न्यायाधीश 6:11

अनलक शाब्दिक बाइबल

यति बेला परमप्रभुका दूत आए र अबीएजेरी योआशको, ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे, जति बेला मिद्दानीहरूबाट लुकाउनलाई योआशका छोरा गिदोनचाहिं दाखको कोल भइँमा गहूँ चुटेर छुट्याउँदै थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 17:2 : 2 यो भू-भागलाई मनश्शेका बाँकी कुल अबीएजेर, हेलेक, अस्रीएल, शकेम, हेपेर, शमीदालाई तिनीहरूका कुलअनुसार दिइयो ।
  • इब्रा 11:32 : 32 अनि योभन्दा बढी म के भनौँ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्‍ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन ।
  • न्या 13:3 : 3 परमप्रभुका एउटा दूत ती स्‍त्रीकहाँ देखा परे र तिनलाई भने, “तिमी गर्भवती हुन सकेकी छैनौ, र तिमीले जन्म दिएकी छैनौ, तर तिमी गर्भवती हुनेछौ र तिमीले एउटा छोरो जमाउनेछौ ।
  • न्या 8:2 : 2 तिनले उनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के नै गरेको छु र? के अबीएजेरको सबै दाखको फसलभन्दा एफ्राइमको बोटमा टिप्‍न छुटेका दाख नै असल छैनन् र?
  • न्या 13:18-20 : 18 परमप्रभुका दूतले उनलाई भने, “तिमी किन मेरो नाउँ सोध्छौ? त्यो आश्‍चर्यपूर्ण छ!” 19 यसैले मानोहले अन्‍नबलिसित एउटा पाठो लिए र ती परमप्रभुलाई एउटा चट्टानमा चढाए । मानोह र तिनकी पत्‍नीले हेरिरहँदा उहाँले केही आश्‍चर्य काम गर्नुभयो । 20 जब वेदीबाट आगो माथि आकाशतर्फ गयो, तब परमप्रभुका दूत वेदीको आगोमा माथि गए । मानोह र तिनकी पत्‍नीले यो देखे र आफ्नो मुहार भुइँमा घोप्‍टो पारे ।
  • यशा 63:9 : 9 तिनीहरूका सबै कष्‍टहरूद्वारा उहाँले पनि कष्‍ट भोग्‍नुभयो, र उहाँको उपस्थितिको स्वर्गदूतले तिनीहरूलाई बचायो । आफ्‍नो प्रेम र दयामा उहाँले तिनीहरूलाई बचाउनुभयो र उहाँले तिनिहरूलाई माथि उठाउनुभयो र सारा प्राचीन समयभरि तिनीहरूलाई बोक्‍नुभयो ।
  • उत्प 16:7 : 7 परमप्रभुका दूतले त्यसलाई मरुभूमिमा भएको पानीको मूल नजिकै भेट्टाए । त्यो मूल शूरतिर जाने बाटोमा पर्छ ।
  • उत्प 48:16 : 16 ती स्‍वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन् । मेरो र मेरा पिता अब्राहाम र इसहाकका नाउँ यिनीहरूमा बोलाइयोस् । पृथ्‍वीमा यिनीहरू अधिक सङ्ख्यामा बढून् ।”
  • यहो 18:23 : 23 अब्बीम, पारा, ओप्रा,
  • न्या 2:1-5 : 1 ¶ परमप्रभुका दूत गिलगालबाट माथि बोकीममा गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट ल्याएँ, र तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको देशमा ल्याएँ । मैले भनें, ‘तिमीहरूसँगको मेरो करारलाई म कहिल्यै तोड्नेछैनँ । 2 यस देशमा बस्‍नेहरूसँग तिमीहरूले कुनै करार गर्नुहुँदैन । तिमीहरूले तिनीहरूका वेदीहरू भत्कानुपर्छ ।’ तर तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ । तिमीहरूले यो के गरेका छौ? 3 यसैले म अब भन्छु, ‘तिमीहरूको अगिबाट म कनानीहरूलाई बाहिर निकाल्नेछैनँ, तर तिनीहरू तिमीहरूका वरिपरिका काँढाहरू हुनेछन्, र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्‍नेछन् ।’” 4 जब परमप्रभुका दूतले यी वचन इस्राएलका सबै मानिसलाई भने, तब मानिसहरू चिच्‍चाए र रोए । 5 तिनीहरूले त्यस ठाउँलाई बोकीम नाउँ दिए । त्यहाँ तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढाए ।
  • न्या 5:23 : 23 परमप्रभुका दूतले भन्‍छन्, ‘मेरोजलाई सराप!’ ‘त्यसमा बसोबास गर्नेहरूलाई निश्‍चय नै सराप! किनभने शक्तिशाली योद्धाहरूसँगको युद्धमा, तिनीहरू परमप्रभुलाई सहायता गर्न आएनन् ।’
  • न्या 6:14-16 : 14 परमप्रभुले तिनलाई हेर्नुभयो र यसो भन्‍नुभयो, “तँसँग भएको बलमा तँ जा । इस्राएललाई मिद्दानीको हातबाट छुटा । के मैले तँलाई पठाएको होइन र?” 15 गिदोनले उहाँलाई भने, “कृपया, परमप्रभु, म कसरी इस्राएललाई छुटाउन सक्छु र? हेर्नुहोस्, मेरो परिवार मनश्‍शेमा सबैभन्दा कमजोर छ, र मेरो पिताको घरानामा म सबैभन्दा कम महत्त्वको छु ।” 16 परमप्रभुले तिनलाई भन्‍नुभयो, “म तँसँग हुनेछु, र तैंले सम्‍पूर्ण मिद्दानी सेनालाई एक जना मानिसलाई झैं गरी परास्त गर्नेछस् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 6:12-14
    3 पदहरू
    82%

    12परमप्रभुका दूत तिनीकहाँ देखा परे र तिनलाई भने, “तँ बलवान् योद्धा होस्, परमप्रभु तँसँग हुनुहुन्छ!”

    13गिदोनले तिनलाई भने, “ओहो, मेरा मालिक, परमप्रभु हामीसँग हुनुहुन्छ भने, किन हामीलाई यी सबै कुरा हुन आएका हुन्? उहाँका सबै आश्‍चर्यपूर्ण कामहरू कहाँ छन् जसका बारेमा हाम्रा पुर्खाहरूले हामीलाई यसो भनेका थिए, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट बाहिर निकाल्नुभएन र?’ तर अहिले परमप्रभुले हामीलाई त्याग्‍नुभएको र हामीलाई मिद्दानीका हातमा दिनुभएको छ ।”

    14परमप्रभुले तिनलाई हेर्नुभयो र यसो भन्‍नुभयो, “तँसँग भएको बलमा तँ जा । इस्राएललाई मिद्दानीको हातबाट छुटा । के मैले तँलाई पठाएको होइन र?”

  • न्या 7:1-2
    2 पदहरू
    79%

    1¶ त्यसपछि यरूब-बाल, (अर्थात् गिदोन) र उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे, र हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले । मिद्दानीहरूको छाउनीचाहिं तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो ।

    2परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्‍दा धेरै सेना छन्, ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस्, ‘हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो ।’

  • न्या 6:18-29
    12 पदहरू
    79%

    18म तपाईंकहाँ आउन र तपाईंलाई मेरो उपहार ल्‍याएर तपाईंको सामु नराखेसम्म, कृपया यहाँबाट नजानुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “तँ नफर्केसम्म म पर्खनेछु ।”

    19गिदोन गए र एउटा पाठो तयार गरे र पाँच पाथी पिठोबाट अखमिरी रोटी बनाए । उनले मासुलाई एउटा टोकरीमा राखे, र झोलचाहिं एउटा भाँडोमा राखे, अनि ती फलाँटको रूखमुनि उहाँकहाँ ल्‍याए र ती टक्र्याए ।

    20तब परमप्रभुका दूतले तिनलाई भने, “मासु र अखमिरी रोटी उठा र ती यस चट्टानमाथि राख्, र तीमाथि त्यो झोल खन्‍याइदे ।” गिदोनले त्यसै गरे ।

    21तब परमप्रभुका दूतले आफ्नो हातको लौरोको टुप्पोले त्यो छोए । त्‍यसले उहाँले मासु र अखमिरी रोटीलाई छुनुभयो । त्‍यो चट्टानबाट एउटा आगो निस्कियो, र मासु र अखमिरी रोटीलाई भस्म गर्‍यो । तब परमप्रभुका दूत गइहाले र गिदोनले उनलाई फेरि देखेनन् ।

    22तिनी परमप्रभुका दूत रहेछन् भनेर गिदोनले बुझे । गिदोनले भने, “हे परमप्रभु परमेश्‍वर! किनकि मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!”

    23परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँलाई शान्ति होस्! नडरा, तँ मर्नेछैनस् ।”

    24यसैले गिदोनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए । तिनले त्यसको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” भने । आजको दिनसम्म त्यो अबीएजेरी वंशको ओप्रामा छ ।

    25त्यस रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो बुबाको एउटा साँढे, र अर्को सात वर्षको एउटा साँढे ले, र तेरो बुबाको बाल देवताको वेदी भत्काइदे, र त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति ढालिदे ।

    26यो शरणस्थानको माथिल्‍लो भागमा परमप्रभु तेरा परमेश्‍वरको निम्ति एउटा वेदी बना र त्‍यसलाई ठिक किसिमले बना । तैँले काटेर ढालेको अशेरा देवीको काठ प्रयोग गरेर दोस्रो साँढेलाई होमबलिको रूपमा चढा ।”

    27यसैले गिदोनले आफ्ना दश जना सेवकलाई लिए र परमप्रभुले तिनलाई भन्‍नुभएझैं गरे । तर दिनको समयमा त्यो काम गर्न तिनी आफ्ना पिताका घराना र नगरका मानिसहरूसँग सह्रै डराएका हुनाले, तिनले त्यो काम रातमा गरे ।

    28बिहान जब नगरका मानिसहरू उठे, तब बाल देवताको वेदी भत्किएको, र त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति काटेर ढलिएको थियो, र त्यहाँ बनाइएको वेदीमाथि त्यो दोस्रो साँढेलाई चढाइएको थियो ।

    29सहरका मानिसहरूले एक-अर्कामा यसो भने, “यो कसले गरेको हो?” जब तिनीहरूले अरूसँग कुरा गरे र जवाफको खोजे, तब तिनीहरूले भने, “योआशका छोरा गिदोनले यो कुरा गरेको हो ।”

  • न्या 6:33-37
    5 पदहरू
    76%

    33यत बेला सबै मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका मानिसहरू एकसाथ भेला भए । तिनीहरूले यर्दन तरे र यिजरेलको बेसीमा छाउनी हाले ।

    34तर परमप्रभुको आत्मा गिदोनमाथि आउनुभयो । गिदोनले तुरही फुके, र अबीएजेरी वंशलाई बोलाए ताकि उनीहरू तिनको पछि लाग्‍न सकून् ।

    35उनले मनश्शेभरि नै दूतहरू पठाए, र उनीहरूलाई पनि तिनको पछि लाग्‍न बोलाइयो । तिनले आशेर, जबूलून, र नप्‍तालीकहाँ पनि दूतहरू पठाए, र उनीहरू तिनलाई भेट्न निस्के ।

    36गिदोनले परमेश्‍वरलाई भने, “तपाईंले भन्‍नुभएझैं, तपाईंले इस्राएललाई बचाउनलाई मलाई प्रयोग गर्ने इच्छा गर्नुहुन्‍छ भने—

    37हेर्नुहोस्, म खलामा भेडाको ऊन राख्दैछु । यस ऊनमा मात्र शीत पर्‍यो, र जमिनचाहिं पुरै सुक्खा रह्यो भने, तब तपाईंले भन्‍नुभएझैं इस्राएललाई बचाउनलाई तपाईंले मलाई प्रयोग गर्नुहुनेछ भनी म जान्‍नेछु ।”

  • न्या 7:12-15
    4 पदहरू
    75%

    12मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका सबै मानिसहरू बेसीमा, सलहका हुलझैं भेला भएर बसेका थिए । तिनीहरूका ऊँटहरू अनगिन्ती थिए, र तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरूभन्दा पनि धेरै थिए ।

    13जब गिदोन त्यहाँ पुगे, एक जना मानिसले आफ्‍नो साथीलाई सपनाको बारेमा भन्‍दै थियो । त्यस मानिसले भन्यो, “हेर, मैले एउटा सपना देखें, र जौको एउटा रोटी मिद्दानीको छाउनीभित्र गुड्दै आयो । त्यो पालमा आयो, र त्यसलाई जोडले हिर्कायो र त्यसलाई उल्टो गरी पल्टाइदियो, यसैले त्यो ढल्यो ।”

    14अर्को मानिसले भन्यो, “यो त इस्राएली गिदोनको (योआशका छोराको) तरवारबाहेक अरू केही होइन । परमेश्‍वरले तिनलाई मिद्दानी र तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको छ ।”

    15जब गिदोनले त्यस सपना भनेको र त्यसको अर्थ लगाइएको सुने, तब तिनले घोप्‍टो परेर दण्डवत् गरे । तिनी इस्राएलको छाउनीमा फर्केर गए र भने, “उठ! परमप्रभुले तिमीहरूलाई मिद्दानी सेनामाथि विजय दिनुभएको छ ।”

  • 13योआशका छोरा गिदोन युद्धबाट फर्केर हेरेस भन्‍ज्‍याङ्को बाटो गए ।

  • 11नोबह र योगबहाभन्दा उता पालमा बस्‍नेहरूका हिंड्‍ने बाटोमा गिदोन अगि बढे । तिनले शत्रुको सेनालाई परास्त गरे, किनकि आक्रमण हुन्छ भनेर तिनीहरूले सोचेका थिएनन् ।

  • न्या 7:24-25
    2 पदहरू
    73%

    24गिदोनले यसो भन्दै एफ्राइमको सबै पहाडी देशमा दूतहरू पठाए, “मिद्दानीहरूको विरुद्ध तल जाओ र तिनीहरूलाई रोक्‍नको निम्ति बेथ-बरासम्म यार्दन नदीमाथि नियन्त्रण गर ।” यसैले एफ्राइमका सबै मानिसहरू एकसाथ भेला भए र बेथ-बरासम्म यर्दन नदीमाथि नियन्त्रण गरे ।

    25तिनीहरूले दुई मिद्दानी राजकुमार, ओरेब र जएबलाई कब्‍जा गरे । तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा, र जएबलाई जएबको दाखको कोलमा मारे । तिनीहरूले मिद्दानीहरूका पछि केद्दै गए र तिनीहरूले यर्दनको वारि भएका गिदोनकहाँ ओरेब र जएबका टाउकाहरू लिएर आए ।

  • 4गिदोन यर्दनमा आए, र तिनी र तिनीसँग भएका तिन सय जना मानिसले त्यो तरे । तिनीहरू थाकेका थिए, तापनि तिनीहरूले खेद्‍ने काम गरिरहे ।

  • न्या 7:7-9
    3 पदहरू
    72%

    7परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “यी चाटेर पानी पिएका तिन सय जना मानिसहरू लिएर तिमीहरूलाई म बचाउनेछु र मिद्दानीहरूमाथि विजय दिनेछु । अरू हरेक मानिसलाई आफ्नै ठाउँमा फर्केर जान दे ।”

    8यसैले चुनिएकाहरूले आ-आफ्ना सर-समान र तुरहीहरू लिए । गिदोनले इस्राएलका सबै मानिस, हरेक मानिसलाई उसको आफ्नै पालमा फर्काइदिए, तर तिनले ती तिन सय जना मानिसलाई राखे । अब मिद्दानीका छाउनी तल बेसीमा थियो ।

    9त्यो रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्! छाउनीलाई आक्रमण गर्, किनकि म तँलाई त्यसमाथि विजय दिन जाँदैछु ।

  • 20अरौनाले आफ्‍नो गहूँ चुट्दै गरेका समयमा, तिनी पछि फर्के, र स्‍वर्गदूतलाई देखे । तिनी र तिनका चार जना छोराहरू आफूलाई लुकाए ।

  • 32योआशका छोरा गिदोन धेरै वृद्ध अवस्थामा मरे र तिनलाई आफ्नै बुबा योआशको चिहानमा अबीएजेरीहरूको ओप्रामा गाडियो ।

  • न्या 8:28-29
    2 पदहरू
    71%

    28यसरी मिद्दानीहरू इस्राएलका मानिसहरूका अधीनमा रहे र तिनीहरूले आफ्नो शिर फेरि कहिल्यै उठाएनन् । यसरी गिदोनको समयमा देशमा चालिस वर्षसम्‍म शान्ति भयो ।

    29योआशका छोरा, यरूब-बाल गए र आफ्नै घरमा बसे ।

  • 3यस्‍तो भयो, जति बेला इस्राएलीहरूले आफ्‍ना बालीहरू लगाउँथे, त्‍यति बेला मिद्दानीहरू र अमालेकीहरू र पूर्वका मानिसहरूले इस्राएलीहरूलाई आक्रमण गर्थे ।

  • 22त्यसपछि इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तपाईं, तपाईंका छोरा, तपाईंका नातिले हामीमाथि राज्य गरून्, किनभने तपाईंले हामीलाई मिद्दानीका हातबाट बचाउनुभएको छ ।”

  • न्या 6:39-40
    2 पदहरू
    70%

    39त्यसपछि गिदोनले परमप्रभुलाई भने, “कृपया मसँग नरिसाउनुहोस्, म फेरि एकपल्‍ट बोल्‍नेछु । मलाई फेरि एकपल्‍ट ऊनको प्रयोग गरेर जाँच गर्न दिनुहोस् । योपल्‍ट त्यो ऊनलाई सुक्खा छोडिदिनुहोस्, र त्यसको वरिपरिको जमिनमा सबैतिर शीत रहोस् ।”

    40तिनले त्यस रात जे होस् भनी मागेका थिए, परमेश्‍वरले त्यस्तै गर्नुभयो । त्यो ऊन सुक्खा थियो, र त्यसको वरिपरिको जमिनमा चारैतिर शीत थियो ।

  • न्या 7:4-5
    2 पदहरू
    69%

    4परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मनिसहरू अझै पनि ज्‍यादै धेरै छन् । तिनीहरूलाई तल पानीमा लैजा, र त्यहाँ तेरो निम्‍ति तिनीहरूका सङ्ख्या म कम गरिदिनेछु । म तँलाई भन्‍छु, ‘यो व्‍यक्‍तिचाहिं तँसँग जानेछ’ भने, ऊ तँसँग जानेछ । तर म तँलाई बन्‍छु, ‘यो व्‍यक्‍तिचाहिं तँसँग जानेछैन’ भने, ऊ तँसँग जानेछैन ।”

    5यसैले गिदोनले मानिसहरूलाई तल पानीमा लगे, र परमप्रभुले तिनलाई भन्‍नुभयो, “घुँडा टेकेर पानी पिउनेहरूबाट कुकुरले झैं चाटेर पानी पिउनेहरूलाई अलग गर् ।”

  • 10मैले तिमीहरूलाई भनें, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मैले तिमीहरूलाई एमोरीहरूका देवहरूलाई नपुज भनेर आज्ञा दिएँ, जसको देशमा तिमीहरू बसोबास गरिरहेका छौ ।” तर तिमीहरूले मेरो आज्ञा पालना गरेका छैनौ ।’”

  • न्या 7:17-18
    2 पदहरू
    69%

    17तिनले उनीहरूलाई भने, “मलाई हेर, र म जे गर्छु त्यही गर । हेर! जब म छाउनीको छेऊमा पुग्छु, तब म जे गर्छु तिमीहरूले त्यही गर्नू ।

    18जब म तुरही फुक्छु, मसँग भएका सबै जनाले, तब छाउनीको हरेक कुनाबाट तिमीहरूका तुरहीहरू पनि फुक्‍नू र यसो भनेर कराउनू ‘परमप्रभुको निम्‍ति र गिदोनको निम्ति!’”

  • 16परमप्रभुले तिनलाई भन्‍नुभयो, “म तँसँग हुनेछु, र तैंले सम्‍पूर्ण मिद्दानी सेनालाई एक जना मानिसलाई झैं गरी परास्त गर्नेछस् ।”

  • 9परमेश्‍वरले मानोहको पुकार सुन्‍नुभयो, र परमेश्‍वरका दूत फेरि ती स्‍त्रीकहाँ तिनी मैदानमा बसिरहँदा देखा परे । तर मानोह तिनका पति तिनीसँग थिएनन् ।

  • 7जब मिद्दानीहरूका कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारा गरे,