नीतिवचन 7:21

अनलक शाब्दिक बाइबल

धेरै कुराकानी गरेर त्यो उसकहाँ फर्की । त्यसले आफ्ना मोहित तुल्याउने कुराहरूलाई उसलाई फकाई ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 5:3 : 3 किनकि व्यभिचारी स्‍त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ ।
  • भजन 12:2 : 2 हरेकले आफ्ना छिमेकीलाई फोस्रा कुरा भन्छ । हरेकले चाप्लुसी ओठहरू र झुट मनले बोल्छन् ।
  • न्या 16:15-17 : 15 त्यसले उनलाई भनी, “तपाईंले मलाई कसरी ‘म तिमीलाई प्रेम गर्छु’ भन्‍न सक्‍नुहुन्छ, जब कि तपाईंले आफ्ना गोप्य कुराहरू मलाई बताउनुहुन्‍न? तिन पटक तपाईंले मेरो उपहास गर्नुभएको छ र तपाईंसँग यस्तो महाबल कसरी आउँछ भनेर भन्‍नुभएको छैन ।” 16 हरेक दिन त्यसले तिनलाई यही कुरा गरेर दबाब दिई, र त्यसले यति दबाब दिई, कि तिनले मर्ने इच्छा गरे । 17 यसैले शिमशोनले त्यसलाई हरेक कुरा भने र तिनलाई यसो भनिदिए, “मेरो शिरको कपालमा कहिल्यै पनि मैले खौरेको छैन, किनभने मेरी आमाको गर्भदेखि नै म परमेश्‍वरको निम्ति एक नाजिरी भएको छु । मेरो कपाल खौरियो भने, मेरो शक्ति मबाट जानेछ, र म कमजोर र सामान्य मानिसझैं हुनेछु ।”
  • १ शमू 28:23 : 23 तर शाऊलले इन्कार गरे र भने, “मैले खाने छैन ।” तर ती स्‍त्रीसहित तिनका सेवकहरूले तिनलाई बाध्य बनाए र तिनले तिनीहरूको कुरा माने । त्यसैले तिनी भूइँबाट उठे र ओछ्यानमा बसे ।
  • २ राजा 4:8 : 8 एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्‍ठित स्‍त्री बस्थिन् । उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन् । त्यसैले जब एलीशा त्यो बाटो भएर जान्थे, तब तिनी खानको लागि त्यहाँ रोकिन्थे ।
  • नीति 7:5 : 5 तब तिनले तँलाई व्यभिचारी स्‍त्री र अनैतिक स्‍त्रीको मोहित तुल्याउने कुराहरूबाट बचाउने छन् ।
  • लू 14:23 : 23 मालिकले सेवकलाई भने, ‘राजमार्गहरू, गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर, ताकि मेरो घर भरिएको होस् ।
  • लू 24:29 : 29 तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्‍नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले, येशू तिनीहरूसँगै बस्‍न जानुभयो ।
  • प्रेरि 16:15 : 15 तिनी र तिनका परिवार सबैजनालाई बप्‍तिस्‍मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्‍वासयोग्य ठान्‍नुहुन्छ भने मेरो घरमा आएर बस्‍नुहोस् ।” भनी हामीलाई मनाइन् ।
  • २ कोरि 5:14 : 14 किनकि ख्रीष्‍टको प्रेमले हामीलाई बाध्य पार्छ र हामीलाई यो निश्‍चय छ कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् ।
  • नीति 6:24 : 24 यसले तँलाई अनैतिक स्‍त्रीबाट बचाउने छ, र त्यसका चिल्ला वचनहरूबाट जोगाउने छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 7:22-23
    2 पदहरू
    84%

    22मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्‍त्रीको पछि लाग्यो ।

    23वाणले त्यसको कलेजो नछेडेसम्म त्यो पछि लागरिरह्‍यो । त्यो जालतिर कुदिरहरेको चरोजस्तो थियो । आफ्नो ज्यानै गुमाउनुपर्थ्यो भनी त्यसलाई थाहा थिएन ।

  • नीति 7:10-13
    4 पदहरू
    80%

    10एउटी स्‍त्रीले त्यसलाई भेटी, जसले वेश्याले जस्तै पहिरन लगाएकी थिई र त्यसको हृदय धूर्त थियो ।

    11त्यो चञ्चली र जिद्दीवाल थिई । त्यो आफ्नो घरमा बस्दिनथी ।

    12त्यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्यो लुकेर बस्थी ।

    13त्यसले उसलाई पक्रेर चुम्बन गरी, र निर्लज्‍ज चेहरा लिएर भनी,

  • नीति 2:16-18
    3 पदहरू
    78%

    16बुद्धि र विवेकले तँलाई व्यभिचारी स्‍त्री, र अनैतिक स्‍त्रीसाथै त्यसका चाप्लुसी वचानहरूबाट बचाउने छ ।

    17त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्‍वरको करारलाई भुल्छे ।

    18किनकि त्यसको घरले मृत्युमा डोर्‍याउँछ, र त्यसका बाटाहरूले तँलाई चिहानमा भएकाहरूकहाँ पुर्‍याउने छन् ।

  • 20उहाँले आफूसित पैसाको थैली लिएर जानुभएको छ । उहाँ पूर्णिमामा मात्र घर फर्कनुहुने छ ।”

  • 8त्यो जवान मानिस त्यस स्‍त्री बस्‍ने गल्ली नजिकबाट गयो, र त्यो स्‍त्रीको घरतर्फ लाग्यो ।

  • 5तब तिनले तँलाई व्यभिचारी स्‍त्री र अनैतिक स्‍त्रीको मोहित तुल्याउने कुराहरूबाट बचाउने छन् ।

  • नीति 7:25-27
    3 पदहरू
    76%

    25तिमीहरूको हृदय त्यसका मार्गहरूमा नलागोस् । त्यसका मार्गहरूमा बरालिएर नजाओ ।

    26त्यसले धेरै मानिसहरूलाई फसाएकी छे । त्यसका सिकारहरू धेरै छन् ।

    27त्यसको घर पातालका मार्गहरूमा छ । तिनीहरू मृत्युका अन्धकारपूर्ण कोठाहरूमा जान्छन् ।

  • नीति 5:3-4
    2 पदहरू
    76%

    3किनकि व्यभिचारी स्‍त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ ।

    4तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ ।

  • नीति 6:24-26
    3 पदहरू
    75%

    24यसले तँलाई अनैतिक स्‍त्रीबाट बचाउने छ, र त्यसका चिल्ला वचनहरूबाट जोगाउने छ ।

    25त्यसको सुन्दरताको कारण तेरो हृदयमा कामवासनाले नजल, र त्यसका आँखाले तँलाई नफसाओस् ।

    26वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्‍नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ ।

  • 26पासो र जालहरूले भरिएकी कुनै पनि स्‍त्रीको मृत्यभन्दा त्योचाहिँ बढी तितो भएको मैले पाएँ । परमेश्‍वरलाई खुसी पार्ने जो कोही त्यस स्‍त्रीबाट भाग्‍ने छ, तर पापीलाई भने त्यसले लिएर जान्छे ।

  • नीति 5:19-20
    2 पदहरू
    73%

    19किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे । त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्‍ट पारून् । त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस् ।

    20हे मेरो छोरो, तँ किन व्यभिचारी स्‍त्रीद्वारा फसाइने? तैँले किन अनैतिक स्‍त्रीलाई अङ्गालो हाल्ने?

  • 20व्यभिचारी स्‍त्रीको चाल यस्तो हुन्छः त्यसले खाएर आफ्नो मुख पुछ्छे अनि भन्छे, “मैले कुनै गल्ती गरेकी छैनँ ।”

  • 32तँ व्‍यभिचारी स्‍त्री, तँ आफ्‍नो पतिको सट्टामा बिरानाहरूलाई स्वीकार गर्छेस् ।

  • 8तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ ।

  • 14व्यभिचारी स्‍त्रीको मुख गहिरो खाडलजस्तै हो । त्यसभित्र खस्‍नेको विरुद्धमा परमप्रभुको क्रोध दन्कन्छ ।

  • 28त्यो चोरझैँ ढुकिबस्छे, र त्यसले मानिसहरूका बिचमा विश्‍वासघातीहरूको सङ्ख्या बढाउँछे ।

  • 16कुनै पुरुषले मगनी नभएकी कन्या केटीलाई फकाएर त्यससित सुत्यो भने त्यसले दुलहीको रकम दिएर त्यसलाई आफ्नी पत्‍नी बनाउनुपर्छ ।

  • 16“कोही निर्बुद्धि छ भने त्यो यहाँ फर्कोस्,” समझशक्ति नभएकाहरूलाई त्यसले भन्छे ।

  • 14र बदनाम गराउने नियतले पत्‍नीलाई यसो भन्छ, 'मैले यो स्‍त्रीलाई ल्याएँ, तर म त्योसित सुत्‍न जाँदा त्यो कन्या केटी भएको पाइनँ ।'

  • यहे 23:42-43
    2 पदहरू
    71%

    42यसैले हल्ला गर्ने भीड त्यसको वरिपरी थियो । तिनमा सबै किसिमका मानिसहरू, यतिसम्म कि उजाड-स्‍थानबाट साबीहरू पनि ल्याइए, र उनीहरूले आफ्‍ना हातमा चुराहरू लगाए र शिरमा सुन्दर मुकुटहरू लगाए ।

    43तब व्‍भिचारले दिक्‍क भएकी स्‍त्रीको विषयमा मैले यसो भनें, 'अब उनीहरू त्‍यससँग यौनका अनैतिक काम गर्नेछन्, र त्यसले उनीहरूसँग गर्नेछे ।’

  • 17त्यसको मार्ग दयाको मार्ग हो, र त्यसका सबै बाटा शान्तिका छन् ।

  • 17त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए र आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई ।

  • 26उनले बुद्धिसित आफ्नो मुख खोल्छिन्, र दयाको व्यवस्था उनको जिब्रोमा छ ।

  • 4“निर्बुद्धि को हो? त्यो यहाँ फर्कोस् ।” त्यो समझ नभएको व्यक्तिसित बोल्छ ।

  • 22विवेकहीन सुन्दरी स्‍त्री सुँगुरको नाकमा सुनको नत्थजस्तै हो ।

  • 14तापनि अमनोनले उनको कुरा सुनेनन् । तिनी तामारभन्दा बलिया भएका हुनाले, तिनले उनलाई समाते र तिनी उनीसित सुते ।

  • 15मेरी प्रिय जससित धेरै दुष्‍ट मनसाय थिए, त्यो किन मेरो मन्दिरमा छे? तेरा बलिदानहरूको मासुले तँलाई मदत गर्न सक्दैन । तेरा दुष्‍ट कामहरूको कारणले तँ आनन्द मनाउँछस् ।

  • 21होहल्लाले भरिएका सडकहरूको माथि त्यो कराउँछ, र सहरको मूल ढोकामा त्यसले भन्छ,

  • 16त्यसलाई नियन्त्रण गर्नु बतासलाई नियन्त्रण गर्नुझैँ हो वा दाहिने हातमा तेललाई समात्‍नुझैँ हो ।

  • 17उत्तरको राजा आफ्नो सम्पूर्ण राज्यको शक्तिमा आउने निर्णय गर्नेछन्, र तिनीसित सम्झौताको एउटा दस्‍तावेज हुनेछ जुन तिनले दक्षिणको राजासँग गर्नेछन् । दक्षिणको राज्यलाई खत्तम गर्न तिनले एउटी स्‍त्रीको छोरीलाई उनीसित विवाहमा गरिदिनेछन् । तर त्यो योजनाले तिनलाई सफल वा मदत हुनेछैन ।

  • 6त्यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्यसका चालहरू भौँतारिन्छन् । कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन ।

  • 29हिंसा गर्ने मानिसले आफ्नो छिमेकीलाई झुट बोल्छ, र त्यसलाई बेठिक मार्गमा लैजान्छ ।

  • 7त्यो आफ्ना प्रेमीहरूको पछि लाग्‍नेछ, तर त्यसले तिनीहरूलाई भेट्‍टाउनेछैन । त्यसले तिनीहरूलाई खोज्‍नेछ, तर त्यसले तिनीहरूलाई पाउनेछैन । अनि त्यसले भन्‍नेछ, “म आफ्‍नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो ।”

  • 16हरेक दिन त्यसले तिनलाई यही कुरा गरेर दबाब दिई, र त्यसले यति दबाब दिई, कि तिनले मर्ने इच्छा गरे ।

  • 10तब मेरी पत्‍नीले अर्कैको लागि अन्‍न पिसोस्, र अरू मानिसहरू त्यसमाथि घोप्‍टो परून् ।

  • 3के त्यसले तँलाई धेरै बिन्ती चढाउनेछ र? के त्यसले तँसित नम्र वचनहरू बोल्नेछ र?

  • 33तेरा आँखाहरूले अनौठा कुराहरू देख्‍ने छन्, र तेरो मनले टेडा कुराहरू व्यक्त गर्ने छन् ।