अय्यूब 24:7

अनलक शाब्दिक बाइबल

तिनीहरू रातभरि लुगाबिना नाङ्गै बस्छन् । जाडोमा ढाक्‍नलाई तिनीहरूसित केही हुँदैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 22:26-27 : 26 तिमीहरूले छिमेकीको खास्टो बन्धकी राख्यौ भने सूर्यास्तअगि नै तिमीहरूले त्यो फिर्ता गरिदिनुपर्छ । 27 किनकि त्यसको ओढ्ने त्यही मात्र हो । यो त्यसको शरीरको लागि त्यसको खास्टो हो । योबाहेक त्यो केमा सुत्‍न सक्छ र? त्यसले मेरो पुकारा गर्दा म सुन्‍नेछु किनकि म दयालु छु ।
  • अय्यू 22:6 : 6 किनकि विनाकारण तपाईंले आफ्नो भाइबाट ऋणको जमानत माग्‍नुभएको छ, अनि तपाईंले दरिद्रहरूको सबै लुगा खोसेर तिनीहरूलाई नाङ्गो पार्नुभएको छ ।
  • व्यव 24:11-13 : 11 तिमी बाहिरै पर्ख, र तिमीले ऋण दिएको व्यक्ति धरौटी लिएर बाहिरै आओस् । 12 त्यो गरिब रहेछ भने त्यसको आफ्नो सम्पत्ति ठानी धरौटीसितै नसुत्‍नू । 13 सूर्य अस्ताउनुअगि तिमीले त्यसको धरौटी फिर्ता गरिदिनू ताकि त्यो आफ्नो ओढ्नेमा सुत्‍न सकोस् र तिमीलाई आशिष् दिन सकोस् । परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु यो तिम्रो निम्ति धार्मिकता हुने छ ।
  • उत्प 31:40 : 40 मेरो हालत यस्तो थियो, कि दिउँसो गर्मीले मलाई पोल्थ्यो भने राती चिसोले ठिर्‍याउँथ्यो । मलाई निद्रा लाग्दैनथ्यो ।
  • अय्यू 24:10 : 10 तर गरिब मानिसहरू लुगाविना नाङ्गै जान्छन् । तिनीहरू आफै भोकाएको भए पनि, तिनीहरूले अरूका अन्‍नका बिटाहरू बोक्‍छन् ।
  • अय्यू 31:19-20 : 19 लुगाफाटाको कमीले कोही नष्‍ट भएको मैले देखेको छु भने, अर्थात् खाँचोमा परेको मान्छेले लुगा लगाउन नपाएको मैले देखेको छु भने, 20 मेरो भेडाको ऊनले आफूलाई न्यानो पार्न नपाएको हुनाले, उसको हृदयले मलाई आशिष् दिएको छैन भने,
  • नीति 31:21 : 21 आफ्नो परिवारमा हिउँ पर्दा उनी डराउँदिनन्, किनकि उनको परिवारका सबै सदस्यले सिन्दूरे रङका लुगा लगाउँछन् ।
  • यशा 58:7 : 7 आफ्‍नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र?” तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ । अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन ।
  • प्रेरि 9:31 : 31 यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो । परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 24:8-11
    4 पदहरू
    85%

    8तिनीहरू पहाडका झरीले भिजेका छन् । तिनीहरूका बासस्‍थान नभएको हुनाले तिनीहरू ठुला ढुङ्‍गाको छेउमा पल्टिन्छन् ।

    9यस्ता दुष्‍ट मानिसहरू छन् जसले अनाथहरूलाई आफ्‍ना आमाको कोखबाट खोसेर लैजान्छन्, र गरिब मानिसहरूका बालबालिका बन्‍धकको रूपमा लैजान्छन् ।

    10तर गरिब मानिसहरू लुगाविना नाङ्गै जान्छन् । तिनीहरू आफै भोकाएको भए पनि, तिनीहरूले अरूका अन्‍नका बिटाहरू बोक्‍छन् ।

    11गरिब मानिसहरूले ती दुष्‍टहरूका पर्खालभित्र तेल पेल्छन् । तिनीहरूले दुष्‍ट मानिसहरूका दाखको कोल पेल्छन्, तर तिनीहरू आफै तिर्खाउँछन् ।

  • अय्यू 24:2-6
    5 पदहरू
    76%

    2यस्ता दुष्‍ट मानिसहरू पनि छन् जसले साँध-सिमानाका निसानाहरू हटाउँछन् । यस्ता दुष्‍ट मानिसहरू पनि छन् जसले बगालहरूलाई जबरजस्ती लैजान्‍छन् र तिनलाई आफ्नै खर्कहरूमा राख्छन् ।

    3अनाथहरूका गधाहरूलाई तिनीहरूले जबरजस्‍ती लैजान्छन् । विधवाको गोरुलाई तिनीहरूले बन्‍धकका रूपमा लैजान्छन् ।

    4दरिद्र मानिसहरूका उनीहरूका मार्गबाट तिनीहरूले जबरजस्‍ती हटाउँछन् । पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन्।

    5हेर्नुहोस्, उजाड-स्थानका वन-गधाहरूझैं, यी गरिब मानिसहरू होसियारी भएर खानेकुरा खोज्‍दै आफ्नो काममा जान्छन् । सायद अराबाले तिनीहरूका छोराछोरीलाई खानेकुरा जुटाउनेछ ।

    6गरिब मानिसहरूले अरूका खेतबारीमा रातमा कटनी गर्छन् । तिनीहरूले दुष्‍टहरूका फसलबाट टिप्‍न छुटेका दाख बटुल्छन् ।

  • अय्यू 22:6-7
    2 पदहरू
    74%

    6किनकि विनाकारण तपाईंले आफ्नो भाइबाट ऋणको जमानत माग्‍नुभएको छ, अनि तपाईंले दरिद्रहरूको सबै लुगा खोसेर तिनीहरूलाई नाङ्गो पार्नुभएको छ ।

    7थाकेका मानिसहरूलाई तपाईंले पानी पिउन दिनुभएको छैन । भोकाएका मानिसहरूले रोटी पाउन तपाईंले रोक्‍नुभएको छ ।

  • 19लुगाफाटाको कमीले कोही नष्‍ट भएको मैले देखेको छु भने, अर्थात् खाँचोमा परेको मान्छेले लुगा लगाउन नपाएको मैले देखेको छु भने,

  • अय्यू 24:16-17
    2 पदहरू
    72%

    16अन्धकारमा दुष्‍टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन् । तिनीहरूले उज्यालोको वास्ता गर्दैनन् ।

    17तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैं हुन्छ । किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन् ।

  • 15विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ ।

  • 20किनकि तन्केर सुत्‍नलाई ओछ्यान छोटो छ र आफूलाई ढाक्‍न कम्बल सानो छ ।”

  • 29उनीहरूले तँसित घृणापूर्वक व्‍यवहार गर्नेछन् । तेरा सबै धन-सम्‍पत्ति उनीहरूले लानेछन्‌, र तँलाई नाङ्गो र उजाड पारेर छोड्‌नेछन् । अनि तँ कामुक र वेश्‍यावृत्तिमा संलग्‍न हुँदा भएझैं तँलाई नाङ्गो पारिनेछ ।

  • 16त्‍यो छोरोले कसैलाई थिचोमिचो गर्दैन, वा बन्‍धक खोस्‍दैन वा चोरीका सामानहरू लिंदैन, तर त्‍यसको साटोमा आफ्‍नो खानेकुरा भोकालाई दिन्‍छ, र नाङ्गालाई लुगाले ढाक्‍छ ।

  • 7यस्तो मानिसको बारेमा के भन्‍न सकिन्छ, जसले कसैलाई थिचोमिचो गर्दैन, र लोन लिनेले धितो राखेको सामान लोन लिनेलाई उसले फर्काउँछ, र उसले चोरी गर्दैन, तर भोकालाई आफ्‍नो खानेकुरा दिन्‍छ, र नाङ्गालाई लुगा पहिराउँछ । के ऊ धर्मी मानिस हो?

  • 1¶ जब राजा दाऊद वृद्ध भए र तिनको उमेर ढल्किसकेको थियो, तिनीहरूले तिनलाई कम्बल ओढाइदिँदा पनि तिनलाई न्यानो हुँदैनथ्यो ।

  • 16किनकि तिनीहरूले खराबी नगरेसम्म तिनीहरू सुत्‍न सक्दैनन्, र तिनीहरूले कसैलाई नलडाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन ।

  • 18र जो खेतमा छ, ऊ आफ्नो खास्टो लिन नफर्कोस् ।

  • 39तँलाई तिनीहरूका हातमा म सुम्‍पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्‍काउनेछन्‌ र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्‍त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन्‌ र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन्‌ ।

  • 7आफ्‍नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र?” तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ । अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन ।

  • अय्यू 30:5-6
    2 पदहरू
    70%

    5तिनीहरू मानिसहरूका बिचबाट खेदिएका थिए, जो चिच्‍च्याउँदै चोरको पछि लागेझैं तिनीहरूको पछि लाग्थे ।

    6त्यसैले तिनीहरूले नदीका मैदानहरू, जमिन र चट्टानका गुफाहरूमा बस्‍नुपरेको थियो ।

  • 19जसरी खडेरी र तापले हिउँलाई पगालेर पानी बानउँछ, त्यसरी नै पाप गरेकाहरूलाई चिहानले लैजान्‍छ ।

  • अय्यू 24:13-14
    2 पदहरू
    69%

    13केही दुष्‍ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन् । तिनीहरूले यसका मार्गहरू जान्‍दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन् ।

    14उज्यालो हुनुअगि हत्यारा उठ्छ, र त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ । रातमा ऊ चोरजस्तो हुन्छ ।

  • 17जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।

  • 25उज्यालोविना अन्धकारमा तिनीहरू छामेर हिंड्छन् । उहाँले तिनीहरूलाई मातेको मान्छैझै धर्मराउने बनाउनुहुन्छ ।

  • 17माटोका डल्‍लामुनि बीउहरू सडे, भण्‍डारहरू उजाड भए, र अन्‍नका भकारीहरू भत्‍काइए, किनकि अन्‍न सुकेको छ ।

  • 18र तिनीहरूले भाङ्‌ग्रा लाउनेछन्‌ र त्रासले तिनीहरूलाई ढाक्‍नेछ । हरेक अनुहारमा लाज हुनेछ, र तिनीहरू सबैका शिरमा कपाल हुनेछैन ।

  • 14तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् ।

  • 14हेर, ती परालको झ्‍यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्‍वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्‍नलाई आगो छैन!

  • 26उनीहरूले तेरा वस्‍त्र उतारेर तँलाई नाङ्गै बनाउनेछन्, र तेरा सबै गहना लैजानेछन्‌ ।

  • 28र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्‍ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।

  • 34गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।

  • 3गरिबी र भोकले तिनीहरू दुब्‍लो थिए । उजाडस्‍थान र मरुभूमीमा अँध्‍यारोमा सुक्खा भुइँमा तिनीहरू कुटुकुटु टोक्थे ।

  • 10तेरो भित्र भएका मानिसहरूले आफ्‍ना पिताको नङ्नता प्रकट गर्छन्‌ । तेरो भित्र भएका मानिसहरूले रजस्‍वला भएकी स्‍त्रिसँग सम्‍भोग गरेर अशुद्ध भएका छन् ।

  • 6किनकि एउटा तावाजस्‍तो हृदयहरूले, तिनीहरू आफ्ना छलपूर्ण योजना बनाउँछन् । तिनीहरूको रिस रातभरि दन्किन्छ । बिहान त्यो ज्वालामय आगोझैं बल्दछ ।

  • 6तिनीहरूले विधवाहरू र तिनीहरूका देशमा बस्‍ने विदेशीलाई मार्छन्, अनि तिनीहरूले अनाथहरूको हत्‍या गर्छन् ।

  • आमो 2:7-8
    2 पदहरू
    68%

    7मानिसहरूले भुइँमा भएको धुलोलाई कुल्चेझैँ, तिनीहरूले गरिबहरूका शिरहरू कुल्चन्‍छन् । तिनीहरूले थिचोमिचोमा परेकालाई पर धकेल्‍छन् । एक जना मानिस र उसका बाबु एउटै केटीसँग सुत्‍छन्, र यसरी मेरो पवित्र नाउँलाई अशुद्ध पार्छन् ।

    8तिनीहरूले बन्धकको रूपमा लिएका लुगाहरूमाथि नै हरेक वेदीको छेउमा पल्टिन्‍छन्, र जरिमानामा लिएको दाखमद्य नै तिनीहरूले आफ्‍नो परमेश्‍वरका मन्दिरमा पिउँछन् ।

  • 14अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन् । त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए, कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन ।

  • 25तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् ।

  • 4तिनीहरू मरुभूमिको बाटोमा उजाडस्‍थानमा भौंतारिए र बस्‍नलाई कुनै सहर भेट्टाएनन् ।

  • 1¶ धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ ।

  • 37तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्‍यो र विभिन्‍न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्‍यो ।

  • 27किनकि त्यसको ओढ्ने त्यही मात्र हो । यो त्यसको शरीरको लागि त्यसको खास्टो हो । योबाहेक त्यो केमा सुत्‍न सक्छ र? त्यसले मेरो पुकारा गर्दा म सुन्‍नेछु किनकि म दयालु छु ।