विलापगीत 4:7
त्यसका अगुवाहरू हिउँभन्दा शुद्ध, दूधभन्दा सेता थिए । तिनीहरूका शरीर मानिकभन्दा राता थिए; तिनीहरूका रूप नीरजस्तै थिए ।
त्यसका अगुवाहरू हिउँभन्दा शुद्ध, दूधभन्दा सेता थिए । तिनीहरूका शरीर मानिकभन्दा राता थिए; तिनीहरूका रूप नीरजस्तै थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
8अहिले तिनीहरू मुहार मोसोभन्दा कालो छ । तिनीहरू सडकहरूमा चिनिँदैनन् । तिनीहरूको छाला हड्डीहरूमा टाँसिएको छ । यो काठ जत्तिकै सुक्खा भएको छ ।
6मेरो जातिकी छोरीको दण्ड सदोमको भन्दा ठुलो छ, जसलाई एकै क्षणमा फ्याँकिएको थियो, र कसैको हातले त्यसलाई सहायता गरेको थिएन ।
5हे यरूशलेमका छोरीहरू हो, म काली छु, तर मायालु छु । म केदारका पालहरूजस्तै काली र सोलोमनका पर्दाहरूजस्तै मायालु छु ।
6म काली भएकीले र घामले मलाई डढाएकोले मलाई एकटक लगाएर नहेर । मेरी आमाका छोराहरू मसित रिसाउँथे । तिनीहरूले मलाई दाखबारीको रक्षक बनाए, तर मैले मेरो आफ्नै दाखबारीको रक्षा गरेकी छैनँ । प्रेमिका प्रेमीसित बोल्दैः
1¶ प्रेमी प्रेमिकासित बोल्दैः हे राजकुमारकी छोरी, जुत्ता लगाएका तिम्रा खुट्टा कति राम्रा छन्! गुरु कारीगरका हातले बनाएका जस्तै तिम्रा तिघ्राका गोलाइहरू रत्नझैँ छन् ।
2तिम्रो नाभि वृत्ताकार कचौराजस्तै छ, जसमा मिसिएको दाखमद्यको कहिल्यै कमी नहोस् । तिम्रो पेट लिली फुलहरूले घेरिएको गहुँको थुप्रोजस्तै छ ।
3तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, हरिणका जुम्ल्याहा पाठाजस्ता छन् ।
4तिम्रो घाँटी हस्ती-हाडको धरहराजस्तो छ । तिम्रा आँखा बाथ-रब्बीमको मूल ढोकाको छेउमा अवस्थित हेश्बोनका तलाउहरूजस्ता छन् । तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तो छ ।
5कर्मेल डाँडाजस्तै तिम्रो शिरले तिमीमाथि छ । तिम्रो शिरमा भएको कपाल कालो बैजनी रङको छ । कपालका राशिद्वारा राजा मोहित पारिन्छन् ।
6हे मेरी प्रिय, तिम्रो आनन्दमा तिमी कति सुन्दरी र मायालु छ्यौ!
7तिम्रो उचाइ खजूरको रुखजस्तै छ, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन् ।
1¶ प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी प्रिय, तिमी सुन्दरी छ्यौ । तिमी सुन्दरी छ्यौ । घुम्टोभित्र लुकेका तिम्रा आँखा ढुकुरजस्ता छन् । तिम्रो कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो छ ।
2तिम्रा दाँत भरखरै कत्रेका, नुहाउने ठाउँबाट आएका भेडीहरूको बथानजस्तै छन् । हरेकको जुम्ल्याहा छ, र तिनीहरूका बिचमा कोही पनि एकलो छैन ।
3तिम्रा ओठ सिन्दुरे रङको धागोजस्ता राता छन् । तिम्रो मुख मायालु छ । तिम्रा गालाहरू घुम्टोभित्रका दुई फ्याक परेका दारिमहरूजस्ता छन् ।
4तिम्रो घाँटी सिपाहीहरूका एक हजार ढाल झुण्ड्याइएको, पत्थरहरूको लहरमा निर्मित दाऊदको धरहराजस्तो छ ।
5तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, लिलीहरूको बिचमा चर्ने हरिणका जुम्ल्याहा पाठाजस्ता छन् ।
10मेरा प्रेमी उज्ज्वल र स्वस्थ, दस हजारका बिचमा श्रेष्ठ हुनुहुन्छ ।
11उहाँको शिर निखुर सुनको छ । उहाँको कपाल घुम्रिएको र कागजस्तै कालो छ ।
12उहाँका आँखा पानीको खोलाको छेउमा बस्ने ढुकुरहरूजस्ता छन्, दूधले नुहाएको, गर्गहना जडिएका जस्ता छन् ।
13उहाँका गालाहरू सुगन्धित मसालाहरूको ड्याङजस्ता छन्, जसले बास्ना फिँजाउँछन् ।
14उहाँका ओठ मूर्रको रस चुहाउने लिली फुलहरूजस्ता छन् ।
15उहाँका पाखुरा गर्गहना जडिएका गोलो सुनजस्ता छन् । उहाँको पेट नीरले ढाकिएको हस्ती-हाडजस्तो छ ।
4हे मेरी प्रिय, तिमी तिर्साजत्तिकै सुन्दरी र यरूशलेमजत्तिकै मायालु छ्यौ । तिमी आफ्ना झन्डाहरू फहराउने सेनाजत्तिकै प्रतापी छ्यौ ।
5तिम्रा आँखा मबाट तर्काऊ, किनकि तिनले मलाई व्याकुल तुल्याउँछन् । तिम्रो कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो छ ।
6तिम्रा दाँत भरखरै कत्रेका, नुहाउने ठाउँबाट आएका भेडीहरूको बथानजस्तै छन् । हरेकको जुम्ल्याहा छ, र तिनीहरूका बिचमा कोही पनि एकलो छैन ।
7तिम्रा गालाहरू घुम्टोभित्रका दुई फ्याक परेका दारिमहरूजस्ता छन् । प्रेमी आफूसित बोल्दैः
7हे मेरी प्रिय, तिमी हर क्षेत्रमा सुन्दरी छ्यौ, र तिमीमा कुनै खोट छैन ।
9हे मेरी प्रिय, म तिमीलाई फारोको रथको राम्रो घोडासित तुलना गर्दछु ।
10शृङ्गारले तिम्रा गाला सुन्दर भएका छन्; गर्गहनाले तिम्रो गला सजिएको छ ।
9तर मेरी ढुकुर्नी, मेरी विशुद्ध एक मात्र छिन् । उनी आफ्नी आमाको एक मात्र छोरी हुन् । उनी आफ्नी आमाले जन्माएकी मनपर्ने छोरी हुन् । युवतीहरूले उनलाई देखे, उनलाई धन्यको भने । रानीहरू र भित्रिनीहरूले पनि उनलाई देखे, र उनको प्रशंसा गरे । रानीहरू र भित्रिनीहरूले भने,
10“प्रभातझैँ उदाउने, चन्द्रमाझैँ सुन्दरी, सूर्यझैँ चम्किलो, आफ्ना झन्डाहरू फहराउने सेनाझैँ प्रतापी यी को हुन्?” प्रेमी आफूसित बोल्दैः
2सियोनकी सुन्दरी र कोमल छोरी नष्ट पारिन्छे ।
1¶ सुनको चमक हराएको छ । कसरी निखुर सुन बद्लेको छ! पवित्र पत्थरहरू हरेक सडकको कुनामा छरपष्ट छन् ।
2सियोनका मूल्यवान् छोराहरू निखुर सुनका तौलजत्तिकै योग्य थिए, तर अहिले तिनीहरू कुमालेको हातका काम अर्थात् माटोको भाँडाजत्तिकै पनि गनिएका छैनन्।
5त्यसका वैरीहरू त्यसको मालिक भएका छन् । त्यसका शत्रुहरूको उन्नति हुन्छ । त्यसका धेरै पापको कारण परमप्रभुले त्यसलाई कष्ट दिनुभएको छ । त्यसका स-साना बालबच्चाहरू त्यसको वैरीकहाँ निर्वासनमा जान्छन् ।
6सौन्दर्यले सियोनकी छोरीलाई छोडेको छ । त्यसका राजकुमारहरू खर्क पाउन नसक्ने मृगहरूजस्तै भएका छन्, र तिनीहरू दुर्बल भएर तिनीहरूलाई खेद्नेको अगिअगि भाग्छन् ।
16तीमाथि बरफ जमेको हुनाले, र तिनमा लुकेर बस्ने हिउँको कारणले अँध्यारो भएका छन् ।
13यसरी तँ सुन र चाँदीले आभूषित भइस्, र तैंले मलमल र रेशमी र बुट्टादार कपडा लगाइस् । तैंले मसिनो पीठो, मह र भद्राक्षको तेल खाइस्, र तँ अत्यन्तै सुन्दरी थिइस्, र तँ रानी भइस् ।
14तेरो सौन्दर्यको कारणले तेरो ख्याति जातिहरूका बिचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्दर्य सिद्ध थियो—यो परमप्रभु परमेश्वरको घोषणा हो ।
10भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ ।
11सियोनमा स्त्रीहरू र यहूदाका सहरहरूमा कन्याहरू बलत्कार गरिएका छन् ।
30अब तँ उजाड पारिएकी छेस्, तब तँ के गर्नेछेस्? तैंले रातो पोशाक पहिरिने, सुनका गरगहना लगाउने र तेरा आँखा गाजले ठुला बनाउने गरे तापनि तँसित कामवासनामा फसेका पुरुषहरूले नै अब तँलाई इन्कार गर्छन् । बरु, तिनीहरूले तेरो जीवन लिन खोज्दैछन् ।
12त्यसका आँखा दाखमद्यजस्तै गाढा, र त्यसका दाँत दुधजस्ता सेता हुनेछन् ।
4जब परमप्रभुले सियोनकी छोरीहरूको मैला धुनुहुनेछ, र फैसलाको आत्मा र आगोको ज्वालाको आत्माले, यरूशलेमको माझबाट रगतका दाखहरू शुद्ध पार्नुहुनेछ, तब यसो हुनेछ ।
15आफ्ना कम्मर वरिपरि पटुका बाँधेका र आफ्ना शिरमा लट्कने फेटा बाँधेका । ती सबै जना कल्दी फौजका रथी अधिकारीहरूजस्ता, बेबिलोनियाका छोराहरूजस्तै देखिन्थे, जसको आफ्नो देश कल्दीया हो ।
10हे मेरी बहिनी, मेरी दुलही, तिम्रो प्रेम कति सुन्दर छ! तिम्रो प्रेम दाखमद्यभन्दा कति असल छ! कुनै पनि मसलाभन्दा तिम्रो अत्तरको बास्ना सुगन्धित छ ।
2त्यो रातमा रुन्छ र विलाप गर्छ, अनि त्यसको आँसुले गला भरिन्छ । त्यसको कुनै पनि प्रेमीले त्यसलाई सान्त्वना दिँदैन । त्यसका सबै मित्रले त्यसलाई धोका दिएका छन् । तिनीहरू त्यसका शत्रुहरू भएका छन् ।
16परमप्रभु भन्नुहुन्छ, सियोनकी छोरीहरू घमण्डी छन्, तिनीहरू मुण्टो ठाडो पार्दै, चञ्चले आँखाले, हिंड्दा छोटो-छोटो पाइला सारेर, तिनीहरूका गोडामा भएका पाउजुका छिन्छिन् आवाज निकाल्दै हिंड्छन् ।
14अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन् । त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए, कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन ।
6नीलो वस्त्र लाउने गभर्नर र तिनका अधिकारीहरू, जो बलिया र सुन्दर थिए, ती सबै जना घोडा चढ्ने मानिसहरू थिए ।