अय्यूब 3:25
जुन कुरोदेखि म डराउँथेँ, त्यही मकहाँ आएको छ । म जेदेखि भयभीत हुन्थेँ, त्यही मकहाँ आएको छ ।
जुन कुरोदेखि म डराउँथेँ, त्यही मकहाँ आएको छ । म जेदेखि भयभीत हुन्थेँ, त्यही मकहाँ आएको छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
26म चैनमा छैनँ, म मौन छैनँ, र मलाई विश्राम छैन । बरु सङ्कष्ट आउँछ ।”
4मेरो हृदय मभित्र काम्छ र मृत्युका त्रासहरू ममाथि परेका छन् ।
5डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ ।
24किनकि मैले खानुको साटो सुस्केरा हाल्छु । मेरो वेदनाको सोर पानीझैं पोखिन्छ ।
15त्यसकारण, म उहाँको उपस्थितिमा त्रसित भएको छु । मैले उहाँको बारेमा विचार गर्दा म भयभीत हुन्छु ।
16किनकि परमेश्वरले मेरो हृदय कमजोर पार्नुभएको छ । सर्वशक्तिमान्ले मलाई त्रसित पार्नुभएको छ ।
3यसकारण मेरो कमर दुखेको छ । स्त्रीको प्रसव पीडाजस्तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।
4मेरो मुटु धड्कन्छ । म डरले काँप्छु । मैले साँझको इच्छा गरें, तर त्यसले ममा त्रास ल्यायो ।
14त्यो रातमा नै थियो जुन बेला ममाथि डर र त्रास आए, र मेरा सबै हड्डी कामे ।
23किनकि परमेश्वरबाट आउने विनाशदेखि म डराएँ । उहाँको ऐश्वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ ।
6मैले आफ्नो दुःखको बारेमा सोच्दा म त्रसित हुन्छु, र थरथरीले मेरो शरीरलाई नै समाउँछ ।
47आतङ्क र खतरा, उजाड र विनाश हामीमाथि आइपरेका छन् ।
16मैले सुनेँ, र मेरा भित्री अङ्गहरू काँपे! त्यो आवाजमा मेरा ओठ थर-थर काँपे । हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिंदा मेरा हड्डीहरू मक्किन्छन्, र म भित्र-भित्रै काँप्छु ।
28आफ्ना सबै शोकदेखि म डराउँछु, किनकि तपाईंले मलाई निर्दोष ठहराउनुहुने छैन भनी म जान्दछु ।
3जब म डराउँछु, तब म आफ्नो भरोसा तपाईंमा राख्छु ।
25दुष्टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा ।
34(किनकि ठुलो भिडदेखि म डराएँ, परिवारहरूको निन्दाले मलाई त्रसित पार्यो, जसको कारणले म चुप लागें र बाहिर गइनँ), तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
14सहरको पर्खालमा भएको ठुलो प्वालबाट आउने फौजझैं तिनीहरू मेरो विरुद्धमा आउँछन् । विनाशको बिचमा तिनीहरू ममाथि लडिबडि खेल्छन् ।
15त्रासहरू ममाथि परेका छन् । बतासले उडाएर लगेझैं मेरो आदरलाई लगिएको छ । मेरो समृद्धि बादलझैं बितेर जान्छ ।
16अब मेरो जीवन मभित्रै सकिंदैछ । कष्टका धेरै दिनहरूले मलाई समातेका छन् ।
5तर अहिले सङ्कष्ट तपाईंमा आएको छ, र तपाईं थकित हुनुहुन्छ । यसले तपाईंलाई छोएको छ, र तपाईंलाई कष्ट भएको छ ।
34अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्न सक्छ ।
35तब म बोल्नेछु र उहाँदेखि डराउँदिनँ, तर अहिलेको जस्ता कुराहरू छन्, म त्यसो गर्न सक्दिनँ ।
21आफ्नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् ।
4मृत्युका डोरीहरूले मलाई बाँधे र व्यर्थका छालहरूले मलाई व्याकुल बनाए ।
5चिहानका डोरीहरूले मलाई बाँधे । मृत्युको पासोले मलाई समात्यो ।
3मृत्युका डोरीहरूले मलाई बेह्रे र चिहानको पसोहरूले मेरो सामान गरे । मैले वेदना र दुःखको महसुस गरें ।
11उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो ।
24निराशा र पीडाले त्यसलाई भयभीत पार्छ । युद्धको लागि तयार राजाझैं उसको विरुद्धमा तिनीहरूले प्रभुत्व जमाउँछन् ।
27जब तिमीहरूमाथि आँधीबेहरीझैँ डरलाग्दो त्रास आउने छ, र भुमरीझैँ विपत्ति तिमीहरूमाथि मडारिन्छ, र सङ्कष्ट र पीडा तिमीहरूमाथि आउँछन् ।
10त्यसकारण पासोहरू तपाईंको चारैतिर छन्, र एक्कासि आउने डरले तपाईंलाई कष्ट दिन्छ ।
13किनकि मैले धेरै जनाको कानेखुसी, तिनीहरूले एकसाथ मेरो विरुद्ध षड्यान्त्र गर्दा चारैतिरबाट डरलाग्दो खबर मैले सुनेको छु । मेरो ज्यान लिन तिनीहरूले षड्यान्त्र गर्छन् ।
27मेरो हृदय कष्टमा छ र यसले विश्राम लिंदैन । कष्टका दिनहरू ममाथि आएका छन् ।
10किनकि मेरो जीवन कष्टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्छ र मेरा हाडहरू खिइन्छन् ।
11मेरा सबै शत्रुका कारणले मानिसहरूले मलाई घृणा गर्छन् । मेरो स्थिति हेरेर मेरा छिमेकीहरू डराउँन् र मलाई चिन्नेहरू भयभीत हुन्छन् । मलाई बाटोमा देख्नेहरू मदेखि भाग्छन् ।
1¶ वास्तवमा, यस कुरामा मेरो हृदय काँप्छ । त्यो आफ्नो ठाउँबाट हटेको छ ।
5किनकि मृत्युका छालहरूले मलाई घेरे, विनाशको पानीको बाढीले मलाई व्याकुल बनायो ।
6चिहानका डोरीहरूले मलाई घेरे । मृत्युका पासोहरूले मलाई जालमा पारे ।
4मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ ।
20हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु । बाहिर तरवारले आमालाई नष्ट पार्छ, घरभित्र केवल मृत्यु छ ।
21तिनीहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही छैन । मेरा सबै शत्रुले मेरो कष्टको विषयमा सुनेका छन्, र तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुसी छन् । तपाईंले प्रतिज्ञा गर्नुभएको दिन तपाईंले ल्याउनुभएको छ । अब तिनीहरू मजस्तै होऊन् ।
22तिनीहरूका सबै दुष्टता तपाईंको सामु आऊन् । मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् । मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मुर्छा परेको छ ।
17किन मैले ठेस खान लागेको छु र म निरन्तर पीडामा छु ।
16तपाईंका क्रोधपूर्ण कामहरू ममाथि परेका छन् र तपाईंका डरलाग्दा कामहरूले मलाई नाश पारेका छन् ।
18त्यसैले म भन्छु, “मेरो धैर्य नष्ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।”
1¶ परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्ने मानिस म नै हुँ ।
13तपाईंहरू चूप लाग्नुहोस्, यसैले कि म बोल्न सकूँ । मलाई जे हुनु छ होस् ।
12अनगिन्ती कष्टहरूले मलाई घेर्छन् । मेरा अधर्महरूले मलाई गाँजेका छन्, ताकि म फेरि कुनै कुरा हेर्न सक्षम छैनँ । तिनीहरू मेरा शिरका कपालभन्दा धेरै छन् र मेरो हृदय मलाई निरास पारेको छ ।
3किनकि अहिले त्यो समुद्रका बालुवाभन्दा पनि गह्रौं हुनेथियो, त्यसकारण मेरा वचन समझहीन छन् ।
120तपाईंको भयले मेरो शरीर थरथर हुन्छ र तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्छ । ऐयिन