अय्यूब 21:9
तिनीहरूका घरहरू डरबाट सुरक्षित हुन्छन् । न त परमेश्वरको छडी नै तिनीहरूमाथि परेको हुन्छ ।
तिनीहरूका घरहरू डरबाट सुरक्षित हुन्छन् । न त परमेश्वरको छडी नै तिनीहरूमाथि परेको हुन्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10तिनीहरूका बहर मिसिन्छन् । त्यसो गर्न चुक्दैनन् । तिनीहरूको गाई बियाउँछ, र तुहिंदैन ।
11तिनीहरूले आफ्ना केटाकेटीलाई बगालझैं बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरी नाच्छन् ।
7दुष्ट मानिसहरू किन निरन्तर बाँच्छन्, बुढा हुन्छन् र सामर्थ्यमा शक्तिशाली हुन्छन्?
8तिनीहरूका सन्तानहरू तिनीहरूकै आँखाको सामु स्थापित हुन्छन्, र तिनीहरूका छोराछोरी तिनीहरूकै आँखाको सामु स्थापित हुन्छन् ।
23तिनीहरू सुरक्षित छन्, र तिनीहरू यसबारे खुसी छन् भनी परमेश्वरले तिनीहरूलाई सोच्न दिनुहुन्छ, तर उहाँका आँखा तिनीहरूका मार्गमा हुन्छन् ।
18तापनि उहाँले तिनीहरूका घरहरू असल कुराहरूले भर्नुभयो । दुष्ट मानिसहरूका योजनाहरू मबाटै धेरै टाढा छन् ।
19धर्मी मानिसहरूले तिनीहरूको सुदिन देख्छन्, र खुसी हुन्छन् । निर्दोष मानिसहरूले हाँसेर तिनीहरूको उपहास गर्छन् ।
20तिनीहरू भन्छन्, 'निश्चय नै हाम्रो विरुद्धमा उठ्नेहरू त्यागिएका छन् । आगोले तिनीहरूको धन-सम्पत्ति भस्म पारेको छ ।'
4किनकि मृत्युसम्म नै तिनीहरूलाई कुनै पीडा नै हुँछैन, तर तिनीहरू बलिया र स्वस्थ्य हुन्छन् ।
5अरू मानिसहरूका बोझहरूबाट तिनीहरू मुक्त छन् । अरू मानिसहरूलाई झैं तिनीहरूलाई कष्ट हुँदैन ।
34अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्न सक्छ ।
5तिनीहरू डरले कम्छन्, किनकि परमेश्वर धर्मी सभामा हुनुहुन्छ ।
28तिनीहरू फेरि जातिहरूका निम्ति लुट हुनेछैनन्, र पृथ्वीका जङ्गली पशुहरूले तिनीहरूलाई खानेछैनन् । किनकि तिनीहरू सुरक्षित बस्नेछन्, र तिनीहरूलाई कसैले पनि त्रासमा पार्नेछैन ।
16हेर्नुहोस्, तिनीहरूको समृद्धि तिनीहरूका आफ्नै हातमा छैन र? दुष्ट मानिसहरूको सल्लाहमा मेरो कुनै सरोकार छैन ।
3दुष्टहरूका राजदण्डले धर्मीहरूका देशमा राज्य गर्नुहुन्न । अन्यथा धर्मीहरूले जे खराब छ त्यही गर्न सक्छन् ।
25दुष्टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा ।
13त्यसको जीवन भलाइमा बित्नेछ । त्यसका सन्तानहरूले देशको उत्तराधिकार पाउनेछन् ।
23परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।
6डाँकुहरूका पालको उन्नति हुन्छ, र परमेश्वरलाई रिस उठाउनेहरूले सुरक्षित महसुस गर्छन् । तिनीहरूका आफ्नै हात तिनीहरूका ईश्वर हुन् ।
33तर मेरो कुरा सुन्ने सुरक्षामा जिउने छ, र कुनै पनि विपत्तिको डरैविना ढुक्कसित बस्ने छ ।”
18मेरा मानिसहरू शान्तिपुर्ण बासस्थानमा, सुरक्षित घरहरूमा र शान्तसित विश्राम गर्ने ठाउँहरूमा बास गर्नेछन् ।
4त्यसका छोराछोरी बिल्कुलै सुरक्षित छैनन् । तिनीहरू सहरको मूल ढोकामा कुल्चिमिल्ची पारिएका छन् । तिनीहरूलाई छुटकारा दिने कोही छैन ।
11हिंसा बढेर दुष्टताको लठ्ठी भएको छ—तिमध्ये कुनै पनि, ति भीडमध्ये कुनै पनि, तिनका धन-सम्पत्तिमध्ये केही पनि, र तिनीहरूका कुनै पनि बहुमूल्य चीज छोडिनेछैन!
11आफ्ना परिवारहरू सधैंभरि निरन्तर रहन्छन्, र आफू बसोवास गरेका ठाउँहरू सबै पुस्तालाई हुन्छ भन्ने तिनीहरूका भित्री विचार हुन्छ । आफ्ना जमिनहरूलाई तिनीहरूले आफ्नै नाउँ दिन्छन्।
21निश्चय नै अधर्मी मानिसहरूका घरहरू यस्तै हुन्छन् । परमेश्वरलाई नचिन्नेहरूका ठाउँहरू यस्तै हुने छन् ।
14धर्मिकतामा तँलाई स्थापित गरिनेछ, र अत्याचारबाट तँ टाढा हुनेछस्, किनकि तँ डराउने छैनस् । अनि त्रास तेरो नजिक आउनेछैन ।
19परमेश्वर, जसले अनन्तदेखि राज्य गर्नुहुन्छ उहाँले तिनीहरूका कुरा सुन्नुहुनेछ र तिनीहरूको अपमान गर्नुहुनेछ । सेला तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूले परमेश्वरको भय मान्दैनन् ।
14अनि हाम्रा गोरूहरूमा धेरै बहरहरू हुनेछन् । कसैले पनि हाम्रा पर्खालहरू भत्काउनेछैन । त्यहाँ कोही पनि निर्वासित हुनेछैन र हाम्रा सडकहरूमा कुनै चित्कार हुनेछैन ।
4तिनीहरूका पाठा बलिया हुन्छन्, र खुला खेतहरूमा हुर्कन्छन् । तिनीहरू बाहिर निस्कन्छन्, र फेरि फर्केर आउँदैनन् ।
21झूट बोल्ने जिब्रोको कोर्राबाट तपाईंलाई लुकाइनेछ, र जब विनाश आउँछ, तब तपाईं त्यसबाट डराउनुहुनेछैन ।
24तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्नुहुनेछ । तपाईं आफ्नो भेडी-गोठ हेर्न जानुहुनेछ र एउटा पनि नहराएको तपाईंले पाउनुहुनेछैन ।
6म देशमा शान्ति ल्याउने छु, र तिमीहरू कुनै डरविना नै निदाउने छौ । म तिमीहरूका देशबाट हिंसक पशुहरूलाई हटाइदिने छु, र तिमीहरूका देशमा तरवार प्रहार हुने छैन ।
23तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त निराशामा जन्म दिनेछन् । किनकि तिनीहरू र तिनीहरूसँगै तिनीहरूका सन्तानहरू पनि परमप्रभुद्वारा आशिष् दिइएका सन्तानहरू हुन् ।
10तिनीहरूकाई सन्तानलाई पृथ्वीबाट र तिनीहरूका छोराछोरीलाई मानवजातिको माझबाट तपाईंले नाश पार्नुहुनेछ ।
16कोही धनी हुँदा र त्यसको घरको गौरव बढ्दा नडरा ।
18तिनीहरूका आँखाको सामुन्ने परमेश्वरको डर छैन ।
22कुनै पनि शत्रुले त्यसलाई छल गर्नेछैन । दुष्टताका कुनै पनि सन्तानले त्यसलाई थिचोमिचो गर्नेछैन ।
25तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् ।
13तर दुष्ट मानिसको लागि राम्रो हुने छैन । त्यसको आयु लामो हुने छैन । त्यसले परमेश्वरलाई आदर नगर्ने भएकोले त्यसका दिनहरू एकै क्षण देखा पर्ने छायाजस्तै हुन्छन् ।
26परमप्रभुको भय मान्नेसित बढी निश्चयता हुन्छ । त्यस मानिसको छोराछोरीका निम्ति यो सुरक्षाको एउटा बलियो स्थानझैँ हुने छ ।
33पृथ्वीमा त्यसको बराबरी कोही छैन, जसलाई बिनाडर बाँच्न बनाइएको छ ।
2त्यसका सन्तानहरू पृथ्वीमा शक्तिशाली हुनेछन् । भक्त मानिसका सन्तानहरू धन्यका हुनेछन् ।
3धन र सम्पत्ति त्यसको घरमा हुन्छन् । उहाँको धार्मिकता सदासर्वदा रहनेछ ।
26तब तिनीहरूका लाज र तिनीहरूले मलाई धोका दिएका सबै विद्रोह तिनीहरूले नै भोग्नेछन् । तिनीहरू आफ्नो देशमा सुरक्षित बसेको समयामा यी सबै तिनीहरूले बिर्सिनेछन् । त्यहाँ तिनीहरूलाई त्रसित गर्ने कोही हुनेछैन ।
10कुनै खराबीले तिमीलाई जित्नेछैन । तिम्रो घर नजिक कुनै कष्ट आउनेछैन ।
9तिमीहरूका घरका कुनै साँढे वा तिमीहरूका बगालका बोकाहरू म लिनेछैन ।
4हो, परमप्रभुलाई आदर गर्ने मानिस साँच्चै आशिषित् हुनेछ ।
13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।
5तिनीहरूले हातले बनाएको कुरो काँक्रोको बारीमा राखिने पुतलाजस्तो हो, किनकि तिनीहरूले पनि केही भन्न सक्दैनन्, र तिनीहरू हिंड्न नसक्ने भएका हुनाले तिनलाई बोक्नुपर्छ । तिनीहरूदेखि नडराओ, किनकि तिनीहरूले खराबी ल्याउन सक्दैनन्, न त तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन् ।”
17त्यहाँ दुष्टको अत्याचार सकिन्छ । त्यहाँ थाकितहरूले विश्राममा लिन्छन् ।