अय्यूब 3:5
अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून् । यसमाथि बादल लागोस् । दिनलाई अँध्यारो बनाउने हरेक कुराले यसलाई साँच्चै त्रसित पारोस् ।
अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून् । यसमाथि बादल लागोस् । दिनलाई अँध्यारो बनाउने हरेक कुराले यसलाई साँच्चै त्रसित पारोस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6निस्पट्ट अँध्यारोले त्यो रातलाई समातोस् । वर्षका दिनहरूका बिचमा यो नरमाओस् । महिनाहरूको गन्तीमा यसको गणना नहोस् ।
7हेर, त्यो रात बाँझो होस् । यसमा कुनै हर्षको सोर नआओस् ।
8लिव्यातन्लाई कसरी ब्युँझाउने भनी जानेकाहरूले, त्यस दिनलाई सराप दिऊन् ।
9त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्न पाओस् ।
3“म जन्मेको दिन नष्ट होस्, त्यो रात जसले भन्यो, 'एउटा बालकको गर्भधारण भएको छ ।'
4त्यो दिन अन्धकार होस् । परमेश्वरले माथिबाट त्यसलाई याद नगरून्, न त यसमा घाम लागोस् ।
21जहाँबाट म कहिलै फर्कन्न त्यहाँ जानुअगि, अन्धकारको देश र मृत्युको छायामा,
22मध्यरात जस्तै अँध्यारो देशमा, कुनै नियमबिनाको, मृत्युको छायाको देशमा, जहाँ उज्यालो नै मध्यरातजस्तो हुन्छ ।’”
20के परमप्रभुको दिन उज्यालो नभई अन्धकार हुनेछैन र? अन्धकार र कुनै उज्यालो नभएको?
16अन्धकारमा दुष्टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन् । तिनीहरूले उज्यालोको वास्ता गर्दैनन् ।
17तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैं हुन्छ । किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन् ।
5वास्तवमा दुष्ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।
6उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ ।
11अन्धकार हुन्छ जसले गर्दा तपाईंले देख्न सक्नुहुन्न । पानीको भलले तपाईंलाई डुबाउँछ ।
12यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्छन् । उज्यालो अँध्यारको नजिकै छ ।
13मैले आशा गरेको घर पाताल मात्र हो भने, र अन्धकारमा मेरो ओछ्यान मैले बनाएको छु भने,
15त्यो दिन क्रोधको दिन, संकट र पीडाको दिन, आँधी र विनाशको दिन, अन्धकार र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन हुनेछ ।
3शत्रुले मेरो ज्यान लिनलाई खेदेका छ । त्यसले मलाई जमिनमा कुल्चेको छ । त्यसले मलाई उहिले नै मरेकाहरूझैं अँध्यारोमा बस्न लगाएको छ ।
14तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् ।
22यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन, जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन् ।
6उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्न लगाउनुभयो ।
16परमप्रभु तिमीहरूका परमेश्वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ । किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ ।
30त्यस दिन शिकारको विरुद्धमा तिनीहरू समुद्र गर्जेझैं गर्जनेछन् । कसैले देशलाई हेर्छ भने, उसले अन्धकार र कष्ट देख्नेछ । प्रकाशलाई पनि बादलले अँध्यारो पार्नेछ ।
26उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको छ । प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ । उसको पालमा छोडिएका सबै कुरालाई त्यसले भष्म पार्नेछ ।
17अन्धकारले, मेरो अनुहारको उदासीलाई ढाक्ने निस्पट्ट अन्धकारको कारणले, मेरो अन्त्य भएको छैन ।
11मैले भनें, “निश्चय नै अन्धकारले मलाई ढाक्नेछ र मेरो विरपरिको ज्योति रात हुनेछ,”
12तापनि त्यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।
2उहाँले मलाई खेद्नुभयो, र उज्यालोमा भन्दा पनि अँध्यारोमा हिँड्न लगाउनुभयो ।
18उसलाई उज्यालोबाट अँध्यारोमा धपाइनेछ, र यस संसारबाट लखेटिनेछ ।
3एक जना मानिसले अन्धकारलाई हटाउँछ, अँध्यारो अनि घोर अन्धकारमा, पल्लो छेउसम्म खानिजको खोजी गर्छ ।
6यसैकारण, तिमीहरूका निम्ति त्यो दर्शनविनाको रात हुनेछ । अनि त्यो यस्तो अन्धकार हुनेछ, कि तिमीहरूले कुनै भविष्यवाणी गर्नेछैनौ । अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ, र तिनीहरूमाथि दिन पनि अन्धकार हुनेछ ।
3आकाशलाई म अन्धाकारले ढाक्नेछु । त्यसलाई म भाङ्ग्राले ढाक्नेछु।”
8आकाशमा भएका सबै चम्कने ज्योतिलाई म तँमाथि अँध्यारो पार्नेछु, र तेरो देशमाथि म अन्धकार ल्याउनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
6परमप्रभुका दूतले तिनीहरूलाई खेद्दा तिनीहरूका मार्ग अँध्यारो र चिप्लो होस् ।
22उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्छ, र अँध्यारो छायामा ज्योति ल्याउनुहुन्छ ।
15सुर्य र चन्द्रमा अन्धकार हुन्छन्, र ताराहरूले आफ्नो चमक लुकाउँछन् ।
23तिनीहरूका आँखाहरू धमिला होऊन्, ताकि तिनीहरूले देख्न नसकून् । अनि तिनीहरूका कम्मर सधैं दुर्बल बनाउनुहोस् ।
11अन्धकार र आकाशको बाक्लो बादललाई उहाँले आफ्नो वरिपरिको पाल बनाउनुभयो ।
22तिनीहरूले पृथ्वीमा हेर्नेछन् र व्यकुलता, अन्धकार र अत्याचारको बादल देख्नेछन् । तिनीहरू अन्धकारको देशमा लगिनेछन् ।
15तिनीहरूमाथि अचानक मृत्यु आइ लागोस् । तिनीहरू जिउँदै चिहानमा जाऊन् किनकि तिनीहरू जहाँ बस्छन् त्यहाँ तिनीहरूकै माझमा दुष्टता छ ।
19ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्यसको ठाउँ कहाँ बस्छ?
8मेरो बाटोमा उहाँले पर्खाल लगाउनुभएको छ, यसैले म जान सक्दिनँ, अनि उहाँले मेरो मार्गमा अन्धकार राख्नुभएको छ ।
10आकाशका ताराहरू र तारा पुन्जहरूले आफ्ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ र चन्द्रमा चम्कनेछैन ।
12उहाँले आकाशमा भीषण वर्षाको बदललाई बटुलेर अन्धकारलाई आफ्नो वरिपरिको पाल बनाउनुभयो ।
18परमप्रभुको दिन चाहना गर्नेहरूलाई धिक्कार! तिमीहरू किन परमप्रभुको दिनको चाहना गर्दछौ? त्यो उज्यालो होइन तर अन्धकार हुनेछ,
13तर दुष्ट मानिसको लागि राम्रो हुने छैन । त्यसको आयु लामो हुने छैन । त्यसले परमेश्वरलाई आदर नगर्ने भएकोले त्यसका दिनहरू एकै क्षण देखा पर्ने छायाजस्तै हुन्छन् ।
13जसको कारणले त्यसले पृथ्वीको छेउ समातोस्, अनि दुष्टहरूलाई त्यहाँबाट हटाउनलाई हल्लाओस्?
19उहाँलाई हामीले के भन्नुपर्ने हो, सो हामीलाई सिकाउनुहोस्, किनकि हाम्रो मनको अन्धकारको कारणले हामीले आफ्ना तर्कहरूलाई क्रमैसित प्रस्तुत गर्न सक्दैनौँ ।
9“यो परमप्रभु परमेश्वरको घोषणा हो— त्यो दिन यस्तो हुनेछ, सुर्यलाई दिउँसै अस्ताउनेछु म बनाउनेछु, र पृथ्वीलाई मध्यदिनमा नै अँध्यारो म बनाउनेछु ।
34अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्न सक्छ ।