न्यायाधीश 4:21

अनलक शाब्दिक बाइबल

त्यसपछि याएल (हेबेरकी पत्‍नी) पालको एउटा कीला र मुङ्ग्रो आफ्‍नो हातमा लिइन् र विस्तारै उनको नजिक गइन्, किनकि उनी मस्त निद्रामा थिए र उनको कन्चटबाट त्यो पालको कीलालाई भुइँमा नछेडिंदासम्म तिनले ठोकिदिइन् र उनी मरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 3:21 : 21 एहूदले आफ्नो देब्रे हातले आफ्‍नो दाहिने जाँघबाट तरवार झिके, र त्‍यो तिनले राजाको शरीरमा रोपिदिए ।
  • न्या 3:31 : 31 एहूदपछि अनातका छोरा शमगर अर्का न्यायकर्ता भए जसले पाल्तु पशु धपाउने लौरोले पलिश्तीहरूका छ सय मानिसहरूलाई मरे । उनले इस्राएललाई खतराबाट पनि छुट्कारा दिए ।
  • न्या 5:26-27 : 26 तिनले आफ्नो हात पालको कीलामा राखिन्, र आफ्नो दाहिने हात मुङ्ग्रोमा राखिन् । त्यही मुङ्ग्रोले तिनले सीसरालाई हिर्काइन्, तिनले त्यसको शिर कुच्‍याइन् । त्यसको कन्चटलाई छेडेर तिनले त्यसको खप्परलाई टुक्रा-टुक्रा पारिन् । 27 तिनका पाउनेर त्यो मर्‍यो, त्यो त्यहीं ढल्यो, र त्यहीं ढलिरह्‍यो । तिनका पाउका बिचमा त्यो ढल्यो । जहाँ त्यो ढल्यो, त्यहीं क्रुरतासित मारियो ।
  • न्या 15:15 : 15 शिमशोनले एउटा गधाको आलो बङ्गारो भेट्टाए, र तिनले त्यो उठाए र त्यसैले एक हजार जना मानिसलाई मारे ।
  • १ शमू 17:43 : 43 तब त्‍यो पलिश्‍तीले दाऊदलाई भन्‍यो, “के म कुकुर हो र तँ लट्टी लिएर आइस्?,” र पलिश्‍तीले आफ्‍नो देवताहरूको नाउँमा सराप्‍यो ।
  • १ शमू 17:49-50 : 49 दाऊदले आफ्नो झोलामा आफ्‍नो हात हाले, त्‍यसबाट एउटा ढुङ्गा लिए, त्यसलाई घुयेंत्रोमा घुमाए र पलिश्तीको निधारमा हिर्काए । त्‍यो ढुङ्गा उक्‍त पलिश्‍तीको निधारमै गाडियो र ऊ घोप्टो परेर जमिनमा ढल्‍यो । 50 त्‍यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए । तिनले त्‍यो पलिस्तीलाई हिर्काए र उसलाई मारे । दाऊदको हातमा कुनै तरवार थिएन ।
  • भजन 3:7 : 7 हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्‍वर, मलाई बचाउनुहोस्! किनकि तपाईंले मेरा सबै शत्रुलाई बङ्गरामा हान्‍नुहुनेछ । तपाईंले दुष्‍टहरूका दाँतहरू भाँच्‍नुहुनेछ ।
  • १ कोरि 1:19 : 19 किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।”
  • १ कोरि 1:27 : 27 तर परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले दुर्बल कुरालाई छान्‍नुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 4:22-24
    3 पदहरू
    93%

    22बाराकले सीसरालाई खोज्दै गर्दा, याएल उनलाई भेट्न बाहिर गइन् र तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोजिरहनुभएको मानिस म तपाईंलाई देखाउनेछु ।” यसैले उनी तिनीसँग भित्र गए, र सीसराको कन्चटमा पालको कीला गाडिएर ऊ त्‍यहाँ मरेर ढलेको थियो ।

    23यसरी त्यस दिन परमेश्‍वरले कनानका राजा याबीनलाई इस्राएलका मानिसहरूका सामु परास्त गर्नुभयो ।

    24इस्राएलका मानिसहरूले कनानका राजा याबीनलाई नष्‍ट नगरेसम्म उनको विरुद्ध तिनीहरूको सामर्थ बढ्दै गयो ।

  • न्या 4:9-20
    12 पदहरू
    82%

    9तिनले भनिन्, “निश्‍चित रूपमा म तिमीसँग जानेछु । तर जुन बाटो तिमी जाँदैछौ त्यसले तिमीलाई सम्मान दिनेछैन, किनकि परमप्रभुले सीसरालाई एउटी स्‍त्रीको हातमा बेचिदिनुहुनेछ ।” त्यसपछि दबोरा खडा भइन् र बाराकसँग केदेशमा गइन् ।

    10बाराकले जबूलून र नाप्‍तालीका मानिसहरूलाई उनीसँगै केदेशमा जानको निम्ति बोलाए । दश हजार जना मानिसहरू तिनको पछि आए र दबोरा पनि तिनीसँगै गइन् ।

    11यति बेला केनीहरू, अर्थात् होबाबका (मोशाका ससुराका) सन्‍तानबाट हेबेरले (केनीले) आफूलाई अलग्‍यएका, र आफ्नो पाललाई केदेश नजिकैको सानान्‍नीममा फलाँटको रूखको छेउमा टाँगेका थिए ।

    12अबीनोअमका छोरा बाराक तबोर डाँडामा गएका थिए भन्‍ने कुरा जब तिनीहरूले सीसरालाई भने,

    13तब सीसराले आफ्ना सबै रथहरू, नौ सय फलामका रथहरू, र हरोशेत हग्गोयिमदेखि कीशोन खोलासम्म आफूसँग भएका सबै सेनालाई बोलाए ।

    14दबोराले बाराकलाई भनिन्, “जाऊ! किनकि परमप्रभुले तिमीलाई सीसरामाथि विजय दिनुभएको दिन आजै हो । के परमप्रभुले तिमीलाई अगुवाइ गर्नुभएको छैन र?” यसैले आफ्नो पछि लागेका दश हजार मानिसलाई साथमा लिएर बाराक तबोर डाँडाबाट तल गए ।

    15सीसरा र उनका सबै रथहरू र उनका सबै सेनालाई तरवारको धारले परमप्रभुले अलमल पारिदिनुभयो । अनि सीसरा आफ्नो रथबाट तल झरे र पैदल नै भागे ।

    16तर बाराकले रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म लखेटे, र सीसराका सम्‍पुर्ण सेना तरवारको धारले मारिए, र एक जना मानिस पनि बाँचेन ।

    17तर सीसरा केनी हेबेरकी पत्‍नी याएलको पालमा भागेर गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरको परिवारका बिचमा मिलाप थियो ।

    18याएल सीसरालाई भेट्न बाहिर गइन् र भनिन्, “मेरा मालिक यता फर्कनुहोस् र नडराउनुहोस् ।” यसैले उनी तिनीतिर फर्के र तिनको पालभित्र पसे, र तिनले उनलाई एउटा कम्बल ओढाइदिइन् ।

    19उनले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ, किनकि मलाई तिर्खा लागेको छ ।” तिनले दूध हालिएको मशक खोलिन् र तिनलाई पिउन दिइन्, र तिनले उनलाई फेरि ओढाइदिइन् ।

    20उनले तिनलाई भने, “पालको ढोकामा खडा बस । कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्यो भने, ‘छैन’ भन्‍नू ।”

  • न्या 5:24-28
    5 पदहरू
    81%

    24सबै स्‍त्रीहरूमा याएल धेरै आशिषित छिन्, याएल (केनी हेबेरकी पत्‍नी), पालहरूमा बस्‍ने सबै स्‍त्रीहरूमा तिनी धेरै आशिषित छिन् ।

    25त्यो मानिसले तिनीसँग पानी माग्यो, र तिनले उसलाई दूध दिईन् । तिनले त्यसको निम्ति राजकुमारहरूलाई सुहाउँदो मक्खन राखिएको भोजन ल्याइन् ।

    26तिनले आफ्नो हात पालको कीलामा राखिन्, र आफ्नो दाहिने हात मुङ्ग्रोमा राखिन् । त्यही मुङ्ग्रोले तिनले सीसरालाई हिर्काइन्, तिनले त्यसको शिर कुच्‍याइन् । त्यसको कन्चटलाई छेडेर तिनले त्यसको खप्परलाई टुक्रा-टुक्रा पारिन् ।

    27तिनका पाउनेर त्यो मर्‍यो, त्यो त्यहीं ढल्यो, र त्यहीं ढलिरह्‍यो । तिनका पाउका बिचमा त्यो ढल्यो । जहाँ त्यो ढल्यो, त्यहीं क्रुरतासित मारियो ।

    28सीसराकी आमाले झ्यालबाट हेरिन् र पीडामा चिच्याएर तिनले भनिन्, ‘उसको रथ आउनलाई किन यति ढिलो भयो? उसका रथहरू तान्‍ने घोडाहरूका खुट्टा बजेको आवाज किन आएन?’

  • न्या 4:4-7
    4 पदहरू
    70%

    4त्यस समय इस्राएलमा एक अगमवादिनी, दबोरा (लप्पीदोतकी पत्‍नी) नेतृत्‍व गर्ने न्यायकर्ताको थिइन् ।

    5तिनी एफ्राइमको पहाडी देशमा रामा र बेथेलको बिचमा दबोराको खजुरको रूखमुनि बस्‍ने गर्थिन्, र इस्राएलका मानिसहरू आफ्ना विवादहरू मिलाउन तिनीकहाँ आउँथे ।

    6तिनले नाप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइन् र तिनलाई भनिन्, “परमप्रभु, इस्राएलका परमेश्‍वरले तिमीलाई यस्तो आज्ञा गर्नुहुन्छ, ‘तबोर डाँडामा जाऊ, र नाप्‍ताली र जबूलूनबाट तिमीसँग दश हजार मानिसहरू ल्‍याऊ ।

    7याबीनका सेनाका कमाण्‍डर सीसरालाई त्यसका रथहरू र त्यसका सेनाका साथमा कीशोन खोलामा तिमीसित भेट्नलाई म ल्याउनेछु, र तिमीलाई म त्यसमाथि विजयी बनाउनेछु ।’”

  • 30‘के तिनीहरूले लुटका सामान पाएर आपसमा बाँडेका छैनन् र? हरेक मानिसको निम्ति एउटा कोख, वा दुईवटा कोख । सीसराको निम्ति रङ्‍गाइएका कपडाहरू, र बुट्टा भएका रङ्‍गाइएका कपडाहरूका लुटहरू, लुटेराहरूका निम्ति दुईवटा बुट्टा भएका रङ्‍गाइएका कपडाहरू?’

  • 6शमगर (अनातका छोरा) को समयमा, याएलको समयमा, मुल बाटोहरू त्यागिएका थिए, अनि पदयात्रीहरूले घुमाउरा बाटोहरू मात्र प्रयोग गरे ।

  • न्या 9:53-54
    2 पदहरू
    67%

    53तर एउटी स्‍त्रीले अबीमेलेकको शिरमा जाँतोको माथिल्लो फक्‍लेटो झारी र त्यसले तिनको खप्पर फुट्‍यो ।

    54त्यसपछि उनले आफ्नो हतियार बोक्‍ने जवान मानिसलाई झट्टै बोलाए र उसलाई भने, “आफ्‍नो तरवार झिकेर मलाई मार्, ताकि कसैले मेरो बारेमा यस्तो नभनोस्, ‘एउटी स्‍त्रीले त्यसलाई मारी ।’” त्यसैले तिनका जवान मानिसले तिनलाई तरवारले छेडिदिए, र तिनी मरे ।

  • 2परमप्रभुले तिनीहरूलाई कनानका राजा याबीनको हातमा बेचिदिनुभयो जसले हासोरमा राज्‍य गर्थे । तिनको सेनाका कमाण्‍डरको नाउँ सीसरा थियो, र उनी हरोशेत हग्गोयिममा बस्थे ।

  • 21यरूब-बेसेतका छोरा अबीमेलेकलाई कसले मार्‍यो? के एक जना स्‍त्रीले जाँतोको माथिल्‍को ढुङ्गा पर्खालबाट खसालेर तिनी तेबेसमा मरेकी थिइनन्? तिमीहरू किन पर्खालको यति नजिक गयौ?' तब तैंले जवाफ दिनुपर्छ, 'तपाईंको दास हित्ती उरियाह पनि मरे' ।”

  • न्या 21:10-11
    2 पदहरू
    67%

    10त्यस सभाले आफ्ना बाह्र हजार वीरहरूलाई याबेश गिलादका स्‍त्री र बालबालिका सहित सबै बासिन्दाहरूलाई तरवारको धारले प्रहार गर्ने सुझावहरू दिएर पठाए ।

    11“यस्तो गर्नू: हरेक पुरुष र मानिससँग सहवास गरेका स्‍त्रीलाई मार्नू ।”

  • 14जब तिनी निदाए, दलीलाले उनका कपालका सातवटा लट्टा बनाई तानमा बुनेर कीलामा कसरे राखी, अनि त्यसले उनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र तानसमेत कीला उखेलिदिए ।

  • 7यसरी तिनीहरू घरभित्र पसेपछि, तिनी आफ्नो कोठाको ओछ्यानमा पल्टिरहेको बेला तिनीहरूले तिनलाई आक्रमण गरे र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनको टाउको काटे र बोकेर रातभरि अराबातिर जाने बाटो हिंडे ।

  • 8तिनी त्यो इस्राएली पुरुषको पछि-पछि पालभित्र गए र तिनीहरूले इस्राएली पुरुष र महिला दुवैलाई भालाले रोपे । त्यसैले परमेश्‍वरले इस्राएलका मानिसहरूमाथि पठाउनुभएको विपत्ति रोकियो ।

  • 17तब तिनले पनीएलको किल्ला भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे ।

  • 12त्यसैले दाऊदले भाला र पानीको सुराही शाऊलको शिरनेरबाट लिए र तिनीहरू गए । तिनीहरूलाई कसैले देखेन वा यो कसैले थाहा पाएन, न त कोही ब्युँझिए, किनकि तिनीहरू सबै मस्‍त निदाएका थिए, किनकि परमप्रभुबाट आएको गहिरो निद्रा तिनीहरूमाथि परेको थियो ।

  • 19त्यसले तिउनलाई आफ्नो काखमा सुताई । तिनको शिरको सातवटा लट्टा खौरिदिन त्यसले एक जना मानिसलाई बोलाई, र त्यसले तिनलाई काबूमा पार्न लागी, किनभने तिनको शक्ति हटिसकेको थियो ।

  • 10त्यसैले म उनको छेउमा गएँ र उनलाई मारे, किनभने उनी ढलेपछि बाँच्‍ने छैनन् भन्‍ने मैले थाहा पाएँ । त्यसपछि मैले उनको शिरको शिरपेच र हातको बाजु लिएँ र हजुर मेरो मलिकहाँ ल्याएको छु ।”

  • 15दाऊदले आफ्‍ना जवानमध्ये एक जनालाई बोलाएर भने, “जाऊ र यसलाई मार् ।” त्यसैले त्यो मानिस गयो र तिनलाई प्रहार गर्‍यो र ती अमालेकी मरे ।

  • 9तिनीहरूलाई पनि तपाईंले मिद्यनलाई गरेझैं, सीसरालाई गरेझैं र कीशोन खोलामा याबीनलाई गरेझैं गर्नुहोस् ।

  • 21एहूदले आफ्नो देब्रे हातले आफ्‍नो दाहिने जाँघबाट तरवार झिके, र त्‍यो तिनले राजाको शरीरमा रोपिदिए ।

  • 16हरेक दिन त्यसले तिनलाई यही कुरा गरेर दबाब दिई, र त्यसले यति दबाब दिई, कि तिनले मर्ने इच्छा गरे ।

  • 25राजाले माथिल्लो कक्षका ढोकाहरू नखोलेपछि, आफ्नो जिम्मेवारी पुरा नगरेकोझैं तिनीहरूलाई महसुस भएको हुनाले तिनीहरूलाई चिन्ता भयो । यसैले तिनीहरूले साँचो लिए र ढोकाहरू खोले, र आफ्ना मालिकलाई भुइँमा मृत अवस्थामा ढलेको देखे ।

  • 12उठ, उठ दबोरा! उठ, उठ, एउटा गीत गाऊ! ए बाराक, ए अबीनोअमका छोरा, उठ, र आफ्ना कैदीहरूलाई समाऊ ।