न्यायाधीश 8:4

अनलक शाब्दिक बाइबल

गिदोन यर्दनमा आए, र तिनी र तिनीसँग भएका तिन सय जना मानिसले त्यो तरे । तिनीहरू थाकेका थिए, तापनि तिनीहरूले खेद्‍ने काम गरिरहे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 7:25 : 25 तिनीहरूले दुई मिद्दानी राजकुमार, ओरेब र जएबलाई कब्‍जा गरे । तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा, र जएबलाई जएबको दाखको कोलमा मारे । तिनीहरूले मिद्दानीहरूका पछि केद्दै गए र तिनीहरूले यर्दनको वारि भएका गिदोनकहाँ ओरेब र जएबका टाउकाहरू लिएर आए ।
  • १ शमू 14:28-29 : 28 तब मानिसहरूमध्ये एक जनाले भने, “ तपाईंको बुबाले 'आजको दिन खाना खाने मानिस श्रापित होस्' भनी मानिसहरूलाई कडा शपथ खान लगाउनुभयो, यद्यपि मानिसहरू भोकले कमजोर भएका छन् । 29 तब जोनाथनल भने, “मेरो बुबाले देशलाई कष्‍ट दिनुभएको छ । हेर, मैले यो थोरै मह चाखेर मेरा आँखाहरू कति तेजिला भएका छन् ।
  • १ शमू 14:31-32 : 31 तिनीहरूले त्यस दिन पलिश्‍तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्म आक्रमण गरे । मानिसहरू धेरै थकित भए । 32 मानिसहरू लूटहरूमा लोभ गरेर झुम्मिए, अनि भेडाहरू, गोरुहरू र पाठाहरू लिए र तिनलाई जमिनमा मारे । मानिसहरूले तिनीहरूलाई रगतसँगै खाए ।
  • १ शमू 30:10 : 10 तर दाऊदले आफू र आफूसँग भएका चार सय जान मानिसले पिछा गरिरहे, किनकि दुई सय जना पछाडी नै बसे, जो यति धेरै थाकेका थिए, कि तिनीहरू बसोर खोल्सा पारि जान सकेनन् ।
  • २ कोरि 4:8-9 : 8 हामी सबैतिरबाट कष्‍टित भएका छौँ, तर निराश भएका छैनौँ । 9 हामी सताइएका छौँ, तर त्यागिएका छैनौँ । हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ ।
  • २ कोरि 4:16 : 16 त्यसकारण हामी निराश हुँदैनौँ । हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ ।
  • गलाती 6:9 : 9 हामी असल काम गर्न थकित नहोऔँ, किनकि यदि हामीले हरेस खाएनौँ भने ठिक समयमा हामीले फसलको कटनी गर्नेछौँ ।
  • इब्रा 12:1-4 : 1 ¶ यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाऔँ । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ । 2 विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ, जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्‍नुभयो, अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ । 3 त्यसैले, पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर । त्यसकारण, तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ । 4 तिमीहरूले पापको विरुद्धमा अझसम्‍म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 7:14-25
    12 पदहरू
    78%

    14अर्को मानिसले भन्यो, “यो त इस्राएली गिदोनको (योआशका छोराको) तरवारबाहेक अरू केही होइन । परमेश्‍वरले तिनलाई मिद्दानी र तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको छ ।”

    15जब गिदोनले त्यस सपना भनेको र त्यसको अर्थ लगाइएको सुने, तब तिनले घोप्‍टो परेर दण्डवत् गरे । तिनी इस्राएलको छाउनीमा फर्केर गए र भने, “उठ! परमप्रभुले तिमीहरूलाई मिद्दानी सेनामाथि विजय दिनुभएको छ ।”

    16ति तिन सय जना मानिसलाई तिनले तिनवटा समुहमा विभाजन गरे, र तिनले उनीहरूलाई सबै तुरहीहरू र हरेक गाग्रोभित्र राँको हालेर खाली गाग्रोहरू दिए ।

    17तिनले उनीहरूलाई भने, “मलाई हेर, र म जे गर्छु त्यही गर । हेर! जब म छाउनीको छेऊमा पुग्छु, तब म जे गर्छु तिमीहरूले त्यही गर्नू ।

    18जब म तुरही फुक्छु, मसँग भएका सबै जनाले, तब छाउनीको हरेक कुनाबाट तिमीहरूका तुरहीहरू पनि फुक्‍नू र यसो भनेर कराउनू ‘परमप्रभुको निम्‍ति र गिदोनको निम्ति!’”

    19यसैले गिदोन र तिनीसँग भएका एक सय जना मानिस राती दश बजेतिर छाउनीको छेऊमा गए । मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए, तिनीहरूले तुरहीहरू फुके र आफ्‍ना हातहरूमा भएका गाग्रोहरू फुटाए ।

    20तिनै दलले तुरहीहरू फुके र गाग्रोहरू फुटाए । तिनीहरूले राँकोलाई आ-आफ्ना देब्रे हातमा लिए र तुरही फुक्‍नलाई दाहिने हातमा बोके । तिनीहरू कराएर भने, “परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति तरवार ।”

    21हरेक मानिस आफ्नो ठाउँमा छाउनीको वरिपरि खडा भए र सबै मिद्दानी सेना भागे । तिनीहरू ठुलो सोरमा कराए र भागे ।

    22जब तिनीहरूले तिन सय तुरही फुके, तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी-लडाकु र तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो । सबै सेनाहरू सरेरातर्फ बेथ-शित्तामसम्म, र तब्बातको नजिक हाबिल-महोलाको सिमानासम्म भागे ।

    23नप्‍ताली, आशेर, र सबै मनश्शेबाट इस्राएलका मानिसहरू बोलाइए, र तिनीहरू मिद्दानीहरूका पछि लागे ।

    24गिदोनले यसो भन्दै एफ्राइमको सबै पहाडी देशमा दूतहरू पठाए, “मिद्दानीहरूको विरुद्ध तल जाओ र तिनीहरूलाई रोक्‍नको निम्ति बेथ-बरासम्म यार्दन नदीमाथि नियन्त्रण गर ।” यसैले एफ्राइमका सबै मानिसहरू एकसाथ भेला भए र बेथ-बरासम्म यर्दन नदीमाथि नियन्त्रण गरे ।

    25तिनीहरूले दुई मिद्दानी राजकुमार, ओरेब र जएबलाई कब्‍जा गरे । तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा, र जएबलाई जएबको दाखको कोलमा मारे । तिनीहरूले मिद्दानीहरूका पछि केद्दै गए र तिनीहरूले यर्दनको वारि भएका गिदोनकहाँ ओरेब र जएबका टाउकाहरू लिएर आए ।

  • न्या 7:1-9
    9 पदहरू
    78%

    1¶ त्यसपछि यरूब-बाल, (अर्थात् गिदोन) र उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे, र हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले । मिद्दानीहरूको छाउनीचाहिं तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो ।

    2परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्‍दा धेरै सेना छन्, ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस्, ‘हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो ।’

    3यसकारण अब मानिसहरूले सुन्‍ने गरी घोषणा गर र यसो भन्, ‘जो डराएको छ, जो थरथर भएको छ, ऊ फर्कोस् र गिलाद डाँडाबाट विदा होस् ।’” यसैले बाइस हजार मानिसहरू फर्केर गए, र दश हजार बाँकी रहे ।

    4परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मनिसहरू अझै पनि ज्‍यादै धेरै छन् । तिनीहरूलाई तल पानीमा लैजा, र त्यहाँ तेरो निम्‍ति तिनीहरूका सङ्ख्या म कम गरिदिनेछु । म तँलाई भन्‍छु, ‘यो व्‍यक्‍तिचाहिं तँसँग जानेछ’ भने, ऊ तँसँग जानेछ । तर म तँलाई बन्‍छु, ‘यो व्‍यक्‍तिचाहिं तँसँग जानेछैन’ भने, ऊ तँसँग जानेछैन ।”

    5यसैले गिदोनले मानिसहरूलाई तल पानीमा लगे, र परमप्रभुले तिनलाई भन्‍नुभयो, “घुँडा टेकेर पानी पिउनेहरूबाट कुकुरले झैं चाटेर पानी पिउनेहरूलाई अलग गर् ।”

    6तिन सय जना मानिसहरूले चाटेर पिए । अरू बाँकी मानिसले घुँडा टेकेर पानी पिए ।

    7परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “यी चाटेर पानी पिएका तिन सय जना मानिसहरू लिएर तिमीहरूलाई म बचाउनेछु र मिद्दानीहरूमाथि विजय दिनेछु । अरू हरेक मानिसलाई आफ्नै ठाउँमा फर्केर जान दे ।”

    8यसैले चुनिएकाहरूले आ-आफ्ना सर-समान र तुरहीहरू लिए । गिदोनले इस्राएलका सबै मानिस, हरेक मानिसलाई उसको आफ्नै पालमा फर्काइदिए, तर तिनले ती तिन सय जना मानिसलाई राखे । अब मिद्दानीका छाउनी तल बेसीमा थियो ।

    9त्यो रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्! छाउनीलाई आक्रमण गर्, किनकि म तँलाई त्यसमाथि विजय दिन जाँदैछु ।

  • न्या 8:10-13
    4 पदहरू
    77%

    10यति बेला जेबह र सल्मुन्‍ना आफ्ना पन्ध्र हजार मानिससहित कर्कोरमा थिए । पूर्वका मानिसहरूका सबै सेनाहरूमा यति नै बाँकी थिए, कनभने त्यहाँ तरवार चलाउने एक लाख बिस हजार मानिसहरू मारिएका थिए ।

    11नोबह र योगबहाभन्दा उता पालमा बस्‍नेहरूका हिंड्‍ने बाटोमा गिदोन अगि बढे । तिनले शत्रुको सेनालाई परास्त गरे, किनकि आक्रमण हुन्छ भनेर तिनीहरूले सोचेका थिएनन् ।

    12जेबह र सल्मुन्‍ना भागे, र जब गिदोनले तिनीहरूलाई खेदे, तब तिनले मिद्दानका ती दुई जना राजा जेबह र सल्मुन्‍नालाई समाते, र तिनीहरूका जम्मै सेनाहरूमा त्रास ल्‍याए ।

    13योआशका छोरा गिदोन युद्धबाट फर्केर हेरेस भन्‍ज्‍याङ्को बाटो गए ।

  • 5तिनले सुक्‍कोतका मानिसहरूलाई भने, “कृपया मेरो पछि आएका मानिसहरूलाई केही रोटी दिनुहोस्, किनकि तिनीहरू थाकेका छन्, र मचाहिं मिद्दानी राजा जेबह र सल्मुन्‍नालाई खेद्दैछु ।”

  • 28उनले तिनीहरूलाई भने, “मेरो पछि लाग, किनकि परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई परास्त गर्न लाग्‍नुभएको छ ।” तिनीहरू उनको पछि लागे र तिनीहरूले मोआबीहरूबाट यर्दनका जँघारहरू लिए, र तिनीहरूले कसैलाई पनि त्यो नदी तर्न दिएनन् ।

  • 3परमेश्‍वरले तिमीहरूलाई मिद्दानी शासकहरू, ओरेब र जएबमाथि विजय दिनुभएको छ! तिमीहरूका तुलनामा मैले के प्राप्‍त गरेको छु र?” जब तिनले यसो भने तब तिनीप्रतिको उनीहरूको रिस मर्‍यो ।

  • न्या 6:33-36
    4 पदहरू
    74%

    33यत बेला सबै मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका मानिसहरू एकसाथ भेला भए । तिनीहरूले यर्दन तरे र यिजरेलको बेसीमा छाउनी हाले ।

    34तर परमप्रभुको आत्मा गिदोनमाथि आउनुभयो । गिदोनले तुरही फुके, र अबीएजेरी वंशलाई बोलाए ताकि उनीहरू तिनको पछि लाग्‍न सकून् ।

    35उनले मनश्शेभरि नै दूतहरू पठाए, र उनीहरूलाई पनि तिनको पछि लाग्‍न बोलाइयो । तिनले आशेर, जबूलून, र नप्‍तालीकहाँ पनि दूतहरू पठाए, र उनीहरू तिनलाई भेट्न निस्के ।

    36गिदोनले परमेश्‍वरलाई भने, “तपाईंले भन्‍नुभएझैं, तपाईंले इस्राएललाई बचाउनलाई मलाई प्रयोग गर्ने इच्छा गर्नुहुन्‍छ भने—

  • न्या 12:4-5
    2 पदहरू
    74%

    4यिप्‍ताले गिलादका सबै मानिसहरूलाई भेला गराए र एफ्राइमको विरुद्ध युद्ध लडे । गिलादका मानिसहरूले एफ्राइमका मानिसहरूलाई आक्रमण गरे किनभने तिनीहरूले यसो भने, “तिमीहरू, गिलादीहरू एफ्राइम— एफ्राइम र मनश्शेमाबाट भागेर गएकाहरू हौ ।”

    5गिलादीहरूले एफ्राइमतर्फ जाने यर्दनका जँघारहरू कब्जा गरे । जब एफ्राइमका बाँचेकाहरूले यसो भने, “मलाई नदीपारि जान दिनुहोस्,” गिलादका मानिसहरूले त्यसलाई यस्तो भन्थे, “के तँ एफ्राइमी होस्?” त्यसले “होइनँ” भन्यो भने,

  • 10तर दाऊदले आफू र आफूसँग भएका चार सय जान मानिसले पिछा गरिरहे, किनकि दुई सय जना पछाडी नै बसे, जो यति धेरै थाकेका थिए, कि तिनीहरू बसोर खोल्सा पारि जान सकेनन् ।

  • न्या 8:20-21
    2 पदहरू
    73%

    20तिनले आफ्नो जेठो छोरो येतेरलाई भने, “उठ्‍ र उनीहरूलाई मार् ।” तर त्यो जवान मानिसले आफ्नो तरवार झिकेन किनकि ऊ डरायो, किनभने ऊ अझैसम्‍म एउटा सानो केटो नै थियो ।”

    21त्यसपछि जेबह र सल्मुन्‍नाले भने, “तपाईं नै उठेर हामीलाई मार्नुहोस्! किनभने तपाईंसँग पुरुषको बल छ ।” गिदोन उठे र जेबह र सल्मुन्‍नालाई मारे । तिनले उनीहरूका ऊँटका घाँटीमा भएका चन्द्रहारका गहनाहरू पनि लगे ।

  • 11यति बेला परमप्रभुका दूत आए र अबीएजेरी योआशको, ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे, जति बेला मिद्दानीहरूबाट लुकाउनलाई योआशका छोरा गिदोनचाहिं दाखको कोल भइँमा गहूँ चुटेर छुट्याउँदै थिए ।

  • 27यसैले गिदोनले आफ्ना दश जना सेवकलाई लिए र परमप्रभुले तिनलाई भन्‍नुभएझैं गरे । तर दिनको समयमा त्यो काम गर्न तिनी आफ्ना पिताका घराना र नगरका मानिसहरूसँग सह्रै डराएका हुनाले, तिनले त्यो काम रातमा गरे ।

  • न्या 8:7-8
    2 पदहरू
    71%

    7गिदोनले भने, “परमप्रभुले हामीलाई जेबह र सल्मुन्‍नामाथि विजय दिनुभएपछि, मरुभूमिका काँढाहरू र घोच्ने झाडीले म तिमीहरूका छाला काढ्नेछु ।”

    8त्यहाँबाट तिनी पनीएलमा गए र त्यहाँका मानिसहरूसँग पनि त्यही कुरा भने, तर पनीएलका मानिसहरूले तिनलाई सुक्‍कोतका मानिसहरूले झैं बोलेर जवाफ दिए ।

  • 17पानी निकै माथिदेखि नै बग्‍न छोड्यो । पानी सार्तान नजिकैको आदम नाम गरेको सहरबाट नेगेवको समुद्र अर्थात् मृत सागरसम्म नै बग्‍न छोड्यो । मानिसहरू यरीहो नजिकै पारि तरे । इस्राएलका मानिसहरूले सुक्खा भूमिमा पार नगरेसम्म परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दन नदीको बिचमा सुक्खा जमिनमा उभिए ।

  • 29तब परमप्रभुको आत्मा यिप्‍तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भएर गए, र गिलादको मिस्पाबाट भएर तिनी अम्मोनका मानिसहरूकहाँ पुगे ।

  • 1¶ यहोशू बिहान सबेरै उठे र तिनीहरू शित्तीमबाट हिँडे । तिनीहरू यर्दनमा आए अनि, तिनी र इस्राएलका सबै मानिसले पारि जानअगि त्यहीँ नै छाउनी हाले ।

  • न्या 6:13-14
    2 पदहरू
    71%

    13गिदोनले तिनलाई भने, “ओहो, मेरा मालिक, परमप्रभु हामीसँग हुनुहुन्छ भने, किन हामीलाई यी सबै कुरा हुन आएका हुन्? उहाँका सबै आश्‍चर्यपूर्ण कामहरू कहाँ छन् जसका बारेमा हाम्रा पुर्खाहरूले हामीलाई यसो भनेका थिए, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट बाहिर निकाल्नुभएन र?’ तर अहिले परमप्रभुले हामीलाई त्याग्‍नुभएको र हामीलाई मिद्दानीका हातमा दिनुभएको छ ।”

    14परमप्रभुले तिनलाई हेर्नुभयो र यसो भन्‍नुभयो, “तँसँग भएको बलमा तँ जा । इस्राएललाई मिद्दानीको हातबाट छुटा । के मैले तँलाई पठाएको होइन र?”

  • 11हेर, सारा पृथ्वीका परमप्रभुको करारको सन्दुक यर्दन नदीमा तिमीहरूको अगिअगि जाने छ ।

  • 23जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले लाल समुद्रलाई सुक्खा बनाउनुभएको थियो त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू पार नगरेसम्म यर्दनको पानी तिमीहरूको निम्ति सुकाउनुभयो ।

  • 28यसरी मिद्दानीहरू इस्राएलका मानिसहरूका अधीनमा रहे र तिनीहरूले आफ्नो शिर फेरि कहिल्यै उठाएनन् । यसरी गिदोनको समयमा देशमा चालिस वर्षसम्‍म शान्ति भयो ।

  • 22त्यसपछि दाऊद र तिनीसँग भएका सबै मानिस उठे र तिनीहरूले यर्दन नदी तरे । बिहान उज्‍यालो हुँदासम्मा तीमध्‍ये यर्दन तर्न बाँकी कोही पनि थिएन ।