अय्यूब 21:16

अनलक शाब्दिक बाइबल

हेर्नुहोस्, तिनीहरूको समृद्धि तिनीहरूका आफ्‍नै हातमा छैन र? दुष्‍ट मानिसहरूको सल्लाहमा मेरो कुनै सरोकार छैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 22:18 : 18 तापनि उहाँले तिनीहरूका घरहरू असल कुराहरूले भर्नुभयो । दुष्‍ट मानिसहरूका योजनाहरू मबाटै धेरै टाढा छन् ।
  • भजन 1:1 : 1 ¶ त्यो मानिस धन्यको हो जो दुष्‍टको सल्लाहमा हिंड्दैन वा पापीहरूका मार्गहरूमा खडा हुँदैन वा गिल्‍ला गर्नेहरूको सभामा बस्दैन ।
  • भजन 49:6-7 : 6 आफ्‍ना सम्पत्तिमा भरोसा गर्नेहरू र आफ्‍नो धेरै धन घमण्‍ड गर्नेहरूसँग म किन डराउने? 7 यो निश्‍चय हो कि कसैले आफ्नो भाइलाई बचाउन वा त्यसको निम्ति परमेश्‍वरलाई छुकाराको मोल तिर्न सक्दैन,
  • भजन 52:5-7 : 5 परमेश्‍वरले तँलाई त्यसरी नै सदासर्वदाको निम्‍ति नाश पार्नुहुनेछ । उहाँले तँलाई माथि उठाउनुहुनेछ, तेरो पालबाट तँलाई निकाल्नुहुनेछ र जीवितहरूको देशबाट तँलाई उखेल्नुहुनेछ । सेला 6 धर्मीहरूले यो देख्‍नेछन् र भय मान्‍नेछन् । तिनीहरूले त्यसलाई हाँसो उडाउनेछन् र यसो भन्‍नेछन्, 7 “हेर, यो मानिसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्‍ततामा भरोसा गर्‍यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”
  • नीति 1:10 : 10 हे मेरो छोरो, पापीहरूले तँलाई तिनीहरूकै पापमा बहकाउन खोजे भने, तिनीहरूको पछि नलाग् ।
  • नीति 5:8 : 8 तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ ।
  • उप 8:8 : 8 सास नै रोक्‍न सक्‍ने गरी कोही पनि आफ्नो सासको शासक हुँदैन, र त्यसको मृत्यको दिनमाथि कसैको शक्ति हुँदैन । युद्धको समयमा कुनै सेनालाई पनि बिदा दिइँदैन, र दुष्‍टताले यसका दासहरूलाई छुटकारा दिने छैन ।
  • लू 16:2 : 2 तब ती धनी मानिसले उसलाई बोलाएर भने, ‘तिम्रो बारेमा म यो के सुन्दै छु? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ । अब उप्रान्त तिमी व्यवस्थापक रहन सक्दैनौ ।’
  • लू 16:25 : 25 तर अब्राहामले भने, ‘बाबु आफ्नो जीवनकालमा तिमीले असल कुराहरू पायौ र त्यसै गरी लाजरसले खराब कुराहरू पायो भन्‍ने कुरा याद राख । तर अहिले ऊ यहाँ आराममा छ र तिमी पीडामा छौ ।
  • उत्प 49:6 : 6 ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको बैठकमा नबस् किनकि मेरो हृदयमा त्यसको निम्ति अत्यन्तै श्रद्धा छ । किनकि तिनीहरूलेआफ्‍नो रिसमा मानिसहरूलाई मारे । तिनीहरूले आफ्नो आनन्दको निम्ति गोरुहरूका ढोडनसा काटेका छन्‌ ।
  • अय्यू 1:21 : 21 तिनले भने, “मेरी आमाको गर्भबाट निस्कँदा म नाङ्गै थिएँ, र म त्‍यहाँ फर्केर जाँदा पनि नाङ्गै हुनेछु । परमप्रभुले दिनुभयो, र परमप्रभुले नै लानुभएको छ । परमप्रभुको नाउँको धन्य होस् ।”
  • अय्यू 12:9-9 : 9 परमप्रभुको हातले नै यसो गरेको हो भनेर, यी सबैमध्ये कुनचाहिं प्राणीले जान्दैन र? 10 उहाँकै हातमा हरेक जीवित प्राणीको जीवन, अनि सारा मानव-जातिको सास छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 22:17-18
    2 पदहरू
    84%

    17जसले परमेश्‍वरलाई यसो भने, 'हामीबाट जानुहोस्, ' जसले यसो भने, 'सर्वशक्तिमान्‌ले हामीलाई के गर्न सक्‍नुहुन्छ र?'

    18तापनि उहाँले तिनीहरूका घरहरू असल कुराहरूले भर्नुभयो । दुष्‍ट मानिसहरूका योजनाहरू मबाटै धेरै टाढा छन् ।

  • अय्यू 21:17-18
    2 पदहरू
    78%

    17कतिपल्‍ट दुष्‍ट मानिसहरूको बत्ती निभाइन्‍छ, अथवा तिनीहरूका विपत्ति तिनीहरूमाथि नै आउँछ? परमेश्‍वरले आफ्नो क्रोधमा तिनीहरूलाई कतिपल्‍ट दुःख पठाउनुहुन्‍छ?

    18कतिपल्‍ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्?

  • 7दुष्‍टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् ।

  • अय्यू 21:14-15
    2 पदहरू
    74%

    14तिनीहरूले परमेश्‍वरलाई भन्छन्, 'हामीबाट जानुहोस्, किनकि तपाईंका मार्गहरूका कुनै ज्ञान हामी चाहँदैनौं ।

    15सर्वशक्तिमान् को हो र हामीले उहाँको आराधना गर्नू? हामीले उहाँमा प्रार्थना चढायौं भने हामीले के लाभ पाउँछौं र?'

  • 3आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ?

  • 21निश्‍चय नै अधर्मी मानिसहरूका घरहरू यस्तै हुन्‍छन् । परमेश्‍वरलाई नचिन्‍नेहरूका ठाउँहरू यस्तै हुने छन् ।

  • 13जस्‍तो पुरानो उखान छ, 'दुष्‍टबाट नै दुष्‍टता निस्‍कन्‍छ ।' तर मेरा हात तपाईंको विरुद्धमा हुनेछैन ।

  • 3विपत्ति अधर्मी मानिसहरूका लागि हो, अनि विनाशचाहिं दुष्‍ट काम गर्नेहरूका लागि हो भनी मैले विचार गर्थें ।

  • 3अधर्म गर्ने दुष्‍टहरूसँगै मलाई टाढा नलानुहोस्, जसले आफ्‍ना छिमेकीहरूसँग शान्तिका कुरा गर्छन् तर आफ्‍ना हृदयहरूमा खराबी हुन्छ ।

  • 10जसको हातमा षड्यान्त्र छ, र जसको दाहिने हात घूसले पूर्ण छ ।

  • 12धर्मात्माले दुष्‍ट मानिसको घरको निगरानी गर्छ । उहाँले दुष्‍ट मानिसहरूमाथि विपत्ति ल्याउनुहुन्छ ।

  • 13तर दुष्‍ट मानिसको लागि राम्रो हुने छैन । त्यसको आयु लामो हुने छैन । त्यसले परमेश्‍वरलाई आदर नगर्ने भएकोले त्यसका दिनहरू एकै क्षण देखा पर्ने छायाजस्तै हुन्छन् ।

  • 20किनभने दुष्‍ट मानिसको कुनै भविष्य छैन, र दुष्‍ट मानिसको बत्ती निभाइने छ ।

  • 29परमेश्‍वरबाट दुष्‍ट मानिसले पाउने भाग, परमेश्‍वरले उसको निम्ति साँच्नुभएको पैतृक-अंश यही हो ।

  • 15दुष्‍टहरूबाट तिनीहरूको 'ज्योति' लगिन्छ । तिनीहरूको उठाइएको पाखुरा भाँचिन्छ ।

  • 30कि दुष्‍ट मानिस विपत्तिको दिनमा जोगिन्छ, र क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्‍छ?

  • 12हेर्नुहोस्ः यी मानिसहरू दुष्‍टहरू हुन् । तिनीहरू निश्‍चिन्त छन् र झन्-झन् धनी हुँदैछन् ।

  • 21यो कुरो निश्‍चित छ, कि दुष्‍ट व्यक्ति दण्डविना उम्कने छैन, तर धर्मी मानिसहरूका सन्तानहरू सुरक्षित रहने छन् ।

  • 16धेरै जना दुष्‍ट मानिसहरूका प्रशस्‍तताभन्दा धर्मीसँग भएको थोरै नै असल हो ।

  • 5वास्तवमा दुष्‍ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।

  • 21के तिनीहरूका पालका डोरीहरू तिनीहरूकै बिचमा तानिएका छैनन् र? तिनीहरू मर्छन् । तिनीहरू बुद्धिविना मर्छन् ।

  • 16विनाश र कष्‍ट तिनीहरूका मार्गहरूमा छन् ।

  • 3दुष्‍टहरूका राजदण्डले धर्मीहरूका देशमा राज्‍य गर्नुहुन्‍न । अन्‍यथा धर्मीहरूले जे खराब छ त्यही गर्न सक्‍छन् ।

  • 13दुष्‍ट मानिसले परमेश्‍वरबाट पाउने हिस्सा यही हो । सर्वशक्तिमान्‌बाट अत्याचारीले पाउने आफ्‍नो पैतृक-अंश यही हो ।

  • 22आफ्नो धनको प्रचुरतामा ऊ सङ्कष्‍टमा पर्नेछ । गरिबीमा रहेकाहरू हरेकको हात उसको विरुद्धमा आइलाग्‍नेछ ।

  • 7दुष्‍ट मानिसहरू किन निरन्‍तर बाँच्‍छन्, बुढा हुन्छन् र सामर्थ्‍यमा शक्तिशाली हुन्छन्?

  • 11दुष्‍टलाई धिक्‍कार! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ ।

  • 7“हेर, यो मानिसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्‍ततामा भरोसा गर्‍यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”

  • 10केही क्षणमा नै दुष्‍ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ ।

  • 14मानौँ, अधर्म तपाईंको हातमा थियो, तर त्‍यसलाई तपाईंले आफूबाट टाढा पुर्‍याएको भए, अनि तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्‍न नदिएको भए ।

  • 23धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्‍याउँछ, तर दुष्‍ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।

  • 21उसका कानमा त्रासको सोर सुनिन्छ । उसको उन्‍नति हुँदा नै विनाशक उसमा आउनेछ ।

  • अय्यू 34:9-10
    2 पदहरू
    71%

    9किनकि तिनले भनेका छन्, 'परमेश्‍वरले जे इच्‍छा गर्नुहुन्‍छ त्‍यो गर्नमा मानिसलाई कुनै रमाहट हुँदैन ।'

    10त्यसैले हे सुझबुझ भएका मानिसहरू हो, मेरो कुरा सुन्‍नुहोस् । परमेश्‍वरले कदापि दुष्‍ट काम गर्नुहुन्‍न । सर्वशक्तिमान्‌ले कदापि पाप गर्नुहुन्‍न ।

  • 28किनकि तपाईंहरू भन्‍नुहुन्छ, 'अहिले त्‍यो राजकुमारको घर कहाँ छ? दुष्‍ट मानिस कुनै समयमा बस्‍ने गरेको पाल कहाँ छ?'

  • 2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।

  • 3तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।

  • 6दुष्‍ट मानिसहरूका जीवनलाई उहाँले जोगाउनुहुन्‍न, बरु, दुःख भोग्‍नेहरूका लागि जे ठिक हुन्‍छ, त्यही गर्नुहुन्छ ।

  • 155उद्धारचाहिं दुष्‍टहरूदेखि धेरै टाढा हुन्‍छ, किनकि तिनीहरूले तपाईंका विधिहरू मन पराउँदैनन् ।

  • 9तिनीहरूका घरहरू डरबाट सुरक्षित हुन्‍छन् । न त परमेश्‍वरको छडी नै तिनीहरूमाथि परेको हुन्‍छ ।

  • 15परमप्रभुबाट आफ्‍ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धाकारमा काम गर्नेहरूलाई धिक्‍कार! तिनीहरू भन्छन्, “हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्छ?”

  • 20तिनीहरू भन्छन्, 'निश्‍चय नै हाम्रो विरुद्धमा उठ्नेहरू त्‍यागिएका छन् । आगोले तिनीहरूको धन-सम्पत्ति भस्म पारेको छ ।'

  • 29दुष्‍ट मानिसहरूबाट परमप्रभु निकै टाढा हुनुहुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्‍नुहुन्छ ।

  • 28किनकि इस्राएल बुद्धि नभएको जाति हो, र तिनीहरूमा कुनै समझशक्ति छैन ।

  • 19दुष्‍टहरूको मार्ग अन्धकारजस्तै छ । तिनीहरू केमा ठक्‍कर खान्छन् भनी तिनीहरूलाई थाहै हुँदैन ।

  • 28तिनीहरू मोटाएका छन् । तिनीहरू सकुसल चिल्ला भएका छन् । तिनीहरूले दुष्‍टताको सबै सीमा पार गरेका छन् । तिनीहरूले मानिसहरू वा अनाथहरूको भलाइको निम्ति बिन्ती गर्दैनन् । तिनीहरूले खाँचोमा परेकाहरूलाई न्याय नदिए तापनि तिनीहरूको उन्‍नति हुन्‍छ ।

  • 21दुष्‍टहरूको निम्ति कुनै शान्ति छैन— परमेश्‍वर भन्‍नुहुन्छ ।”