यशैया 24:16

अनलक शाब्दिक बाइबल

हामीले पृथ्वीको सुदूर भागबाट गीतहरू सुनेका छौं, “धर्मी जनको महिमा होस्!” तर मैले भनें, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु, मलाई धिक्‍कार! धोकेबाजले धोकापुर्ण व्यवहार गरेको छ । हो, धोकेबाजले धेरै धोकापुर्ण व्यवहार गरेको छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 21:2 : 2 मलाई एउटा कष्‍टप्रद दर्शन दिइएको छः “धोकेबाजले धोकापुर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ । ए एलाम, माथि जा र आक्रमण गर् । ए मादी घेरा हाल् । त्यसको सबै शोकलाई म रोक्‍नेछु ।
  • यशा 33:1 : 1 ¶ विनाश नभएको विनाश पार्ने तँलाई धिक्‍कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्‍कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।
  • यिर्मि 5:11 : 11 किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।
  • यिर्मि 3:20 : 20 तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।
  • यशा 26:15 : 15 हे परमप्रभु, तपाईंले जातिको वृद्धि गर्नुभएको छ, तपाईंले जातिको वृद्धि गर्नुभएको छ । तपाईंको आदर गरिन्छ । तपाईंले देशका सबै सिमानालाई विस्तार गर्नुभएको छ ।
  • यशा 28:5 : 5 त्यो दिनमा सर्वशक्तिमान् परमप्रभु नै सुन्दर मुकुट बन्‍नुहुनेछ र आफ्‍ना बाँकी रहेका मानिसहरूका निम्‍ति महिमाको मुकुट बन्‍नुहुनेछ ।
  • यशा 45:22-25 : 22 ए पृथ्वीका अन्‍तिम छेउका हो, मतिर फर्क र बाँच । किनकि म नै परमेश्‍वर हुँ र त्‍यहाँ अरू कोही छैन । 23 म आफैंमा शपथ खान्छु, मेरो न्यायी आदेश दिन्छु र यो फिर्ता हुनेछैन, 'मेरो सामु हरेक घुँडा टेक्‍नेछ, हरेक जिब्रोले स्‍विकार गर्नेछ । 24 तिनीहरूले मेरो बारेमा यसो भन्‍नेछन्, “परमप्रभुमा मात्र उद्धार र शक्ति छ ।” उहाँसँग रिसाउनेहरू सबै लाजमा पर्नेछन् । 25 परमप्रभुमा नै इस्राएलका सबै सन्तानहरू धर्मी ठहरिनेछन् । तिनीहरूले उहाँमा नै गर्व गर्नेछन् ।
  • यशा 48:8 : 8 तिमीहरूले कहिल्यै सुनेनौ । तिमीहरूले जानेनौ । यी कुराहरू तिमीहरूका कानमा यसअघि भनिएको थिएन । किनकि तिमीहरू धेरै छली भएका छौ र जन्मैदेखि तिमीहरू विद्रोही भएका छौ भनी मलाई थाहा थियो ।
  • यशा 52:10 : 10 परमप्रभुले आफ्नो पवित्र बाहुली सबै जातिहरूको दृष्‍टिमा प्रकट गर्नुभएको छ । सारा पृथ्वीले हाम्रा परमेश्‍वरको उद्धार देख्‍नेछ ।
  • यशा 60:21 : 21 तेरा सबै मानिस धर्मी हुनेछन् । तिनीहरूले सदाको निम्ति देश अधिकार गर्नेछन् । म महिमित हुन सकूँ भनेर ती मैले रोपेका बिरुवाका हाँगा र मेरा हातका काम हुन् ।
  • यशा 66:19-20 : 19 तिनीहरूको माझमा म आफ्‍नो एउटा शक्तिशाली चिन्ह खडा गर्नेछु । तब म तिनीहरूबाट बाँचेकाहरूलाई जातिहरूकहाँ: तर्शीश, पुट र लुड, आफ्‍ना धनु तान्‍ने धनुर्धारीहरू, तुबल, जावन र टाढाका समुद्रका किनारतिर पठाउनेछु जहाँ तिनीहरूले मेरो बारेमा सुनेका छैनन्, न त मेरो महिमा देखेका छैन् । तिनीहरूले जातिहरूका माझमा मेरो महिमाको घोषणा गर्नेछन् । 20 तिनीहरूले तिमीहरूका सबै भाइहरूलाई परमप्रभुको निम्ति बलिदान झैं सबै जातिहरूबाट फिर्ता ल्याउनेछन् । तिनीहरू घोडाहरूमा, रथहरूमा, गाडाहरूमा, खच्‍चरहरूमा र ऊँटहरूमा चढेर मेरो पवित्र पर्वत यरूशलेममा आउनेछन्, परमप्रभु भन्‍नुहुन्छ । किनकि इस्राएलका मानिसहरूले परमप्रभुको भवनमा एउटा शद्ध भाँडामा अन्‍नबलि ल्याउनेछन् ।
  • यिर्मि 12:1 : 1 ¶ हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्छन्? सबै विश्‍वासहीन मानिस सफल छन् ।
  • यिर्मि 12:6 : 6 किनकि तेरै दाजुभाइ र तेरै बुबाको परिवारले तँलाई धोका दिएका अनि खुलेआम कराएर तँलाई इन्‍कार गरेका छन् । तिनीहरूले तँलाई राम्रा कुराहरू गरे तापनि तिनीहरूमाथि भरोसा नगर् ।
  • विलाप 1:2 : 2 त्यो रातमा रुन्छ र विलाप गर्छ, अनि त्यसको आँसुले गला भरिन्छ । त्यसको कुनै पनि प्रेमीले त्यसलाई सान्त्वना दिँदैन । त्यसका सबै मित्रले त्यसलाई धोका दिएका छन् । तिनीहरू त्यसका शत्रुहरू भएका छन् ।
  • हो 5:7 : 7 तिनीहरू परमप्रभुप्रति विश्‍वासघाती भए, किनकि तिनीहरूले अवैधानिक छोराछोरी जन्माएका छन् । अब औंसीका पर्वहरूले तिनीहरूका भूमिसँगै तिनीहरूलाई पनि निलिदिनेछ ।
  • हो 6:7 : 7 आदमले झैं तिनीहरूले करार तोडेका छन्, तिनीहरू मप्रति विश्‍वासहीन भएका छन् ।
  • मीका 5:4 : 4 परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्‍वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।
  • हब 1:3 : 3 मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्छ? सर्वनाश र हिंसा मेरो सामुन्‍ने छन् । त्यहाँ झैँ-झगडा छ, र विवाद चर्किंदै छ ।
  • मर 13:27 : 27 तब उसले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उसले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछ ।
  • प्रेरि 13:47 : 47 किनभने परमेश्‍वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु, र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ ।”
  • प्रका 15:3 : 3 तिनीहरूले परमेश्‍वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका कामहरू महान् र आश्‍चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् ।
  • प्रका 16:5-7 : 5 पानीको स्वर्गदूतले यसो भनेको मैले सुनेँ, “तपाईं धर्मी हुनुहुन्छ, जो हुनुहुन्छ, हुनुहुन्थ्यो, र पवित्र जन हुनुहुन्छ, किनकि यी कुराहरूलाई तपाईंले न्याय गर्नुभयो । 6 किनभने तिनीहरूले विश्‍वासी र अगमवक्‍ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।” 7 वेदीले जवाफ दिएको मैले सुनेँ, “हो, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका न्याय सत्य र धार्मिक छन् ।”
  • प्रका 19:1-6 : 1 ¶ यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्तो सुनेँ, “हल्लेलूयाह! मुक्‍ति, महिमा र शक्‍ति हाम्रा परमेश्‍वरका हुन् । 2 उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्‍वीलाई त्यसको अनैतिक यौनले भ्रष्‍ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।” 3 तिनीहरूले दोस्रो चोटि भने, “हल्लेलूयाह! त्यसबाटै सदाकालका निम्ति धुवाँ निस्किरहन्छ ।” 4 चौबिस जना एल्डर र चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्‍वरलाई दण्डवत् गर्दै आराधना गरे । तिनीहरूले “आमेन । हल्लेलूयाह!” भनिरहेका थिए । 5 त्यसपछि सिंहासनबाट यसो भन्‍ने एउटा आवाज आयो, “तिमीहरू सबै उहाँका दासहरू हौ जसले उहाँको भय मान्दछन्, हाम्रा परमेश्‍वरको प्रशंसा गर ।” 6 अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्‍तिमान् परमेश्‍वरले राज्य गर्नुहुन्‍छ ।
  • निर्ग 15:11 : 11 हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्‍चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र?
  • भजन 2:8 : 8 मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु ।
  • भजन 22:27-31 : 27 पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्‍टो पर्नेछन् । 28 किनकि राज्य परमप्रभुकै हो । उहाँ नै जातिहरूका शासक हुनुहुन्छ । 29 पृथ्वीका सबै समृद्ध मानिसहरूले भोज गर्नेछन् र आराधना गर्नेछन् । धूलोमा झरिरहेका सबैले उहाँको सामु दण्डवत गर्नेछन्, जसले तिनीहरूको आफ्नो जीवनको रक्षा गर्न सक्दैनन् । 30 आउने पुस्ताले उहाँको सेवा गर्नेछ । तिनीहरूले अर्को पुस्तालाई परमप्रभुको बारेमा भन्‍नेछन् । 31 तिनीहरू आउनेछन् र उहाँको धार्मिकताको बारेमा भन्‍नेछन् । उहाँले जे गर्नुभएको छ सो तिनीहरूले अझै नजन्‍मेका मानिसहरूलाई भन्‍नेछन् ।
  • भजन 58:10 : 10 धर्मीले परमेश्‍वरको बदला देख्दा, त्यो आनन्‍दित हुनेछ । तिनीहरूले आफ्ना खुट्टाहरू दुष्‍टहरूका रगतमा धुनेछन्,
  • भजन 67:7 : 7 परमेश्‍वरले हामीलाई आशिष्‌‌‌ दिनुभएको छ र पृथ्वीका अन्तिम छेउसम्म भएका सबैले उहाँको आदर गर्छन् ।
  • भजन 72:8-9 : 8 उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म अधीन गरून् । 9 उजाडस्‍थानमा बस्‍नेहरू उनको सामु घोप्‍टो परेर दण्डवत गरून् । उनका शत्रुहरूले धूलो चाटून् । 10 तर्शीश र टापूहरूका राजाहरूले कर तिरून् । शेबा र शेबाका राजहरूले उपहारहरू ल्याऊन् । 11 वास्तवमा, सबै राजा उनको सामु घोप्‍टो परून् । सबै जातिहरूले तिनको सेवा गरून् ।
  • भजन 98:3 : 3 उहाँले इस्राएलको घरनाको निम्ति आफ्नो करारको बफादरी र विश्‍वस्‍तता सम्झिनुहुन्छ । पृथ्वीको अन्‍तिम छेउसम्मकाहरू सबैले हाम्रा परमेश्‍वरको विजय देख्‍नेछन् ।
  • भजन 106:15 : 15 त्यसैले तिनीहरूले जे मागे उहाँले तिनीहरूलाई त्‍यही दिनुभयो, तर उहाँले तिनीहरूमाथि डरलाग्दो रोग पठाउनुभयो ।
  • भजन 107:1-9 : 1 ¶ परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ र उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । 2 परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून्, जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको छ । 3 उहाँले तिनीहरूलाई विदेशी भूमिहरूबाट, पूर्वबाट र पश्‍चिमबाट, उत्तरबाट र दक्षिणबाट भेला पार्नुभएको छ । 4 तिनीहरू मरुभूमिको बाटोमा उजाडस्‍थानमा भौंतारिए र बस्‍नलाई कुनै सहर भेट्टाएनन् । 5 किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए । 6 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो । 7 उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्‍नलाई एउटा सहरमा जान पाऊन् । 8 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्! 9 किनकि उहाँले तिर्खाएकाहरूको तिर्खा मेटाउनुहुन्छ र भोकाहरूका इच्छाहरूलाई उहाँले असल थोकहरूले पुरा गर्नुहुन्छ । 10 कोही अँध्यारो र दुःखमा, कैदीहरू कष्‍ट र साङ्लाहरूमा बसे । 11 तिनीहरूले परमेश्‍वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्‍चको सल्‍लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो । 12 उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो । तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन । 13 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो । 14 उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो । 15 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्! 16 किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको छ र फलामका डण्डाहरू काट्नुभएको छ । 17 आफ्‍ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्‍ना पापहरूका कारणले कष्‍टमा परे । 18 तिनीहरूले कुनै खानेकुरा खाने इच्छा हराए र तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे । 19 तब आफ्‍ना कष्‍टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो । 20 उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो । 21 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्! 22 तिनीहरूले धन्यवादका बलिदानहरू चढाऊन् र गीतहरूले उहाँका कामहरू घोषणा गरून् । 23 केहीले समुद्रमा यात्रा गर्छन् र समुद्रपारि व्यपार गर्छन् । 24 यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू र उहाँका चमत्कारहरू देखे । 25 किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो । 26 तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए । तिनीहरूका जीवन संकष्‍टमा बिलेर गयो । 27 तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो । 28 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो । 29 उहाँले आँधीलाई शान्त पार्नुभयो र छालहरू शान्‍त भए । 30 तब तिनीहरू आनन्‍दित भए किनभने समुद्र शान्त भयो, र तिनीहरूले इच्‍छा गरेको बन्‍दरगाहमा उहाँले तिनीहरूलाई ल्याउनुभयो । 31 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्! 32 तिनीहरूले उहाँलाई मानिसहरूको सभामा उच्‍च पारून् र धर्मगुरुहरूका सभामा उहँको प्रशंसा गरून् । 33 उहाँले नदीहरूलाई उजाडस्‍थानमा र पानीका मूलहरूलाई सुख्खा जमिनमा, 34 र यसका मानिसहरूका दुष्‍टताको कारणले उर्बर भूमिलाई बाँझो ठाउँमा बद्लिनुहुन्‍छ । 35 उहाँले उजाडस्‍थानलाई पानीको तलाउ र सुख्खा जमिनलाई पानीको मूलमा बद्लिनुहुन्‍छ । 36 भोकाहरूलाई उहाँले त्यहाँ बसाल्नहुन्छ र तिनीहरूले बस्‍नलाई एउटा सहर बनाउँछन् । 37 खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्‍त उब्‍जनी ल्‍याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् । 38 उहाँले तिनीहरूलाई आशिष्‌‌‌ दिनुहुन्छ, यसैले तिनीहरू असंख्या हुन्‍छन् । उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्‍न । 39 पीडादायी संकष्‍ट र दुःखले तिनीहरूको सङ्‍ख्‍या घट्‍यो र तल झारिए । 40 उहाँले अगुवाहरूमाथि घृणा खन्याउनुहुन्छ र तिनीहरूलाई उजाडस्‍थानमा भौंतारिन लगाउनुहुन्छ, जहाँ कुनै बाटो हुँदैन । 41 तर खाँचोमा परेकाहरूलाई उहाँले कष्‍टबाट सुरक्षा दिनुहुन्छ र बगाललाई झैं आफ्नो परिवारको वास्ता गर्नुहुन्छ । 42 सोझो मन भएकाहरूले यो देख्‍नेछन् र आनन्‍दि हुनेछन् । सबै दुष्‍टताले आफ्‍नो मुख बन्द गर्छ । 43 बुद्धिमान्‌हरूले यी कुराहरूमा ख्‍याल गर्नुपर्छ र परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूमा ध्‍यान गर्नुपर्छ ।
  • यशा 10:16 : 16 यसकारण सर्वशक्तिमान् परमप्रभुले उसका कुलिन योद्धाहरू माझ रूढी पठाउनुहुनेछ । अनि उहाँको महिमाको मुनि आगोजस्तै जलन दन्काइनेछ ।
  • यशा 17:4 : 4 त्‍यो दिनमा यस्‍तो हुनेछ, याकूबको गौरव दुब्‍लो हुनेछ र त्यसको शरीरको मोटाइ पातलो हुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 24:13-15
    3 पदहरू
    74%

    13किनकि जस्‍तो जैतूनको रूखलाई हल्लाउँदा, जस्‍तो अङ्गुर टिप्‍दा फाटफुट छुट्छ, सारा पृथ्वीभरि जातिहरू माझ यस्तै नै हुनेछ ।

    14आफ्‍नो सोरलाई तिनीहरूले उचाल्‍नेछन् र परमप्रभुको वैभवको जयजयकार गर्नेछन् र समुद्रबाट आनन्दसाथ कराउनेछन् ।

    15यसकारण पुर्वमा परमप्रभुको महिमा गर, समुद्रा टापुहरूमा परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँलाई महिमा देओ ।

  • 19हे परमप्रभु, तपाईं मेरो किल्ला र मेरो शरणस्थान, सङ्कष्‍टको दिनमा मेरो सुरक्षाको स्थान हुनुहुन्छ । पृथ्वीका कुनाबाट जातिहरू तपाईंकहाँ आउनेछन् र भन्‍नेछन्, “निश्‍चय नै हाम्रा पुर्खाहरूले छललाई अधिकार गरे । तिनीहरू रित्ता छन् । तिनीहरूमा कुनै लाभ छैन ।

  • यशा 24:3-4
    2 पदहरू
    73%

    3पृथ्वीलाई पुर्ण रूपमा विनाश गरिनेछ र पुर्ण रूपमा नाङ्गो बनाइनेछ । किनकि परमप्रभुले यो वचन बोल्नुभएको छ ।

    4पृथ्वी सुख्‍खा हुनेछ र ओइलाउनेछ, संसार सुक्‍नेछ र ओइलाएर जानेछ। पृथ्वीका विशिष्‍ट मानिसहरू दुर्बल हुनेछन् ।

  • विलाप 1:11-13
    3 पदहरू
    73%

    11त्यसका सबै मानिसले रोटीको खोजी गर्दा तिनीहरू सुस्केरा हाल्छन् । आफ्ना प्राण बचाउनलाई खानाको लागि तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू दिएका छन् । हे परमप्रभु, हेर्नुहोस्, र मलाई विचार गर्नुहोस्, किनकि म बेकम्मा भएको छु ।

    12यताबाट भएर जाने तिमीहरू सबैलाई के यसको वास्ता छैन? मलाई दिइएको शोकजस्तै कसैको शोक छ कि छैन भनेर हेर र विचार गर, किनकि परमप्रभुले आफ्नो भयङ्कर क्रोधको दिनमा मलाई यातना दिनुभएको छ ।

    13उहाँले उच्‍चबाट मेरा हड्‍डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।

  • यशा 21:1-3
    3 पदहरू
    72%

    1¶ समुद्र नजिकको मरुभूमिको बारेमा एउटा घोषणा । नेगेवमा चल्ने आँधीहुरी जस्तै मरुभूमि र डरलाग्‍दो देशबाट यो आउँछ ।

    2मलाई एउटा कष्‍टप्रद दर्शन दिइएको छः “धोकेबाजले धोकापुर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ । ए एलाम, माथि जा र आक्रमण गर् । ए मादी घेरा हाल् । त्यसको सबै शोकलाई म रोक्‍नेछु ।

    3यसकारण मेरो कमर दुखेको छ । स्‍त्रीको प्रसव पीडाजस्‍तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।

  • विलाप 1:18-22
    5 पदहरू
    72%

    18परमप्रभु धर्मी हुनुहुन्छ, किनकि म उहाँको आज्ञाको विरुद्धमा बागी भएको छु । हे सबै मानिस हो, सुन र मेरो शोकलाई विचार गर । मेरा कन्याहरू र हट्टाकट्टा मानिसहरू निर्वासनमा गएका छन् ।

    19मैले मेरा मित्रहरूलाई बोलाएँ, तर तिनीहरू मप्रति धोकेबाज निस्किए । मेरा पुजारीहरू र मेरा धर्म-गुरुहरूले आफ्ना प्राण बचाउनको लागि खानाको खोजी गर्दा तिनीहरू सहरमा नै नष्‍ट भए ।

    20हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु । बाहिर तरवारले आमालाई नष्‍ट पार्छ, घरभित्र केवल मृत्यु छ ।

    21तिनीहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही छैन । मेरा सबै शत्रुले मेरो कष्‍टको विषयमा सुनेका छन्, र तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुसी छन् । तपाईंले प्रतिज्ञा गर्नुभएको दिन तपाईंले ल्याउनुभएको छ । अब तिनीहरू मजस्तै होऊन् ।

    22तिनीहरूका सबै दुष्‍टता तपाईंको सामु आऊन् । मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् । मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मुर्छा परेको छ ।

  • 10चारैतिर भएका धेरै जना मानिसबाट मैले त्रासको हल्ला सुनेको छु, 'खबर गर! हामीले यसबारे खबर गर्नुपर्छ!' मेरा नजिक हुनेहरू म पतन हुनेछु कि भनेर हेर्छन् । सायद त्‍यसलाई छल गर्न सकिन्‍छ । त्यसो भयो भने, हामीले त्यसलाई पराजित गर्न सक्छौं र त्यसमाथि हाम्रो बदला लिन सक्छौं ।'

  • 19के तपाईंले यहूदालाई बिलकुलै इन्कार गर्नुभएको हो? के तपाईं सियोनलाई घृणा गर्नुहुन्छ? जब हामी निको हुनुछैन भने किन तपाईं हामीलाई कष्‍ट दिनुहुन्छ? हामीले शान्तिको आशा गर्‍यौँ, तर त्यहाँ कुनै असल कुरा थिएन र निको हुने समय थिएन, तर हेर्नुहोस् त्‍यहाँ त्रास मात्र छ ।

  • यशा 33:1-2
    2 पदहरू
    71%

    1¶ विनाश नभएको विनाश पार्ने तँलाई धिक्‍कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्‍कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।

    2हे परमप्रभु, हामीप्रति अनुग्रही हुनुहोस् । हामी तपाईंको आशा गर्छौं । हरेक बिहान हाम्रो बहुली हुनुहोस्, कष्‍टको समयमा हाम्रो उद्धार हुनुहोस् ।

  • 17ए पृथ्वीका बासिन्दाहरू, तिमीहरूमाथि त्रास, खाल्डो र पासो आइलागेको छ ।

  • 16मैले सुनेँ, र मेरा भित्री अङ्गहरू काँपे! त्यो आवाजमा मेरा ओठ थर-थर काँपे । हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिंदा मेरा हड्‍डीहरू मक्‍किन्छन्, र म भित्र-भित्रै काँप्‍छु ।

  • 24हामीले तिनीहरूका बारेमा खबरहरू सुनेका छौं, र निराश हुँदा हाम्रा हातहरू नै लत्रेका छन् । जन्म दिंदा स्‍त्रीलाई भएझैं सङ्कष्‍टले हामीलाई समात्छ ।

  • 17यी सबै कुरा हामीमा हुन आएका छन् । तापनि हामीले तपाईंलाई बिर्सेका वा तपाईंको करारसँग झुटो किसिमले व्यवहार गरेका छैनौं ।

  • 14यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।

  • 15हामी शान्तिको अपेक्षा गर्दैछौं, तर त्यहाँ कुनै असल कुरो हुनेछैन । हामी चङ्गाइको समयको आशा गर्दैछौं, तर त्यहाँ त्रास हुनेछ ।

  • 5मलाई धिक्‍कार होस्, किनभने म मेशेकमा अस्थायी रूपमा मात्र बस्छु । पहिले केदारका पालहरूका माझमा म बस्थें ।

  • 1¶ हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्छन्? सबै विश्‍वासहीन मानिस सफल छन् ।

  • 7हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो ।

  • 15हेर्नुहोस्, तिनीहरू मलाई यसो भन्दैछन्, 'परमप्रभुको वचन कहाँ छ? त्‍यो आओस् ।'

  • 13तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू मबाट टाढा बहकिएका छन् । तिनीहरूमाथि विनाश आउँदै छ! तिनीहरूले मेरो विरुद्ध विद्रोह गरेका छन्! मैले तिनीहरूलाई बचाउन सक्‍थें, तर तिनीहरूले मेरो विरुद्धमा झुट बोले ।

  • 4त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्‍ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’”

  • 25किनकि हामी पग्‍लेर धूलोमा मिलेका छौं । हाम्रा शरीरहरू भूइँमा टाँसिन्छन् ।

  • 11किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।

  • 19किनकि सियोनमा विलापको सोर सुनिएको छ, 'हामी कसरी तहस-नहत भएका छौं । हामी ज्यादै लज्‍जित भएका छौं । तिनीहरूले हाम्रा घरहरू भत्काएको समयदेखि नै हामीले यो देश त्‍यागेका छौं ।'

  • 2उजाड-स्थानमा यात्रुहरू बस्‍नका निम्ति कसैले मलाई एउटा ठाउँ दिए हुन्‍थ्‍यो, म आफ्‍ना मानिसहरूलाई त्‍याग्‍न त्यहाँ जान सक्‍थे । तिनीहरूलाई मैले छोड्‍न सके हुन्‍थ्‍यो, किनकि सबै व्यभिचारी, विश्‍वासघातीको जमात हुन्!

  • 20विपत्तिपछि विपत्ति आउनेछ । किनकि सारा देश भग्‍नावशेष हुन्छ । अकस्मात् मेरा पालहरू अनि मेरा पर्दाहरू एकै क्षणमा नष्‍ट पारिए ।

  • 12ए हठी मानिसहरू, मेरो कुरा सुन, जो ठिक कुरा गर्नबाट टाढै बस्‍छौ ।

  • 19मलाई धिक्‍कार छ! मेरा हड्‍डी भाँचिएका हुनाले मेरो चोट सङ्क्रमित भएको छ । त्यसैले मैले भनें, “निश्‍चय नै यो वेदना हो, तर मैले त्‍यो सहनैपर्छ ।”

  • 16तेरा सबै शत्रुले तेरो विरुद्धमा तिनीहरूका मुख खोल्छन् । तिनीहरूले खिसी गरेर रिसमा आफ्ना दाह्रा किट्छन्, र भन्छन्, “हामीले त्यसलाई निलेका छौँ । हामी यही दिनको प्रतीक्षामा थियौँ । यही हेर्न हामी बाँचेका छौँ ।”

  • 10ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु ।

  • 15तर जब मैले ठेस खाएँ, तब तिनीहरू खुसी भए र एकसाथ भेला भए । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भए र तिनीहरूले मलाई छक्‍क पारे । तिनीहरूले मलाई निरन्तर हप्‍काए ।

  • 16यिनै कुराहरूको लागि म रुन्छु; मेरा आँखा आँसुको धारा बहन्छ । किनकि मलाई सान्त्वना दिने र मेरो जीवनलाई पुनर्स्थापित गर्ने मबाट निकै टाढा छ । शत्रुले मलाई परास्त गरेकोले मेरा बालबच्‍चा बेसहारा छन् ।

  • 13“मेरो विरूद्ध तिमीहरूका वचन कडा भएका छन्,” परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामीहरूले हाम्रो बिचमा तपाईंको विरुद्ध के भनेका छौँ?’

  • 15तिमीहरूले यसो भनेका हुनाले यस्‍तो हुनेछ, “हामीले मृत्युसित करार बाँधेका छौं र चिहनसँग हामी समहती गरेका छौं । त्यसैले डरलाग्‍दो कोर्राले हामीलाई भेट्टाउँदा, त्‍यो हामीकहाँ पुग्‍नेछैन । किनकि हामीले झुठलाई हाम्रो शरणस्थान बनाएका छौं र असत्‍यमा वास बसेका छौं।”

  • 5टापुहरूले देखेका छन् र डराएका छन् । पृथ्वीका अन्तिम छेउहरू थरथर काम्छन् । तिनीहरू तयार हुन्‍छन् र आउँछन् ।

  • 7हेर, तिनीहरूका दूतहरू सडकहरूमा कराउँछन् । शान्तिको आशा गर्ने कुटनितिज्ञहरू धुरुधुरु रुन्छन् ।

  • 16के हाम्रै आँखाका सामु खानेकुरा, अनि हाम्रा परमेश्‍वरको मन्‍दिरबाट आनन्द र रमाहट रोकिएको छैन र?

  • 27ए याकूब, तँ किन यसो भन्‍छस्, ए इस्राएल, तँ किन घोषणा गर्छस्, “मेरो बाटो परमप्रभुबाट लुकाइएको छ र मेरो परमेश्‍वरले मेरो बदलाको वास्ता गर्नुहुन्‍न”?