नीतिवचन 5:8
तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ ।
तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
25तिमीहरूको हृदय त्यसका मार्गहरूमा नलागोस् । त्यसका मार्गहरूमा बरालिएर नजाओ ।
9यसरी तिमीहरूले आफ्नो इज्जत अरूलाई दिने छैनौ वा तिमीहरूको उमेर क्रुर व्यक्तिलाई दिने सुम्पने छैनौ ।
3किनकि व्यभिचारी स्त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ ।
4तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ ।
5त्यसको खुट्टा मृत्युतिर ओह्रालो लाग्छ । त्यसका कदमहरू पातालको मार्गमा जान्छन् ।
6त्यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्यसका चालहरू भौँतारिन्छन् । कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन ।
7अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्नदेखि नतर्क ।
5तब तिनले तँलाई व्यभिचारी स्त्री र अनैतिक स्त्रीको मोहित तुल्याउने कुराहरूबाट बचाउने छन् ।
6मेरो घरको झ्यालमा बसेर मैले आँखी-झ्यालबाट हेर्दै थिएँ ।
14दुष्टहरूको चालमा नहिँड् र खराबी गर्नेहरूको मार्गमा नजा ।
15त्यसलाई त्यागिदे; त्यसमा नहिँड् । त्यसबाट फर्केर अर्को बाटो लाग् ।
8त्यो जवान मानिस त्यस स्त्री बस्ने गल्ली नजिकबाट गयो, र त्यो स्त्रीको घरतर्फ लाग्यो ।
24यसले तँलाई अनैतिक स्त्रीबाट बचाउने छ, र त्यसका चिल्ला वचनहरूबाट जोगाउने छ ।
25त्यसको सुन्दरताको कारण तेरो हृदयमा कामवासनाले नजल, र त्यसका आँखाले तँलाई नफसाओस् ।
26वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ ।
16बुद्धि र विवेकले तँलाई व्यभिचारी स्त्री, र अनैतिक स्त्रीसाथै त्यसका चाप्लुसी वचानहरूबाट बचाउने छ ।
17त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्वरको करारलाई भुल्छे ।
18किनकि त्यसको घरले मृत्युमा डोर्याउँछ, र त्यसका बाटाहरूले तँलाई चिहानमा भएकाहरूकहाँ पुर्याउने छन् ।
19त्यसकहाँ जाने कोही पनि फेरि फर्केर आउने छैनन्, र तिनीहरूले जीवनका मार्गहरू भेट्टाउने छैनन् ।
20त्यसकारण असल मानिसहरूको बाटोमा हिँड्, र धर्मी मानिसहरूको मार्गको पछि लाग ।
20हे मेरो छोरो, तँ किन व्यभिचारी स्त्रीद्वारा फसाइने? तैँले किन अनैतिक स्त्रीलाई अङ्गालो हाल्ने?
11त्यो चञ्चली र जिद्दीवाल थिई । त्यो आफ्नो घरमा बस्दिनथी ।
12त्यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्यो लुकेर बस्थी ।
15हे मेरो छोरो, तिनीहरूसँग त्यस मार्गमा नचल । तिनीहरू हिँड्ने बाटोमा तेरा पाउलाई छुन नदे ।
27त्यसको घर पातालका मार्गहरूमा छ । तिनीहरू मृत्युका अन्धकारपूर्ण कोठाहरूमा जान्छन् ।
5बुद्धि र समझशक्ति प्राप्त गर् । मेरो मुखका वचनहरूलाई नबिर्सी र इन्कार नगर् ।
6बुद्धिलाई नत्याग् र त्यसले तेरो निगरानी गर्ने छ । त्यसलाई प्रेम गर्, र त्यसले तँलाई सुरक्षा दिने छ ।
14त्यो आफ्नो घरको ढोकामा, सहरका सबैभन्दा अग्ला ठाउँहरूमा बस्छे ।
15त्यसले सडकमा हिँड्नेहरू, आफ्नो बाटोम सिधा अगाडि बढ्नेहरूलाई डाक्दै छे ।
29आफ्नो छिमेकीकी पत्नीसित सुत्ने पुरुष पनि त्यस्तै हुन्छ । त्यससित सुत्ने मानिस दण्डविना उम्कने छैन ।
5कुनै पनि छिमेकीमाथि विश्वास नगर्नू । कुनै साथिमाथि भरोसा नगर्नू । तिम्रा अङ्गालोमा बस्ने स्त्रीसँग पनि होसियारसँग बोल्नू ।
9झगडालु पत्नीसित एउटै घरमा बस्नुभन्दा कौसीको कुनामा बस्नु बेस हुन्छ ।
24कुवाक्यलाई तँबाट पर राख्, र भ्रष्ट कुराकानीलाई तँबाट टाढा राख् ।
32तँ व्यभिचारी स्त्री, तँ आफ्नो पतिको सट्टामा बिरानाहरूलाई स्वीकार गर्छेस् ।
17आफ्नो छिमेकीको घरमा अक्सर जाने नगर् । त्यो तँदेखि वाक्क भएर तँलाई घृणा गर्छ ।
17ती तेरा लागि मात्र होऊन्, र तँसित भएका परदेशीहरूका लागि नहोऊन् ।
18तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित भएको होस् ।
3सहरको मूल ढोकाको सामु, प्रवेशद्वारमा त्यो चर्को सोरले यसरी कराउँछ,
5टेडा मानिसहरूको मार्गमा काँढा र पासाहरू लुकेका हुन्छन् । आफ्नो जीवनको रखवाली गर्नेचाहिँ तीबाट टाढै बस्ने छन् ।
3स्त्रीलाई तेरो बल नदे वा राजाहरूलाई नष्ट गर्नेहरूलाई तेरा चालहरू नदे ।
14व्यभिचारी स्त्रीको मुख गहिरो खाडलजस्तै हो । त्यसभित्र खस्नेको विरुद्धमा परमप्रभुको क्रोध दन्कन्छ ।
10हे मेरो छोरो, पापीहरूले तँलाई तिनीहरूकै पापमा बहकाउन खोजे भने, तिनीहरूको पछि नलाग् ।
27किनभने वेश्या एउटा गहिरो खाडल हो, र अनैतिक स्त्री एउटा साँघुरो इनार हो ।
21धेरै कुराकानी गरेर त्यो उसकहाँ फर्की । त्यसले आफ्ना मोहित तुल्याउने कुराहरूलाई उसलाई फकाई ।
22मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्त्रीको पछि लाग्यो ।
27दाहिने वा देब्रेतिर नलाग् । खराबीबाट तेरो चाललाई फर्का ।
4“निर्बुद्धि को हो? त्यो यहाँ फर्कोस् ।” त्यो समझ नभएको व्यक्तिसित बोल्छ ।
24झगडालु पत्नीसँग एउटै घरमा बस्नुभन्दा कौसीको कुनामा बस्नु बेस हुन्छ ।
9मेरो हृदय स्त्रीद्वारा धोकामा परेको छ भने, र मेरो छिमेकीको ढोकामा म ढुकिबसेको छु भने,
19कुनै स्त्रीको रजस्वलाको समयमा त्योसँग सहवास नगर् । त्यो समयमा त्यो अशुद्ध हुन्छे ।