न्यायाधीश 6:22

अनलक शाब्दिक बाइबल

तिनी परमप्रभुका दूत रहेछन् भनेर गिदोनले बुझे । गिदोनले भने, “हे परमप्रभु परमेश्‍वर! किनकि मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 32:30 : 30 याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्‍वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ ।”
  • निर्ग 33:20 : 20 तर परप्रभुले भन्‍नुभयो, “तैँले मेरो अनुहार देख्‍न सक्दैनस् किनकि मेरो अनुहार देखेर कोही पनि जीवित रहन सक्दैन ।”
  • व्यव 5:26 : 26 किनकि आगोको बिचबाट जीवित परमेश्‍वरको वचन सुनेर पनि हामीजस्तै बाँच्ने कुनचाहिँ प्राणी होला?
  • न्या 13:21-23 : 21 परमप्रभुका दूत मानोह वा उनकी पत्‍नीकहाँ फेरि देखा परेनन् । तब मानोहलाई तिनी परमप्रभुका दूत रहेछन् भनेर थाहा भयो । 22 मानोहले आफ्नी पत्‍नीलाई भने, “हामी निश्‍चय नै मर्नेछौं, किनभने हामीले परमेश्‍वरलाई देखेका छौं!” 23 तर तिनकी पत्‍नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्ने इच्‍छा गर्नुभएको भए, उहाँले हामीले अर्पण गरेका होमबलि र अन्‍नबलि ग्रहण गर्नुहुन्‍नथ्‍यो । उहाँले हामीलाई यी सबै कुराहरू देखाउनुन्‍नथ्‍यो, न त उहाँले यो समय हामीलाई यी कुराहरू भन्‍नुहुन्‍थ्‍यो ।”
  • यशा 6:5-8 : 5 तब मैले भने, “मलाई धिक्‍कार होस्! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन्!” 6 तब सराफहरूमध्ये एउटा उडेर मकहाँ आए । उनको हातमा बलिरहेको भुङ्‍ग्रो थियो, जसलाई उनले वेदीबाट चिम्टाले निकालेका थिए । 7 त्यसले उनले मेरो ओठ छोए र भने, “हेर, यसले तिम्रो ओठ छोएको छ । तिम्रा दोषहरू हटाइएका छन् र तिम्रा पापको प्रायश्‍चि गरिएको छ ।” 8 मैले परमप्रभुको यसो भन्‍ने आवाज सुनें, “म कसलाई पठाऊँ । हाम्रा निम्ति को जान्छ?” तब मैले भनें, “म यहाँ छु । मलाई पठाउनुहोस् ।”
  • यूह 1:18 : 18 कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन । पिताको छातीमा अडेस लाग्‍नुहुने एक मात्र परमेश्‍वरले उहाँलाई चिनाउनुभएको छ ।
  • यूह 12:41 : 41 यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।
  • व्यव 5:5 : 5 त्यस बेला उहाँको वचन प्रकट गर्न म परमप्रभु र तिमीहरूका बिचमा उभिएँ किनकि आगोको कारणले गर्दा तिमीहरू डराएका थियौ, र तिमीहरू पर्वतमा उक्लेर गएनौ) । परमप्रभुले भन्‍नुभयो,
  • व्यव 5:24 : 24 तिमीहरूले भन्यौ, 'हेर, परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई उहाँको महिमा र उहाँको महान्‌ता देखाउनुभएको छ, र आगोको बिचबाट हामीले उहाँको आवाज सुनेका छौँ । परमेश्‍वर मानिसहरूसित बोल्नुहुँदा पनि तिनीहरू जीवितै रहन सक्छन् भनी आज हामीले देखेका छौँ ।
  • उत्प 16:13 : 13 त्यसपछि त्यसले आफूसँग बात गर्नुहुने परमेश्‍वरका दूतलाई यो नाउँ दिई, “तपाईं मलाई देख्‍नुहुने परमप्रभु हुनुहुन्छ,” किनकि त्यसले भनी, “के उहाँले मलाई देखिसकेपछि पनि म उहाँलाई साँच्‍चै देखिरहन्छु?”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 6:10-14
    5 पदहरू
    81%

    10मैले तिमीहरूलाई भनें, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मैले तिमीहरूलाई एमोरीहरूका देवहरूलाई नपुज भनेर आज्ञा दिएँ, जसको देशमा तिमीहरू बसोबास गरिरहेका छौ ।” तर तिमीहरूले मेरो आज्ञा पालना गरेका छैनौ ।’”

    11यति बेला परमप्रभुका दूत आए र अबीएजेरी योआशको, ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे, जति बेला मिद्दानीहरूबाट लुकाउनलाई योआशका छोरा गिदोनचाहिं दाखको कोल भइँमा गहूँ चुटेर छुट्याउँदै थिए ।

    12परमप्रभुका दूत तिनीकहाँ देखा परे र तिनलाई भने, “तँ बलवान् योद्धा होस्, परमप्रभु तँसँग हुनुहुन्छ!”

    13गिदोनले तिनलाई भने, “ओहो, मेरा मालिक, परमप्रभु हामीसँग हुनुहुन्छ भने, किन हामीलाई यी सबै कुरा हुन आएका हुन्? उहाँका सबै आश्‍चर्यपूर्ण कामहरू कहाँ छन् जसका बारेमा हाम्रा पुर्खाहरूले हामीलाई यसो भनेका थिए, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट बाहिर निकाल्नुभएन र?’ तर अहिले परमप्रभुले हामीलाई त्याग्‍नुभएको र हामीलाई मिद्दानीका हातमा दिनुभएको छ ।”

    14परमप्रभुले तिनलाई हेर्नुभयो र यसो भन्‍नुभयो, “तँसँग भएको बलमा तँ जा । इस्राएललाई मिद्दानीको हातबाट छुटा । के मैले तँलाई पठाएको होइन र?”

  • न्या 6:23-24
    2 पदहरू
    80%

    23परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँलाई शान्ति होस्! नडरा, तँ मर्नेछैनस् ।”

    24यसैले गिदोनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए । तिनले त्यसको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” भने । आजको दिनसम्म त्यो अबीएजेरी वंशको ओप्रामा छ ।

  • न्या 6:16-21
    6 पदहरू
    77%

    16परमप्रभुले तिनलाई भन्‍नुभयो, “म तँसँग हुनेछु, र तैंले सम्‍पूर्ण मिद्दानी सेनालाई एक जना मानिसलाई झैं गरी परास्त गर्नेछस् ।”

    17गिदोनले उहाँलाई भने, “तपाईं मसँग खुशी हुनुहुन्छ भने, मसँग बोल्ने तपाईं नै हुनुहुन्छ भनेर तपाईंले मलाई एउटा चिन्ह दिनुहोस् ।

    18म तपाईंकहाँ आउन र तपाईंलाई मेरो उपहार ल्‍याएर तपाईंको सामु नराखेसम्म, कृपया यहाँबाट नजानुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “तँ नफर्केसम्म म पर्खनेछु ।”

    19गिदोन गए र एउटा पाठो तयार गरे र पाँच पाथी पिठोबाट अखमिरी रोटी बनाए । उनले मासुलाई एउटा टोकरीमा राखे, र झोलचाहिं एउटा भाँडोमा राखे, अनि ती फलाँटको रूखमुनि उहाँकहाँ ल्‍याए र ती टक्र्याए ।

    20तब परमप्रभुका दूतले तिनलाई भने, “मासु र अखमिरी रोटी उठा र ती यस चट्टानमाथि राख्, र तीमाथि त्यो झोल खन्‍याइदे ।” गिदोनले त्यसै गरे ।

    21तब परमप्रभुका दूतले आफ्नो हातको लौरोको टुप्पोले त्यो छोए । त्‍यसले उहाँले मासु र अखमिरी रोटीलाई छुनुभयो । त्‍यो चट्टानबाट एउटा आगो निस्कियो, र मासु र अखमिरी रोटीलाई भस्म गर्‍यो । तब परमप्रभुका दूत गइहाले र गिदोनले उनलाई फेरि देखेनन् ।

  • न्या 13:20-22
    3 पदहरू
    76%

    20जब वेदीबाट आगो माथि आकाशतर्फ गयो, तब परमप्रभुका दूत वेदीको आगोमा माथि गए । मानोह र तिनकी पत्‍नीले यो देखे र आफ्नो मुहार भुइँमा घोप्‍टो पारे ।

    21परमप्रभुका दूत मानोह वा उनकी पत्‍नीकहाँ फेरि देखा परेनन् । तब मानोहलाई तिनी परमप्रभुका दूत रहेछन् भनेर थाहा भयो ।

    22मानोहले आफ्नी पत्‍नीलाई भने, “हामी निश्‍चय नै मर्नेछौं, किनभने हामीले परमेश्‍वरलाई देखेका छौं!”

  • न्या 6:36-37
    2 पदहरू
    75%

    36गिदोनले परमेश्‍वरलाई भने, “तपाईंले भन्‍नुभएझैं, तपाईंले इस्राएललाई बचाउनलाई मलाई प्रयोग गर्ने इच्छा गर्नुहुन्‍छ भने—

    37हेर्नुहोस्, म खलामा भेडाको ऊन राख्दैछु । यस ऊनमा मात्र शीत पर्‍यो, र जमिनचाहिं पुरै सुक्खा रह्यो भने, तब तपाईंले भन्‍नुभएझैं इस्राएललाई बचाउनलाई तपाईंले मलाई प्रयोग गर्नुहुनेछ भनी म जान्‍नेछु ।”

  • न्या 7:13-15
    3 पदहरू
    73%

    13जब गिदोन त्यहाँ पुगे, एक जना मानिसले आफ्‍नो साथीलाई सपनाको बारेमा भन्‍दै थियो । त्यस मानिसले भन्यो, “हेर, मैले एउटा सपना देखें, र जौको एउटा रोटी मिद्दानीको छाउनीभित्र गुड्दै आयो । त्यो पालमा आयो, र त्यसलाई जोडले हिर्कायो र त्यसलाई उल्टो गरी पल्टाइदियो, यसैले त्यो ढल्यो ।”

    14अर्को मानिसले भन्यो, “यो त इस्राएली गिदोनको (योआशका छोराको) तरवारबाहेक अरू केही होइन । परमेश्‍वरले तिनलाई मिद्दानी र तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको छ ।”

    15जब गिदोनले त्यस सपना भनेको र त्यसको अर्थ लगाइएको सुने, तब तिनले घोप्‍टो परेर दण्डवत् गरे । तिनी इस्राएलको छाउनीमा फर्केर गए र भने, “उठ! परमप्रभुले तिमीहरूलाई मिद्दानी सेनामाथि विजय दिनुभएको छ ।”

  • 31तब परमप्रभुले बालामको आँखा खोलिदिनुभयो र तिनले परमप्रभुको दूत तरवार थुतेर हातमा लिएर उभिएरहेका देखे । बालामले आफ्नो शिर निहुराए र मुख अँध्यारो बनाए ।

  • 27यसैले गिदोनले आफ्ना दश जना सेवकलाई लिए र परमप्रभुले तिनलाई भन्‍नुभएझैं गरे । तर दिनको समयमा त्यो काम गर्न तिनी आफ्ना पिताका घराना र नगरका मानिसहरूसँग सह्रै डराएका हुनाले, तिनले त्यो काम रातमा गरे ।

  • न्या 13:15-18
    4 पदहरू
    72%

    15मानोहले परमप्रभुका दूतलाई भने, “कृपया केही समय बस्‍नुहोस्, र तपाईंको निम्ति एउटा पाठो तयार गर्न हामीलाई समय मिल्नेछ ।”

    16परमप्रभुका दूतले मानोहलाई भने, “म बसें भने पनि म तिम्रो भोजन खानेछैनँ । तर तिमी होमबलि तयार गर्छौ भने, त्यो परमप्रभुलाई चढाउनू ।” (उनी परमप्रभुका दूत थिए भनेर मानोहलाई थाहा थिएन ।)

    17मानोहले परमप्रभुका दूतलाई भने, “तपाईंको नाउँ के हो, ताकि तपाईंको वचन पुरा हुँदा हामी तपाईंलाई सम्मान गर्न सकौं?”

    18परमप्रभुका दूतले उनलाई भने, “तिमी किन मेरो नाउँ सोध्छौ? त्यो आश्‍चर्यपूर्ण छ!”

  • न्या 7:1-2
    2 पदहरू
    72%

    1¶ त्यसपछि यरूब-बाल, (अर्थात् गिदोन) र उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे, र हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले । मिद्दानीहरूको छाउनीचाहिं तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो ।

    2परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्‍दा धेरै सेना छन्, ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस्, ‘हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो ।’

  • 6तब ती स्‍त्री आइन् र आफ्नो पतिलाई भनिन्, “परमप्रभुका एक जना मानिस मकहाँ आउनुभयो, र उहाँको मुहार परमेश्‍वरका दूतका झैं धेरै डरलाग्‍दो थियो । उहाँ कहाँबाट आउनुभएको हो भनेर मैले सोधिनँ, र उहाँले मलाई आफ्नो नाउँ भन्‍नुभएन ।

  • 39त्यसपछि गिदोनले परमप्रभुलाई भने, “कृपया मसँग नरिसाउनुहोस्, म फेरि एकपल्‍ट बोल्‍नेछु । मलाई फेरि एकपल्‍ट ऊनको प्रयोग गरेर जाँच गर्न दिनुहोस् । योपल्‍ट त्यो ऊनलाई सुक्खा छोडिदिनुहोस्, र त्यसको वरिपरिको जमिनमा सबैतिर शीत रहोस् ।”

  • 16दाऊदले मास्‍तिर हेरे र परमप्रभुका स्‍वर्गदूतले आफ्‍नो हातमा नाङ्गो तरवार लिएर यरूशलेममाथि ताकेर आकाश र पृथ्‍वीका बीचमा खडा भएको देखे । तब भाङ्‌ग्रा लागाएका दाऊद र धर्म-गुरुहरू भूइँमा घोप्‍टो परे ।

  • 17तिनले उनीहरूलाई भने, “मलाई हेर, र म जे गर्छु त्यही गर । हेर! जब म छाउनीको छेऊमा पुग्छु, तब म जे गर्छु तिमीहरूले त्यही गर्नू ।

  • 30याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्‍वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ ।”

  • 6त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूलाई यस्तो कडा आज्ञा दिए,

  • 2त्यहाँ परमप्रभुका दूत जलिरहेको पोथ्रामा तिनीकहाँ देखा परे । मोशाले हेर्दा त्यो पोथ्रा जलिरहेको थियो तर भस्म भएको थिएन ।

  • 9एक्‍कासि, तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो, र तिनीहरू साह्रै भयभीत भए ।

  • 29सहरका मानिसहरूले एक-अर्कामा यसो भने, “यो कसले गरेको हो?” जब तिनीहरूले अरूसँग कुरा गरे र जवाफको खोजे, तब तिनीहरूले भने, “योआशका छोरा गिदोनले यो कुरा गरेको हो ।”

  • 11सपनामा परमेश्‍वरका दूतले मलाई भने, 'हे याकूब!' मैले जवाफ दिएँ, “हजुर, म यहाँ छु ।'

  • 12जब जकरियाले स्वर्गदूतलाई देखे, तब उनी साह्रै डराए र आत्तिए ।

  • 24त्यसपछि परमप्रभुको दूत दाहिने र देब्रेपट्टि पर्खाल भएको दाखबारी बिचको बटोको साँघुरो ठाउँमा गएर उभिए ।

  • 9मैले भनेँ, “परमप्रभु, यी कुराहरू के हुन्?” अनि मसँग बोलिरहेका स्वर्गदूतले मलाई भने, “यी कुराहरू के हुन्, म तिमीलाई देखाउनेछु ।”

  • 2तिनले आफ्‍ना आँखा उठाएर हेरे, र तिनले आफ्‍नो सामु तिन जना मानिस उभिरहेका देखे । उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरे ।

  • 3परमेश्‍वरले तिमीहरूलाई मिद्दानी शासकहरू, ओरेब र जएबमाथि विजय दिनुभएको छ! तिमीहरूका तुलनामा मैले के प्राप्‍त गरेको छु र?” जब तिनले यसो भने तब तिनीप्रतिको उनीहरूको रिस मर्‍यो ।

  • 6उहाँले थप्‍नुभयो, “म तेरा पिता अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ ।” त्यसपछि मोशाले आफ्नो अनुहार ढाके किनकि तिनी परमेश्‍वरलाई हेर्न डराएका थिए ।

  • 28उहाँको वरिपरीको चम्किलो उज्यालो पानी परेको दिन बादलमा देखिने इन्‍द्रेनीको आकारझैं उज्‍ज्‍वल थियो । त्‍यो परमप्रभुका महिमासँग मिल्दो दोखिन्‍थ्‍यो । जब मैले त्‍यो देखें तब म घोप्‍टो परें, र एउटा बोलिरहेको आवाज मैले सुनें ।

  • 34तर परमप्रभुको आत्मा गिदोनमाथि आउनुभयो । गिदोनले तुरही फुके, र अबीएजेरी वंशलाई बोलाए ताकि उनीहरू तिनको पछि लाग्‍न सकून् ।

  • 5मसँग कुरा गरिरहेका स्वर्गदूतले मलाई जवाफ दिए, “के तिमीलाई यी कुराहरूको अर्थ थाहा छ?” मैले भनें, “अँहँ, मेरा मालिक ।”

  • 10यसैले ती स्‍त्री दौडेर गईन् र आफ्ना पतिलाई बताइन्, “ हेर्नुहोस्, ती मानिस, जो मकहाँ हिजो आउनुभएको थियो उहाँ फेरि मकहाँ देखापर्नुभएको छ!”

  • 1¶ याकूब पनि आफ्नो बाटो लागे, र परमेश्‍वरका दूतहरूले तिनीसित भेट गरे ।