निर्गमन 4:7

अनलक शाब्दिक बाइबल

परमप्रभुले भन्‍नुभयो, “फेरि तेरो हात खास्टोभित्र राख् ।” त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे र तिनले हात बाहिर निकाल्दा त्यो तिनको शरीरको अरू मासुजस्तै स्वस्थ भएको थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 5:14 : 14 तब तिनी तल गए र परमेश्‍वरका मानिसको सल्‍लाह मानेर यर्दमा आफैलाई सात पल्ट डुबुल्की लगाए । तिनको देह बच्‍चाको झैँ पहिलेजस्तै भयो र तिनी निको भए ।
  • मत्त 8:3 : 3 येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्‍नुभयो, “म चाहन्‍छु । तिमी शुद्ध होऊ ।” तब तुरून्‍तै आफ्नो कुष्‍ठरोगबाट ऊ शुद्ध भयो ।
  • व्यव 32:39 : 39 अब हेर, म नै परमेश्‍वर हुँ, र मबाहेक अर्को कुनै ईश्‍वर छैन । म नै मार्छु, र जीवित पार्छु । म नै चोट पुर्‍याउँछु, र निको पार्छु । तिमीहरूलाई मेरो शक्तिबाट बचाउने कोही छैन ।
  • गिन 12:13-15 : 13 यसैले मोशाले परमप्रभुलाई पुकारे, “हे परमेश्‍वर, बिन्ती छ, उनलाई निको पारिदिनुहोस् ।” 14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यदि त्यसको बुबाले त्यसलाई अनुहारमा थुकेको भए, त्यो सात दिनसम्म अपमानित हुन्थ्यो । त्यसलाई छाउनी बाहिर लगेर थुन् । त्यसपछि त्यसलाई फेरि ले ।” 15 यसैले मिरियमलाई छाउनीबाहिर सात दिनसम्म थुनियो । तिनी छाउनीमा नफर्केसम्म मानिसहरूले यात्रा गरेनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 4:2-6
    5 पदहरू
    90%

    2परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो हातमा के छ?” मोशाले भने, “लट्ठी ।”

    3परमप्रभुले भन्‍नुभयो, “त्यसलाई भुइँमा फाल् ।” मोशाले त्यसलाई भुइँमा फाले र त्यो सर्प भयो । मोशा दौडेर भागे ।

    4परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात पसारेर त्यसको पुच्छर समात् ।” त्यसैले तिनले आफ्नो हात पसारेर त्यस सर्पलाई समाते । त्यो फेरि तिनको हातमा लट्ठी भयो ।

    5“तिनीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर तँकहाँ देखा पर्नुभएको थियो भनी तिनीहरूले विश्‍वास गरून् भन्‍नाका लागि यो चिन्ह हुनेछ ।”

    6परमप्रभुले तिनलाई यसो पनि भन्‍नुभयो, “अब तेरो हात आफ्नो खास्टोभित्र राख् ।” त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे । तिनले बाहिर निकाल्दा तिनको हातमा हिउँजस्तै सेतो कुष्‍ठरोग लागेको थियो ।

  • 8परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले मेरो शक्तिको पहिलो चिन्हलाई ध्यान दिएनन् वा विश्‍वास गरेनन् भने तिनीहरूले दोस्रो चिन्हलाई विश्‍वास गर्नेछन् ।

  • 11आफ्‍नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्‍नुहुन्छ? आफ्‍नो दाहिने हात आफ्नो खल्‍तीबाट झिक्‍नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस् ।

  • 13अनि येशूले त्यस व्यक्‍तिलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” उसले आफ्नो हात पसार्‍यो, र उसको त्यो हात अर्को हातजस्तै निको भयो ।

  • अय्यू 2:5-6
    2 पदहरू
    72%

    5तर अब आफ्नो हात पसार्नुहोस् र तिनका हड्‍डी र शरीरलाई छुनुहोस्, अनि हेर्नुहोस्, कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍ने त छैनन् ।”

    6परमप्रभुले शैतानलाई भन्‍नुभयो, “हेर्, त्यो तेरै हातमा छ । त्यसको जीवन मात्र चाहिं तैंले छोड्‍नैपर्छ ।”

  • 6त्यसैले परमेश्वरका जनले परमप्रभुलाई प्रार्थना गरे, र राजाको हात पहिलेकै जस्तो भयो ।

  • 4बेथेलमा परमेश्वरका जनले वेदीको विरुद्धमा भनेका कुरा जब राजा यारोबामले सुने तिनले वेदीबाट आफ्नो हात पसारेर यसो भने, “त्यसलाई समात्!” तब तिने परमेश्वरको जनलाई समात्न जुन हात पसारेका थिए, त्यो सुक्यो र तिनले त्यो फेरि आफूतिर ल्याउन सकेनन् ।

  • 7एलीशाले भने, “त्यसलाई समात ।” त्यसैले त्यस मानिसले आफ्नो हात पसार्‍यो र बञ्चरो समात्यो ।

  • लैव्य 13:18-19
    2 पदहरू
    70%

    18यदि कसैको छालामा कुनै फोका आयो र त्यो निको भयो,

    19र त्यस फोकाको ठाउँमा सुनिएर त्यो सेतो भयो वा त्यहाँ रातो-सेतो उज्‍ज्‍वल दाग आयो भने, त्यो पुजारीलाई देखाइनुपर्छ ।

  • 16तर आलो मासु फेरि सेतो भयो भने, त्यो मानिस पुजारीकहाँ जाओस् ।

  • 10तब उहाँले तिनीहरूका वरिपरि हेर्नुभयो र त्यस मानिसलाई भन्‍नुभयो, “तेरो हात पसार् ।” उसले त्यसै गर्‍यो र उसको हात पहिलाको जस्तै भयो ।

  • २ राजा 4:34-35
    2 पदहरू
    68%

    34तिनी ओछ्यानमाथि चढे र बालकमाथि सुते । तिनले आफ्नो मुख उसको मुखमा, आफ्ना आँखा उसको आँखामा, र आफ्ना हात उसको हातमा राखे । तिनले आफैलाई बालकमाथि लमतन्‍न पारे, र बालकको शरीर न्यानो भयो ।

    35तब एलीशा उठे, र कोठाको वरिपरि घुमे अनि तिनी फेरि ओछ्यानमा चढे र बालकमाथि लमतन्‍न परे । बालकले सात पटक छिउँ काड्‍यो र आफ्ना आँखा खोल्यो ।

  • 11तर अब आफ्नो हात पसार्नुहोस् र तिनीसित भएका सबै थोकलाई छुनुहोस्, र हेर्नुहोस् कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍ने त छैनन् ।”

  • 22याकूब आफ्‍ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्‌ ।”

  • 7तर त्यसले आफैलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो डाबर छालामा फैलियो भने, त्यसले फेरि आफूलाई पुजारीकहाँ देखाओस् ।

  • यहे 10:7-8
    2 पदहरू
    68%

    7करूबहरूका बिचमा भएको त्‍यो आगोतिर करूबहरूका बिचबाट एउटा करूबले आफ्‍नो हात छिराए, र त्‍यो माथि उठाए र सूती कपडा लाउने मानिसको हातमा त्‍यो राखिदिए । ती मानिसले त्‍यो लिए र फर्केर बाहिर गए ।

    8ती करूबहरूका पखेटामुनि मैले एक जना मानिसके हातजस्‍तै केही कुरा देखें ।

  • 16एलीशाले इस्राएलका राजालाई भने, “आफ्‍नो हात धनुमा राख्‍नुहोस् ।” त्यसैले तिनले आफ्नो हातमा धनुमा राखे । तब एलीशाले आफ्ना हात राजाका हातमाथि राखे ।

  • 13येशूले हात पसारेर छुनुभयो र भन्‍नुभयो, “म चाहन्छु कि तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्‍ठरोगले उसलाई छोड्यो ।

  • 27त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।”

  • 3येशूले हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।”

  • 1¶ उहाँ फेरि सभाघरभित्र जानुभयो, र त्यहाँ एक जना हात सुकेको मानिस थियो ।

  • 17तैँले तेरो हातमा यो लट्ठी लैजा । यसले तैँले चिन्हहरू गर्नेछस् ।”

  • 4यदि त्यसको छालामा भएको उज्‍ज्‍वल दाग सेतो छ, र त्यो छालामा गहिरो देखिँदैन, र त्यो रोग लागेको ठाउँको रौँ सेतो भएको छैन भने, रोग लागेको मानिसलाई पुजारीले सात दिनसम्‍म अलग्‍गै राखोस् ।

  • 9तब परमप्रभुले आफ्नो हात पसार्नुभयो, मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, “अब मैले तेरो मुखमा मेरो वचन हालिदिएको छु ।

  • लैव्य 13:24-26
    3 पदहरू
    67%

    24यदि छालामा पोलेर घाउ भयो र त्यसको आलो मासुमा रातो-सेतो वा सेतो दाग भयो भने,

    25पुजारीले त्यस दागमा पलाएको रौँ सेतो भएको छ वा छैन, र त्यो छालामा गहिरो भएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो पोलेको घाउ फुटेको छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।

    26तर पुजारीले त्यो जाँच गर्दा त्यस दाग भएको ठाउँमा कुनै सेतो रौँ नभएको, र त्यो छालामा नफैलिएको तर बिलाउँदै गएको पायो भने, पुजारीले त्यसलाई सात दिनसम्‍म अलग्‍गै राखोस् ।

  • 8एकपल्‍ट त्यसमाथि आफ्‍नो हात राख्, अनि तँलाई त्‍यो युद्धको सम्झना हुनेछ, र फेरि तैंले कदापि त्यसो गर्नेछैनस् ।

  • 3तब दोस्रो पटक परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 23त्यसपछि म मेरो हात निकाल्नेछु, र तैँले मेरो पिठिउँ देख्‍नेछस्, तर मेरो अनुहारचाहिँ देख्‍नेछैनस् ।”

  • 15अनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 14तब तिनी तल गए र परमेश्‍वरका मानिसको सल्‍लाह मानेर यर्दमा आफैलाई सात पल्ट डुबुल्की लगाए । तिनको देह बच्‍चाको झैँ पहिलेजस्तै भयो र तिनी निको भए ।

  • 16बाख्राका पाठाका छालाहरू तिनले याकूबका हात र घाँटीका रौँ नभएका भागमा लगाइदिइन्,

  • 5तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले मानिसहरूलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले हात पसार्‍यो र येशूले त्यसका हातलाई पहिलेको जस्तै बनाइदिनुभयो ।

  • 3येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्‍नुभयो, “म चाहन्‍छु । तिमी शुद्ध होऊ ।” तब तुरून्‍तै आफ्नो कुष्‍ठरोगबाट ऊ शुद्ध भयो ।

  • 2अब्राहामले आफ्‍नो घरको सबै भन्दा पुरानो र तिनीसँग भएका सबै कुराहरूका अख्‍तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्‌

  • लैव्य 13:10-11
    2 पदहरू
    66%

    10पुजारीले छालामा कुनै भाग सेतो भएर फुलेको छ वा छैन, रौँ सेतो भएको छ वा छैन, वा फुलेको ठाउँमा कुनै आलो मासु पलाएको छ वा छैन भनेर त्यसको जाँच गर्ने छ ।

    11यदि छ भने, त्यो धेरै पुरानो छालाको रोग हो, र पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो पहिले नै अशुद्ध भएको कारणले पुजारीले त्यसलाई अलग्‍गै राख्‍ने छैन ।

  • 9तब मैले हेरें, र एउटा हात मतिर पसारिएको थियो । त्‍यसमा एउटा लेखिएको मुट्ठो थियो ।

  • 9शमूएलबाट विदा हुनलाई जब शाऊलले पिठ्युँ फर्काए, तब परमेश्‍वरले तिनलाई अर्कै हृदय दिनुभयो । तब ती सबै चिन्हहरू त्यसै दिन पुरा भयो ।

  • 14तर यदि त्यसमा आलो मासु देखा पर्‍यो भने, त्यो अशुद्ध हुने छ ।

  • 21एहूदले आफ्नो देब्रे हातले आफ्‍नो दाहिने जाँघबाट तरवार झिके, र त्‍यो तिनले राजाको शरीरमा रोपिदिए ।