न्यायाधीश 3:21
एहूदले आफ्नो देब्रे हातले आफ्नो दाहिने जाँघबाट तरवार झिके, र त्यो तिनले राजाको शरीरमा रोपिदिए ।
एहूदले आफ्नो देब्रे हातले आफ्नो दाहिने जाँघबाट तरवार झिके, र त्यो तिनले राजाको शरीरमा रोपिदिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
22त्यो तरवार बींडसितै छिर्यो । उनको पछिल्तिरबाट त्यो तरवारको टुप्पो निस्कियो र बोसोले त्यसलाई ढाक्यो, अनि एहूदले उनको पेटबाट त्यो तरवार झिकेनन् ।
23त्यसपछि एहूद कौसीमा निस्के र माथिल्लो कक्षका आफू पछाडिका ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए ।
24एहूद गइसकेपछि, राजाका सेवकहरू आए । तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे । यसैले तिनीहरूले विचार गरे, “पक्कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला ।”
25राजाले माथिल्लो कक्षका ढोकाहरू नखोलेपछि, आफ्नो जिम्मेवारी पुरा नगरेकोझैं तिनीहरूलाई महसुस भएको हुनाले तिनीहरूलाई चिन्ता भयो । यसैले तिनीहरूले साँचो लिए र ढोकाहरू खोले, र आफ्ना मालिकलाई भुइँमा मृत अवस्थामा ढलेको देखे ।
26अब के गर्ने भनेर सेवकहरू कुरिरहेका बेला, एहूद भागेर कुँदेर बनाइएका मुर्तिहरू भएका ठाउँभन्दा पर पुगे, र उनी सीरामा भागे ।
27जब उनी आइपुगे, उनले एफ्राइमको पहाडी देशमा तुरही फुके । त्यसपछि इस्राएलका मानिसहरू उनीसँगै पहाडहरूबाट तल ओर्ले, र उनले तिनीहरूलाई नेतृत्व गरे ।
14इस्राएलका मानिसहरूले अठार वर्षसम्म मोआबका राजा एग्लोनको सेवा गरे ।
15जब इस्राएलका मानिसहरूले परमप्रभुको पुकारा गरे, तिनीहरूलाई सहायता गर्नलाई परमप्रभुले कोही एक जना बेन्यामिनी गेराका छोरा देब्रे हात चलाउने मानिस एहूदलाई खडा गर्नुभयो । इस्राएलका मानिसहरूले उनको साथमा मोआबका राजा एग्लोनकहाँ कर पठाए ।
16एहूदले आफ्नो निम्ति एक हात लामो दुई धारे तरवार बनाए । त्यो तिनले आफ्नो दाहिने जाँघमा आफ्नो लुगाभित्र बाँधे ।
17तिनले मोआबका राजा एग्लोनलाई त्यो कर तिरे । (एग्लोन धेरै मोटो मानिस थिए ।)
18एहूदले कर तिरिसकेपछि, ती ल्याउनेहरूसँगै उनी फर्के ।
19गिलगालको नजिक कुँदेर बनाएका मुर्तिहरूको ठाउँमा जसै एहूद पुगे, उनी फर्के र फिर्ता गए, र भने, “मेरा राजा, तपाईंको निम्ति मसँग एउटा गुप्त सन्देश छ ।” एग्लोनले भने, “शान्त होओ!” यसैले उनको सेवा गर्ने सबैले त्यो कोठा छोडेर बाहिर गए ।
20एहूद तिनीकहाँ आए । राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए । एहूदले भने, “मसँग तपाईंको निम्ति परमेश्वरको एउटा सन्देश छ ।” राजा आफ्नो ठाउँबाट उठे ।
25आफ्नो पिठिउँबाट उसले त्यो तान्नेछ, र चम्कने टुप्पो उसको कलेजोबाट बाहिर निस्कनेछ । उसमा त्रासहरू आउनेछन् ।
1¶ एहूद मरेपछि, परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो, इस्राएलका मानिसहरूले फेरि त्यही गरे ।
9उनले मलाई भने, “मेरो छेउमा आएर मलाई मार्, किनकि म ठुलो पीडाले मलाई समातेको छ, तर ममा अझै जीवन छ ।'
10त्यसैले म उनको छेउमा गएँ र उनलाई मारे, किनभने उनी ढलेपछि बाँच्ने छैनन् भन्ने मैले थाहा पाएँ । त्यसपछि मैले उनको शिरको शिरपेच र हातको बाजु लिएँ र हजुर मेरो मलिकहाँ ल्याएको छु ।”
10अमासाले योबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन् । योआबले अमासाको पेटमा रोपिदिए र तिनको आन्द्राभुँडी जमिनमा झर्यो । योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् र अमासा मरे । यसरी योआब र तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्याउँदै गए ।
3इस्राएल देशलाई यसो भन्, 'परमप्रभु यसो भन्नुहुन्छः हेर्, म तेरो विरुद्धमा छु । म आफ्नो तरवार त्यसको म्यानबाट थुत्नेछु र तेरा धर्मी मानिस र दुष्ट मानिस दुवैलाई काट्नेछु ।
21त्यसपछि तिनले एक जना ठुलो मिश्रीलाई मारे । मिश्रीको हातमा भाला थियो, तर बनायाहले त्यससँग लौरोले मात्र युद्ध लडे । तिनले त्यो मिश्रीको हातबाट भाला खोसे र त्यसको आफ्नै भालाले त्यसलाई मारे ।
4तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुत र त्यसले मलाई छेडिदे । नत्रता यी बेखतनाहरू आउनेछन् र मलाई दुर्व्यवहार गर्नेछन् ।” तर तिनका हतियार बोक्नेले त्यसो गरेन, किनकि ऊ साह्रै डराएका थियो । त्यसैले शाऊलले आफ्नै तरवार लिए र यसमाथि उनिए ।
27जब अबनेर हेब्रोनमा फर्के, तिनीसित गोप्य रूपले कुरा गर्नलाई योआबले तिनलाई बिच ढोकाको एकातिर लिएर गए । त्यहाँ योआबले तिनलाई पेटमा घोचे र तिनलाई मारे । यसरी योआबले आफ्नो भाइ असाहेलको रगतको बदला लिए ।
26तिनले आफ्नो हात पालको कीलामा राखिन्, र आफ्नो दाहिने हात मुङ्ग्रोमा राखिन् । त्यही मुङ्ग्रोले तिनले सीसरालाई हिर्काइन्, तिनले त्यसको शिर कुच्याइन् । त्यसको कन्चटलाई छेडेर तिनले त्यसको खप्परलाई टुक्रा-टुक्रा पारिन् ।
54त्यसपछि उनले आफ्नो हतियार बोक्ने जवान मानिसलाई झट्टै बोलाए र उसलाई भने, “आफ्नो तरवार झिकेर मलाई मार्, ताकि कसैले मेरो बारेमा यस्तो नभनोस्, ‘एउटी स्त्रीले त्यसलाई मारी ।’” त्यसैले तिनका जवान मानिसले तिनलाई तरवारले छेडिदिए, र तिनी मरे ।
37तिनीहरूले यसलाई, यसका राजा, यसका गाउँहरू र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनीहरूले यसमा कसैलाई जीवित छाडेनन् । तिनीहरूले एग्लोनलाई जे गरेका थिए, तिनीहरूले यसलाई र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्ट पारे ।
23तर असाहेलले तर्केर जान इन्कार गरे, र त्यसैले अबनेरले तिनलाई आफनो भालाको टुप्पोले शरीरमा रोपे, र भाला अर्कोपट्टि निस्क्यो । असाहेल ढले र त्यहीँ नै मरे । त्यसैले असाहेल ढलेर मरेका ठाउँमा आउने जो आउँथ्यो, त्यो रोकिन्थ्यो र खडा हुन्थ्यो ।
14तब योआबले भने, “म तेरो लागि पर्खने छैनँ ।” त्यसैले योआबले आफ्नो हातमा तिन वटा भालाहरू लिए र अब्शालोम अझै जीवित नै फलाँटको रुखमा झुण्डिरहँदा तिनको मुटुमा रोपिदिए ।
18यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने रोगले आन्द्रामा प्रहार गर्नुभयो ।
6तर अदोनी-बेजेक भागे, र तिनीहरूले उनलाई लखेटे र समाए, र तिनीहरूले उनका हात र खुट्टाका बुढी औंला काटिदिए ।
7अदोनी-बेजेकले भने, “हात र खुट्टाका बुढी औंला काटिएका सत्तरी जना राजाले मेरो टेबिलको मुनिबाट आफ्नो निम्ति भोजन बाटुल्थे । मैले जस्तो गरेको थिएँ, परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ ।” तिनीहरूले उनलाई यरूशलेममा ल्याए, र उनी त्यहीं मरे ।
24तब येहूले आफ्नो धनु निकाले र पुरा शक्ति लगाएर योरामका काँधहरूका बिचैमा तिनलाई हाने । काँडले तिनको मुटुलाई नै छेड्यो, र तिनी आफ्नो रथमा लडे ।
7परमप्रभुले भन्नुभयो, “फेरि तेरो हात खास्टोभित्र राख् ।” त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे र तिनले हात बाहिर निकाल्दा त्यो तिनको शरीरको अरू मासुजस्तै स्वस्थ भएको थियो ।
4त्यसपछि शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुत् र मलाई घोच् । नत्रता यी बेखतनेहरूले आउनेछन् र मलाई दुःख दिनेछन् ।” तर तिनको हतियार बोक्नेले त्यसो गरेन, किनकि ऊ धेरै डराएको थियो । यसैले शाऊलले आफ्नो तरवार थुते र त्यसमा छेडिए ।
15दाऊदले आफ्ना जवानमध्ये एक जनालाई बोलाएर भने, “जाऊ र यसलाई मार् ।” त्यसैले त्यो मानिस गयो र तिनलाई प्रहार गर्यो र ती अमालेकी मरे ।
11हेर्नुहोस् हे मेरा पिता, तपाईंको वस्त्रको छेउ मेरो हातमा हेर्नुहोस् । तपाईंको वस्त्रको छेउ मैले काटेको र मैले तपाईंलाई नमारेको कुराले, मेरो हातमा कुनै खराबी वा देशद्रोह छैन, र मैले तपाईंको विरुद्धमा पाप गरेको छैन, तापनि तपाईंले मेरो ज्यान लिन खोज्नुहुन्छ ।
14अब ए मानिसको छोरो, अगमवाणी बोल् र आफ्ना हातले ताली बजा, किन तरवारले तेस्रो पल्ट पनि आक्रमण गर्नेछ । एक-एक जनालाई मार्ने तरवार । यो तरवार धेरै जनालाई मार्न र हरेक दिशाबाट तिनीहरूलाई छेड्नलाई हो ।
11यसैले त्यो तरवारलाई टल्काउन दिइनेछ र तब हातले समाइनेछ । त्यो तरवार धारिलो बनाइएको छ र त्यो टल्काइएको छ र मार्ने व्यक्तिको हातमा त्यो दिइएको छ ।”
21त्यसपछि याएल (हेबेरकी पत्नी) पालको एउटा कीला र मुङ्ग्रो आफ्नो हातमा लिइन् र विस्तारै उनको नजिक गइन्, किनकि उनी मस्त निद्रामा थिए र उनको कन्चटबाट त्यो पालको कीलालाई भुइँमा नछेडिंदासम्म तिनले ठोकिदिइन् र उनी मरे ।
21चिहानमा भएको सबैभन्दा शक्तिशाली योद्धाले मिश्रदेश र त्यसका मित्रराष्ट्रहरूका बारेमा यो घोषणा गर्नेछन्, ‘तिनीहरू यहाँ तल आएका छन्! तिनीहरू तरवारले मारिएका खतना नभएकाहरूसँग रहनेछन् ।’
21अबनेरले तिनलाई भने, “दाहिने वा देब्रेतिर लाग जवान मानिसमध्ये एक जनालाई समातेर त्यसको हतियार लेऊ ।” तर असाहेलले यताउता फर्केनन् ।
31राजाले तिनलाई भने, “तिनले भनेजस्तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ ।
10एलाजार खडा भए र आफ्नो हात नथाकेसम्म, र तिनको हातले तरवारको बिंड नै नसमात्ने गरी नथाकेसम्म पलिश्तीहरूसँग युद्ध लडे । त्यस दिन परमप्रभुले ठुलो विजाय दिनुभयो । फौजहरू लाशहरूबाट लुट्नलाई मात्र एलाजारको पछि फर्केर गए ।
6एहूदका सन्तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए:
29जब ती लेवी घर पुगे, तिनले एउटा छुरी लिए, र आफ्नी उपपत्नीलाई समाए र अङ्ग-अङ्ग गरी बाह्र टुक्रा गरी काटे र ती टुक्राहरूलाई इस्राएलभरी पठाए ।
8तिनी त्यो इस्राएली पुरुषको पछि-पछि पालभित्र गए र तिनीहरूले इस्राएली पुरुष र महिला दुवैलाई भालाले रोपे । त्यसैले परमेश्वरले इस्राएलका मानिसहरूमाथि पठाउनुभएको विपत्ति रोकियो ।