नीतिवचन 7:26

अनलक शाब्दिक बाइबल

त्यसले धेरै मानिसहरूलाई फसाएकी छे । त्यसका सिकारहरू धेरै छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नहे 13:26 : 26 के यी स्‍त्रीहरूकै कारणले इस्राएलका राजा सोलोमनले पाप गरेका होइनन् र? जाति-जातिहरूका बिचमा तिनीजस्ता राजा कोही थिइनन्, र तिनका परमेश्‍वरले तिनलाई प्रेम गर्नुहुन्थ्यो, अनि परमेश्‍वरले सारा इस्राएलमाथि तिनलाई राजा बनाउनुभयो । तथापि, तिनका विदेशी पत्‍नीहरूले तिनलाई पाप गर्न लगाए । के तपाईंहरूको कुरा सुनी यी सबै दुष्‍ट काम गर्ने अनि विदेशी स्‍त्रीहरूसित बिहे गरी हाम्रा परमेश्‍वरलाई धोका दिने?”
  • नीति 6:33 : 33 त्यो चोट र लाजको हकदार बन्छ, र त्यसको अपमान मेटिने छैन ।
  • १ कोरि 10:8 : 8 तिनीहरू धेरैले गरेझैँ हामीले यौन अनैतिक कार्य नगरौँ, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्‍ये तेइस हजार मरे ।
  • २ कोरि 12:21 : 21 म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ । त्यस्ता धेरै मानिसहरू जसले अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्‍चात्ताप गरेका छैनन्, तिनीहरूको कारण मैले शोक पर्नुपर्ला कि भनेर मलाई डर लाग्छ ।
  • १ पत्रु 2:11 : 11 हेर, तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने पापमय इच्छाबाट टाढा रहनको निम्ति परदेशीहरू र प्रवासीहरूलाई झैँ म तिमीहरूलाई बोलाउँछु ।
  • न्या 16:21 : 21 पलिश्तीहरूले तिनलाई समाते र तिनका आँखा निकालिदिए । उनीहरूले तिनलाई गाजामा ल्याएर काँसाका साङ्लाले बाँधे । तिनी झ्यालखानामा जाँतो पिंध्‍न थाले ।
  • २ शमू 3:6-8 : 6 शाऊलका घराना र दाऊदका घराना बिचको युद्धको समयमा शाऊलको घरानामा अबनेरले आफूलाई निकै शक्तिशाली बनाए । 7 अय्याकी छोरी रिश्‍पा शाऊलकी उपपत्‍नी थिइन् । ईश्‍बोशेतले अबनेरलाई भने, “तिमी मेरो बुबाको उपपत्‍नीसँग किन सुतेको?” 8 त्यसपछि ईश्‍बोशेतको कुराले अबनेर रिसले आगो भए र भने, “के म यहूदाको कुकुर हुँ? आज म तपाईंलाई दाऊदको हातमा नसुम्‍पेर तपाईंको बुबा शाऊको घराना, तिनका भाइहरू र तिनका मित्रहरूप्रति बफदारीता देखाइरहेको छु । तर अहिले तपाईंले मलाई यो स्‍त्रीको बारेको अपराधको दोष लगानुहुन्छ?
  • २ शमू 3:27 : 27 जब अबनेर हेब्रोनमा फर्के, तिनीसित गोप्य रूपले कुरा गर्नलाई योआबले तिनलाई बिच ढोकाको एकातिर लिएर गए । त्‍यहाँ योआबले तिनलाई पेटमा घोचे र तिनलाई मारे । यसरी योआबले आफ्‍नो भाइ असाहेलको रगतको बदला लिए ।
  • २ शमू 12:9-9 : 9 त्यसैले तैंले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्यसको पत्‍नीलाई तेरो आफ्‍नै पत्‍नी हुनलाई लगेको छस् । तैंले अम्‍मोनको फौजको तरवारले त्यसलाई मारिस् । 10 त्यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन, किनभने तैंले मलाई घृणा गरेको छस् र हित्ती उरियाहको पत्‍नीलाई तेरो आफ्‍नो पत्‍नीको रूपमा लिएको छस् ।' 11 परमप्रभु भन्‍नुहुन्छ, 'हेर्, म तेरो आफ्नै घरानाबाट विपद् ल्‍याउने छु । तेरै आफ्‍नै आँखाको सामु तेरा पत्‍नीहरूलाई म लिने छु र ती तेरो छिमेकीलाई दिने छु, र दिनको उज्‍यालोमा त्यो तेरा पत्‍नीहरूसित सुत्‍ने छ ।
  • १ राजा 11:1-2 : 1 ¶ अब राजा सोलोमनले फारोकी छोरीलगायत मोआबी, अम्मोनी, सीदोनी र हित्तीजस्ता धेरै विदेशी स्त्रीहरूलाई प्रेम गरे । 2 तिनीहरू त्यस्ता जातिहरूका थिए जसको बारेमा परमप्रभुले इस्राएललीहरूलाई भन्नुभएको थियो, “विवाह गर्न तिनीहरूका बिचमा नजाओ, न त तिनीहरू तिमीहरूका बिचमा आऊन् किनकि निश्चय नै, तिनीहरूले तिमीहरूका ह्रदय तिनीहरूका देवताहरूतर्फ फर्काउने छन् ।” यस आज्ञाको बाबजुत पनि सोलोमन यी स्त्रीहरूप्रति मोहित भए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 27त्यसको घर पातालका मार्गहरूमा छ । तिनीहरू मृत्युका अन्धकारपूर्ण कोठाहरूमा जान्छन् ।

  • 25तिमीहरूको हृदय त्यसका मार्गहरूमा नलागोस् । त्यसका मार्गहरूमा बरालिएर नजाओ ।

  • नीति 2:18-19
    2 पदहरू
    77%

    18किनकि त्यसको घरले मृत्युमा डोर्‍याउँछ, र त्यसका बाटाहरूले तँलाई चिहानमा भएकाहरूकहाँ पुर्‍याउने छन् ।

    19त्यसकहाँ जाने कोही पनि फेरि फर्केर आउने छैनन्, र तिनीहरूले जीवनका मार्गहरू भेट्टाउने छैनन् ।

  • नीति 7:10-13
    4 पदहरू
    76%

    10एउटी स्‍त्रीले त्यसलाई भेटी, जसले वेश्याले जस्तै पहिरन लगाएकी थिई र त्यसको हृदय धूर्त थियो ।

    11त्यो चञ्चली र जिद्दीवाल थिई । त्यो आफ्नो घरमा बस्दिनथी ।

    12त्यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्यो लुकेर बस्थी ।

    13त्यसले उसलाई पक्रेर चुम्बन गरी, र निर्लज्‍ज चेहरा लिएर भनी,

  • 26पासो र जालहरूले भरिएकी कुनै पनि स्‍त्रीको मृत्यभन्दा त्योचाहिँ बढी तितो भएको मैले पाएँ । परमेश्‍वरलाई खुसी पार्ने जो कोही त्यस स्‍त्रीबाट भाग्‍ने छ, तर पापीलाई भने त्यसले लिएर जान्छे ।

  • नीति 7:21-22
    2 पदहरू
    76%

    21धेरै कुराकानी गरेर त्यो उसकहाँ फर्की । त्यसले आफ्ना मोहित तुल्याउने कुराहरूलाई उसलाई फकाई ।

    22मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्‍त्रीको पछि लाग्यो ।

  • नीति 5:3-6
    4 पदहरू
    75%

    3किनकि व्यभिचारी स्‍त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ ।

    4तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ ।

    5त्यसको खुट्टा मृत्युतिर ओह्रालो लाग्छ । त्यसका कदमहरू पातालको मार्गमा जान्छन् ।

    6त्यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्यसका चालहरू भौँतारिन्छन् । कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन ।

  • नीति 6:24-26
    3 पदहरू
    75%

    24यसले तँलाई अनैतिक स्‍त्रीबाट बचाउने छ, र त्यसका चिल्ला वचनहरूबाट जोगाउने छ ।

    25त्यसको सुन्दरताको कारण तेरो हृदयमा कामवासनाले नजल, र त्यसका आँखाले तँलाई नफसाओस् ।

    26वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्‍नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ ।

  • 20तरवारद्वारा मारिएकाहरूका बिचमा तिनीहरू मर्नेछन् । तरवार थुतिएको छ! त्यो तरवारलाई दिइएको छ । तिनीहरूले त्यसलाई र त्यसका भिडलाई कब्‍जा गर्नेछन् ।

  • नीति 9:1-4
    4 पदहरू
    73%

    1¶ बुद्धिले आफ्नै घर बनाएको छ । त्यसले चट्टानबाट सातवटा खम्बा गाडेको छ ।

    2त्यसले आफ्ना पशुहरू मारेको छ । त्यसले आफ्नो दाखमद्य मिसाएको छ, र त्यसले आफ्नो टेबुल तयार पारेको छ ।

    3त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ । त्यो सहरको सबैभन्दा अग्लो टाकुराबाट चिच्‍च्याउँछ ।

    4“निर्बुद्धि को हो? त्यो यहाँ फर्कोस् ।” त्यो समझ नभएको व्यक्तिसित बोल्छ ।

  • नीति 23:27-28
    2 पदहरू
    73%

    27किनभने वेश्या एउटा गहिरो खाडल हो, र अनैतिक स्‍त्री एउटा साँघुरो इनार हो ।

    28त्यो चोरझैँ ढुकिबस्छे, र त्यसले मानिसहरूका बिचमा विश्‍वासघातीहरूको सङ्ख्या बढाउँछे ।

  • 7जसरी इनारले ताजा पानी दिन्छ, त्यसरी नै यो सहरले निरन्‍तर दुष्‍टता उत्पादन गर्छ । त्‍यसको भित्र हिंसा र उपद्रव सुनिन्छ । रोग र घाउहरू मेरो अनुहारको सामु निरन्तर छन् ।

  • 8त्यो जवान मानिस त्यस स्‍त्री बस्‍ने गल्ली नजिकबाट गयो, र त्यो स्‍त्रीको घरतर्फ लाग्यो ।

  • 17त्यसको मार्ग दयाको मार्ग हो, र त्यसका सबै बाटा शान्तिका छन् ।

  • 8तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ ।

  • यशा 3:25-26
    2 पदहरू
    70%

    25तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् ।

    26यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्‍नेछ ।

  • 14व्यभिचारी स्‍त्रीको मुख गहिरो खाडलजस्तै हो । त्यसभित्र खस्‍नेको विरुद्धमा परमप्रभुको क्रोध दन्कन्छ ।

  • 14त्यो आफ्नो घरको ढोकामा, सहरका सबैभन्दा अग्ला ठाउँहरूमा बस्छे ।

  • 10तैँले धेरै मानिसहरूलाई सर्वनाश गरेर आफ्नो घरानाको निम्ति शर्म ल्याएको छस्, र आफ्नै विरुद्ध पाप गरेको छस् ।

  • 10तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्‍त्रीहरूका माझमा त्यो कुख्‍यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए ।

  • 32तँ व्‍यभिचारी स्‍त्री, तँ आफ्‍नो पतिको सट्टामा बिरानाहरूलाई स्वीकार गर्छेस् ।

  • 27वीरहरू कसरी ढलेका छन्, र युद्धका हतियारहरू कसरी नष्‍ट भएका छन् ।”

  • 5तब तिनले तँलाई व्यभिचारी स्‍त्री र अनैतिक स्‍त्रीको मोहित तुल्याउने कुराहरूबाट बचाउने छन् ।

  • 22बुद्धिमान् मानिसले शक्तिशाली योद्धाहरूको सहरको लेखाजोखा गर्छ, र तिनीहरूले भरोसा गरेको किल्लालाई भत्काइदिन्छ ।

  • 10तथापि नो शहर निर्वासनमा लगियो, त्यो दासत्वमा लगियो, त्यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्रा-टुक्रा पारिए । त्यसका शत्रुहरूले त्यसका भारदारहरूका निम्ति चिट्ठा हाले, र त्यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए ।

  • 7जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु, म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’

  • 16बुद्धि र विवेकले तँलाई व्यभिचारी स्‍त्री, र अनैतिक स्‍त्रीसाथै त्यसका चाप्लुसी वचानहरूबाट बचाउने छ ।

  • 27तिनका पाउनेर त्यो मर्‍यो, त्यो त्यहीं ढल्यो, र त्यहीं ढलिरह्‍यो । तिनका पाउका बिचमा त्यो ढल्यो । जहाँ त्यो ढल्यो, त्यहीं क्रुरतासित मारियो ।

  • 26त्यसकारण त्यस दिन त्‍यसका युवाहरू सार्वजनिक ठाउँहरूमा ढल्नेछन्, र सबै योद्धा नष्‍ट हुनेछन्, यो सर्वशक्तिमान् यो परमप्रभुको घोषणा हो ।”

  • 21होहल्लाले भरिएका सडकहरूको माथि त्यो कराउँछ, र सहरको मूल ढोकामा त्यसले भन्छ,

  • 1¶ बुद्धिमान् स्‍त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्‍त्रीले आफ्नै हातले त्यो भत्काउँछे ।

  • 20व्यभिचारी स्‍त्रीको चाल यस्तो हुन्छः त्यसले खाएर आफ्नो मुख पुछ्छे अनि भन्छे, “मैले कुनै गल्ती गरेकी छैनँ ।”

  • 4टुनामुनामा निपुण, त्यो सुन्दर वेश्या, जसले आफ्नो, र टुनामुनाले जाति-जातिहरूलाई बेच्छे, त्यसको कामवासनापूर्ण कामहरूका कारण यो भइरहेको छ ।

  • 3सहरको मूल ढोकाको सामु, प्रवेशद्वारमा त्यो चर्को सोरले यसरी कराउँछ,

  • 23त्यो खाडलका भित्तामा चिहान भएकाहरू त्यसका सबै मानिससँगै त्यहाँ छन् । जीवितहरूका देशमा आतंक ल्याउने ती तरवारले मारिएकाहरू सबै जनालाई त्यसको चिहानले घेर्दछ ।