न्यायाधीश 5:26

अनलक शाब्दिक बाइबल

तिनले आफ्नो हात पालको कीलामा राखिन्, र आफ्नो दाहिने हात मुङ्ग्रोमा राखिन् । त्यही मुङ्ग्रोले तिनले सीसरालाई हिर्काइन्, तिनले त्यसको शिर कुच्‍याइन् । त्यसको कन्चटलाई छेडेर तिनले त्यसको खप्परलाई टुक्रा-टुक्रा पारिन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 4:21 : 21 त्यसपछि याएल (हेबेरकी पत्‍नी) पालको एउटा कीला र मुङ्ग्रो आफ्‍नो हातमा लिइन् र विस्तारै उनको नजिक गइन्, किनकि उनी मस्त निद्रामा थिए र उनको कन्चटबाट त्यो पालको कीलालाई भुइँमा नछेडिंदासम्म तिनले ठोकिदिइन् र उनी मरे ।
  • १ शमू 17:49-51 : 49 दाऊदले आफ्नो झोलामा आफ्‍नो हात हाले, त्‍यसबाट एउटा ढुङ्गा लिए, त्यसलाई घुयेंत्रोमा घुमाए र पलिश्तीको निधारमा हिर्काए । त्‍यो ढुङ्गा उक्‍त पलिश्‍तीको निधारमै गाडियो र ऊ घोप्टो परेर जमिनमा ढल्‍यो । 50 त्‍यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए । तिनले त्‍यो पलिस्तीलाई हिर्काए र उसलाई मारे । दाऊदको हातमा कुनै तरवार थिएन । 51 अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्‍यसको म्यानबाट झिके, उसलाई मारे र त्‍यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्‍नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे ।
  • २ शमू 20:22 : 22 त्यसपछि ती स्‍त्री आफ्‍नो बुद्धिमा सबै मानिसकहाँ गइन् । तिनीहरूले बिक्रीका छोरा शेबाको टाउको काटे र त्‍यो बाहिर योआबकहाँ फालिदिए । तब योआबले तुरही फुके र तिनका मानिसहरूले सहर छोडेर हरेक मानिस आआफ्नो घर गए । अनि योआबचाहिं यरूशलेममा राजाकहाँ फर्के ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 4:13-24
    12 पदहरू
    81%

    13तब सीसराले आफ्ना सबै रथहरू, नौ सय फलामका रथहरू, र हरोशेत हग्गोयिमदेखि कीशोन खोलासम्म आफूसँग भएका सबै सेनालाई बोलाए ।

    14दबोराले बाराकलाई भनिन्, “जाऊ! किनकि परमप्रभुले तिमीलाई सीसरामाथि विजय दिनुभएको दिन आजै हो । के परमप्रभुले तिमीलाई अगुवाइ गर्नुभएको छैन र?” यसैले आफ्नो पछि लागेका दश हजार मानिसलाई साथमा लिएर बाराक तबोर डाँडाबाट तल गए ।

    15सीसरा र उनका सबै रथहरू र उनका सबै सेनालाई तरवारको धारले परमप्रभुले अलमल पारिदिनुभयो । अनि सीसरा आफ्नो रथबाट तल झरे र पैदल नै भागे ।

    16तर बाराकले रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म लखेटे, र सीसराका सम्‍पुर्ण सेना तरवारको धारले मारिए, र एक जना मानिस पनि बाँचेन ।

    17तर सीसरा केनी हेबेरकी पत्‍नी याएलको पालमा भागेर गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरको परिवारका बिचमा मिलाप थियो ।

    18याएल सीसरालाई भेट्न बाहिर गइन् र भनिन्, “मेरा मालिक यता फर्कनुहोस् र नडराउनुहोस् ।” यसैले उनी तिनीतिर फर्के र तिनको पालभित्र पसे, र तिनले उनलाई एउटा कम्बल ओढाइदिइन् ।

    19उनले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ, किनकि मलाई तिर्खा लागेको छ ।” तिनले दूध हालिएको मशक खोलिन् र तिनलाई पिउन दिइन्, र तिनले उनलाई फेरि ओढाइदिइन् ।

    20उनले तिनलाई भने, “पालको ढोकामा खडा बस । कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्यो भने, ‘छैन’ भन्‍नू ।”

    21त्यसपछि याएल (हेबेरकी पत्‍नी) पालको एउटा कीला र मुङ्ग्रो आफ्‍नो हातमा लिइन् र विस्तारै उनको नजिक गइन्, किनकि उनी मस्त निद्रामा थिए र उनको कन्चटबाट त्यो पालको कीलालाई भुइँमा नछेडिंदासम्म तिनले ठोकिदिइन् र उनी मरे ।

    22बाराकले सीसरालाई खोज्दै गर्दा, याएल उनलाई भेट्न बाहिर गइन् र तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोजिरहनुभएको मानिस म तपाईंलाई देखाउनेछु ।” यसैले उनी तिनीसँग भित्र गए, र सीसराको कन्चटमा पालको कीला गाडिएर ऊ त्‍यहाँ मरेर ढलेको थियो ।

    23यसरी त्यस दिन परमेश्‍वरले कनानका राजा याबीनलाई इस्राएलका मानिसहरूका सामु परास्त गर्नुभयो ।

    24इस्राएलका मानिसहरूले कनानका राजा याबीनलाई नष्‍ट नगरेसम्म उनको विरुद्ध तिनीहरूको सामर्थ बढ्दै गयो ।

  • न्या 5:27-30
    4 पदहरू
    79%

    27तिनका पाउनेर त्यो मर्‍यो, त्यो त्यहीं ढल्यो, र त्यहीं ढलिरह्‍यो । तिनका पाउका बिचमा त्यो ढल्यो । जहाँ त्यो ढल्यो, त्यहीं क्रुरतासित मारियो ।

    28सीसराकी आमाले झ्यालबाट हेरिन् र पीडामा चिच्याएर तिनले भनिन्, ‘उसको रथ आउनलाई किन यति ढिलो भयो? उसका रथहरू तान्‍ने घोडाहरूका खुट्टा बजेको आवाज किन आएन?’

    29तिनका राजकुमारीमध्‍ये सबैभन्दा बुद्धिमान्ले जवाफ दिइन्, र तिनले आफैंलाई उही जवाफ दिइन् ।

    30‘के तिनीहरूले लुटका सामान पाएर आपसमा बाँडेका छैनन् र? हरेक मानिसको निम्ति एउटा कोख, वा दुईवटा कोख । सीसराको निम्ति रङ्‍गाइएका कपडाहरू, र बुट्टा भएका रङ्‍गाइएका कपडाहरूका लुटहरू, लुटेराहरूका निम्ति दुईवटा बुट्टा भएका रङ्‍गाइएका कपडाहरू?’

  • न्या 5:24-25
    2 पदहरू
    76%

    24सबै स्‍त्रीहरूमा याएल धेरै आशिषित छिन्, याएल (केनी हेबेरकी पत्‍नी), पालहरूमा बस्‍ने सबै स्‍त्रीहरूमा तिनी धेरै आशिषित छिन् ।

    25त्यो मानिसले तिनीसँग पानी माग्यो, र तिनले उसलाई दूध दिईन् । तिनले त्यसको निम्ति राजकुमारहरूलाई सुहाउँदो मक्खन राखिएको भोजन ल्याइन् ।

  • न्या 4:5-7
    3 पदहरू
    73%

    5तिनी एफ्राइमको पहाडी देशमा रामा र बेथेलको बिचमा दबोराको खजुरको रूखमुनि बस्‍ने गर्थिन्, र इस्राएलका मानिसहरू आफ्ना विवादहरू मिलाउन तिनीकहाँ आउँथे ।

    6तिनले नाप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइन् र तिनलाई भनिन्, “परमप्रभु, इस्राएलका परमेश्‍वरले तिमीलाई यस्तो आज्ञा गर्नुहुन्छ, ‘तबोर डाँडामा जाऊ, र नाप्‍ताली र जबूलूनबाट तिमीसँग दश हजार मानिसहरू ल्‍याऊ ।

    7याबीनका सेनाका कमाण्‍डर सीसरालाई त्यसका रथहरू र त्यसका सेनाका साथमा कीशोन खोलामा तिमीसित भेट्नलाई म ल्याउनेछु, र तिमीलाई म त्यसमाथि विजयी बनाउनेछु ।’”

  • नीति 31:19-20
    2 पदहरू
    71%

    19उनले आफ्नो हात चर्खाको डन्डामा राख्छिन्, र आफ्नै औँलाले पिउरी समात्छिन् ।

    20उनले गरिब मानिसहरूप्रति आफ्नो मुट्ठी खोल्छिन् । उनले खाँचोमा परेकाहरूप्रति आफ्नो हात अगाडि बढाउँछिन् ।

  • न्या 9:53-54
    2 पदहरू
    69%

    53तर एउटी स्‍त्रीले अबीमेलेकको शिरमा जाँतोको माथिल्लो फक्‍लेटो झारी र त्यसले तिनको खप्पर फुट्‍यो ।

    54त्यसपछि उनले आफ्नो हतियार बोक्‍ने जवान मानिसलाई झट्टै बोलाए र उसलाई भने, “आफ्‍नो तरवार झिकेर मलाई मार्, ताकि कसैले मेरो बारेमा यस्तो नभनोस्, ‘एउटी स्‍त्रीले त्यसलाई मारी ।’” त्यसैले तिनका जवान मानिसले तिनलाई तरवारले छेडिदिए, र तिनी मरे ।

  • 17उनी शक्तिले आभुषित हुन्छिन् र आफ्ना पाखुराहरूलाई बलियो बनाउँछिन् ।

  • व्यव 25:11-12
    2 पदहरू
    68%

    11मानिसहरू एक-अर्कासित झगदा गर्दा एक जनाकी पत्‍नी आएर आफ्नो पतिलाई बचाउन विरोधीको गुप्‍ताङ्ग अँठ्याई भने

    12त्यसको हात काटिदिनू । त्यसलाई नटिठ्याउनू ।

  • 9तिनीहरूलाई पनि तपाईंले मिद्यनलाई गरेझैं, सीसरालाई गरेझैं र कीशोन खोलामा याबीनलाई गरेझैं गर्नुहोस् ।

  • 2परमप्रभुले तिनीहरूलाई कनानका राजा याबीनको हातमा बेचिदिनुभयो जसले हासोरमा राज्‍य गर्थे । तिनको सेनाका कमाण्‍डरको नाउँ सीसरा थियो, र उनी हरोशेत हग्गोयिममा बस्थे ।

  • 6म तपाईंको दासीका दुई जना छोरा थिए र तिनीहरू खेतमा एक-आपसमा झगडा गरे र तिनीहरूलाई छुट्टाउने त्‍यहाव कोही पनि थिएन । एउटाले अर्कोलाई प्रहार गर्‍यो र त्यसलाई मार्‍यो ।

  • 26त्यसले धेरै मानिसहरूलाई फसाएकी छे । त्यसका सिकारहरू धेरै छन् ।

  • 10तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्‍त्रीहरूका माझमा त्यो कुख्‍यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए ।

  • 49दाऊदले आफ्नो झोलामा आफ्‍नो हात हाले, त्‍यसबाट एउटा ढुङ्गा लिए, त्यसलाई घुयेंत्रोमा घुमाए र पलिश्तीको निधारमा हिर्काए । त्‍यो ढुङ्गा उक्‍त पलिश्‍तीको निधारमै गाडियो र ऊ घोप्टो परेर जमिनमा ढल्‍यो ।

  • 20तरवारद्वारा मारिएकाहरूका बिचमा तिनीहरू मर्नेछन् । तरवार थुतिएको छ! त्यो तरवारलाई दिइएको छ । तिनीहरूले त्यसलाई र त्यसका भिडलाई कब्‍जा गर्नेछन् ।

  • 1¶ अब, ए सेनाहरूका छोरी, युद्धको निम्ति पङ्क्तिमा आओ, किनभने सेनाहरूले सहरको वरिपरि घेरा लगाएका छन्, र तिनीहरूले इस्राएलका न्यायकर्ताको गालामा छडीले हिर्काउनेछन् ।

  • 19त्यसले तिउनलाई आफ्नो काखमा सुताई । तिनको शिरको सातवटा लट्टा खौरिदिन त्यसले एक जना मानिसलाई बोलाई, र त्यसले तिनलाई काबूमा पार्न लागी, किनभने तिनको शक्ति हटिसकेको थियो ।

  • 13उनले ऊन र सनपाट रोज्छिन्, अनि आफ्ना हातले खुसी भएर काम गर्छिन् ।

  • 6हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ । हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ ।

  • 9तिनले भनिन्, “निश्‍चित रूपमा म तिमीसँग जानेछु । तर जुन बाटो तिमी जाँदैछौ त्यसले तिमीलाई सम्मान दिनेछैन, किनकि परमप्रभुले सीसरालाई एउटी स्‍त्रीको हातमा बेचिदिनुहुनेछ ।” त्यसपछि दबोरा खडा भइन् र बाराकसँग केदेशमा गइन् ।

  • 21एहूदले आफ्नो देब्रे हातले आफ्‍नो दाहिने जाँघबाट तरवार झिके, र त्‍यो तिनले राजाको शरीरमा रोपिदिए ।

  • 15शिमशोनले एउटा गधाको आलो बङ्गारो भेट्टाए, र तिनले त्यो उठाए र त्यसैले एक हजार जना मानिसलाई मारे ।

  • 14जब तिनी निदाए, दलीलाले उनका कपालका सातवटा लट्टा बनाई तानमा बुनेर कीलामा कसरे राखी, अनि त्यसले उनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र तानसमेत कीला उखेलिदिए ।

  • न्या 5:20-21
    2 पदहरू
    66%

    20आकाशबाट ताराहरू युद्ध लडे, आकाशमा तिनीहरूका मार्गहरूबाट तिनीहरू सीसराको विरुद्धमा युद्ध लडे ।

    21कीशोन खोलाले तिनीहरूलाई बगायो, त्यो पुरानो खोला, कीशोन खोला । ए मेरो प्राण, निरन्‍तर हिंड, शाहसी हो!

  • 25त्यसपछि सिप्पोराले चकमके कर्द लिई आफ्नो छोरोको खलडी काटेर त्यसलाई मोशाको खुट्टामा छुवाइन् ।

  • 16हरेक दिन त्यसले तिनलाई यही कुरा गरेर दबाब दिई, र त्यसले यति दबाब दिई, कि तिनले मर्ने इच्छा गरे ।

  • 10त्यसैले म उनको छेउमा गएँ र उनलाई मारे, किनभने उनी ढलेपछि बाँच्‍ने छैनन् भन्‍ने मैले थाहा पाएँ । त्यसपछि मैले उनको शिरको शिरपेच र हातको बाजु लिएँ र हजुर मेरो मलिकहाँ ल्याएको छु ।”