अय्यूब 6:16
तीमाथि बरफ जमेको हुनाले, र तिनमा लुकेर बस्ने हिउँको कारणले अँध्यारो भएका छन् ।
तीमाथि बरफ जमेको हुनाले, र तिनमा लुकेर बस्ने हिउँको कारणले अँध्यारो भएका छन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
17जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।
18आफ्नो बाटोमा हिंड्ने यात्रु-दल पानी खोज्न पाखा लाग्छन् । तिनीहरू बाँझो भू-भागमा भौंतारिन्छन्, र नष्ट हुन्छन् ।
15तर मरुभूमिको नहरझैं मेरा दाजुभाइ मसित विश्वासयोग्य भएका छन्, बगेर कतै पनि नपुग्ने पानीको नहरझैं,
7त्यसका अगुवाहरू हिउँभन्दा शुद्ध, दूधभन्दा सेता थिए । तिनीहरूका शरीर मानिकभन्दा राता थिए; तिनीहरूका रूप नीरजस्तै थिए ।
8अहिले तिनीहरू मुहार मोसोभन्दा कालो छ । तिनीहरू सडकहरूमा चिनिँदैनन् । तिनीहरूको छाला हड्डीहरूमा टाँसिएको छ । यो काठ जत्तिकै सुक्खा भएको छ ।
29कसको गर्भबाट बरफको जन्म भयो? आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो?
30पानीले आफैलाई लुकाउँछ र ढुङ्गाझैं बन्छ । महासागरको सतह जमेको हुन्छ ।
30मेरो छाला कालो छ, र पत्रै-पत्र भएर झर्छ । मेरा हड्डीहरू रापले जलेका छन् ।
16अन्धकारमा दुष्टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन् । तिनीहरूले उज्यालोको वास्ता गर्दैनन् ।
17तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैं हुन्छ । किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन् ।
18तापनि पानीको सतहमा देखा पर्ने फिँजझैं तिनीहरू चाँडै नै बितेर जान्छन् । तिनीहरूको खेतको हिस्सा श्रापित छ । तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन ।
19जसरी खडेरी र तापले हिउँलाई पगालेर पानी बानउँछ, त्यसरी नै पाप गरेकाहरूलाई चिहानले लैजान्छ ।
16उहाँले हिउँलाई ऊनझैं बनाउनुहुन्छ । उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ ।
17उहाँले असिना कङ्कडझैं बर्साउनुहुन्छ । उहाँले पठाउने चिसोको सामना कसले गर्न सक्छ र?
5हे यरूशलेमका छोरीहरू हो, म काली छु, तर मायालु छु । म केदारका पालहरूजस्तै काली र सोलोमनका पर्दाहरूजस्तै मायालु छु ।
6म काली भएकीले र घामले मलाई डढाएकोले मलाई एकटक लगाएर नहेर । मेरी आमाका छोराहरू मसित रिसाउँथे । तिनीहरूले मलाई दाखबारीको रक्षक बनाए, तर मैले मेरो आफ्नै दाखबारीको रक्षा गरेकी छैनँ । प्रेमिका प्रेमीसित बोल्दैः
22हिउँका भण्डारहरूभित्र तँ पसेको छस्? अथवा असिनाका भण्डारहरू तैंले देखेको छस्?
10भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ ।
6तर एसाव कसरी लुटिएको छ, त्यसका लुकाइएका धनसम्पत्तिको खोजिनेछ ।
12उहाँको सामु बिजुलीबाट असिना र आगोका भुङ्ग्रोहरू झरे ।
5अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून् । यसमाथि बादल लागोस् । दिनलाई अँध्यारो बनाउने हरेक कुराले यसलाई साँच्चै त्रसित पारोस् ।
6निस्पट्ट अँध्यारोले त्यो रातलाई समातोस् । वर्षका दिनहरूका बिचमा यो नरमाओस् । महिनाहरूको गन्तीमा यसको गणना नहोस् ।
14के लेबनानको हिउँले कहिल्यै यसका चट्टानका पहाडहरूलाई छोड्छ र? के टाढाबाट आउने पहाडका नदीहरू, ती चिसा नदीहरू कहिल्यै सुक्छन् र?
12यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्छन् । उज्यालो अँध्यारको नजिकै छ ।
17यी मानिसहरू मूलविनाको पानीजस्ता छन् । तिनीहरू आँधीले उडाई लैजाने बादलजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ ।
22मध्यरात जस्तै अँध्यारो देशमा, कुनै नियमबिनाको, मृत्युको छायाको देशमा, जहाँ उज्यालो नै मध्यरातजस्तो हुन्छ ।’”
6किनकि उहाँले हिउँलाई भन्नुहुन्छ, 'पृथ्वीमा खस् ।' त्यसै गरी झरीलाई भन्नुहुन्छ, 'मुसलधारे झरी बन् ।'
30आफैलाई मैले हिउँको पानीले धोएँ, र आफ्ना हात अत्यन्तै सफा बनाए पनि,
6त्यसैले तिनीहरूले नदीका मैदानहरू, जमिन र चट्टानका गुफाहरूमा बस्नुपरेको थियो ।
6तिनीहरूको उपस्थितिले मानिसहरू वेदनामा पर्छन्, अनि तिनीहरूका सम्पूर्ण अनुहार पहेंलो हुन्छ ।
11अन्धकार हुन्छ जसले गर्दा तपाईंले देख्न सक्नुहुन्न । पानीको भलले तपाईंलाई डुबाउँछ ।
9आँधी-बेहरी दक्षिणको आफ्नो बासस्थानबाट आउँछ, र उत्तरको प्रचण्ड बतासबाट जाडो आउँछ ।
10परमेश्वरको सासद्वारा बरफ बन्छ । पानीको फैलावट धातुझैं जम्छ ।
16रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ । मेरो आँखाको वरिपरि मृत्युको छाया छ,
6उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्न लगाउनुभयो ।
32त्यसले आफ्नो पछाडि चम्कने रेखा बनाउँछ । कसैले त्यसलाई गहिरो पानीमा फुलेको कपालजस्तै ठान्छ ।
7तिनीहरू रातभरि लुगाबिना नाङ्गै बस्छन् । जाडोमा ढाक्नलाई तिनीहरूसित केही हुँदैन ।
8तिनीहरू पहाडका झरीले भिजेका छन् । तिनीहरूका बासस्थान नभएको हुनाले तिनीहरू ठुला ढुङ्गाको छेउमा पल्टिन्छन् ।
6तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्यान लिन ढुकिबसेका छन् ।
40मेरो हालत यस्तो थियो, कि दिउँसो गर्मीले मलाई पोल्थ्यो भने राती चिसोले ठिर्याउँथ्यो । मलाई निद्रा लाग्दैनथ्यो ।
18दुष्टता आगोझैं बल्छ । त्यसले सिउँडी र काँढालाई भष्म पार्छ । यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ ।
21आकाशमा बतास चलेपछि र त्यसले त्यहाँको बादललाई उडाएर सफा गरेपछि, जब त्यहाँ सूर्य चम्किन्छ, तब मानिसहरूले त्यो हेर्न सक्दैनन् ।
16परमप्रभु तिमीहरूका परमेश्वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ । किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ ।
14तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् ।
19ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्यसको ठाउँ कहाँ बस्छ?
3किनकि अहिले त्यो समुद्रका बालुवाभन्दा पनि गह्रौं हुनेथियो, त्यसकारण मेरा वचन समझहीन छन् ।
11उहाँको शिर निखुर सुनको छ । उहाँको कपाल घुम्रिएको र कागजस्तै कालो छ ।
8हे आगो र असिना, हिउँ र बादल, उहाँको वचन पुरा गर्ने आँधी बेहरी हो ।
22यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन, जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन् ।
3आकाशलाई म अन्धाकारले ढाक्नेछु । त्यसलाई म भाङ्ग्राले ढाक्नेछु।”