न्यायाधीश 9:52

अनलक शाब्दिक बाइबल

अबीमेलेक त्‍यो किल्लामा आए र त्यसको विरुद्ध लडे, र त्यस किल्लालाई जलाउन भनेर तिनी त्यसको ढोकानजिक आइपुगे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 9:48-49 : 48 अबीमेलेक र तिनीसँग भएका सबै मानिसहरू माथि सल्मोन डाँडातर्फ गए । अबीमेलेकले एउटा बन्चरो लिएर हाँगाहरू काटे । तिनले ती आफ्ना काँधमा बोके र आफूसँग भएका मानिसहरूलाई आज्ञा गरे, “मैले जे गरेको देखिरहेका छौ, छिटो-छिटो त्यसै गर ।” 49 यसैले हरेक व्‍यक्‍तिले हाँगाहरू काटे र अबीमेलेकको पछि लागे । तिनीहरूले ती किल्लाका पर्खालहरूमा अडाएर थुपारे, अनि त्यसमा आगो लगाइदिए, जसको कारणले शकेमको किल्लामा भएका सबै मानिसहरू, करीब एक हजार पुरुष र स्‍त्री मरे ।
  • २ राजा 14:10 : 10 तिमीले साँच्‍चै एदोमलाई आक्रमण गर्‍यौ, र तिम्रो शेखी बढेको छ । आफ्‍नो विजयमा गर्व गर, तर घरमै बस किनकि तिमीले किन आफैलाई सङ्कष्‍टमा पार्ने अनि तिमी र यहूदा पनि दुवै किन पतन हुने?”
  • २ राजा 15:16 : 16 त्यसपछि मनहेमले तिफसा र तिर्साका सिमानाहरूमा भएका सबैलाई आक्रमण गरे, किनकि तिनीहरूले उनका लागि सहर खुला गरेनन् । त्यसैले तिनले त्‍यसलाई आक्रमण गरे र त्यस गाउँमा भएका सबै गर्भवती स्‍त्रीका पेट चिरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 9:38-51
    14 पदहरू
    83%

    38अनि जबूलले तिनलाई भने, “तिम्रा घमण्डपूर्ण कुराहरू अब कहाँ छन्? तिमीले भन्थ्यौ, ‘अबीमेलेक को हो र हामीले किन त्यसको सेवा गर्नुपर्ने?’ तिमीले तुच्छ ठानेका मानिसहरू यी नै होइनन्? अब बाहिर जाऊ र तिनीहरूका विरुद्ध युद्ध लड ।”

    39गाल बाहिर निस्के र तिनी शकेमका मानिसहरूका अगि-अगि गए, र तिनले अबीमेलेकसँग युद्ध लडे ।

    40अबीमेलेकले तिनलाई खेदे र गाल तिनको सामुबाट भागे । सहरको ढोकामा धेरै जना घाइते भएर मरे ।

    41अबीमेलेक अरूमाहमा बसे । जबूलले गाल र तिनका नातेदारहरूललाई शकेमबाट बाहिर निकाले ।

    42अर्को दिन शकेमका मानिसहरू मैदानमा निस्के, र यस कुराको जानकारी अबीमेलेकलाई दिइयो ।

    43तिनले आफ्ना मानिसहरू लिए, उनीहरूलाई तिन समुहमा बाँडे, र तिनीहरू मैदानमा आक्रमण गर्नलाई ढुकेर बसे । उनले हेरे र सहरबाट मानिसहरू बाहिर आइरहेका देखे, र उनले आक्रमण गरे र तिनीहरूलाई मारे ।

    44अबीमेलेक र उनीसँग भएका समुहहरूले आक्रमण गरेर सहरको ढोकालाई थुनिदिए । अरू दुई समुहले भने मैदानमा भएकाहरू सबैलाई आक्रमण गरे र तिनीहरूलाई मारे ।

    45अबीमेलेक सहरको विरुद्ध दिनभर युद्ध लडे । तिनले त्यो सहरमाथि कब्जा गरे, र त्यहाँ भएका मानिसहरूलाई मारे । तिनले सहरका पर्खालहरूलाई भत्काइदिए र त्यसमाथि नून छरिदिए ।

    46शकेमका किल्लाका सबै अगुवाहरूले जब यो सुने, तब तिनीहरू एल-बरीतको मन्‍दिरको किल्‍लामा प्रवेश गरे ।

    47सबै अगुवाहरू शकेमको किल्लामा भेला भएका छन् भनेर अबीमेलेकलाई बताइयो ।

    48अबीमेलेक र तिनीसँग भएका सबै मानिसहरू माथि सल्मोन डाँडातर्फ गए । अबीमेलेकले एउटा बन्चरो लिएर हाँगाहरू काटे । तिनले ती आफ्ना काँधमा बोके र आफूसँग भएका मानिसहरूलाई आज्ञा गरे, “मैले जे गरेको देखिरहेका छौ, छिटो-छिटो त्यसै गर ।”

    49यसैले हरेक व्‍यक्‍तिले हाँगाहरू काटे र अबीमेलेकको पछि लागे । तिनीहरूले ती किल्लाका पर्खालहरूमा अडाएर थुपारे, अनि त्यसमा आगो लगाइदिए, जसको कारणले शकेमको किल्लामा भएका सबै मानिसहरू, करीब एक हजार पुरुष र स्‍त्री मरे ।

    50त्यसपछि अबीमेलेक तेबेसमा गए, र उनले तेबेसको विरूद्ध छाउनी हाले र त्यसलाई कब्जा गरे ।

    51तर त्यस सहरमा एउटा बलियो किल्ला थियो, अनि त्यस सहरका सबै पुरुष र स्‍त्री र सबै अगुवाहरू त्यहाँ भागेर भित्रबाट ढोका थुने । तब तिनीहरू त्यस किल्लाको टुप्पोमा गए ।

  • न्या 9:53-54
    2 पदहरू
    78%

    53तर एउटी स्‍त्रीले अबीमेलेकको शिरमा जाँतोको माथिल्लो फक्‍लेटो झारी र त्यसले तिनको खप्पर फुट्‍यो ।

    54त्यसपछि उनले आफ्नो हतियार बोक्‍ने जवान मानिसलाई झट्टै बोलाए र उसलाई भने, “आफ्‍नो तरवार झिकेर मलाई मार्, ताकि कसैले मेरो बारेमा यस्तो नभनोस्, ‘एउटी स्‍त्रीले त्यसलाई मारी ।’” त्यसैले तिनका जवान मानिसले तिनलाई तरवारले छेडिदिए, र तिनी मरे ।

  • न्या 9:18-22
    5 पदहरू
    76%

    18तर तिमीहरू त मेरा बुबाका घरानाका विरुद्धमा उठेका छौ र उनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामा मारेका छौ । अनि तिमीहरूले उनकी कमारीको छोरो, अबीमेलेकलाई शकेमका अगुवाहरूमाथि राजा तुल्याएका छौ, किनभने त्यो तिमीहरूको नातेदार हो ।

    19तिमीहरूले यरूब-बाल र उनको घरानासँग इमान्दारिता र सत्यतामा व्यवहार गरेका भए, तिमीहरू अबीमेलेकमा खुशी रहो, र ऊ पनि तिमीहरूसँग खुशी रहोस् ।

    20तर होइन भने, अबीमेलेकबाट आगो बाहिर निस्कोस्, र शकेम र बेथ-मिल्लोका मानिसहरूलाई भस्म पारोस् । अनि शकेम र बेथ-मिल्लोका मानिसहरूबाट अबीमेलेकलाई भस्म पार्न आगो बाहिर आओस् ।”

    21योताम भागेर बेअरमा गए । उनी त्यहाँ बसे किनभने त्यो ठाउँ उनको दाजु अबीमेलेकबाट धेरै टाढा थियो ।

    22अबीमेलेकले इस्राएलमाथि तिन वर्षसम्‍म राज्य गरे ।

  • न्या 9:29-35
    7 पदहरू
    72%

    29यी मानिसहरू मेरो कमाण्‍डमा भएदेखि म अबीमेलेकलाई हटाइदिनेथिएँ । मैले अबीमेलेकलाई भन्‍नेथिएँ, ‘तेरो सबै सेनालाई बाहिर बोला ।’”

    30जब सहरका अधिकारी जबूलले एबेदका छोरा गालले भनेका कुरा सुने, तब तिनी रिसले चूर भए ।

    31तिनले धोका दिने उद्देश्यले अबीमेलेककहाँ दूतकहरू पठाए, र यसो भन्‍न लगाए, “हेर्नुहोस्, एबेदका छोरा गाल र तिनका नातेदारहरू शकेममा आउँदैछन्, र तिनीहरूले सहरलाई तपाईंका विरुद्ध उचाल्दैछन् ।

    32अब, तपाईं र तपाईंका सेनाहरू रातको समयमा उठ्नुहोस्, र मैदानमा आक्रमण गर्नलाई तयार बस्‍नुहोस् ।

    33अनि बिहान, घाम उदाउने बित्तिकै, उठ्नुहोस् र सहरमा आक्रमण गर्नुहोस् । जब तिनी र तिनीसँग भएका मानिसहरू तपाईंको विरुद्धमा बाहिर आउँछन्, तब तिनीहरूलाई के गर्नुपर्छ त्यो गर्नुहोस् ।”

    34यसैकारण अबीमेलेक, र उनीसँग भएका सबै मानिस रातको समयमा उठे, र शकेमलाई आक्रमण गर्नको निम्ति चार समुहमा विभाजित भई ढुकेर बसे ।

    35एबेदका छोरा गाल बाहिर निस्के र सहरको ढोकामा खडा भए । अबीमेलेक र उनीसँग भएका मानिसहरू तिनीहरू लुकिरहेका ठाउँबाट बाहिर निस्के ।

  • 15तिनीहरूले त्यसलाई बेथ-माकाको हाबिलमा भेट्टाए र घेराबन्दी गरे । तिनीहरूले सहरको विरुद्ध एउटा घेरा-मचान बनाए । योआबसँग भएका सबै फौजले पर्खाललाई ढाल्‍नलाई त्‍यसमा हिर्काउन लागे ।

  • 6शकेम र बेथ-मिल्लोका सबै अगुवाहरू एकसाथ भेला भए, र शकेममा रहेको ठुलो रूखको छेउको खम्बामा अबीमेलेकलाई राजा बनाए ।

  • 1¶ यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका नातेदारहरूकहाँ शकेममा गए र तिनले उनीहरूलाई र आफ्नी आमाको परिवारका सबै वंशलाई यसो भने,

  • 56यसरी परमप्रभुले अबीमेलेकले आफ्ना सत्तरी दाजुभाइहरूलाई मारेर आफ्ना बुबाको विरुद्ध गरेका दुष्‍टताको बदला लिनुभयो ।

  • २ शमू 11:20-21
    2 पदहरू
    69%

    20तब राजा रिसाउन सक्‍छन् र तिनले भन्‍ने छन्, 'तिमीहरू युद्ध गर्न सहरको यति नजिक किन गयौ? के उनीहरूले पर्खालबाट काँड हान्छन् भन्‍ने तिमीहरूले जानेनौ?

    21यरूब-बेसेतका छोरा अबीमेलेकलाई कसले मार्‍यो? के एक जना स्‍त्रीले जाँतोको माथिल्‍को ढुङ्गा पर्खालबाट खसालेर तिनी तेबेसमा मरेकी थिइनन्? तिमीहरू किन पर्खालको यति नजिक गयौ?' तब तैंले जवाफ दिनुपर्छ, 'तपाईंको दास हित्ती उरियाह पनि मरे' ।”

  • 27तिनीहरू बाहिर खेतमा गए र दाखका बोटहरूबाट दाखहरू बटुले, र तिनीहरूलाई कुल्चे । आफ्‍ना देवताहरूका मन्‍दिरमा तिनीहरूले एउटा चाड मनाए, र त्यहाँ तिनीहरूले खाए र पिए, र तिनीहरूले अबीमेलेकलाई सरापे ।

  • 8यहूदाका मानिसहरू यरूशलेम सहरको विरुद्धमा युद्ध गरे र त्यसलाई कब्जामा लिए । तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे र त्यसमा आगो लगाइदिए ।

  • 4अबीमेलेक तिनको नजिक गएका थिएनन् र उनले भने, “परमप्रभु के तपाईंले धार्मिक जातिलाई पनि मार्नुहुन्छ र?

  • 17तब तिनले पनीएलको किल्ला भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे ।

  • न्या 9:24-25
    2 पदहरू
    68%

    24यरूब-बालका सत्तरी जना छोराको हत्याको बदलास्वरूप, र तिनीहरूका हत्याको निम्ति तिनीहरूका भाइ अबीमेलेक दोषी होस्, र तिनीहरूलाई मार्नको निम्ति शकेमका मानिसहरूले उनलाई सहायता गरेका हुनाले तिनीहरू दोषी होऊन् भनेर परमेश्‍वरले यस्तो गर्नुभयो ।

    25यसैले शकेमका अगुवाहरूले पहाडका चुचुराहरूमा उनलाई आक्रमण गर्न मानिसहरू कुरुवा राखे, र त्यो बाटो भएर हिंड्ने सबैलाई तिनीहरूले लुटे । यस बारेमा अबीमेलेकलाई भनियो ।

  • 9तेरो पर्खालमा हिर्काउनलाई त्‍यसले मूढाहरू राख्‍नेछ, र त्‍यसका हतियारले तेरा धरहराहरू ढाल्‍नेछ ।

  • 9तिनले पनीएलका मानिसहरूसँग पनि बोले र यसो भने, “जब म फेरि सकुशल आउनेछु, तब म यो किल्ला भत्काइदिनेछु ।”

  • 16अब यसकारण, के तिमीहरूले अबीमेलेकलाई राजा बनाएर सत्यता र इमान्दारितामा काम गरेका छौ, र तिमिहरूले यरूब-बाल र उनका घरानालाई ठिक व्यवहार गरेका छौ, र उनले पाउन योग्य दण्ड तिमीहरूले उनलाई दिएका छौ भने,

  • 11यसकारण अबीमेलेकले सबै मानिसहरूलाई चेताउनी दिएर भने, “यी मानिस अथवा यिनकी पत्‍नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्‍चय नै मृत्‍युदण्‍ड हुनेछ ।”

  • 9तिनीहरूले भने, “पछि हट्!” तिनीहरूले यसो पनि भने, “यो यहाँ परदेशी भएर बस्‍न आएको थियो, र अहिले हाम्रो न्यायकर्ता भएको छ! अब हामी तिनीहरूलाई भन्दा तँलाई नराम्रो व्यवहार गर्नेछौँ ।” तिनीहरूले ती मानिसहरू र लोतको विरुद्धमा दबाब दिए, र ढोका भत्‍काउनको निम्ति नजिक आए ।

  • 26एक दिन अबीमेलेक आफ्‍ना मित्र अहुज्‍जत र आफ्‍नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट तिनीकहाँ आए ।

  • 9त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले यो हामीलाई के गर्‍यौ? मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ? तिमीले मसित गर्न नहुने काम गर्‍यौ ।”