैन । यो कुनै मानिसले आफ्नो छिमेकीलाई आक्रमण गरी मारेको जस्तै सवाल हो ।
27किनकि पुरुषले स्त्रीलाई खेतमा फेला पारेको थियो र मगनी भएकी केटी चिच्च्याइकी थिई, तर त्यसलाई बचाउन त्यहाँ कोही थिएन ।
28कुनै पुरुषले मगनी नभएकी केटीलाई फेला पारी त्यससित जबरजस्ती सहवास गर्यो र त्यो कुरो प्रकाशमा आयो भने
23कुनै कन्या केटीको कुनै पुरुषसित मगनी भएको छ र अर्को पुरुषले सहरमा त्योसित सहवास गर्यो भने
12इस्राएलका कुलहरूले बेन्यामीनको कुलका सबैलाई यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूका बिचमा गरिएको दुष्टता के हो?
13यसकारण, गिबाका ती दुष्ट मानिसहरूलाई हामीलाई सुम्पिदेओ, ताकि हामी तिनीहरूलाई मार्नेछौं र यसरी इस्राएलबाट हामी यो दुष्टता पूर्ण रूपमा हटाउनेछौं ।” तर बेन्यामीनीहरूले आफ्ना दाजुभाइ, अर्थात् इस्राएलका मानिसहरूको कुरा सुनेनन् ।
14त्यसपछि बेन्यामीनका मानिसहरू एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के र इस्राएलका मानिसहरूका विरुद्ध युद्ध गर्न तयार भए ।
15बेन्यामीनका मानिसहरूले त्यस दिन आफ्ना सहरहरूबाट तरवार बोकेर युद्ध लड्नको निम्ति तालिम प्राप्त छब्बीस हजार सिपाहीलाई एकसाथ ल्याए । यसका साथै, त्यहाँ गिबाका बासिन्दाहरूबाट सात सय चुनिएकाहरू मानिसहरू थिए ।
21बेन्यामीनीहरू गिबाबाट बाहिर निस्के, र तिनीहरूले त्यस दिन इस्राएलको सेनाका बाइस हजार मानिसहरूलाई मारे ।
10हामी इस्राएलका सबै कुलहरूबाट एक सयबाट दश, एक हजारबाट एक सय, र दश हजारबाट एक हजारलाई मानिसहरूलाई अरूका निम्ति खानेकुराको प्रबन्ध गर्न राख्नेछौं, ताकि तिनीहरू बेन्यामीनको गिबामा आउँदा, उनीहरूले इस्राएलमा गरेका दुष्टताको लागि तिनीहरूले दण्ड दिन सकून् ।”
20तर केटीमा कुमारीत्वको प्रमाण नपाइएको कुरो साँचो रहेछ भने
21तिनीहरूले केटीलाई त्यसका बुबाको घरको ढोकामा ल्याऊन्, र सहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून् किनकि त्यसले इस्राएलमा आफ्नो पिताको घरमा वेश्यावृत्तिको कार्य गरी लाजमर्दो काम गरेकी छे । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्टता हटाउनू ।
25दोस्रो दिनमा, गिबाबाट बेन्यामीनीहरू तिनीहरूका विरुद्ध बाहिर निस्के र तिनीहरूले इस्राएलका अठार हजार मानिसहरूलाई मारे । तिनीहरू सबै तरवारले लडाइँ गर्नलाई तालिम प्राप्त मानिसहरू थिए ।
17बेन्यामीनीहरूको सङ्ख्यालाई गणना नगरी इस्राएलका मानिसहरू चार लाख जना थिए, जो तरवारले युद्ध लड्नलाई तालिम प्राप्त थिए । यी सबै युद्ध गर्ने मानिसहरू थिए ।
39दुई महिनाको अन्त्यमा उनी आफ्ना बुबाकहाँ फर्किन्, र आफूले गरेको भाकलअनुसार तिनले उनलाई गरे । यति बेलासम्म उनले कुनै मानिससित सहवास गरेकी थिइनन्, र इस्राएलमा एउटा यस्तो प्रचलन बन्यो,
3बेन्यामिनका मानिसहरूले इस्राएलका मानिसहरू मिस्पामा गएका कुरा सुने । इस्राएलका मानिसहरूले भने, “यस्तो दुष्ट काम कसरी भयो त्यो हामीलाई भन ।”
4त्यो मारिएकी स्त्रीका पति ती लेवीले जवाफ दिए, “म र मेरी उपपत्नी बेन्यामीनको इलाकामा पर्ने गिबामा रात कटाउन गएका थियौं ।
5रातको बेला गिबाका अगुवाहरूले घरलाई घेरेर मलाई मार्ने उद्देश्यले आक्रमण गरे । तिनीहरूले मेरी उपपत्नीलाई बलात्कार गरे र त्यो मरी ।
21तिनीहरूले सहरमा भएका पुरुष र महिला, जवान र वृद्ध, गोरु, भेडा र गधाहरूलाई तरवारले विनाश पारे ।
21“यी मानिसहरू शान्तिप्रिय छन् । त्यसैले यिनीहरू हामीसितै बसोबास गरी व्यापार गरून् किनकि वास्तवमा हाम्रो देश तिनीहरूका लागि पनि ज्यादै ठुलो छ । तिनीहरूका छोरीहरूलाई पत्नी बनाउनलाई लिऔँ र तिनीहरूलाई हाम्रा छोरीहरू दिऔँ ।
31बेन्यामीनका मानिसहरू गए र ती मानिसहरूसँग युद्ध लडे, र तिनीहरूलाई सहरबाट टाढा पुर्याइयो । तिनीहरूले केही मानिसलाई मार्न थाले । खेतहरू र सडकहरूमा मर्नेहरूमा इस्राएलका करिब तिस जना मानिस थिए । एउटा बाटो बेथेल तर्फ जान्थ्यो, र अर्को गिबातर्फ जान्थ्यो ।
2र यसमा भएका स्त्रीहरू र साना-ठुला हरेकलाई कब्जा गरे । तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरू आफ्नो बाटो जाँदा तिनीहरूलाई लिएर गए ।
35परमप्रभुले इस्राएलको सामु बेन्यामीनलाई परास्त गर्नुभयो । त्यस दिन, इस्राएलका सेनाहरूले बेन्यामीनका २५,१०० मानिसहरूलाई मारे । त्यहाँ मर्नेहरू सबै तरवारले युद्ध गर्नलाई तालिम प्राप्त थिए ।
24हेर्नुहोस्, मेरी कन्ये छोरी र तिनकी उपपत्नी यहीं छन् । म तिनीहरूलाई अहिल्यै बाहिर ल्याउनेछु । तिनीहरूलाई तपाईंहरूले जे इच्छा गर्नुहुन्छ, त्यही गर्नुहोस् । तर यी मानिसलाई त्यस्तो दुष्ट काम नगर्नुहोस् ।”
14र बदनाम गराउने नियतले पत्नीलाई यसो भन्छ, 'मैले यो स्त्रीलाई ल्याएँ, तर म त्योसित सुत्न जाँदा त्यो कन्या केटी भएको पाइनँ ।'
11तब तिमीहरूले बन्दीहरूका बिचमा सुन्दरी स्त्री देख्यौ र त्यसलाई आफ्नी पत्नी बनाउने इच्छा गर्यौ भने