अय्यूब 6:15

अनलक शाब्दिक बाइबल

तर मरुभूमिको नहरझैं मेरा दाजुभाइ मसित विश्‍वासयोग्य भएका छन्, बगेर कतै पनि नपुग्‍ने पानीको नहरझैं,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 38:11 : 11 मेरो अवस्थाको कारणले मेरा मित्रहरू र साथीहरूले मलाई त्याग्छन् । मेरा छिमेकीहरू टाढै खडा हुन्छन् ।
  • यिर्मि 15:18 : 18 किन मेरो पिडा निरन्‍तर छ, र मेरो चोट निको हुन नमान्‍ने, निको नहुने भएको छ? के तपाईं मेरो लागि झुक्‍किने खोला, सुकेर जाने खोलाजस्तो बन्‍नुहुने छ र?
  • भजन 41:9 : 9 वास्तवमा, मेरो रोटी खाएको मेरो आफ्नो घनिष्ठ मित्र जसमा मैले भरोसा गरें, त्यसैले मेरो विरुद्धमा आफ्‍नो लात उठाएको छ ।
  • यूह 13:18 : 18 म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु, तर यो यसैले हो, कि धर्मशास्‍त्र पुरा होस्ः जसले मेरो रोटी खायो, त्यसले नै ममाथि लात उठायो ।
  • यूह 16:32 : 32 हेर, तिमीहरू छरपष्‍ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ, । वास्तवमा त्यो समय आइसकेको छ । तरै पनि म एकलो हुन्‍नँ, किनभने पिता मसँग हुनुहुन्छ ।
  • यहू 1:12 : 12 तिमीहरूका प्रेम भोजहरूमा लुकेका कलङ्कहरू यिनीहरू नै हुन् । तिनीहरू केवल आफ्नै निम्ति मात्र निर्लज्‍ज रूपमा भोज खान्छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्छन् । तिनीहरू शरद ऋतुका निष्फल रुखहरू हुन्, जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् ।
  • यिर्मि 30:14 : 14 तेरा सबै प्रेमीले तँलाई भुलेका छन् । तिनीहरूले तेरो खोजी गर्ने छैनन्, किनकि तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले, मैले तँलाई शत्रुको चोट र क्रुर मालिकको अनुशासनले चोट लगाएको छु ।
  • मीका 7:5-6 : 5 कुनै पनि छिमेकीमाथि विश्‍वास नगर्नू । कुनै साथिमाथि भरोसा नगर्नू । तिम्रा अङ्गालोमा बस्‍ने स्‍त्रीसँग पनि होसियारसँग बोल्नू । 6 किनभने छोरोले आफ्ना बुबाको अनादर गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्छे, र बुहारी सासूको विरुद्ध । मानिसको शत्रु आफ्नै घरका मानिसहरू हुन् ।
  • भजन 55:12-14 : 12 किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्‍यो सहनेथिएँ । न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्‍ति नै थियो, तब म त्यसबाट लुक्‍नेथिएँ । 13 तर यो त त्‍यही, म समानको मानिस, मेरो मित्र र मेरो घनिष्ठ साथी थियो । 14 हामीले एकसाथ मीठो सङ्गति गर्थ्‍यौं । भीडको साथमा हामी परमेश्‍वरको भवनमा जान्‍थ्‍यौं ।
  • भजन 88:18 : 18 तपाईंले हरेक मित्र र चिनजानकाहरूलाई मबाट हटाउनुभएको छ । मेरो चिनजानको भनेको अन्धकार मात्र हो ।
  • यिर्मि 9:4-5 : 4 तिमीकरू हरेक आ-आफ्नो छिमेकीदेखि होसियार बस, र आफ्नो कुनै भाइमाथि भरोसा नगर । किनकि हरेक भाइ निश्‍चय नै छली हो, र हरेक छिमेकी बदख्याइँ गर्दै हिंड्छ । 5 हरेक मानिसले आफ्नो छिमेकीको ठट्टा गर्छ, र साँचो बोल्दैन । तिनीहरूका जिब्राले छली कुराहरू सिकाउँछन् । तिनीहरू अपराध गर्दा-गर्दा थाकेका छन् ।
  • अय्यू 19:19 : 19 मेरा सबै परिचित मित्रहरूले मलाई घृणा गर्छन् । मैले प्रेम गरेकाहरू मेरो विरुद्धमा लागेका छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 6:16-18
    3 पदहरू
    79%

    16तीमाथि बरफ जमेको हुनाले, र तिनमा लुकेर बस्‍ने हिउँको कारणले अँध्‍यारो भएका छन् ।

    17जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।

    18आफ्नो बाटोमा हिंड्ने यात्रु-दल पानी खोज्‍न पाखा लाग्‍छन् । तिनीहरू बाँझो भू-भागमा भौंतारिन्छन्, र नष्‍ट हुन्छन् ।

  • 6किनकि तेरै दाजुभाइ र तेरै बुबाको परिवारले तँलाई धोका दिएका अनि खुलेआम कराएर तँलाई इन्‍कार गरेका छन् । तिनीहरूले तँलाई राम्रा कुराहरू गरे तापनि तिनीहरूमाथि भरोसा नगर् ।

  • अय्यू 19:13-14
    2 पदहरू
    72%

    13उहाँले मेरा दाजुभाइलाई मबाट टाढा राख्‍नुभएको छ । मैले चिनजानकाहरू मबाट बिलकुल अलग रहन्छन् ।

    14मेरा आफन्तहरू मबाट पछि हटेका छन् । मेरो घनिष्ठ मित्रहरूले मलाई बिर्सेका छन् ।

  • 7आदमले झैं तिनीहरूले करार तोडेका छन्, तिनीहरू मप्रति विश्‍वासहीन भएका छन् ।

  • 7तिनीहरूले प्रशस्त उब्‍जनी गरेका कुरा र भण्डारण गरेका कुरा, तिनीहरू लहरे-पिपलहरूको खोलापारि लैजान्छन् ।

  • 19झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्‍न गर्ने मानिस ।

  • 14मूर्छा खानै लागेको व्यक्तिलाई, त्यसको साथीले विश्‍वसनीयता देखाउनु, उसलाई पनि जसले सर्वशक्तिमान्‌को भयलाई त्याग्‍छ ।

  • अय्यू 30:13-14
    2 पदहरू
    70%

    13तिनीहरूले मेरो मार्ग नष्‍ट गर्छन् । तिनीहरूले ममाथि विपत्ति ल्याउँछन्, र ती मानिसहरूलाई रोक्‍ने कोही छैन ।

    14सहरको पर्खालमा भएको ठुलो प्वालबाट आउने फौजझैं तिनीहरू मेरो विरुद्धमा आउँछन् । विनाशको बिचमा तिनीहरू ममाथि लडिबडि खेल्छन् ।

  • यिर्मि 9:2-6
    5 पदहरू
    69%

    2उजाड-स्थानमा यात्रुहरू बस्‍नका निम्ति कसैले मलाई एउटा ठाउँ दिए हुन्‍थ्‍यो, म आफ्‍ना मानिसहरूलाई त्‍याग्‍न त्यहाँ जान सक्‍थे । तिनीहरूलाई मैले छोड्‍न सके हुन्‍थ्‍यो, किनकि सबै व्यभिचारी, विश्‍वासघातीको जमात हुन्!

    3परमप्रभु घोषणा गर्नुहुन्छ, “आफ्‍ना झूटका धनुहरूलाई तिनीहरूले आफ्ना जिब्राले दबाउँछन्, तर तिनीहरूको विश्‍वसनीयताको कारणले तिनीहरू पृथ्वीमा बलिया भएर बढ्ने होइनन् । तिनीहरू एउटा दुष्‍ट कामदेखि अर्को दुष्‍ट काम गर्छन् । तिनीहरूले मलाई चिन्दैनन् ।”

    4तिमीकरू हरेक आ-आफ्नो छिमेकीदेखि होसियार बस, र आफ्नो कुनै भाइमाथि भरोसा नगर । किनकि हरेक भाइ निश्‍चय नै छली हो, र हरेक छिमेकी बदख्याइँ गर्दै हिंड्छ ।

    5हरेक मानिसले आफ्नो छिमेकीको ठट्टा गर्छ, र साँचो बोल्दैन । तिनीहरूका जिब्राले छली कुराहरू सिकाउँछन् । तिनीहरू अपराध गर्दा-गर्दा थाकेका छन् ।

    6तेरो बासस्थान छलको बिचमा छ । आफ्‍नो छलमा तिनीहरूले मलाई इन्कार गर्छन्, यो परमप्रभुको घोषणा हो ।

  • ओबद 1:6-7
    2 पदहरू
    69%

    6तर एसाव कसरी लुटिएको छ, त्यसका लुकाइएका धनसम्पत्तिको खोजिनेछ ।

    7तेरा मित्रराष्‍ट्रका सबै मानिसहरूले तँलाई सिमाना कटाउनेछन् । तँसँग मिलापमा भएका मानिसहरूले तँलाई धोका दिएका छन्, र तेरो विरूद्धमा प्रबल भएका छन् । तेरो रोटी खानेहरूले नै तेरोमुनि पासो थापेका छन् । उसमा कुनै सुझबुझ नै छैन ।

  • मीका 6:11-12
    2 पदहरू
    69%

    11यदि कसैले छलपूर्ण तराजू र कपटपूर्ण ढक प्रयोग गर्छ भने के मैले त्यसलाई निर्दोष मान्‍ने?

    12धनी मानिसहरू हिंसाले भरिएका छन्, त्यसका निवासीहरू झुट बोल्छन्, र तिनीहरूका मुखमा तिनीहरूका जिब्रा छलपूर्ण छन् ।

  • 10एउटै मुखबाट आशिष् र अपशब्द निक्लन्छन् । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन ।

  • 10के हामीहरू सबैका निम्ति एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई बनाउनुभएको होइन र? हामीहरू हरेक किन आफ्नो दाजुभाइको विरुद्धमा विश्‍वासहीन हुन्छौँ, र हाम्रा पितापुर्खाका नाउँलाई अपमानित गर्दछौ?

  • 18तापनि पानीको सतहमा देखा पर्ने फिँजझैं तिनीहरू चाँडै नै बितेर जान्‍छन् । तिनीहरूको खेतको हिस्सा श्रापित छ । तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन ।

  • 13किनकि मेरो जातिले मेरो विरुद्धमा दुईवटा दुष्‍ट काम गरेको छः तिनीहरूले जिउँदो पानीको मुललाई त्यागेका छन्, र तिनीहरूले आफ्नै निम्ति पानी चुहिने कुवाहरू खनेका छन् ।

  • 16मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।

  • 15हे मेरो छोरो, तिनीहरूसँग त्यस मार्गमा नचल । तिनीहरू हिँड्ने बाटोमा तेरा पाउलाई छुन नदे ।

  • 15तिनीहरू बाङ्गाटिङ्गा बाटाहरूमा हिँड्छन्, र छलको प्रयोग गर्दै तिनीहरूले आफ्ना चाल लुकाउँछन् ।

  • 8तर तिमीहरूले अरूको अन्याय गरेका र ठगेका छौ, अनि तिनीहरू तिमीहरूका आफ्नै दाजुभाइहरू हुन्!

  • 15एफ्राइम आफ्ना दाजुभाइका बिचमा समृद्ध भए पनि, पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड-स्‍थानबाट बहनेछ । एफ्राइमको मुहान सुक्‍नेछ, र त्यसको इनारमा पानी हुनेछैन । त्यसका हरेक बहुमुल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्‍नेछ ।

  • 20तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।

  • 15तर जब मैले ठेस खाएँ, तब तिनीहरू खुसी भए र एकसाथ भेला भए । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भए र तिनीहरूले मलाई छक्‍क पारे । तिनीहरूले मलाई निरन्तर हप्‍काए ।

  • 11किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।

  • 15दुष्‍ट मानिसहरू हिंडेका पुरानै मार्गमा, तपाईं पनि हिंड्नुहुन्‍छ र—

  • 7गरिब मानिसका सबै दाजुभाइले त्यसलाई घृणा गर्छन् भने, त्यसका टाढा जाने मित्रहरूले त झन् कति धेरै त्यसलाई त्याग्लान्! त्यसले तिनीहरूलाई बोलाउँछन्, तर तिनीहरू गइसकेका हुन्छन् ।

  • 16घृणित र भ्रष्‍ट व्‍यक्‍ति झन् कति कम शुद्ध होला, एक जना मानिस जसले अधर्मलाई पानीझैं पिउँछ।

  • 26किनकि मेरा मानिसहरूसँगै दुष्‍ट मानिसहरू भेट्टाइएका छन् । कोही मानिस चरा समाउनलाई चुप बसेझैं तिनीहरू ढुकिबस्छन् । तिनीहरूले पासो थाप्‍छन् र मानिसहरू समात्छन् ।

  • 2भुमिबाट विश्‍वसनीय मानिसहरू बिलिन भएका छन् । सारा मानवजातिमा कोही सोझो मानिस छैन । तिनीहरू सबै रक्तपातको निम्ति पर्खिरहन्छन् । हरेकले आफ्नो दाजुभाइलाई जालले शिकार गर्दछ ।

  • 6तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्‍यान लिन ढुकिबसेका छन् ।

  • 26हिलोको फुहारा वा दूषित कुवाझैँ दुष्‍ट मानिसको सामु लर्खराउँदै हिँड्ने धर्मी मानिस हुन्छ ।

  • 15दुष्‍टहरूबाट तिनीहरूको 'ज्योति' लगिन्छ । तिनीहरूको उठाइएको पाखुरा भाँचिन्छ ।

  • 17मित्रले हर समय प्रेम गरिरहन्छ, र दाजुभाइचाहिँ कष्‍टको समयको लागि जन्मेका हुन्छन् ।

  • 28तिनीहरू अति नै हठी मानिसहरू हुन् जो अरूहरूको बदख्याइँ गर्दै यताउता जान्छन् । तिनीहरू सबै भ्रष्‍टतापूर्वक काम गर्ने काँसा र फलाम हुन् ।

  • 13सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी भएका छन्, यो परमप्रभुको घोषणा हो । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।

  • 12मेरो ज्यान लिन खोज्‍नेहरूले मेरो निम्ति पासो थाप्छन् । मेरो हानि गर्न खोज्‍नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन् ।

  • 18किन मेरो पिडा निरन्‍तर छ, र मेरो चोट निको हुन नमान्‍ने, निको नहुने भएको छ? के तपाईं मेरो लागि झुक्‍किने खोला, सुकेर जाने खोलाजस्तो बन्‍नुहुने छ र?

  • 4मानिसको मुखका वचनहरू गहिरो पानी हुन् । बुद्धिको फुहारा बगिरहने खोला हो ।

  • 22तिमीहरूका चाँदी अशुद्ध भएको छ, तिमीहरूका दाखमद्य पानी मिसाइएको छ ।

  • 11जसरी एउटा तलाउबाट पानी लोप हुन्छ, र जसरी नदीको पानी घट्छ र सुक्छ,

  • 16हामीले पृथ्वीको सुदूर भागबाट गीतहरू सुनेका छौं, “धर्मी जनको महिमा होस्!” तर मैले भनें, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु, मलाई धिक्‍कार! धोकेबाजले धोकापुर्ण व्यवहार गरेको छ । हो, धोकेबाजले धेरै धोकापुर्ण व्यवहार गरेको छ ।