न्यायाधीश 8:10
यति बेला जेबह र सल्मुन्ना आफ्ना पन्ध्र हजार मानिससहित कर्कोरमा थिए । पूर्वका मानिसहरूका सबै सेनाहरूमा यति नै बाँकी थिए, कनभने त्यहाँ तरवार चलाउने एक लाख बिस हजार मानिसहरू मारिएका थिए ।
यति बेला जेबह र सल्मुन्ना आफ्ना पन्ध्र हजार मानिससहित कर्कोरमा थिए । पूर्वका मानिसहरूका सबै सेनाहरूमा यति नै बाँकी थिए, कनभने त्यहाँ तरवार चलाउने एक लाख बिस हजार मानिसहरू मारिएका थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
11नोबह र योगबहाभन्दा उता पालमा बस्नेहरूका हिंड्ने बाटोमा गिदोन अगि बढे । तिनले शत्रुको सेनालाई परास्त गरे, किनकि आक्रमण हुन्छ भनेर तिनीहरूले सोचेका थिएनन् ।
12जेबह र सल्मुन्ना भागे, र जब गिदोनले तिनीहरूलाई खेदे, तब तिनले मिद्दानका ती दुई जना राजा जेबह र सल्मुन्नालाई समाते, र तिनीहरूका जम्मै सेनाहरूमा त्रास ल्याए ।
13योआशका छोरा गिदोन युद्धबाट फर्केर हेरेस भन्ज्याङ्को बाटो गए ।
14तिनले सुक्कोतका एक जना जवान मानिसलाई समाए र उसलाई सोधे । त्यस जवान मानिसले सुक्कोतका सतहत्तर जना अधिकारी र एल्डरका नाउँ लेखिदियो ।
15गिदोन सुक्कोतका मानिसहरूकहाँ आए र भने “जेबह र सल्मुन्नालाई हेर, जसको बारेमा तिमीहरूले मेरो खिल्ली गर्यौ र यसो भन्यौ, ‘के तिमीले जेबह र सल्मुन्नालाई परास्त गरिसकेका छौ र? हामीले तिम्रा सेनालाई रोटी दिनुपर्छ भन्ने कुरा हामीलाई थाहा छैन ।’”
20तिनले आफ्नो जेठो छोरो येतेरलाई भने, “उठ् र उनीहरूलाई मार् ।” तर त्यो जवान मानिसले आफ्नो तरवार झिकेन किनकि ऊ डरायो, किनभने ऊ अझैसम्म एउटा सानो केटो नै थियो ।”
21त्यसपछि जेबह र सल्मुन्नाले भने, “तपाईं नै उठेर हामीलाई मार्नुहोस्! किनभने तपाईंसँग पुरुषको बल छ ।” गिदोन उठे र जेबह र सल्मुन्नालाई मारे । तिनले उनीहरूका ऊँटका घाँटीमा भएका चन्द्रहारका गहनाहरू पनि लगे ।
12मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका सबै मानिसहरू बेसीमा, सलहका हुलझैं भेला भएर बसेका थिए । तिनीहरूका ऊँटहरू अनगिन्ती थिए, र तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरूभन्दा पनि धेरै थिए ।
16तर बाराकले रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म लखेटे, र सीसराका सम्पुर्ण सेना तरवारको धारले मारिए, र एक जना मानिस पनि बाँचेन ।
8जब उनीहरूलाई तिनले बेजेकमा भेला पारे, तब इस्राएलका मनिसहरू तिन लाख जना थिए र यहूदाका मानिसहरू तिस हजार जना थिए ।
33यत बेला सबै मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका मानिसहरू एकसाथ भेला भए । तिनीहरूले यर्दन तरे र यिजरेलको बेसीमा छाउनी हाले ।
22जब तिनीहरूले तिन सय तुरही फुके, तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी-लडाकु र तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो । सबै सेनाहरू सरेरातर्फ बेथ-शित्तामसम्म, र तब्बातको नजिक हाबिल-महोलाको सिमानासम्म भागे ।
21उनीहरूका गाईवस्तु, पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा, दुई हजार गधा, र एक लाख जना मानिसलाई कब्जा गरे ।
10त्यस सभाले आफ्ना बाह्र हजार वीरहरूलाई याबेश गिलादका स्त्री र बालबालिका सहित सबै बासिन्दाहरूलाई तरवारको धारले प्रहार गर्ने सुझावहरू दिएर पठाए ।
17बेन्यामीनीहरूको सङ्ख्यालाई गणना नगरी इस्राएलका मानिसहरू चार लाख जना थिए, जो तरवारले युद्ध लड्नलाई तालिम प्राप्त थिए । यी सबै युद्ध गर्ने मानिसहरू थिए ।
44बेन्यामीनी कुलबाट अठार हजार जना मानिसहरू मरे, र ती सबै मानिसहरू युद्धमा विशिष्ट थिए ।
2इस्राएलका सबै कुलका मानिसहरूका अगुवाहरू परमेश्वरका मानिसहरूको भेलामा आफ्नो सहभागीता जनाए— त्यहाँ चार लाख जना पैदल हिंड्ने मानिसहरू तरवार लिएर युद्ध गर्न तयार थिए ।
15बेन्यामीनका मानिसहरूले त्यस दिन आफ्ना सहरहरूबाट तरवार बोकेर युद्ध लड्नको निम्ति तालिम प्राप्त छब्बीस हजार सिपाहीलाई एकसाथ ल्याए । यसका साथै, त्यहाँ गिबाका बासिन्दाहरूबाट सात सय चुनिएकाहरू मानिसहरू थिए ।
25दोस्रो दिनमा, गिबाबाट बेन्यामीनीहरू तिनीहरूका विरुद्ध बाहिर निस्के र तिनीहरूले इस्राएलका अठार हजार मानिसहरूलाई मारे । तिनीहरू सबै तरवारले लडाइँ गर्नलाई तालिम प्राप्त मानिसहरू थिए ।
7दाऊदका सिपाहीहरूका सामु त्यहाँ इस्राएलका फौजलाई परास्त भयो । त्यस दिन त्यहाँ यति ठुलो नरसंहार भयो कि बिस हजार मानिसहरू मारिए ।
7परमप्रभुले गिदोनलाई भन्नुभयो, “यी चाटेर पानी पिएका तिन सय जना मानिसहरू लिएर तिमीहरूलाई म बचाउनेछु र मिद्दानीहरूमाथि विजय दिनेछु । अरू हरेक मानिसलाई आफ्नै ठाउँमा फर्केर जान दे ।”
8यसैले चुनिएकाहरूले आ-आफ्ना सर-समान र तुरहीहरू लिए । गिदोनले इस्राएलका सबै मानिस, हरेक मानिसलाई उसको आफ्नै पालमा फर्काइदिए, तर तिनले ती तिन सय जना मानिसलाई राखे । अब मिद्दानीका छाउनी तल बेसीमा थियो ।
3यसकारण अब मानिसहरूले सुन्ने गरी घोषणा गर र यसो भन्, ‘जो डराएको छ, जो थरथर भएको छ, ऊ फर्कोस् र गिलाद डाँडाबाट विदा होस् ।’” यसैले बाइस हजार मानिसहरू फर्केर गए, र दश हजार बाँकी रहे ।
10पलिश्तीहरूले यद्ध लडे, र इस्राएल पराजित भयो । हरेक मानिस आफ्नो घर भाग्यो र ठुलो नरसंहार भयो । किनकि इस्राएलका तिस हजार पैदल सिपाहीहरू मरे ।
14अर्को मानिसले भन्यो, “यो त इस्राएली गिदोनको (योआशका छोराको) तरवारबाहेक अरू केही होइन । परमेश्वरले तिनलाई मिद्दानी र तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको छ ।”
46त्यस दिन मर्नेहरूमा पच्चीस हजार बेन्यामीनी सेनाहरू थिए जो तरवारले लडाइँ गर्नको निम्ति तालिम प्राप्त थिए । तिनीहरू सबै युद्ध गर्न निपुण थिए ।
4गिदोन यर्दनमा आए, र तिनी र तिनीसँग भएका तिन सय जना मानिसले त्यो तरे । तिनीहरू थाकेका थिए, तापनि तिनीहरूले खेद्ने काम गरिरहे ।
5त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए ।
37यर्दन अर्को पट्टिका रूबेन, गाद र मनश्शेको आधा कुलबाट युद्धको निम्ति सबै किसिमका हतियारले सुसज्जित भएका १,२०,००० मानिसहरू थिए ।
8तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ ।
34सारा इस्राएलबाट गिबाको विरुद्ध त्यहाँ दश हजार चुनिएका मानिसहरू आए, र तिनीहरूको बिचमा घमासान युद्ध भयो, तर बेन्यामीनीहरूलाई तिनीहरूको विनाश नजिकै छ भन्ने कुरा थाहा थिएन ।
35परमप्रभुले इस्राएलको सामु बेन्यामीनलाई परास्त गर्नुभयो । त्यस दिन, इस्राएलका सेनाहरूले बेन्यामीनका २५,१०० मानिसहरूलाई मारे । त्यहाँ मर्नेहरू सबै तरवारले युद्ध गर्नलाई तालिम प्राप्त थिए ।
18तब गिदोनले जेबह र सल्मुन्नालाई भने, “तिमीहरूले तबोरमा कस्ता मानिसहरूलाई मार्यौ?” तिनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए । तिनीहरूमध्ये हरेक व्यक्ति राजाका छोराजस्ता देखिन्थे ।”
25तिनीहरूले दुई मिद्दानी राजकुमार, ओरेब र जएबलाई कब्जा गरे । तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा, र जएबलाई जएबको दाखको कोलमा मारे । तिनीहरूले मिद्दानीहरूका पछि केद्दै गए र तिनीहरूले यर्दनको वारि भएका गिदोनकहाँ ओरेब र जएबका टाउकाहरू लिएर आए ।
10परमप्रभुले इस्राएलका सामु शत्रुहरूलाई अन्योलमा पार्नुभयो, र इस्राएलले गिबोनमा ठुलो संहारको साथ उनीहरूलाई मारे अनि उनीहरूलाई बेथ-होरोनसम्मै खेदे । तिनीहरूले आजेका र मक्केदाको बाटोसम्मै उनीहरूलाई मारे ।
6रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बिस हजार सिपाहीलाई मारे, र ती सबै जना शक्तिशाली योद्धा थिए, किनभने तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए ।
9त्यसपछि योआबले लडाकु मानिसका जम्मा सङ्ख्या राजालाई बताइदिए । इस्राएलमा तरवार चलाउन सक्ने साहसी मानिसहरू ८,००,००० थिए र यहूदामा ५,००,००० मानिसहरू थिए ।
36सिपाहीहरूका निम्ति राखिएका भेडाहरू ३,३७, ००० थियो । भेडाहरूबाट
10हामी इस्राएलका सबै कुलहरूबाट एक सयबाट दश, एक हजारबाट एक सय, र दश हजारबाट एक हजारलाई मानिसहरूलाई अरूका निम्ति खानेकुराको प्रबन्ध गर्न राख्नेछौं, ताकि तिनीहरू बेन्यामीनको गिबामा आउँदा, उनीहरूले इस्राएलमा गरेका दुष्टताको लागि तिनीहरूले दण्ड दिन सकून् ।”
23तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ ।
8आसाका ढाल र भालाहरू बोक्ने फौज थियो । यहूदाबाट तीन लाख मानिस र बेन्यामीनबाट दुई लाख असी हजार मानिस जसले ढाल बोक्ने र धनुर्धारीहरू थिए । ती सबै शक्तिशाली योद्धा थिए ।
1¶ त्यसपछि यरूब-बाल, (अर्थात् गिदोन) र उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे, र हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले । मिद्दानीहरूको छाउनीचाहिं तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो ।
13तब सीसराले आफ्ना सबै रथहरू, नौ सय फलामका रथहरू, र हरोशेत हग्गोयिमदेखि कीशोन खोलासम्म आफूसँग भएका सबै सेनालाई बोलाए ।
32सिपाहीहरूले लिएका लुटबाट बाँकी रहेका ६,७५,००० भेडा,