अय्यूब 9:34

अनलक शाब्दिक बाइबल

अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्‍वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्‍न सक्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 39:10 : 10 मलाई चोट दिन छोड्नुहोस् । तपाईंको हातको मुक्‍काले म विह्‍वल भएको छु ।
  • अय्यू 33:7 : 7 हेर्नुहोस्, मेरो डरले तपाईंलाई त्रसित नपारोस्, न त मेरो बोझ तपाईंलाई गह्रौं होस् ।
  • अय्यू 13:11 : 11 उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन र? उहाँको डर तपाईंहरूमाथि पर्दैन र?
  • अय्यू 13:20-22 : 20 हे परमेश्‍वर, मेरो निम्‍ति दुईवटा कुरा मात्र गर्नुहोस्, अनि म आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ । 21 आफ्‍नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् । 22 तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् ।
  • अय्यू 23:15 : 15 त्यसकारण, म उहाँको उपस्थितिमा त्रसित भएको छु । मैले उहाँको बारेमा विचार गर्दा म भयभीत हुन्छु ।
  • अय्यू 29:2-9 : 2 “ओहो, जस्‍तो म विगतका महिनाहरू थिएँ त्‍यस्‍तै म भए त, जति बेला परमेश्‍वरले मेरो वास्ता गर्नुहुन्‍थ्‍यो, 3 जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्‍थ्‍यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्‍थें । 4 ओहो, जस्‍तो मेरा खुशीका दिनहरूमा म थिएँ त्‍यस्‍तै म भए त, जति बेला परमेश्‍वरको मित्रता मेरो पालमाथि हुन्‍थ्‍यो, 5 जति बेला सर्वशक्तिमान्‌ मसितै हुनुहुन्थ्यो, र मेरा छोराछोरा मेरो वरिपरि हुन्‍थे, 6 जति बेला मेरो बाटो दूधले ढाकिन्थ्यो, र चट्टानले मेरो लागि तेलको खोला बगाउँथ्यो! 7 जति बेला म सहरको मूल ढोकाबाट बाहिर निस्‍कन्‍थें, जति बेला सहरको चोकमा भएको मेरो शासनमा म बस्थें, 8 जवान मानिसहरूले मलाई देखे र मेरो आदर गरेर तिनीहरू टाढै बस्थे, अनि पाका मानिसहरू मेरो निम्‍ति खडा हुन्थे र उभिन्थे । 9 जब म आउँथें, तब राजकुमारहरूको बोली नै बन्द हुन्थ्यो । तिनीहरूले आफ्ना हातले मुख छोप्थे । 10 कुलीनहरूका आवाजहरू बन्‍द हुन्थ्यो, अनि तिनीहरूको जिब्रो तिनीहरूकै तालुमा टाँसिन्थ्यो । 11 किनकि तिनीहरूका कानले सुन्थे, र मलाई आशिष् दिन्थे । तिनीहरूका आँखाले मलाई देखेपछि तिनीहरूले मेरो साक्षी दिन्थे, र मलाई स्‍याबासी दिन्‍थे, 12 किनकि गरिब मानिसले पुकारा गर्दा मैले उसलाई छुटाउँथेँ, र अनाथलाई मदत गर्ने कोही नहुँदा मैले उसको हेरचाह गर्थें । 13 मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो । विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ । 14 मैले धार्मिकता पहिरिन्थेँ, र यसलाई मलाई ढाक्थ्यो । मेरो इन्साफ पोशाक र फेटाझैं हुन्थ्यो । 15 दृष्‍टिविहीन मानिसको लागि म आँखा भएँ । लङ्गडोको लागि म खुट्टा भएँ । 16 खाँचोमा परेको मानिसको लागि म पिता भएँ । मैले नचिनेको मानिसको मुद्दाको पनि म जाँच गरिदिन्थेँ । 17 मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें । 18 तब मैले भनें, 'म आफ्‍नै गुँडमा मर्नेछु । म आफ्‍ना दिनलाई बालुवाका कणजत्तिकै वृद्धि गराउनेछु । 19 मेरा जराहरू पानीमा फैलिएका छन्, र मेरा हाँगाहरूमा रातभरि शीत पर्छ । 20 ममा भएको आदर सधैं ताजा रहन्छ, र मेरो शक्तिको धनु सधैं मेरो हातमा सधैं नयाँ हुन्छ ।' 21 मानिसहरूले मेरा कुरा सुन्थे । तिनीहरूले मेरो प्रतीक्षा गर्थे । मेरो सल्लाह सुन्‍न तिनीहरू चुप लागेर बस्थे । 22 मेरा वचनहरू सकिएपछि तिनीहरूले फेरि बोल्दैनथ्ये । मेरो बोली तिनीहरूमा पानीको थोपाझैं खस्थ्यो । 23 तिनीहरूले वृष्‍टिको प्रतीक्षा गरेझैं सधैँ तिनीहरूले मेरो प्रतीक्षा गर्थे । तिनीहरूले बसन्त ऋतुको झरीलाई गरेझैं, मेरा वचनहरू पिउनलाई आफ्‍ना मुख खुला गर्थे । 24 तिनीहरूले आशा नगर्दा पनि म तिनीहरूमा मुस्कुराउँथें । तिनीहरूले मेरो अनुहारको ज्योतिलाई इन्कार गर्दैनथे । 25 मैले तिनीहरूका मार्ग चुन्थेँ, र तिनीहरूका प्रमुख अतिथि हुन्‍थें । राजा आफ्ना सेनाको बिचमा बसेझैं, शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसझैं म बस्थें ।
  • अय्यू 31:23 : 23 किनकि परमेश्‍वरबाट आउने विनाशदेखि म डराएँ । उहाँको ऐश्‍वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ ।
  • अय्यू 37:1 : 1 ¶ वास्‍तवमा, यस कुरामा मेरो हृदय काँप्छ । त्यो आफ्नो ठाउँबाट हटेको छ ।
  • भजन 90:11 : 11 तपाईंको रिसको प्रचण्डता र तपाईंको भय समानको तपाईंको क्रोध कसले जान्दछ?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 35तब म बोल्‍नेछु र उहाँदेखि डराउँदिनँ, तर अहिलेको जस्ता कुराहरू छन्, म त्यसो गर्न सक्दिनँ ।

  • अय्यू 13:19-21
    3 पदहरू
    83%

    19मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्‍छु, र आफ्‍नो जीवन दिन्‍छु ।

    20हे परमेश्‍वर, मेरो निम्‍ति दुईवटा कुरा मात्र गर्नुहोस्, अनि म आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ ।

    21आफ्‍नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् ।

  • अय्यू 31:22-23
    2 पदहरू
    78%

    22मैले यी कुराहरू गरेको छु भने, मेरो काँधको पाता काँधबाट खुस्कोस् र मेरो पाखुरा त्‍यसको जोर्नीबाट खुस्कोस् ।

    23किनकि परमेश्‍वरबाट आउने विनाशदेखि म डराएँ । उहाँको ऐश्‍वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ ।

  • अय्यू 9:31-33
    3 पदहरू
    77%

    31परमेश्‍वरले मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन् ।

    32किनकि परमेश्‍वर मजस्तै मानिस हुनुहुन्‍न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं ।

    33हाम्रा बिचमा कुनै न्यायधीश छैन, जसले हामी दुवैमाथि आफ्‍ना हात पसार्न सक्छ ।

  • 7हेर्नुहोस्, मेरो डरले तपाईंलाई त्रसित नपारोस्, न त मेरो बोझ तपाईंलाई गह्रौं होस् ।

  • 34(किनकि ठुलो भिडदेखि म डराएँ, परिवारहरूको निन्दाले मलाई त्रसित पार्‍यो, जसको कारणले म चुप लागें र बाहिर गइनँ), तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।

  • अय्यू 23:15-17
    3 पदहरू
    77%

    15त्यसकारण, म उहाँको उपस्थितिमा त्रसित भएको छु । मैले उहाँको बारेमा विचार गर्दा म भयभीत हुन्छु ।

    16किनकि परमेश्‍वरले मेरो हृदय कमजोर पार्नुभएको छ । सर्वशक्तिमान्‌ले मलाई त्रसित पार्नुभएको छ ।

    17अन्धकारले, मेरो अनुहारको उदासीलाई ढाक्‍ने निस्पट्ट अन्धकारको कारणले, मेरो अन्‍त्‍य भएको छैन ।

  • 28आफ्‍ना सबै शोकदेखि म डराउँछु, किनकि तपाईंले मलाई निर्दोष ठहराउनुहुने छैन भनी म जान्‍दछु ।

  • अय्यू 13:13-14
    2 पदहरू
    74%

    13तपाईंहरू चूप लाग्‍नुहोस्, यसैले कि म बोल्‍न सकूँ । मलाई जे हुनु छ होस् ।

    14म आफ्नो जीवनलाई खतरामा हाल्नेछु । म आफ्‍नो जीवनलाई आफ्‍नो हातमा लिनेछु ।

  • 10मलाई चोट दिन छोड्नुहोस् । तपाईंको हातको मुक्‍काले म विह्‍वल भएको छु ।

  • 11अहङ्कारी मानिसको पाइला मेरो नजिक आउन नदिनुहोस् । दुष्‍टका हातले मलाई खेद्‍न नदिनुहोस् ।

  • अय्यू 6:9-10
    2 पदहरू
    73%

    9मलाई एकैचोटी धुलो पार्न परमेश्‍वर खुसी हुनुपर्छ! उहाँले आफ्‍नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ!

    10यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्‍यो घट्‍दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।

  • अय्यू 4:14-15
    2 पदहरू
    73%

    14त्‍यो रातमा नै थियो जुन बेला ममाथि डर र त्रास आए, र मेरा सबै हड्‍डी कामे ।

    15तब मेरै अनुहारको सामुन्‍नेबाट एउटा आत्मा गयो, र मेरो शरीरको रौं ठाडो भयो ।

  • 20के मेरा दिनहरू थोरै मात्र छैनन् र? त्यसो भए, रोक्‍नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ,

  • 10कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्‌लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ?

  • अय्यू 23:6-7
    2 पदहरू
    73%

    6उहाँले आफ्नो शक्तिको महान्‌तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ ।

    7त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्‍थ्‍यो ।

  • 11उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन र? उहाँको डर तपाईंहरूमाथि पर्दैन र?

  • 5तिनीहरू मेरो सुरक्षामा आउनुपर्छ र मसँग मिल्‍नुपर्छ । तिनीहरूले मसँग मिलाप गरून् ।

  • अय्यू 9:13-14
    2 पदहरू
    72%

    13परमेश्‍वरले आफ्नो रिस रोक्‍नुहुन्‍न । राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन् ।

    14कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु, उहाँसित तर्क गर्न म शब्दहरू छान्‍न सक्छु र?

  • 5डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ ।

  • 6मैले आफ्‍नो दुःखको बारेमा सोच्दा म त्रसित हुन्छु, र थरथरीले मेरो शरीरलाई नै समाउँछ ।

  • 4वास्तवमा तपाईंले परमेश्‍वरको आदर घटाउनुहुन्‍छ । उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ ।

  • 33पृथ्वीमा त्यसको बराबरी कोही छैन, जसलाई बिनाडर बाँच्न बनाइएको छ ।

  • 32मैले देख्‍न नसक्‍ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्‍यो काम म फेरि गर्नेछैनँ ।'

  • 25जुन कुरोदेखि म डराउँथेँ, त्यही मकहाँ आएको छ । म जेदेखि भयभीत हुन्थेँ, त्यही मकहाँ आएको छ ।

  • 14किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।

  • 9तिनीहरूका घरहरू डरबाट सुरक्षित हुन्‍छन् । न त परमेश्‍वरको छडी नै तिनीहरूमाथि परेको हुन्‍छ ।

  • 1¶ हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् । तपाईंको क्रोधमा मलाई दण्ड नदिनुहोस् ।

  • 5अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून् । यसमाथि बादल लागोस् । दिनलाई अँध्यारो बनाउने हरेक कुराले यसलाई साँच्‍चै त्रसित पारोस् ।

  • 4तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र?

  • 4सर्वशक्तिमान्‌का काँडहरू ममा गाडिएका छन्, र मेरो आत्माले विष सेवन गर्छ । परमेश्‍वरको त्रास आफै मेरो विरुद्धमा तैनाथ छन् ।

  • 14तब तपाईंले सपनाहरूले मलाई तर्साउनुहुन्छ र दर्शनहरूद्वारा मलाई आतङ्कित पार्नुहुन्छ,

  • 1¶ परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्‍ने मानिस म नै हुँ ।

  • 18उहाँले मलाई फेरि सास फेर्ने दिनुहुन्‍न, तर उहाँले मलाई तिक्तताले भर्नुहुन्छ ।

  • 9उहाँले मेरो महिमा हटाउनुभएको छ, र उहाँले मेरो शिरको मुकुट हटाउनुभएको छ ।

  • 17मेरो लागि त्रास नबन्‍नुहोस् । सङ्कष्‍टको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ ।

  • 2म परमेश्‍वरलाई भन्‍नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।

  • 27म शत्रुको खिसीदेखि डराइनँ, र तिनीहरूका शत्रुहरूले गल्ती गरेर भन्लान्, 'हाम्रो हात माथि उचालिएको छ ।' मैले यी सबै गरेको भए सक्थेँ ।